Mero desh

Mero desh dear sir
Nepali news and video कृपया like र follow
गरिदिनु।

16/07/2023

२२ वर्ष देखी बन्द रहेको बा-रुद खानाको बाटो खोले बालेनले छायो स्थानीयमा खुसियाली

13/07/2023

आफन्तको एक पास्नी कार्यक्रममा उपस्थिति जनाउन नया बसपार्क पुगेका मेयर बालेनलाई हेर्नको लागी स्थानियहरुले लामो प्रतिक्षा गरेका थिए !!

मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले बनायो समितिप्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ...
11/07/2023

मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले बनायो समिति

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' , मन्त्रीगणहरु । तस्वीर: प्रदीप राज वन्त/रासस
२६ असार, काठमाडौं। सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

‘आज असाध्यै दुखद् घटना तपाईं हामी सबैलाई थाहा छ-मेक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ’ उनले भनिन्, ‘यसप्रति मन्त्रिपरिषद् बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।’

माल्टा पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने महिला पक्राउमाल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्र...
10/07/2023

माल्टा पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने महिला पक्राउ
माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ रहेकी छन्।

उन लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ५ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्तविराटनगर ।कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका संसदीय दलका ने...
06/07/2023

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर ।

कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३) (सभामुखसहित) एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रवार विश्वासको मत नपाएपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको थियो ।

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्धनेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा ...
06/07/2023

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । बिहीबार बैठक सुरु भएलगत्तै एमालेका भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै बैठक अघि बढ्न नसक्ने जानकारी गराए ।

गत १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।

मालेका सांसदहरु उठेर विरोध जनाइरहेका छन् । यसअघि बुधबार पनि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गरेको थियो ।

नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोपपाठेघर मुखको क्यान्सरविरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गर...
04/07/2023

नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

पाठेघर मुखको क्यान्सरविरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिएका छन् ।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए ।

02/07/2023

काठमाडौंका पुलमा बलेनले रोपेका सुन्दर फूल, सहर बने चर्चित बलेन शाह बिजुलीबजार वेब। # Nepal News

बालेनलाई आधार बनाएर फिल्म ‘मेयर साहेब’ निर्माण हुनेकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । फाइल तस्वीरकाठमाडौं । काठमाड...
28/06/2023

बालेनलाई आधार बनाएर फिल्म ‘मेयर साहेब’ निर्माण हुने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । फाइल तस्वीर
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कार्यमा आधारित रहेर निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । मेयर भएपछि बालेनले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको निर्देशक गिरीले घोषणा गरे । फिल्मको लोगो समेत सार्वजनिक गरिएको छ ।

‘बालेनजी मेयर भएपछि उहाँले गरेका सकारात्मक कार्यहरुलाई फिल्ममा समेट्ने छौं । यो फिल्मले देश परिवर्तनमा राम्रो सन्देश दिनेछ भन्ने आशा हामीले राखेका छौं,’ गिरीले भने । फिल्ममा समाजको लागि काम गर्दा उनले भोग्नुपरेका पारिवारिक चुनौतीलाई पनि कथावस्तुमा समेटिने उनले बताए ।

भदौ अन्त्यदेखि छायांकन सुरु हुने बताइएको यो फिल्मका कलाकार तय गर्न बाँकी छ । अहिले प्रि–प्रोडक्सन र पटकथा लेखनको कार्य भैरहेको छ ।

रुपन्देहीमा अवैध सामानसहित ६ जना पक्राउबुटवल — रुपन्देही प्रहरीले ११ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामानसहित ६ जनालाई ...
28/06/2023

रुपन्देहीमा अवैध सामानसहित ६ जना पक्राउ

बुटवल — रुपन्देही प्रहरीले ११ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामानसहित ६ जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको ११ लाख ६१ हजार ३ सय मूल्य बराबरको सामानसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बुधबार साँझ सिद्धार्थनगर नगरपालिका-१० भुजौलीबाट ७ लाख ७० हजार १ सय रुपैयाँ मूल्य बराबरका कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले बताए ।
कपडा ल्याउने भारतको महाराजगन्जका भगवान दास मौर्यसहित रुपन्देही सिद्धार्थनगरका ईन्तियाज अहमद मुसलमान र मायादेवी गाउँपालिकाका अजयकुमार चमार पक्राउ परेका प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले बताए । उनीहरु चढेको लु १९ प ८४२१ र लु ३१ प ४८४१ नम्बरका दुइटा मोटरसाइकल्समेत बरामद गरिएको छ ।
यस्तै रुपन्देही मायादेवी गाँउपालिकास्थित वनगाईबाट ३ लाख ९१ हजार २ सय मूल्य बराबरका अवैध कपडा, खाद्यान्न र किराना बरामद भएको छ । कपडासँगै मायादेवी गाउँपालिकाका विकास नाउँ, महेश बनियाँ पक्राउ परेका छन् । उनीहरुले चलाएको लु ४ प १८६८ र लु ६ प २८२३ नम्बरको मोटरसाइकल र बेवारिसे अवस्थामा रहेको लु २१ प ३१५१ को मोटरसाइकलसमेत बरामद भएको छ ।

