Ranjan Adhikari 'रञ्जन अधिकारी'

Ranjan Adhikari 'रञ्जन अधिकारी' 'समसामयिक विषयवस्तुमा मेरो दृष्टिकोण' A Pokhara based Journalist.
(13)

तीनकुने र बल्खुमा भीड गर्ने बेरोजगारी जत्थालाई ट्रकमा हालेर जाजरकोट र रूकुम पुर्‍याइदिए गज्जब हुन्थ्यो । भूकम्पपीडितका घ...
23/11/2023

तीनकुने र बल्खुमा भीड गर्ने बेरोजगारी जत्थालाई ट्रकमा हालेर जाजरकोट र रूकुम पुर्‍याइदिए गज्जब हुन्थ्यो । भूकम्पपीडितका घर यसैगरी बनाउन बल मिल्थ्यो। चिसोले कठ्याङ्रिएर थप ज्यान जान्थेन ।

23/11/2023

छैन, बर्बाद भयाे, सकियाे भन्दै भावनामाथि खेलबाड गर्दै सत्तामा पुग्ने जाे काेही भए । अहिले पनि सकिएका बर्बादहरू नै अघि बढेका हुन् । प्राप्त उपलब्धिलाई एक-एक गर्दै संगाल्दै, जाेड्दै बढाउने काेही भएन ।

यसैले, देश अहिले भीरकाे चिण्डाे बन्याे । माथि रहेकाे व्यवस्थाले पनि टिप्न सकिरहेकाे छैन । फेरि तल झारे त टुक्रा पनि सग्लाे रहन्नन् ।

एउटा यस्तो नेतृत्वकाे खाँचाे छ; जसले आफूलाई पक्रिने बलिया हातहरुकाे साङ्लाे बनाएर आफै झुण्डिँदै भीरकाे बीचमा पुगेर टपक्क टिपेर माथि ल्याएर राख्नुछ ।

विश्वासको साङ्लाे भीरकाे बीचमा नपुग्दै नचुड्याउने आधार बनाउन सक्ने भयमुक्त व्यक्ति अबकाे नेता हुनसक्छ । र, त्यो विकल्प यस्तो कुतीको बाटोबाट आउँदैन । अघि सरेका, सारिएका पात्र त लाजमर्दा, नामै लिन अयोग्य छन् ।

शुभ प्रभात 🙏😊

'काठमाण्डु जाम्, १ दिन आन्दाेलन गरेर बैंक ऋण मिनाहा हुन्छ, राजा नै आउँछ । होटलमै खुवाउने, सुत्ने व्यवस्था छ' भनेर गामगाम...
22/11/2023

'काठमाण्डु जाम्, १ दिन आन्दाेलन गरेर बैंक ऋण मिनाहा हुन्छ, राजा नै आउँछ । होटलमै खुवाउने, सुत्ने व्यवस्था छ' भनेर गामगामबाट बसका बस आमा बुवा, दिदीहरू काठमाण्डु लगेको देखियो ।
चिसो मध्यरातमा आमा, दिदीहरू सडकबाट लखेट्ने काम अपराध हो । ती विवेकहीन लाठेहरू मार्क्सवादी, लेनिनवादी हुन सक्दैनन् । यस्ता अधर्मी काम नगरौँ ।

अरबौं रकम ठगेर फरार इमेज सहकारी सञ्चालक ढोरपाटनका मेयर देवकुमार नेपाली सार्वजनिक भएछन्। गरीबका पसिना चुसेर त कहाँ शान्ति...
21/11/2023

अरबौं रकम ठगेर फरार इमेज सहकारी सञ्चालक ढोरपाटनका मेयर देवकुमार नेपाली सार्वजनिक भएछन्।
गरीबका पसिना चुसेर त कहाँ शान्तिले बस्न सकिन्छ र ? बस्न सकेपनि त्यसको चुक्ता त जुनै लोक पुगेपनि गर्नैपर्ला ।
दिनभरी सहकारीमा जम्मा हुने, राति गाडी लिएर लिन पुग्ने मेयरले त गरीबका पैसा जति घर/जग्गामा हालेछन् !
अहिले त्यही सार्वजनिक गरेर भन्दैछन् - 'म सबै बेचेर भएपनि तिर्छु ।'
अब न ईज्जत, न धन । हेलिकोप्टर चढ्ने मेयर अब गधा चढेर हिँड ।
१८ वटा घर, ४४ ठाम जग्गा बेचेर पुग्ला त ?

