Raj Babu

Raj Babu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Raj Babu, Pokhara.

20/01/2025

विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु।

कालीदास :- म यात्री हुँ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौ? यात्री त केवल दुई मात्र छन् - सूर्य र चन्द्रमा, जो कहिल्यै रोकिन्नन्, हमेशा चलिरहन्छन्। साँचो बताऊ, तिमी को हौ ?

कालीदास :- म पाहुना हुँ।
महिला :- तिमी पाहुना कसरी हुन्छौ? संसारमा दुई जना मात्र पाहुना छन्। पहिलो धन र दोस्राे यौवन। यिनीहरूलाई जान समय लाग्दैन। भन को हाौ तिमी?

कालीदास :- म सहनशीलता हुँ। अब त पानी दिनुहाेस्।
महिला :- नाईँ, सहनशीलता त दुई मात्र छन्। पहिलाे, धर्ती जो पापी - धर्मात्मा सबैकाे बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नकाे भण्डार दिन्छिन्। अनि, दाेस्राे हाे रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ। साँच्चै भन त काे हाै तिमी?

कालीदास :- म हठी हुँ।
महिला :- फेरि असत्य। हठी त दुई मात्र छन्।
पहिलाे नङ र दाेस्राे केश।
जति काटे पनि फेरि फेरि निक्लिरहन्छन्। सत्य बोल , को हौ तिमी?
(कालीदास आफूलाई अपमानित र पराजित महशुस गर्दछन्)

कालीदास :- म मूर्ख हुँ।
महिला :- होइन तिमी मूर्ख कसरी हुनसक्छौ? मूर्ख त दुई मात्र छन्। पहिलो शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सकेउ उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन्।
(उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए। आफ्नो फरक फरक परिचय दिएका कारण उनी महिलाको गोडा समाउँदै याचना गर्छन्। )

कालीदास: म कालीदास हुँ।
महिला :- उठ कालीदास। खासमा म सरस्वती माता हुँ।
(आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो।)
माता सरस्वती :- शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार। तिमीले शिक्षाको बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकारको सिँहासनमा बस्यौ। यसैले तिम्रो चक्षु खोल्नको लागि मैले यो नाटक गर्नुपर्यो।

कालीदासलाई आफ्नो गल्ती महशुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन्। त्यसैले विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ।

04/01/2025

खलासीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ, सँगै बसेको अपरिचितले भन्यो - "हैन हजुर ! हजुरको भाडा म दिइहाल्छु नि !"
मैले भनेँ - हैन, मेरो भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्यो हजुर ?

तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेरो भाडा पनि तिर्यो। अर्को स्टेशनमा त्यो अपरिचित झर्यो । त्यसपछि मैले खै के झिक्न पाइन्टको गोजीमा हात लगेको त दिमाग चकराए झैँ भयो । पकेटमारा रहेछ, पाइन्टको पछाडिको खल्तीमा भएको पैसा सबै लिएर झरेको रहेछ ।

केही दिन पछि मैले त्यो चोरलाई बजारमा भेटेँ । चोर मलाई अँगालो हालेर रुँदै भन्यो - हजुर ! मलाई माफ गर्नुस् ! हजुरको पैसा चोरेको बेलुका नै मेरी श्रीमति र छोरी एकाएक मरे । सायद मैले चोरी गरेको पापले हो कि ? माफ गर्नुस् हजुर ! यो अभागीलाई माफ गर्नुहोस् ।

उसको कुरा सुनेर म पग्लिएँ । हृदय ठूलो बनाएर माफी दिएँ । चोर गयो तर अँगालो हालेर रुँदै माफी माग्ने बेला मेराो कमिजको खल्तीबाट फेरि पनि सबै पैसा चोरेर लगेछ ।

केहि दिनपछि म काम विशेषले मोटरसाइकलमा कतै जाँदै थिएँ, बाटोमा त्यही चोरले मलाई रोक्यो । चोरले फेरि पनि रूँदै माफी माग्यो अनि चोरेको सबै पैसा फिर्ता पनि गरिदियो । त्यसपछि त्यो चोरले मलाई नजिकैको होटलमा लग्यो, मलाई चिया नास्ताको व्यवस्था गरिदियो अनि विदा माग्यो र निस्कियो। खाइसकेपछि जब म बाहिर निस्केँ, न त गोजीमा चाबी थियो न त रोकेको ठाउँमा मोटरसाइकल । चोरले यसपटक त मेरो मोटरसाइकल नै उछिट्याएछ।

ठ्याक्कै यही चोरको हालत नेपालका राजनीतिक पार्टीमा देखिएकोछ । सोझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन्।

Source : Socal Media

40 SUCCESS QUOTES:1. "Success is not the key to happiness. Happiness is the key to success. If you love what you are doi...
03/08/2024

40 SUCCESS QUOTES:

1. "Success is not the key to happiness. Happiness is the key to success. If you love what you are doing, you will be successful." - Albert Schweitzer

2. "Success is not in what you have, but who you are." - Bo Bennett

3. "Success is not final, failure is not fatal: It is the courage to continue that counts." - Winston Churchill

4. "Success is not the absence of failure; it's the persistence through failure." - Aisha Tyler

5. "Success is not about the destination, but the journey." - Zig Ziglar

6. "Success is not measured by money, but by the impact you have on others." - Unknown

7. "Success is not about being the best, but becoming your best self." - Unknown

8. "Success is not about how much you accomplish, but how you inspire others to accomplish." - Unknown

9. "Success is not about luck, it's about hard work and dedication." - Unknown

10. "Success is not about the applause, but the satisfaction of knowing you gave it your all." - Unknown

11. "Success is not about the number of times you fall, but the number of times you get back up." - Unknown

12. "Success is not about being perfect, but embracing your imperfections." - Unknown

13. "Success is not about what you have, but who you become in the process." - Unknown

