13/01/2025
फेरि क्यालिफोर्नियामा डढेलो र हुरीको चेतावनी
क्यालिफोर्नियामा डढेलोले फेरि उग्र रूप लिन सक्ने चेतावनी दिइएको छ। सेन्टा एना वायु प्रतिघण्टा ९६ किमीको गतिमा सक्रिय हुँदै, डढेलो थप फैलिन सक्ने अनुमान गरिएको छ।
हालसम्म डढेलोमा २४ जनाको मृत्यु भइसकेको छ, र आर्थिक क्षति २५०–२७५ अर्ब डलरसम्म पुग्ने आँकलन छ। १४ हजार अग्नि नियन्त्रक, ८४ विमान, र १,३५४ दमकल परिचालित छन्। अनिवार्य रूपमा घर छोड्ने मानिसको सङ्ख्या घटेर १ लाख पाँच हजार पुगेको छ, तर अझै ८७ हजारले घर छोड्नुपर्ने बताइएको छ। अधिकारीहरूले विनाशकारी हावाको जोखिम औंल्याएका छन्।