'सीमाना उडाउने देशभन्दा गर्लफ्रेण्ड उडाउने देशले जितेकै ठीक छ । व्यक्ति भन्दा देश ठूलाे हो' भन्छ त भाइ । 😅बडो घत लाग्यो ...
19/11/2023

'सीमाना उडाउने देशभन्दा गर्लफ्रेण्ड उडाउने देशले जितेकै ठीक छ । व्यक्ति भन्दा देश ठूलाे हो' भन्छ त भाइ । 😅
बडो घत लाग्यो ।
Congratulations Australia 🇦🇺 🙂

18/11/2023

दुर्गा प्रसाईंको दिमाग बिग्रनु स्वभाविक हो । अरबौं ऋण लिएर त्यत्रा संरचना बनाएपछि सम्बन्धन नदिँदा कसको दिमागले काम गर्छ? यही दलका नेताहरुकै कारण प्रसाईं बहुलाएका हुन् । संरचना बनाउँदा करोडौं कमिशन मिल्ने भएर दिइहाले, तर चलाउन दिएनन् ।

उनी जति बहुलाएपनि लिएको ऋण त तिर्नैपर्छ । ऋण नतिर्ने बहानामा जसरी अराजक भएर हिँडेका छन् । यिनीसँग पछि लागेर हिँड्नेहरुको पनि दिमाग ठीक भएजस्तो चाहिँ मलाई लाग्दैन । आर्थिक मन्दिले पनि प्रसाईंका पछुवा बढे । यिनको पछि लागेर हिँडे तिर्न पर्दैन कि भन्ने ठान्दैछन् । यसरी अराजक भएपछि ऋण तिर्न पर्दैन र ?

18/11/2023

आज विशेष दिन
२.०.८.०.०.८.०.२
अगाडि, पछाडि जताबाट पढ्नुस् । 😊

पोखरामा कस्तो अभियान यो ? 'सडक छेऊ फोहोर नफालौँ, फाल्नै परे सडकबीचमा फालौँ'
17/11/2023

पोखरामा कस्तो अभियान यो ?
'सडक छेऊ फोहोर नफालौँ, फाल्नै परे सडकबीचमा फालौँ'

यतिबेला पोखराको फोहोर नियमित नै उठिरहेको छ । पहिले झैं समस्या अहिले छैन । पोखराका बासिन्दाले राति सडक छेउमा फोहो.....

सही नियत, गलत तथ्य । टीममा ईतिहास बुझेका राख्नुपर्‍याे । माथिल्लो अनुच्छेद टीमले नै लेखेको हो र दोस्रो अनुच्छेद बालेन आफ...
16/11/2023

सही नियत, गलत तथ्य ।
टीममा ईतिहास बुझेका राख्नुपर्‍याे । माथिल्लो अनुच्छेद टीमले नै लेखेको हो र दोस्रो अनुच्छेद बालेन आफैले लेखेका हुन् भन्ने कुरा शुद्ध अशुद्धले थाहा हुन्छ । बालेनलाई गलत भन्न हुन्न, नियत सही देखियो । तथ्य गलत उद्दृत गरी बालेनलाई कन्भिन्स गर्ने टीममा अध्ययन पुगेन । 🙂

सकियो तिहार, खेतमै रहे सयपत्री• पोखरामा फूल किसानलाई ठाउँ मिल्यो, ग्राहक मिलेन• भारतसम्मका फूल घरघरमा बेचिँदा स्थानिय कृ...
15/11/2023

सकियो तिहार, खेतमै रहे सयपत्री
• पोखरामा फूल किसानलाई ठाउँ मिल्यो, ग्राहक मिलेन
• भारतसम्मका फूल घरघरमा बेचिँदा स्थानिय कृषक मर्कामा
• स्टल व्यापारी सडकतिर निस्केर बेच्न बाध्य
• पोखरा महानगरले स्टलका कृषकका स्टक माला र फूलको क्षतिपूर्ति दिने, प्रतिमाला २० रुपैंया

स्टल व्यापारी सडकतिर निस्केर बेच्न बाध्य पोखरा महानगरले स्टलका कृषकका स्टक माला र फूलको क्षतिपूर्ति दिने, प्रति....