आफुलाइ बोटल प्रहार गर्ने व्यक्तिलाई गायक प्रकाश सपुतले भेटेर सम्झाई बुझाइ गरेर उनको भविष्य तल माथी नहोस् भनेर माफी दिएका...
27/06/2023

आफुलाइ बोटल प्रहार गर्ने व्यक्तिलाई गायक प्रकाश सपुतले भेटेर सम्झाई बुझाइ गरेर उनको भविष्य तल माथी नहोस् भनेर माफी दिएका छन् भने बोटल फ्याक्नेले पनि आफ्नो गल्ती स्विकार्दै माफी मागेका छन् ।

अकूत सम्पत्ति कमाएको अभियोगमा जनस्वास्थ्य अधिकृत मिश्रविरुद्ध मुद्दा दायरअख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूप...
27/06/2023

अकूत सम्पत्ति कमाएको अभियोगमा जनस्वास्थ्य अधिकृत मिश्रविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गरेको अनुसन्धानबाट मिश्र सार्वजनिक सेवामा २०५७ असार सात गते प्रवेश गरेको र २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा रु एक करोड १३ लाख ४५ हजार आठ सय पाँच मात्रै बैध आय गरेको पाइएको छ । सो अवधिमा उनको दुई करोड ४३ लाख ९१ हजार पाँच सय ६५ बराबरको लगानी भएको देखिएको छ ।
अनुसन्धनमा एक करोड ३० लाख ४५ हजार सात सय ७० बराबरको सम्पत्तिको स्रोत नखुलेकाले मिश्रले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति सगोलमा रहेका पत्नी सरोज कुमारी र तुलसीकुमारी मिश्रको नाममा समेत राखेको पाइएको छ । आयोगले उनीहरुको नाममा रहेको सम्पत्तिसमेत जफथ गर्न माग गरेको छ ।

आज देशभरका पालिकाको बजेटकाठमाडौं । देशभरका पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्यायसहितको बजेट सा...
25/06/2023

आज देशभरका पालिकाको बजेट

काठमाडौं । देशभरका पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्यायसहितको बजेट सार्वजनिक गर्दै छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्छ ।

ऐनमा असार १० गतेभित्र बजेट उल्लेख गरिएकाले वीरगन्ज महानगरपालिका, घुलिखेल नगरपालिकालगायत १० स्थानीय तहले यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

अहिलेसम्म कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट पेस गरेका हुन् ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । चालू आर्थिक वर्षका लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् ।

अमेरिका जान लागेका २८ जना नेपाली प्रहरीको नियन्त्रणमाकाठमाडौं । अवैध रूपमा अमेरिका जान लागेका २८ जना नेपालीलाई प्रहरीले ...
24/06/2023

अमेरिका जान लागेका २८ जना नेपाली प्रहरीको नियन्त्रणमा

काठमाडौं । अवैध रूपमा अमेरिका जान लागेका २८ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार अवैध रूपमा अमेरिका जान लागेका नेपालीलाई अजरबैजानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको जानकारी दिए । १० लाख रुपैयाँ लिएर झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएकाे राजदूत मिलन तुलाधरले बताए ।

अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो । नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो । नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कन राजदूत तुलाधरले जानकारी दिए ।

20/06/2023

आदिपुरुष हेरेपछि रिसले आगो हुँदै विश्लषेक आन्नदराम पौडेल, यस्तो फिल्म अहिलेसम्म हेरेकै थिइन्

19/06/2023

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् ।

18/06/2023
18/06/2023

news: B***n भए आगो, १ लाखमा हुने काम किन ५ लाखमा ठेक्का लाएको भन्दै झाको झारे

भोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुनेभोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । नेपाल वि...
17/06/2023

भोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने

भोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आईरहेको छ ।

आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफनो माग प्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरे पछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय सम्बोधन गरे पनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो ।

16/06/2023

यी हुन पक्राउ परेका ८ जना कलाकार र युट्युबरहरु....एलिस राई देखि बल्छि धुर्वेसम्म

13/06/2023

ज्ञानेन्द्र शाहिले नै भोट हालेर प्रचण्ड प्रधानमन्त्री बनाएका थिए, राजिनामा माग्न लाज लाग्दैन्

नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरूतिलोत्तमा — नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहि...
13/06/2023

नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरू

तिलोत्तमा — नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो उडान भरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो ।
क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरे । उनले यस उडानले उत्साह थपेकाले निरन्तरता दिन मन्त्रालयले आफ्नो करत गरिरहने बताए ।
१ सय ५८ सिट क्षमताको नेपाल एयरलाइन्सको न्यारोबडी विमानले भैरहवाको पहिलो उडानमा ९० जना यात्रु लिएर आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले बताए । उनका अनुसार ३२ जना नागरिक भैरहवामै अवतरण गरे भने अन्य काठमाडौं फर्किएका हुन् ।

नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा–काठमाडौंको उडान ‘टर्न–अराउन्ड’ हो । हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालक दलका सदस्य पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउँदैन । ४ घन्टा ४५ मिनेट मा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जाने छ ।

12/06/2023

पोखरा महानगरपालिकाको गेटमै लाग्यो नारा– घुस्याहा मेयर मुर्दावाद !
news news

08/06/2023

भारतलाई बालेन शाहको काउन्टर, कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

page

गाउँपालिका अध्यक्षको अमेरिकी नागरिकता ! पोखरा:ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा दोहोरो नागरिकता विवा...
08/06/2023

गाउँपालिका अध्यक्षको अमेरिकी नागरिकता !

पोखरा:ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा दोहोरो नागरिकता विवादमा मुछिनुभएको छ । उहाँमाथि अनागरिकको आरोपसहित उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाले दायर रिटमाथि उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै अध्यागमन विभाग, प्रहरी, प्रशासन कार्यलयसँग १५ दिनभित्र कगजात झिकाउन बुधबार आदेश जारी गरेको हो ।

अमेरिकाको नागरिकता कायम रहेकै अवस्थामा नेपाली नागरिक हुन नसक्ने कानुनी व्यवस्थाको उल्लंघन गर्दै पुरानो नागरिकताको प्रतिलिपि प्रयोग गरेर जनप्रतिनिधि भएको भन्दै रिट निवेदक भुपेन्द्र बहादुर बस्नेतले शेर्पाविरुद्ध मंगलबार मुद्दा दर्ता गराउनु भएको थियो ।
शेर्पाले २०७९ वैशाख ५ मा नागरिकताको प्रतिलिपि लिनुभएको र त्यसबेला अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरेको रिट निवेदकले दाबी गर्दै आएका छन् ।

Nepal news: ६ महिनादेखि लिभिङ टुगेदरमा बसेका युवकले गरे युवतीको हत्याकाठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ। चितवनको ...
07/06/2023

Nepal news: ६ महिनादेखि लिभिङ टुगेदरमा बसेका युवकले गरे युवतीको हत्या

काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ। चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ। रञ्जितकारले मधिरा सेवन गरेका थिए। मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो।

उनीहरू काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेकाे एसपी रिजालले जानकारी दिए । प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई पक्राउ गरी उनीमाथि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान अघि बढाएको बताएको छ।

06/06/2023

माइतिको ऋण तिर्न नसकेपछि श्रीमती छोरा बोकेर भागिन्, धरधरी रुँदै श्रीमान मिडियामा news

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची सार्वजनिक गरेको छ । उसले नियम अनुसार उपलब्...
06/06/2023

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची सार्वजनिक गरेको छ । उसले नियम अनुसार उपलब्ध गराउन अटेरी गर्ने विद्यालयको सूची सार्वजनिक गरेको हो ।

महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न निर्देशन दिएको थियो ।

यद्यपि त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको हो । ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ ।

जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी पनि दिएको छ ।

विद्यालयको सूची :

पर्वतको कुश्मामा बस दुर्घटना : १८ जना घाइते, ४ को अवस्था गम्भीरपर्वत।म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्ब...
05/06/2023

पर्वतको कुश्मामा बस दुर्घटना : १८ जना घाइते, ४ को अवस्था गम्भीर

पर्वत।
म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा नौ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । उनीहरूको नाम ठेगाना खुलिसकेको छैन ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए । अन्यको अवस्था भने सामान्य रहेको छ । अहिले सबै जना घाइतेको उपचार पर्वत अस्पतालमा भइरहेको छ । पानी परेर चिप्लो भएको सडकमा तीव्र गतिमा गुडेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

