![पोखरा, २९ पुस। पुस १८ गतेदेखि लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरूको उत्साहजनक सहभागितासँगै सफलतातर्फ अघ...](https://img4.medioq.com/247/205/122135454272472051.jpg)
13/01/2025
पोखरा, २९ पुस। पुस १८ गतेदेखि लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरूको उत्साहजनक सहभागितासँगै सफलतातर्फ अघि बढेको छ। एघारौं दिनसम्म दर्शकको उल्लासमय उपस्थिति र महोत्सवमा भएको उल्लेखनीय कारोबारले आयोजकलाई उत्साहित बनाएको छ। महोत्सव आयोजक समिति संयोजक विनोद श्रेष्ठका अनुसार स्थानीय उत्पादन तथा कृषि स्टलहरूप्रति दर्शकको चासो बढिरहेको छ। सहसंयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सव सबै उमेरका दर्शकका लागि साझा मनोरञ्जनको मञ्च सावित भएको बताए। उनले दर्शकको माया र सहभागिताले आयोजकलाई थप ऊर्जा दिएको र महोत्सवको सफलतामा सरोकारवालाहरूको भूमिकालाई महत्वपूर्ण मानिएको उल्लेख गरे। प्रचार प्रसार उपसमिति संयोजक जानुका अधिकारीका अनुसार महोत्सवले निर्धारित आर्थिक लक्ष्य नजिक पुगिसकेको छ।...
Recent News Nepal - लेखनाथ महोत्सव दर्शकको साथमा सफलतातर्फ 2025