14/11/2023
14/11/2023

टिकटकमा अश्लील सामाग्री आउँथ्यो भन्छन् ।
मेरोमा त कहिल्यै देखिनँ । हुन त, जस्तो Content हेर्ने, Search गर्ने गरिएको छ, त्यस्तै भिडियो मात्र देखिने सिस्टम फेसबुक, इन्स्टा, टुइटरतिर पनि उही हो । अश्लील चीज हेर्न भएन नि त, आउँदै आउँदैनन नि । 😅
Google मा एक शब्द राखेर सर्च गर्नासाथ अश्लिल तस्वीरले स्क्रिन ढाकिन्छ भन्दैमा त्यो पनि बन्द गरिदिने त ?

13/11/2023

म टिकटक खासै प्रयोग गर्दिनँ।
खाता छ तर हेर्नका लागि लगइन गर्नेपर्छ भन्ने पनि छैन ।
कहिँ घटना, दुर्घटना हुँदा भिडियो टिकटकबाटै पाउँथे, प्रारम्भिक सूचनाका लागि असाध्यै फलदायी रह्यो । र, त्यसैलाई समाचारमा तस्वीर प्रयोग गर्थेँ (with source)। यो मेरो लागि सदुपयोग नै थियो ।
कसैको जिन्दगी बन्यो, कसैको बर्बाद भयो । जान्नेले वा तरिका हुनेले डलर झारे । ईज्जत फालेर पनि कमाए । सदुपयोग गर्ने कि दुरुपयोग ? त्यो आफ्नै वशको कुरा हो ।
आगो चाहिन्छ, दुरुपयोग गरे भष्म पार्छ ।
पानी नभई हुँदैन, धेरै भए मरिन्छ ।
प्रयोग, उपयोग, सदुपयोग, दुरुपयोग जे जे गर्ने हो आफ्नो कुरा ।
खै, रक्सी, चुरोटले कतिलाई बर्बाद पारेका छन्, हामीलाई नभए पनि हुन्छ त !
सरकारको यो निर्णय खेदपूर्ण छ ।
अविलम्ब फिर्ताका लागि जोडदार माग छ ।

13/11/2023

शान्ति बराल र दुर्गा प्रसाईंले देश हल्लाए यार !
TikTok नेपालाँ बन्द रे !
'China' को १ 'Call' हो बाबै !
किन मच्चिनू ? China नै TikTok मालिकसँग एन्टी हो भने होला । नत्र, त्यस्तै हो ।

13/11/2023

प्रहरीमा राजीनामा दिनेको लर्को:
हाकिमहरू अपराध छल्न, जवानहरू परिवार पाल्न सेवाबाट बिदा ।

यो तस्वीर नदेखिएसम्म 'लक्ष्मीपूजा' गरेको धित नै नमेटिने, बर्षौँदेखि देख्दै आएको मनमुटु पुग्ने तस्वीर 🥰
12/11/2023

यो तस्वीर नदेखिएसम्म 'लक्ष्मीपूजा' गरेको धित नै नमेटिने, बर्षौँदेखि देख्दै आएको मनमुटु पुग्ने तस्वीर 🥰

12/11/2023

'मान्छे'को जात संस्कारी 'कुकुर' जत्तिको 'ईमानदार' बन्न सकोस् । लक्ष्मीभक्त हुँदा ईमान माटोमा मिलाउँछन् मान्छे ।
कुकुर पूजा र लक्ष्मी पूजाको दिन यही शुभकामना । 🙂🙏🕉

करणी मनसायले ट्याक्सीमा राखेर लेकसाइडको होटल लगिएकी १४ वर्षीया बालिका उम्किइन्- फेसबुकमा 'च्याट', स्न्यापच्याट लोकेशन ट्...
11/11/2023

करणी मनसायले ट्याक्सीमा राखेर लेकसाइडको होटल लगिएकी १४ वर्षीया बालिका उम्किइन्
- फेसबुकमा 'च्याट', स्न्यापच्याट लोकेशन ट्रयापले 'भेट'
- पोखराको हरियोखर्कमा बास्केटबल खेल्दै थिइन् बालिका

आज (शनिबार) दिउँसो ३ बजेतिर पोखरा १५ मा एक बालिका साथीहरुसँग खेल्दै थिइन् । १४ वर्षीया उनी शनिबार बास्केटबल खेल्न .....