14. "Success is not about the size of your bank account, but the size of your heart." - Unknown

15. "Success is not about the destination, but the lessons learned along the way." - Unknown

16. "Success is not about winning every battle, but choosing the battles worth fighting for." - Unknown

17. "Success is not about the accolades, but the impact you make on others." - Unknown

18. "Success is not about the possessions you accumulate, but the memories you create." - Unknown

19. "Success is not about the title, but the influence you have on others." - Unknown

20. "Success is not about the quantity, but the quality of your relationships." - Unknown

21. "Success is not about the fame, but the fulfillment of living your purpose." - Unknown

22. "Success is not about the destination, but the person you become in the process." - Unknown

23. "Success is not about the material possessions, but the intangible values you hold dear." - Unknown

24. "Success is not about the external validation, but the internal satisfaction." - Unknown

25. "Success is not about the shortcuts, but the long-term commitment." - Unknown

26. "Success is not about the competition, but the collaboration." - Unknown

27. "Success is not about the quantity of your achievements, but the quality of your character." - Unknown

28. "Success is not about the destination, but the growth you experience along the way." - Unknown

29. "Success is not about the size of your dreams, but the determination to pursue them." - Unknown

30. "Success is not about the applause, but the fulfillment of knowing you gave it your all." - Unknown

31. "Success is not about the destination, but the lessons learned from the journey." - Unknown

32. "Success is not about the number of followers, but the impact you have on their lives." - Unknown

33. "Success is not about the recognition, but the satisfaction of knowing you made a difference." - Unknown

34. "Success is not about the destination, but the person you become in pursuit of it." - Unknown

35. "Success is not about the possessions, but the experiences that enrich your life." - Unknown

36. "Success is not about the external validation, but the internal fulfillment." - Unknown

37. "Success is not about the shortcuts, but the perseverance through challenges." - Unknown

38. "Success is not about the competition, but the collaboration that leads to greatness." - Unknown

39. "Success is not about the quantity of achievements, but the quality of your character." - Unknown

40. "Success is not about the destination, but the growth and transformation you undergo.”

30/05/2023

पढ्दै जाँदा यस्तो भेटे ....

घडीका तीन सुइले हाम्रो समाजको तीन बर्गलाई चित्रण गरेका हुन्छन !

☆सेकेन्ड सुइ:
➙गरिब मजदुर बर्ग हो ! जो सबैभन्दा बढी कुद्छ ! अधिक मेहनत गर्छ ! खान र सुत्न सम्म फुर्सद छैन ! शरीर पनि दुब्लो पातलो छ ! समय हेर्दा यसको कुनै वास्ता हुदैन ! यो आफ्नै संघर्षको बलमा जिएको छ ! यसको अस्तित्वको नै प्रस्न उठेको छ !

☆मिनेट सुइ :
➙यो तुलनात्मक रुपमा कम मेहनत गर्ने मध्यम बर्ग हो ! सेकेन्ड सुइ ६० स्टेप दौड्दा यो एक स्टेप दौडछ ! हेर्दा मोटोघाटो देखिन्छ ! सेकेन्ड सुइ जस्तो सधै त्रासमा हुदैन ! सेकेन्ड सुइलाई कारिन्दा बनाको हुन्छ ! घन्टा सुइ र सेकेन्ड सुइबिचको बिचौलिया बन्छ ! सकेको फाइदा लिन्छ र घन्टा सुइ जस्तै माथिल्लो बर्गमा जान प्रयास गर्छ !

☆घन्टा सुइ :
➙यो उच्च बर्ग हो ! यसले मिनेट तथा सेकेन्ड सुइको दु:खको क्रेडिट आफुले लिन्छ! श्रोत साधन आफैसग राख्छ ! काम गर्छ कि गर्दैन केही पत्तो हुदैन ! तर सबैले यसैलाई हेरेर समयको निर्धारण गर्छन ! हेर्दा पनि मोटोघाटो र बलियो देखिन्छ ! के खान्छ ,कसरी खान्छ पत्तो हुदैन तर सबैभन्दा बढी खाए जस्तो देखिन्छ ! सबैभन्दा शक्तिशाली हुन्छ !

20/02/2023

"past is a waste paper,
Present is a news paper,
Future is a question paper,
So,
Read and write carefully...
Otherwire
Life will be tissue paper...!

25/07/2022

Copied from social media.

हामी नै त्यो अन्तिम पुस्ता हौ !!! 😍

१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्याैं । बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।

२ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कबर्डी , डोरी नाघ्ने, चुङ्गी, गुच्छा जस्ता दुर्लभ कुराहरू खेल्यौं । अनलाइन गेम खेल्ने अहिलेको पुस्तालाई यी कुराहरू कथा जस्तो लाग्लान ।

३, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि बालेर, लालटिन बालेर र चिम बालेर पढ्यौं, होमवर्क गर्यौ । कसै-कसैले मैनटोल पनि बाल्यौं । उपन्यास तथा कमिक्सहरु समेत पढ्यौं । यी तिनवटै कुराको अनुभव प्राप्त गर्ने भाग्यमानी पुस्ता हौं हामी ।

४, हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले आफू र आफन्तका भावनाहरुलाई पत्रका माध्यमबाट आदानप्रदान गर्यौं ।

५, हामी त्यै अन्तिम पुस्ताका मान्छे हौं, जस्ले कुलर, एसी तथा हिटर बिनै बाल्यकाल बितायौं । माटाेकाे गाग्रीकाे पानी, भुँड्काकाे दही खायाैं ।

६, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले कपालमा तोरिको तेल घसेर स्कुल गयौं, बिबाह तथा भोजभतेरमा पुग्यौं । टपरीमा र केराको पातमा पार्टी खायौं । अनि स्याम्पुको सट्टा पिनाले नुहायौं । रिठ्ठा र खरानीले लुगा धाेयाैं ।

७, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले मसी भर्ने भरुवा कलमले लेख्यौं । आफ्नो कापी किताब र कपडामा मसी पोखेर कालो निलो बनायौं ।

८, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले स्कुलमा सरको हातबाट भक्कु कुटाइ खायौं र कुखुरा पनि बन्यौं । घरमा पनि नपढेकाे भनेर थप कुटाई खायौं । माटाेकाे स्कुुलमा, चकटिमा बसेर पढ्याैं । केतुके घारीमा दिशा पिसाव गर्याैं ।

९, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले खेल्दा-खेल्दै गाउँका अग्रजहरुलाई टाढाबाट देखेपछि बाटोको कुनैकुना दौडिदै घर आउने गर्थ्यौं । शिक्षकहरूलाई देख्दा घरकाे बुईकलमा गएर लुक्थ्याैं ।

१०, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले नुन ढिकीकाे चिया पिएका छौं , रोटिमा खुदो दलेर खाएका छौँ । चिउरीको बोटमा चढेर टन्न होइन्जेल चिउरी खाएका छौँ ।

११, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले सिमलि, दतिवन, अँगार, कदम , बाँसको डाठ भाचेर दात माझ्यौं । डावरको रातो धुलो र कोलगेटको

19/02/2022

म बिहान 5 बजे उठ्छु बेलुकासम्म घरको र बाहिर को सक्ने काम गर्छु र बेलुकासम्म अबेर र्सुत्छु।यो मेरो श्रमले बनाएको घर हो। मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु। मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न। उनी तेसको पनि कर तिर्छन।
मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु।
मैले बांच्न पनि कर तिर्नु पर्छ।
म ६ घन्टा पढाउछु। मेरो दिमाग र श्रम बापत म तलब पाउंछु। तर तेसमा पनि कर लाग्छ।
म गाडी किन्छु।।तेस्मा कर तिर्छु। प्रतेक बर्ष कर तिर्छु।
म पेट्रोल किन्छु तेसमा पनि कर तिर्छु। म सडकमा गाडी कुदाउंछु, तेस्को पनि कर तिर्छु।
म सन्तानलाई पढाएबापत कर तिर्छु।
म बिरामी हुन्छु, डाक्टरलाई जचाउदा पनि कर तिर्छु।
म औसधि किन्छु तेस्मा पनि कर तिर्छु।
म अँखाका लागि चस्मा किन्छु, तेस्मा पनि कर तिर्छु।
म जुत्ता किन्छु, तेस्मा पनि कर तिर्छु।
म सर्ट किन्छु, तेसमा पनि कर तिर्छु।
म कट्टु किन्छु तेस्मा पनि कर तिर्छु।
म बिजुलीको सुल्क तिर्छु, तेस्मा पनि कर तिर्छु।
म पानी पिउछु, तेस्मा पनि कर तिर्छु।
म जिवनका प्रतेक पाइलामा कर तिर्छु।
म बिरामि हुन्छु औसधि गर्छु। मृत्युबाट फर्किदा पनि कर तिर्छु। दुर्घटना हुन्छ। मेरो खुट्टा काटिन्छ, तर म सङ्ग कर पनि लिइन्छ। बम पड्किन्छ, म बल्ल बल्ल बांच्छु, म सङ्ग कर उठाइन्छ।
तर यो कर बाट के किन्छ सरकार?
१. मन्त्री र हाकिमलाइ महङ्गो गाडी किन्छ।
२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ।
३. मन्त्री र हाकिम बिदेश यात्रा गर्न भत्ता दिन्छ सरकार। गत साल १४०० हाकिम र मन्त्रीले बिदेश डुले मैले अस्पतालमा उपचार गर्दा तिरेको करले।
४. दलका कार्यकर्तालाई खर्छ बांड्छ।
५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ। हाकिम र मन्त्रीले ३५% प्रतिशत घुस खान्छ्न।
६. देशको ब्यापार घाटा सात गुना बढी भएको छ। टोल टोलका फलफुल दुकानमा अस्ट्रेलियाबाट ल्याएका स्याउ छ्न। तर जुम्लाका स्याउ भैसीले खादैंछ्न।
७. गरिब ले सिटामल पांउदैन। सुकुम्बासीको घर छैन। थुप्रै महिला शरीर बेच्न बाध्य छ्न।
८. किन?
म यो देशको सन्तान हुं। मेरो जिम्मेवारी छ यो देश जोगाउने। म नागरीक हुं यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने। तर मलाई सासन गर्छ्न मेरा देशका नेता। मलाइ सोषण गर्छ्न मेरा नेता।
मैले भर्खर एउटा सन्तान जन्माएं। उस्ले यो देशलाइ जोगाउन ज्यान पनि दिन्छ भबिश्यमा। तर, उस्लाइ लिएर घर फर्किदा मैले उस्लाई जन्माए बापत कर तिंरे। अब उस्को नाम दर्ता गर्दा कर तिर्नु पर्छ। उसलाई स्कुल भर्ना गर्दा कर तिर्नु पर्छ। उस्को बिबाह दर्ता गर्दा कर तिर्नु पर्छ। उसको नागरिकता लिदां कर तिर्नु पर्छ।
कहिले सम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ति गरि रहने?
म तपाइँलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रस्नको जवाफ तपाइँ सङ्ग छ?
के चुनाब मेरो श्रममा लगाएको करबाट बाजि खेल्न खेलमात्र हो? हरेक नागरिक सचेत हुन अवास्यक छ। सोध्नुहोस प्रस्न। लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस। निरासा होइन चेतनाको खेती गरौं! C/p