04/06/2023

आजको नेपाली समाचार, रवि लामिछानेको ताजा खबर

समाचार,चितवन समाचार आज,

भारत रेल दुर्घटनाः मृत्यु हुनेको संख्या २८० नाघ्यो, प्रधानमन्त्री मोदीले बोलाए आकस्मिक बैठकओडिशाको बालासोरमा शुक्रबार सा...
03/06/2023

भारत रेल दुर्घटनाः मृत्यु हुनेको संख्या २८० नाघ्यो, प्रधानमन्त्री मोदीले बोलाए आकस्मिक बैठक

ओडिशाको बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २८० जनाभन्दा बढीको मृत्यु भएको छ।

दुर्घटनामा ९ सयभन्दा बढी यात्रु घाइते भएका छन्।

दुर्घटना बालासोरको बहंगा बजार स्टेशन नजिकै साँझ ७ बजे भएको हो। रेलवेका अनुसार ६५० जनालाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेका थिए। यसैबीच, प्रधानमन्त्री मोदीले स्थितिको समीक्षा गर्न बैठक बोलाएका छन्।

रेलवे अधिकारीहरूले भने कि यसअघि शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेको थियो।

यसका केही डिब्बाहरू अर्को ट्र्याकमा पल्टिएका थिए। अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा एक्सप्रेससँग ठोक्किएको हो।

त्यसपछि दुवै रेलका केही बोगी पटरीबाट खसेका थिए। यी बोगीहरू अर्को ट्र्याकमा उभिएको मालगाडीसँग ठोक्किएका थिए। कोरोमण्डल एक्सप्रेसको इन्जिन र केही बोगी मालगाडीमाथि चढेका थिए।

मृतकको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ। अझै पनि दुर्घटनास्थलमा कैयौँ शवहरू थिचिएर रहेका उसले जनाएको छ।

03/06/2023

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग || कुलमान एक्सन पछि EV प्रमोशन || EV र व्यापार घाटा ||

अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश विद्यालय बन्द पोखरा। केही दिन यता अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश पालिकाहरुले वि...
02/06/2023

अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश विद्यालय बन्द

पोखरा। केही दिन यता अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश पालिकाहरुले विद्यालय बिदा दिन थालेका छन् ।

पूर्व मेचीदेखि पश्चिममा महेन्द्रनगरसम्मकै तराई क्षेत्रमा गर्मी अत्यधिक बढेको छ । त्यसैजले यी क्षेत्रमा पर्ने अधिकास स्थानीय तहले बर्खामा दिइने बिदामा मिलान गर्नेगरी धमाधम विद्यालय बिदा दिइरहेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी भएका ठाउँमा तातो हावा अर्थात लू लाग्ने खतरा रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएको छ । विभागको सुझाव आउनुअघि नै धेरै स्थानीय तहले बिदाको घोषणा गरिसकेका थिए ।

नेपालको सबैभन्दा होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिकाले जेठ १८ गतेदेखि २२ गतेसम्म बिदा दिएको छ । पालिकाकी शिक्षा शाखा प्रमुख मनिता बरालले अत्यधिक गर्मीले बालबालिकालाई समस्या भएपछि बिदा दिएको जानकारी दिइन् । उनले भनिन् ‘असाध्यै गर्मी छ । बालबालिकालाई गाह्रो भएकोले वर्षे बिदामा मिलान हुनेगरी बिदा दिइएको छ ।’

झापाका अधिकांश पालिकाले विद्यालय बिदा दिएका छन् । झापाकै अर्को मेचिनगर नगरपालिकाले पनि बिहीबार र शुक्रबार (१८ र १९ गते) बिदा छ । आइतबार मौसम हेरेर निर्णय हुने पालिकाका शिक्षा प्रमुख होमनाथ भण्डारीले बताए । उनले भने, ‘अब आइतबार पनि हिजो आज जस्तै भो भने त पढ्न पढाउन सक्ने अवस्था हुँदैन । पानी परेन यस्तै भो भने त बिदा दिन्छौं ।’

मधेस प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानरपालिकाले पनि जेठ १९ गतेदेखि २६ गतेसम्म आकस्मिक गर्मी बिदा दिएको छ । उपमहानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले भने ‘गर्मी धेरै छ । बालबालिका स्कूल आउँदा बाटोमा नै बेहोस हुने अवस्था आएपछि एक हप्ताको बिदा दिइएको छ ।

02/06/2023

प्रचण्ड पछि रवि लामिछाने पनि रातारात भारतमा, भन्छन्, निजि कामले आएको हुँ

प्रचण्ड र मोदीले उद्घाटन गरे ‘कुर्था-बिजालपुर’ रेलवे खण्डको ‘इ-प्लान’, कार्गो ट्रेनको पनि सुरुवातकाठमाडौं : प्रधानमन्त्र...
01/06/2023