चौथो अङ्ग चौथो नम्बरमै र'छ । 😅
11/11/2023

चौथो अङ्ग चौथो नम्बरमै र'छ । 😅

11/11/2023
09/11/2023

धरानमा पनि एयरपोर्ट चाहियो रे !
कमिशन बाहेक केही देख्दैनन् धुन्धुकारीहरु !
बनाउँदा कमिशन, भत्काउँदा कमिशन !!
बरु पोखरामा २ वटा भो, एउटा उठाएर लगे हुन्छ । यहाँ चल्दैन ।

09/11/2023
पत्रिका पढ्न पनि त किन्नुपर्छ । हामीलाई समाचार सन्तुलित/निष्पक्ष पनि चाहिने, अनि सित्तैमा चाहिने !भारतमै समेत प्रिमियिम ...
08/11/2023

पत्रिका पढ्न पनि त किन्नुपर्छ ।
हामीलाई समाचार सन्तुलित/निष्पक्ष पनि चाहिने, अनि सित्तैमा चाहिने !
भारतमै समेत प्रिमियिम समाचार व्यवस्था चलिसकेको छ ।
तर, पैसा तिरेपछि पढ्ने सामाग्री गुणस्तरीय हुनुपर्छ । यत्ति मनन गरे पुग्छ ।
कमेन्टरले हुन् नबुझेका, सचेत पाठकले बुझेका छन् ।
विज्ञापनदातामा निर्भर हुनुपरेपछि समाचार निष्पक्ष बनाउन सकस पक्कै हुन्छ । यो व्यवस्थाले पत्रकारिताको अवस्था सुध्रिन्छ । पाठक ठग्न भने पाइन्न ।
यो सबैले एकसाथ लागु गर्नुपर्छ ।
जसरी गणतन्त्रमाथि खतरा भन्दै सबै एक भए :P
अनलाइनहरुले सबैले लागु गरेमा नयाँ युगको सुरुवात हुनेछ ।
सेतोपाटी, नयाँपत्रिका झैं ब्याक हुन नपरोस् । सबैले साथ दिनुपर्छ ।
ढिलो चाँडो सबै यही बाटोमा जाने हो ।
सेतोपाटीले आज भनेझैं 'विज्ञापनले धान्ने सञ्चारगृह अन्ततः पाठकमा होइन, बजारमाथि निर्भर हुन पुग्छ।'

08/11/2023

जनताले ल्याएको व्यवस्था खतरामा परे जनताले नै रक्षा गर्नेछन् ।
देशका शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसके । अब सक्रिय राजनीतिबाट विश्राम लिए भने यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन। दुर्गा प्रसाइँले सातो लिने कस्तो अवस्था ? हरे ! हरे !!

08/11/2023

त्यहाँका मेयरले 'हेलिकप्टर आतंक बन्द गर' भनेर यसै भनेका रहेनछन्

गज्जब 👏🕉️
08/11/2023

गज्जब 👏🕉️

चामत्कारिक सुधार । चाँडै नियमित काममा फर्कनू । शुभकामना प्रकाश दाइ । 🙏
08/11/2023

चामत्कारिक सुधार । चाँडै नियमित काममा फर्कनू । शुभकामना प्रकाश दाइ । 🙏

पोखरा । घाँस काट्ने क्रममा लडेका चर्चित अभिनेता प्रकाश घिमिरेको स्वास्थ्यअवस्थामा राम्रो गरी सुधार भइरहेको छ । ....

गज्जब गगनवाणी, ल त शीर्ष नेता छाडिहालम् त !
07/11/2023

गज्जब गगनवाणी,
ल त शीर्ष नेता छाडिहालम् त !