15/12/2021

वास्तविक जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ।

बिदेशबाट आफ्नो बा लाई फोन गर्दै :-
छोरो – बा, सन्चै हुनुहुन्छ ? बा – सन्चै छु, तलाई ब्वारी नातिनातिनीलाई नि सन्चै होला नि !
छोरा – म पनि सन्चै छु, अरुपनि सबै सन्चै छन ।
बा – यत्रो बर्ष पछि फोन गरिस,खुसी लाग्यो ।
छोरा – मलाई नि हजुरको सम्झना आईरहन्छ, तर के गर्नु फुर्सदै हुदैन ।
बा : अँ भन, अरु केही थियो कि ?
छोरा – बा, हजुरको नाम के रे, मैले त बिर्सिएछु ।
बा – (झल्यास्य हुँदै), किन र मेरो नाम पनि भुलिस अब ? अझ खुबै सम्झना आउँछ भन्छ ।
छोरा – के गर्नु बा, तपाइलाई नसम्झिएको कहाँ हो र, तपाइको नाम पो बिर्सिएको ।
बा : नागरिकता होलानी तँ संग, त्यसैमा लेख्या होला हेर्न !
छोरा : अब त्याँ को नागरिकताको याँ केही काम छैन, त्यै पनि कता परेछ-परेछ ।
बा – ख्वै, मेरो नाम नि पुरेतले राखिदिएका हुन, सोधेर खबर गरुला नि !
छोरा : हस, हजुरले सोध्नुहोला, म एकैछिनमा फेरि फोन गर्छु है ?
बा : हुन्छ ! (बिचरा, आँखाभरी आँसु लिदै) एकैछिनमा बुढी आउछिन र सोध्छिन !
बुढी – किन आँखाभरी आँसु लिएर बसेको ? के भो र ? कसले के भन्यो ?
बुढा – हैन केही भएको छैन ! भर्खर यत्रो बर्ष पछि छोरोले फोन गरेको थियो, त्यै भएर ।
बुढी : (खुसी हुँदै), ए हो र ? अनि सप्पै सन्चै होलान नि है ?
बुढा – सबै सन्चै छन रे । बुढी – अनि मलाई सोध्यो कि सोधेन ?
बुढा – (यसो बुढीको खुसी भएको अनुहार तर्फ हेर्दै, सबै पिडा लुकाएर) ए तलाई, किन नसोध्नु नि ! सम्झ्या छ भन्दिनु है भन्थ्यो ! बार्तालापको बिचमा फेरि फोनको घण्टी बज्छ !
छोरा – बा, म हजुरको छोरो क्या ! बा – अँ, चिनेचिने जस्तो लाग्यो !
छोरा – मैले अघि भनेको थिए नि, हजुरको नाम ! के रहेछ, पुरेतलाई सोध्नुभयो !
बा – पुरेतै मरेछन, ख्वै के गर्नु अब । छोरा – लौ, अब के गर्ने होला ?
बा – के गर्नु नि, त्यही कसैको नाम राखिदेन, भैहाल्छ नि !
छोरा – हो, अब त्यसै गर्नुपर्ला । ल अब फोन राखे है !

(हाम्रो समाज र संस्कार यो परिस्थिति तिर गएको हो कि? मेरो मन छोयो त्येसैले साभार गरेको मात्र)

29/08/2021

Read & Enjoy......................and hit like if you agree with this statement.
Don't miss, a brilliant calculation and an excellent final conclusion

Equation 1
Human = eat + sleep + work + enjoy
Donkey = eat + sleep
Therefore:
Human = Donkey + Work + enjoy

Therefore:
Human-enjoy = Donkey + Work

In other words,
Humans that don't enjoy = Donkey that work..

++++++++++++++++++++++++++++++++++++++++++++++++++ ++

Equation 2

Men = eat + sleep + earn money
Donkey = eat + sleep

Therefore:
Men = Donkey + earn money

Therefore:
Men-earn money = Donkey

In other words
Men who d'nt earn mony = Donkey

+++++++++++++++++++++++++++++++++++++++++++++++++

Equation 3

Women= eat + sleep + spend
Donkey = eat + sleep

Therefore:
Women = Donkey + spend
Women - spend = Donkey

In other words,
Women who don't spend = Donkey

+++++++++++++++++++++++++++++++++++++++++++++++++

To Conclude:

>From Equation 2 and Equation 3

Men who don't earn money = Women who don't spend

So Men earn money not to let women become donkey!
And women spend not to let men become donkey!

So, We have:
Men + Women = Donkey + earn money + Donkey + Spend money

Therefore from postulates 1 and 2, we can conclude
Men + Women = 2 Donkeys that live happily together!

SO ENJOY, EARN AND SPEND

जब ब्राह्मणले  मिलाएका हातहरू धुने गर्थे , कहि कसै चिज वस्तु लाई छोए पछि पञ्च स्नान गर्थे।तब दुनिया ब्राह्मण लाई हेरेर ह...
27/04/2021

जब ब्राह्मणले मिलाएका हातहरू धुने गर्थे , कहि कसै चिज वस्तु लाई छोए पछि पञ्च स्नान गर्थे।तब दुनिया ब्राह्मण लाई हेरेर हास्थ्यो।

जब ब्राह्मणले आफ्ना हात र खुट्टा धोएर घरभित्र पस्थे तब संसार उनलाई देखेर हास्थ्यो।

जब ब्राह्मणहरू जनावरहरूको पूजा गरिरहेका थिए,तब विश्व तिनीहरूलाई देखेर हाँस्दै थियो।

जब ब्राह्मणहरू रूख र जंगलको पूजा गरिरहेका थिए, संसार उनीहरूलाई देखेर हाँसीरहेको थियो।

जब ब्राह्मणहरू मुख्यतया शाकाहारमा जोड दिइरहेका थिए।तब दुनिया ब्राह्मण लाई देखेर हाँस्दै थियो।

जब ब्राह्मण योग, प्राणायाम गर्दै थिए,तब संसार उनलाई देखेर हाँस्दै थियो।

जब ब्राह्मणहरू श्मशान घाट र अस्पतालबाट आएपछि नुहाएर मात्र घर भित्र पस्थे तब दुनिया अझै उनीहरूलाई देखेर हाँसीरहेको हुन्थ्यो

तर ति हाँस्नेहरु आज ब्राह्मण को अनुसरण गरिरहेका छन ।तर पनि केही मुर्खहरु ब्राह्मणवाद ब्राह्मणवाद भनेर ब्राह्मण लाई गाली गरिरहेका छन। यी मुर्ख हरु लाई कस्ले सम्झाओस ब्राह्मण एक संस्कार हो एक संस्कृति हो जीउने पद्धति हो।

सत्य बताइएको छ। ब्राह्मणको जीवन एक जीवन शैली हो। हामी यसको गहिराइमा छिर्ने बित्तिकै, गहिराई बढ्दै जान्छ, जुन कतै अन्त हुँदैन ... जय श्री राम। । copied.