प्रचण्ड र मोदीले उद्घाटन गरे ‘कुर्था-बिजालपुर’ रेलवे खण्डको ‘इ-प्लान’, कार्गो ट्रेनको पनि सुरुवात
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुर्था-बिजालपुर’ रेलवे खण्ड ‘इ-प्लान’को उद्घाटन गरेका छन्। द्विपक्षीय वार्तापछि हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो रेलवे खण्डको योजनाको उद्घाटन गरिएको हो।

यस्तै, दुवै प्रधानमन्त्रीले भारतको बनथानालेदि नेपालको कस्टम यार्डसम्म चल्ने इन्डियन रेलवे कार्गो ट्रेनको पनि सुरुवात गरेका छन्।

यस्तै, नौली भैरहवा इंटिग्रेटेड चेकपोस्टको शिलान्यास, पनि गरिएको छ। साथै, नेपालगंज रूपैडिया इंटिग्रेटेड चेकपोस्टको पनि दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

यस्तै, द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरु भएका छन्। दुवै प्रधानमन्त्रीको उपस्थितिमा सम्झौताहरुको आदानप्रदान गरिएको छ।

रास्वपा सभापति रवि लामिछाने पनि भारत प्रस्थान काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान ग...
31/05/2023

रास्वपा सभापति रवि लामिछाने पनि भारत प्रस्थान

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका हुन्।
रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन्। ढकालले भने, 'सभापतिज्यू पत्‍नी निकिता पौडेललाई साथमा लिएर व्यक्तिगत कामको सिलसिलामा भारतको मुम्बई जानु भएको हो।'
पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन्।
यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए। उनले रविलाई भारत भ्रमणको निम्तो दिएको पनि रास्वपाका एक नेताले बताएका थिए।
तर, रास्वपाले भने रविको भारत भ्रमणबारे पार्टीमा कुनै औपचारिक निर्णय भने गरेको छैन। यस भ्रमणका क्रममा पनि कुनै राजनीतिक अथवा धार्मिक भेट हुने भन्‍ने विषय भने खुल्‍न सकेको छैन।

30/05/2023

हत्यारा गणतन्त्रको बिरोध गर्दा ग्यानेन्र्दा शाही परे.......
news

बजेटको मुखमा भित्रिए ११०० बिजुली गाडी, कसले चुहायो कर बढ्ने सूचना ?भन्सारको तथ्यांकअनुसार चालु आर्थिक वर्षका १० महिनामा ...
30/05/2023

बजेटको मुखमा भित्रिए ११०० बिजुली गाडी, कसले चुहायो कर बढ्ने सूचना ?

भन्सारको तथ्यांकअनुसार चालु आर्थिक वर्षका १० महिनामा २ हजार ९५५ वटा विद्युतीय गाडी सवारी आयात भएको थियो । तर, कर बढ्ने सूचना चुहिएका कारण बजेट भाषण अघिका दुई सातामा ११०० भन्दा बढी गाडी भित्रिएको पाइएको छ ।

काठमाडौं । सरकारले विद्युतीय गाडीमा कर बढाउन लागेको अति संवेदनशील सूचना बजेटअघि नै चुहाएको खुलेको छ । सूचना चुहिएका कारण बजेट भाषणको मुखमा ११०० भन्दा बढी चारपाङ्ग्रे विद्युतीय गाडी अस्वाभाविक रुपमा नेपाल भित्रिएका छन् ।

वैशाखमा आएको असौतभन्दा बढीको बिजुली गाडीसमेत जोड्ने हो भने यो संख्या १३०० भन्दा बढी पुग्छ । राजस्व वृद्धिको सूचना चुहिंदा सरकारले करिब सोझै ९० करोड राजस्व गुमाएको देखिएको छ ।

आज पनि भएन सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइअर्काे पेसी क्रिकेट यात्रालाई असर नपर्नेगरी पछि धकेल्न निवेदन दिने तयारी...
30/05/2023

आज पनि भएन सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ
अर्काे पेसी क्रिकेट यात्रालाई असर नपर्नेगरी पछि धकेल्न निवेदन दिने तयारी

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि भएन।

मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो।

किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईले आज मुद्दाको सुनुवाइ नगरेका हुन्।

यसअघि पनि पटकपटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिएको धकेलियै छ।

अब अर्काे पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ।

Address

Kaski, Pokhara
Pokhara
3388

Alerts

Be the first to know and let us send you an email when Mero desh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero desh:

Videos

Share



You may also like