07/11/2023

• जाजरकोट भूकम्पमा उद्दारको नाममा घाइतेहरूको गरगहना लुटेपछि ४ जनालाई पक्राउ ।
• सांसदले आफ्ना पार्टीका कार्यकर्तालाई मात्र राहत बाँडेपछि भूकम्प पीडित झनै पीडामा ।
• काठमाडौंका प्रहरीले सडकबाटै लुटपाट गरे, असईसहित तीनजना पक्राउ ।
यस्ता समाचार देखिए आज । यिनीहरू आवरणमा मात्र मान्छेका रूपमा छन् ।

06/11/2023

भूकम्प समयः गएराति, मधुमस्ति सार्वजनिकः भोलिपल्ट दिउँसो
जतिबेला हाम्रो हेडलाइन थियोः 'भूकम्पबाट मृत्यु हुने १३० पुष्टि'
२ दिन भइसकेछ,
महानायकको मधुमस्ती सुहागरात झैं एकैरात सकियो कि जारी छ !?
युवाका महा उपन्यासकारले पनि महाभूकम्पमा झ्याइँ झ्याइँ पारेका थिए क्यार,
व्यक्तिगत जे गरे नि, सार्वजनिक गर्दा चाहिँ आइकनहरुले ध्यान दिनू ।
अरु त मै मर्जी !

- रबि लामिछाने यतिबेला जाजरकोटबाट रेडियो पाइलामा पूरानो कर्म स्टुडियोभित्र देखिएका छन्। लाइभ छन्। यस्तै, साधारण व्यवहार ...
04/11/2023

- रबि लामिछाने यतिबेला जाजरकोटबाट रेडियो पाइलामा पूरानो कर्म स्टुडियोभित्र देखिएका छन्। लाइभ छन्। यस्तै, साधारण व्यवहार र जनतासँगको सान्निध्य खोजेको हो। जनताका सेवामा यस्तै रहनू।
- प्रचण्ड र सरकारले भूकम्प प्रभावितका लागि जे गरिरहे। अन्य सरकारी संयन्त्र र निजी क्षेत्रले जे गरिरहेको छ। राम्रो छ।
सबै एक भएर विपत्तिसँग लड्ने बेला हो। विरोध गर्ने बेला होइन। साथ दिने हो।
भूगर्भविदले अझै ठूलो विपत्तिको सामना गर्नुपर्ने हुनसक्छ भनिरहेका छन्।
पूर्व तयारीका लागि ढिला नगरौँ। २०७२ मै पाठ पढाइसकेको हो।

04/11/2023

त्यो महाभूकम्प
हिजोकै समय झैँ मध्यराति गएको भए ? लाखौँ मानवीय क्षति हुने थियो । स्कूले विद्यार्थीको हताहती हामीले कल्पना नगरेकै हुनेथियो ।
धन्य ! भगवान शनिबारको दिन, खाना खाइवरी बाहिर निस्कने समय मध्यान्ह हुँदा पनि कम भन्दा कम क्षति भो ।
म स्वयं परिवारविहिन हुनबाट बचेँ ।
तर, हिजो असाध्यै अन्याय गर्‍यौ ।
विकट ठाम, ढुंगामाटाका पूराना घरहरू भएको ठाममा मध्यरात विनाश गर्‍यो । दिउँसो भए यति क्षति हुँदैनथ्यो । के गर्नू ? हुने हार, दैव नटार ।
घाइतेलाई उपचार र प्रभावितलाई सहयोगमा कुनै कमी नहोस् ।

03/11/2023

भूकम्पबाट भएका क्षतिका खबर आउन थाले ।
आमाले छातीमा च्यापेर सुतेका कलिला लालाबालाहरू ५ सेकेण्डभरमै सबै एकै चिहान । 😥
निँद हरायो ।
भगवान ! अझै के कति देख्नुपर्ने हो ।
थप क्षति नहोस्, कामना गरौँ ।
जय पशुपतिनाथ 🙏🕉️

नेपाल 🇳🇵 नेपाल 🇳🇵हार्दिक बधाई 🙏❤️१० वर्ष पछि टी-२० विश्वकपमा छनोट भयो नेपाल, युएई आठ विकेटले पराजित📸CAN
03/11/2023

नेपाल 🇳🇵 नेपाल 🇳🇵
हार्दिक बधाई 🙏❤️
१० वर्ष पछि टी-२० विश्वकपमा छनोट भयो नेपाल, युएई आठ विकेटले पराजित
📸CAN