17/04/2021

Copy paste

यस पोस्ट लाई दुई पटक पढ्नुहोस्
---*---
• जुन दिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ ।
• जब हामी जिउँदो हुन्छौं , हामिलाई लाग्छ कि हामिसँग खर्च गर्नका लागि प्रयाप्त पैसा छैन ।
• जब हामी संसार छाडेर जान्छौं , तब हामिले जिन्दगीभर कमाएको धन दौलत बिना खर्च नै बसिरहन्छ ।
• एक चाइनिज सम्राट्को मृत्यु भयो , उनले आफ्नो बिधुवा श्रीमतीको लागि १.९ मिलियन डलर छाडेर गए , । बिधवा श्रीमतिले जवान नोकर सँग बिबाह गरिन , उस नोकरले भन्यो: म हमेसा सोची'रहन्थे कि म मालिकको लागि काम गरिरहेको छु , अहिले बुझे कि उस मालिकले सधैं मेरो लागि काम गर्ने गर्थे ।...

*शिक्षा*
* सत्य यो हो कि , अधिक धन आर्जन गर्नुको सट्टा अधिक
जिबन बाच्नु उत्तम हुन्छ ।*
•राम्रो र स्वास्थ शरीरको लागि प्रयास गर्नुहोस् ।
•महंगो फ़ोनको ७०% फङ्सन उपयोग हुँदैन ।
•महंगो कारको ७०% गतिको प्रयोग हुन पाइरहेको हुँदैन ।
•आलिसान महलको ७०% ठाउँ खाली रहन्छ ।
•पुरै आलमारिको ७०% कपडाको प्रयोग भैरहेको हुँदैन ।
•पुरै जिन्दगीभरको कमाई ७०% अर्काको प्रयोगको लागि छोडिन्छ ।
•७०% गुणहरुलो प्रयोग भैरहेको हुँदैन ।
🌸🌸🌸🌸🌸🌸🌸🌸
* ३०% को पुर्ण उपयोग कसरी गर्ने ।*
• स्वास्थ्य हुँदापनी निरन्तर चेक-अप गराउनुहोस् ।
•तिर्खा नलागेपनी अधिक मात्रमा पानी पिउनुहोस् ।
•सम्भव भएसम्म अहंकार त्याग्नुहोस ।
•यदि तपाईं बलियो हुनुहुन्छ भने पनि सरल हुनुहोस् ।
•धनी नहुदा पनि परिपुर्ण रहनुहोस ।
💮💮💮💮
*राम्रो जीवन जिनुहोस*
•प्राथनाको समयमा आफ्नो मनलाई नियन्त्रण गर्नुहोस् ।
•खाना खाने समय पेटलाई नियन्त्रण गर्नुहोस् ।
•यदि तपाईं कसैको घरमा जानुहुन्छ भने , तपाईंको आँखालाई नियन्त्रणमा राख्नुहोस ।
•पार्टिमा जानुहुन्छ भने , जिब्रोलाई नियन्त्रणमा राख्नुहोस ।
•अरुको पैसा देख्योभने लोभलाई नियन्त्रणमा राख्नुहोस ।
🏵️🏵️🏵️🏵️
•बिर्सिदिनुस- तपाईंको राम्रो कामहरू ।
•बिर्सिदिनुस - अरुले गरेको गल्तिलाई ।
•बिर्सिदिनुस- बिगतका तिता यादहरु ।
🌺🌺🌺🌺
•छोड्नुहोस - अरुलाई निचा देखाउनलाई ।
•छोड्नुहोस - अरुको सफलता देखेर डाहा गर्नलाई ।
•छोड्नुहोस - अर्काको धनको लोभ गर्न ।
•छोड्नुहोस - अर्काको कुरा काट्नलाई ।
•त्याग्नुहोस - अरुको सफलतामा दुखी हुनलाई ।
🌼🌼🌼🌼
•भकारिमा अन्न , शरीरमा कपडा , घरमा छानो , र सुत्ने ठाउँ छ भने संसारको ७०% मानिसहरू भन्दा तपाईं धनी हुनुहुन्छ ।
•यदि तपाईंको पर्समा पैसा छ र तपाईं मनले चाहे अनुसार घुम्न सक्नुहुन्छ भने तपाईं बिश्वको १८% धनी ब्यक्तिहरुमा पर्नुहुन्छ।
•यदि तपाई आज पुर्ण रुपमा स्वास्थ्य भएर जिवित हुनुहुन्छ भने , तपाईं उन लाखौं मानिसहरूको तुलनामा भाग्यमानी हुनुहुन्छ , जो यस हप्ता पनि बाँच्न पाउदैनन् ।
•जिबनको अर्थ दु:ख सँग गुनासो गर्नुमा होइन , हजारौं अन्य कारणहरुमा हाम्रो सृष्टिकर्तालाई धन्यवाद दिनु हो ।
•यदि तपाईं यस पोस्टलाई पढ्न र बुझ्न सक्नुहुन्छ भने, तपाईं उन करोडौं मानिसहरूमा भाग्यमानी हुनुहुन्छ , जसले हेर्न सक्दैनन् र पढ्न सक्दैनन् ।
•यदि तपाइँलाई यो पोस्ट बारम्बार आइरहन्छ भने निराश नभई खुशी हुनुपर्छ ।

 #दुई_पुस्ता_वीचको_तुलना :एउटा बच्चाले आफ्नो बाऊलाई सोध्छ : तपाईहरू के गरी बस्नु हुन्थ्यो, जत्तिखेर :- न प्रविधिमा पहूँच...
01/04/2021

#दुई_पुस्ता_वीचको_तुलना :

एउटा बच्चाले आफ्नो बाऊलाई सोध्छ : तपाईहरू के गरी बस्नु हुन्थ्यो, जत्तिखेर :
- न प्रविधिमा पहूँच थियो,
- न हवाइजहाज थिए,
- न इन्टरनेट थियो,
- न कम्प्युटर थियो,
- न कुनै नाटक थिए,
- न टेलिभिजन थिए,
- न एयर कण्डिशन थियो,
- न कार थिए,
- न मोबाइल फोनहरू थिए ।

#बाउले_उत्तर_दिन्छन् :

"जसरी तिम्रो पुस्ता आज बाँचेको छ" :
- न प्रार्थना छ,न भाव
- न दया/न करूणा छ,
- न इज्जत/सम्मान छ,
- न चरित्र छ, न चेतना
- न लाज छ, न सरम
- न कुनै विनयशीलता छ,
- न समय-पालना छ,
- न खेलकूद छ,न मनोरञ्जन
- न पढाइ छ, न बिद्या
- न भरपर्दा साथीसंगी छ्न् मात्र फेस्बुके साथी।

सन् १९४० देखि १९९० को विचमा जन्मिने हामी साँच्चिक्कै भाग्यमानी छौँ । हाम्रो जीन्दगी त्यसको ज्वलन्त प्रमाण हो :

👉 खेल्दा र साइकल चलाउँदा हामीले कहिल्यै हेलमेट लगाएनौँ ।
👉 हामीले स्कूलपछि साँझ परुञ्जेल खेल्यौँ, टिभि कहिल्यै हेरेनौँ ।
👉 हामी साँच्चैका साथीसङ्ग खेल्यौँ, इन्टरनेटका साथीसङ्ग होइन ।
👉 तिर्खा लागे धाराको पानी सोझै पियौँ, बोतलको होइन ।
👉 चार जना साथीले एउटै गिलासबाट जुस पिए पनि कहिल्यै विरामी परेनौँ ।
👉 दैनिक एक-एक थाल भात खाए पनि हाम्रो तौल कहिल्यै बढेन ।
👉 खाली खुट्टा डुलेपनि हाम्रा पैतलामा केही भएन ।
👉हाम्रा बाउ-आमाले हामीलाई स्वस्थ राख्न कुनै थप पोषिलो खाना खुवाउनु परेन ।
👉 हाम्रा खेलौना हामीले आफैँ बनायौँ र खेल्यौँ ।
👉 हाम्रा बाऊ-आमा धनी थिएनन् । तिनले हामीलाई प्यार दिए, अरू सांसारिक बस्तु होइन ।
👉 हामीसङ्ग कहिल्यै मोबाइल फोन थिएन, डिभिडि, प्ले-स्टेशन, एक्स-बक्स, भिडिओ गेम, ब्यक्तिगत कम्प्युटर, इन्टरनेट-गफ थिएनन् तर हामीसङ्ग वास्तविक साथीहरू थिए ।
👉 हामी नबोलाइकनै साथीको घर जान्थ्यौँ र उतै खाना खान्थ्यौँ ।
👉 तिम्रो भन्दा अलि फरक, हाम्रा नाता-गोता नजीकै बस्थे, त्यसैले हामी सङ्गै पारिवारिक जमघटको आनन्द लिन्थ्यौँ ।
👉 हाम्रा श्याम-स्वेत तस्वीर हुन सक्छन् तर तिनमा तिमीले रङ्गीन यादहरू पाउँछौ ।
👉 हाम्रो पुस्ता अद्वितीय र सबै भन्दा बढि सुझ-बुझ भएको पुस्ता हो किनकि #हामी आफ्ना माता पीताले भनेको सुन्ने अन्तीम पुस्ता हौँ र आफ्ना छोराछोरीको कुरा सुन्ने पहिलो पुस्ता हौं । हामी यस्तो पुस्ता हौं, जसले आफू जन्मदा अस्तित्वमै नभएका प्रविधिको प्रयोग गर्न समेत तिमीलाई मद्दत गरिराखेका छौँ ।
👉 हामी "लिमिटेड इडिसन" हौँ ! त्यसैले तिमीहरू
- हामीसँग रम,
- हामीबाट सिक,
- हामीलाई सम्पत्तिको रुपमा लेऊ,
- हामी यो धर्ती र तिम्रो जीवनबाट अलप हुनु अघि यहाँका सबै चिज र सबै मान्छेलाई माया गर ।
!! From
Sundar sir

 😪SLC" मा 91.25%हानियो, "+2" मा 78.23%हानियो,bachelor मा 75 ओभर र masters  मा राम्रै बढिरहेको थियोकुन "किताब" को कुन "पे...
10/02/2021

😪

SLC" मा 91.25%हानियो, "+2" मा 78.23%हानियो,
bachelor मा 75 ओभर र masters मा राम्रै बढिरहेको थियो
कुन "किताब" को कुन "पेज" को कुन "नम्बरमा" कुन
"Question" छ, तेसको "Answer" के हो सबै रटियो,
कसैले सोधे "आँखा" चिम्लेर भनिन्थ्यो...!!!
तर जब म मख्ख परेर "MARKS" ले भरिएको आफ्नो भए
भरको "Marksheet", "Certificate" को खाता बोकेर,
"जागिर खान्छु, पैसा कमाउछु, भबिष्य बनाऊछु भनेर
"Interview" मा गएँ...!!!
"Interview" लिने "मान्छेहरुले” मेरो "जीवन" भरको
"दु:ख",मेहनत को कमाई मेरो "Marksheet" हेरे र
भुईमा राखे, "यसरि भुई मा राखे कि त्यसको कुनै मुल्य नै नभए झै"...!!!