03/11/2023

८-१० बर्ष अघितिर सिके राउत लक्षित मेरा सबै टिप्पणीहरू खारेज भएको घोषणा गर्दछु ।
उनले पनि त '१ मधेश, १ देश' एजेण्डा खारेज गरे भन्ने लाग्छ ।
वाह ! संसदमा प्रस्तुति ।
विद्वता त राेष्ट्रममा देखिँदैछ । नयाँ एजेण्डाले सिँगो देशको हित गरून् ।
अनि,
चित्रबादुर 'बाजे'का चाहिँ कुरो सधैँ मीठाे ।

03/11/2023

सरकार पुरस्कार बोल्छ, दिँदैन । अर्नाले उचालेको उचाल्यै छ । यो आर्थिक मन्दीमा मैदानमा मात्र हैन, घरमा पनि चल्नै पर्ला । खेलाडीहरू अलिक बढी हतासिए कि जस्तो पनि लाग्ने ! अर्नाले जे गरेको छ, ठीक गरेको छ तर पनि सम्हालिनुपर्छ खेलमा । टीममा ब्यालेन्स नभए बर्बाद हुन्छ ।
टन्नै शुभकामना छ नेपाल । जित्नुपर्छ, जित्नैपर्छ । 🇳🇵🙏❤️

म झन् सधैं भन्दै आएको हूँ, सत्यभन्दा माथि शासक हुन सक्दैन । हत्यारालाई दिइएको आममाफी बदर गर्ने सर्वोच्चको फैसला स्वागतयो...
02/11/2023

म झन् सधैं भन्दै आएको हूँ, सत्यभन्दा माथि शासक हुन सक्दैन ।
हत्यारालाई दिइएको आममाफी बदर गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसालले न्याय मिलेको छ र यसले शासकहरुलाई नङ्ग्याएको छ । सत्ता साझेदार दल, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मको धोति फुत्तै खसेको छ ।

सर्वोच्चलाई धन्यवाद !

आजको सबैभन्दा सुन्दर (!) दृश्यराष्ट्रपतिबाट हत्यारा रिगललाई दिइएको आममाफी बदर हुने फैसलापछि चेतन मानन्धरकी श्रीमती भारती...
02/11/2023

आजको सबैभन्दा सुन्दर (!) दृश्य
राष्ट्रपतिबाट हत्यारा रिगललाई दिइएको आममाफी बदर हुने फैसलापछि चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालत ढोगेको दृश्य एकपटक देशका सबै न्यायाधीश (हुने समेत) ले हेरून्, यस्तै न्यायपूर्ण फैसला गर्दा अगाडि नै साक्षात् देवी प्रकट हुने कल्पना गरून् ।
📸: रातोपाटी

02/11/2023

रिगल फेरि खोरमा 😊
सिफारिस गर्ने सरकार, प्रमाणिकरण गर्ने राष्ट्रपति लाज भन्ने जिनिस छ भने मनमनै भएपनि गर्नू ।

01/11/2023

आयो ! आयो !!
बालेनको अर्गानिक पोष्ट आयो !!
काठमाण्डु भनेकै नेपाल, नेपाल भनेकै काठमाण्डु ।
थानकोट भन्दा पर पनि नेपाल छ र ? भन्ने रैथाने अझै भेटिन्छन् भन्ने सुनेको छु । तिनै कोर एरियाका रैथानेले जिताएका मेयर साब'ब पो त !
पार्टी खोलेर सिँगो देश चलाउन् भन्ने जमात यत्रा र'छन् । काठमाण्डु नै देश ठान्दै अर्को कार्यकाल पनि काठमाण्डुमै राज गर्ने सुर पो देख्छु त ! 😅
यति मात्र लेख्दा गाली आउला, अरू पनि थप्छु 😋 ⤵️
अरू दलका नेताले पो एक अर्कालाई गाली गरेको नसुहाउने । 'फ्रेस' बालेनले त सुहाउने क्या । 🤣

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Ranjan Adhikari 'रञ्जन अधिकारी' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ranjan Adhikari 'रञ्जन अधिकारी':

Videos

Share

Nearby media companies


Other Pokhara media companies

Show All