अनि म तिर हेरेर हाँस्दै सोधे, "तपाई ले त धेरै पढ्नु
भएको जस्तो छ"...आज सम्म पढेर तपाईले जिन्दगीमा के के
कुराहरु सिक्नु भो? कुन-कुन क्षेत्रमा परिवर्तन गर्नु भयो ?
म त्यो "प्रश्न" को उत्तर दिन अक्मक्किएँ, किनकि मेरो
दिमाग
मा "Newton's का सिद्धान्त, बिज गणितका सुत्र,
डार्विनको
थ्योरी देखि त्यो पेजको त्यो नम्बर को त्यो
Question को Derivation अनि Answer कण्ठै
थियो...!!! तर पनि उक्त प्रश्नको उत्तर भेटेन।

"Interview room" मा छिर्ने बेला, "छाति फुलाएर गर्बका
साथ छिरेको थिएँ म" हातमा भएका "Marksheet" अनि
"certificate" हरु भारि लागेको थियो,तर जब म
"Interview room" बाट बाहिर निस्किएँ ति
"Marksheet" अनि "Certificate" हरु बाटोमा उम्रेका
झारको पात भन्दा नि हलुका लाग्न थाल्यो...!!!
अनि घर आइ ति सारा "Marksheet" अनि "Certificate"
काठको दराज मा थन्काउन बाध्य भएँ... र हिडे पासपोर्ट
बनाउन।

र तिन चार महिनाको साउदी ट्राइ गरेपछि भिसा पनि आयो। १६ बर्ष पढेर पाएका
“Certificates” हरु भन्दा १६
दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ।
त्यही एउटा पासपोर्टको भरमा घरका सबै
सदस्यले आफ्नो सपना बुन्ने गर्दछन् र म सबैको सपना
साकर पार्न परदेसिएँ !

त्यसैले साथीहरु,
"जिन्दगीमा तपाईहरुले कस्तो पढ्नु भो त्यस्ले
खासै महत्व राख्दैन तर तपाईहरुले के पढ्नु भो,पढेर
के सिक्नु भो तेसले ठूलो प्रभाब पार्छ...!!!
"Marks" र "Certificate" को लागि मात्र होईन, नया
कुरा सिक्न को लागि पढ्नुहोस...

#😥😥😥Post

>>>>you must read>>>>>                                                           Value of friendsTo realize the value of...
03/02/2021

>>>>you must read>>>>>
Value of friends
To realize the value of ONE MONTH, ask a mother who gave birth to a premature baby.
To realize the value of ONE WEEK, ask an Editor of a weekly newspaper.
To realize the value of ONE HOUR, ask the beloved who is waiting to meet.
To realize the value of ONE MINUTE, ask a person who missed the train.
To realize the value of ONE SECOND, ask a person who just avoided an accident.
To realize the value of FRIENDS, ask a person who has lost the dearest one.
Treasure every moment that you have!
Yesterday is history.
Tomorrow is a my story.
Today is a gift.
That’s why it’s
Called the present!!

***** Thanks for*****

02/02/2021

If someone hurt you, betrays you, or breaks your heart...... forgive them, for they have helped you learn about trust and the importance of being cautious to whom you open your heart.

08/10/2020

एकदिन अकबरले वीरबललाई भनेछन् ,एउटा यस्तो वाक्य लेख जसलाई खुसीको क्षणमा पढ्दा दु:ख लागोस् र दुखको क्षणमा पढ्दा खुसी लागोस !!आदेश पाए लगत्तै वीरबलले लेखेछ:- "समय सँधै यस्तै रहँदैन"

08/09/2020

(दुई मिनेट समय निकालेर पढौ ल)
मलाई रक्तचाप (Blood Pressure) र मधुमेह (Sugar) को समस्या थियाे। त्यसैले सवेरै नियमित जचाँउने डाक्टरकहाँ पुगें। डाक्टरको क्लिनिकबाट बाहिर उनकाे बगैंचाकाे दृष्य स्पष्ट देखिएकाे थियाे। जहाँ डाक्टरसाब याेग र ब्यायाम गर्दै थिए। करिव १ घण्टाको प्रतिक्षा पश्चात् डाक्टर आफ्नाे लागि कागती पानी लिएर आए र कागती पानी पिउदै मेरो रक्तचाप जाँच गर्न थाले। उनले मलाई भने अब तपाईंले औषधी बढाउनु पर्ने भयाे। उनले प्रेस्क्रिप्सनमा ७/८ वटा औषधीकाे नाम लेखे। उनले मलाई औषधी नियमित रुपमा खान सचेत गराए। मैले उत्सुकतावश डाक्टरलाई साेधें के तपाईं सधैं याेग र ब्यायाम गर्नुहुन्छ? डाक्टरले भने- 'विगत १० वर्ष देखि म याेग र व्यायाम गर्दैछु । यही कारण रक्तचाप तथा मधुमेह लगायतका राेगहरुबाट म सुरक्षित छु। म आफ्नाे हातमा लिएकाे प्रेस्क्रिप्सन हेर्दै थिएँ जसमा तिनै डाक्टरले रक्तचाप तथा मधुमेहलगायतका रोग कम गर्नका लागि थुप्रै औषधि लेखिदिएका थिए।.....
एक दिन टाउकाे बेस्सरी दुखिरहेकाे थियाे। त्यसैले म औषधि पसलमा गएँ। पसलमा साहुजी हैन कामदार थिए। उनले मलाई टाउकाे दुखेकाे सञ्चाे हुने १ पत्ता औषधि दिए। उनलाई मैले साेधें- 'साहुजी खै त ?' उनले भने -'उहाँ त टाउकाे बेस्सरी दुख्यो भनेर बाटाेपारीकाे कफीहाउसमा कफी पिउन जानुभाछ।' 'एकछिन मै आइहाल्नु हुन्छ।' म आफ्नाे हातमा लिएकाे औषधिकाे पत्ता हेर्दै थिएँ। ....
अर्को एक दिन म आफ्नाे श्रीमतीका साथ एउटा ब्युटी पार्लरमा गएँ। श्रीमतीजीलाई केशविन्यास (Hair Treatment) गर्नुथियाे किनभने उनकाे कपाल रुखाे र दराे भएकाे थियाे। सोधपुछ कक्षमा बसेकी युवतीले हामीलाई थुप्रै प्याकेजका बारेमा बताईन्। पैसा देखि लिएर ती प्याकेजका फाईदाहरुका बारेमा बेलिविस्तार लगाईन्। प्याकेज ३००० रूपैंया देखि ८००० रूपैंयासम्मकाे रहेछ। केही समय बार्गेनिङ चलेपछि ५००० रूपैंयाकाे प्याकेजमा ५०० रूपैंया छुटगरी ४५०० रूपैंयामा केशविन्यासको मूल्य तय गरियाे। केशविन्यास गर्ने दौरानमा विन्यास गर्ने युवतीकाे कपालबाट मनमाेहक बास्ना आईरहेकाे थियाे। मैले उनलाई साेधें -' तपाईंले आफ्नाे कपालमा के लगाउनु भएकाे छ ?' वास्ना त मीठाे छनि त!' उनले भनिन् - 'तेलमा मेथी र कपुर घाेलेर लगाएकी छु। यसले कपाल नरम, मुलायम बनाउनुका साथै कपाल छिटाे बढ्ने र मजबुत हुने गर्छ।'......म आफ्नी श्रीमतीकाे अनुहार हेर्दै थिएँ जो पैंतालीस सय रूपैंया तिरेर आफ्नाे कपाल नरम बनाउँदै थिईन्।.......
मेराे एउटा हुनेखाने साथीकाे एउटा ठूलो डेरी फार्म छ। म एकदिन उसको दुग्धशालामा पुगें। जहाँ करिव सयओटा विदेशी गाईहरू थिए। गाईहरूको दूध मेशिनद्वारा निकालेर प्रशोधन भइरहेकाे थियाे। केही पर दुईओटा स्थानीय जातका गाईहरू हरियाे घाँसपात र दाना खाँदै थिए। मैले जिज्ञासा राखें - 'किन यी दुई खाले गाई?' साथीले भन्याे - 'आफ्नाे घरमा बिदेशी गाईकाे दूध जाँदैन। घरपरिवारकाे प्रयाेगका लागि त स्थानीय दुईओटा गाईकाे दूध, दही र घ्यू मात्र प्रयाेग हुनेगर्छ।'.......
म तिनीहरुका बारेमा साेच्दै थिएँ - जसले ब्रान्डेड दुधलाई उत्कृष्ट मानेर किन्ने गर्छन्........।
हाम्रो घर नजिक एउटा प्रसिद्ध रेष्टुरेन्ट छ जुन आफ्नाे विशिष्टता, शुद्ध एवम् स्वादिष्ट खानाकाे लागि चर्चित छ । एक दिन हामी जोईपोई खाना खान त्यही रेष्टुरेन्ट गयौं। खाना खाईसेपछि रेष्टुरेन्टबाट निस्कँदैगर्दा त्यहाँकाे मेनेजरले विनय पूर्वक जिज्ञासा राखे - 'सर खाना कस्तो लाग्याे ? हामी विशुद्ध घिउ, तेल र मसला प्रयाेग गर्ने गर्छौ। हाम्रो काेसिस छ घर जस्तै खाना र वातावरणको अनुभव हाेस् हाम्रा ग्राहकहरुलाई।' हामीले खानाकाे प्रशंसा गरेपछि मेनेजर हामीलाई आफ्नाे Visiting Card दिनका लागि आफ्नाे क्याविनमा गए। काउण्टरमा एउटा तीन खण्डकाे स्टिलकाे टिफीनक्यारियर राखिएकाे थियाे । एउटा वेटरले अर्काेसँग भन्याे - 'दिपक, सरकाे खाना भित्र क्याविनमा राखिदेउ। ग्राहक गएपछि खानुहुन्छ सरले।' मैले वेटरसँग साेधें - 'के मेनेजर सावले याहाँकाे खाना खानुहुन्न?' वेटरले जवाफ दिए -' सरले कहिल्यै यहाँकाे खाना खानुहुन्न। सधैं नै घरबाट ल्याएर खानुहुन्छ।'.....म आफ्नाे हातमा रहेकाे झण्डै दुईहजार रुपैंयाको बिललाई हेर्दै थिएँ........

#मेराे बुझाई / सिकाई :
उपराेक्त घटनाहरूबाट मेराे जीवनमा तलका जस्ता केही नविनतम सिकाइ हासिल भएकाछन्:-
१. हामी जसलाई असल जीवनशैली भनेर बुझ्दै आएका छौँ, त्याे हामीलाई भ्रमित गर्ने माध्यम मात्र हुन् । हामी बैंकको ATM हौं जसबाट कुशल ब्यापारीले ठूलाे धनराशी निकालिरहेका छन् ।
२. प्रायःजसो जुन चिजहरु हामीलाई बेचिन्छ ती चिज हरु स्वयम् बिक्री गर्नेले भने प्रयाेग वा उपभाेग गर्ने स्तरका हुंदैनन्।
copied

06/09/2020

You'll always have a special place in my heart no matter how much you've hurt me.

Address

Pokhara
00977

Website

Alerts

Be the first to know and let us send you an email when Raj Babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raj Babu:

Share