Bhanu Fm

Bhanu Fm it is for the advertisement

25/02/2020

१३ फाल्गुन २०७६,

टुँडिखेलको अस्तित्त्व संकटमा पुर्‍याउने को-को ?

काठमाडौं– मन्दिरैमन्दिरको शहर काठमाडौं अहिले कंक्रिटै कंक्रिटको शहर बनेको छ । अहिले काठमाडौंमा खुला स्थान पाउन मुस्किल छ । भएका सार्वजनिकस्थान पनि अतिक्रमणको चपेटामा छन् ।

सार्वजनिक जग्गाको अतिक्रमणकै कारण खुल्ला ठाउँमा घुम्ने, मनोरञ्जन लिन चाहने सर्वसाधारण खुम्चिएर बस्न बाध्य छन् । सबैले देखिरहेको काठमाडौंको सबैभन्दा ठूलो सार्वजनिकस्थल टुँडिखेल पनि टुक्रा–टुक्रा बनाएर ऐतिहासिक धरोहरको नामोनिशाना मेट्ने दुष्प्रयास भइरहेको छ ।

काठमाडौं उपत्यकाको सान र मानको पर्याय बनेर सयौं वर्षदेखि सर्वसाधारणका लागि संरक्षित टुँडिखेललाई सरकारले नै लुछिरहेको छ । कुनै बेला सदर टुँडिखेल नामले प्रसिद्ध एसियाकै सबैभन्दा फराकिलो मानिएको टुँडिखेल देशका विभिन्न कालखण्डमा टुक्रा टुक्रा पार्दै अहिले सकिने अवस्थामा पुगेको छ ।

झण्डै १५ वर्षअघिसम्म टुँडिखेल मै फुटबल खेल्ने पूर्वखेलाडी कोमल पाण्डे भन्छन्– ‘टुँडिखेल एउटा विशाल मैदान थियो । त्यहाँ खेल्नेहरुको भीड लाग्थ्यो । रानीपोखरीदेखि रङ्गशाला सम्म एउटै थियो । बीचमा एउटा ठुलो खरीको बोट थियो । त्यो साह्रै राम्रो थियो ।’

पाण्डेका अनुसार, पञ्चायती व्यवस्थाको शुरुवातसँगै टुँडिखेलको अस्तित्व धरापमा परेको हो । उनी भन्छन् – ‘इतिहास र संस्कृतिको साक्षी बनेर उभिएको खरीको बोट पञ्चायती व्यवस्थाको आगमनसँगै ढालियो । त्यो घटना सम्झदा अहिले पनि दुःख लाग्छ । त्यही खरीको फेदमा बनेको चौतारीमा बसेर चन्द्र शमशेरले १४ मंसिर १९८१ मा करिया मोचन अर्थात दासप्रथा उन्मूलनको घोषणागरेका थिए ।’

त्यो समयमा टुँडिखेलमा राति हिड्न मानिसहरु डर मान्थे । उनले भने, ‘गुरुमापा भन्ने राक्षस आएर दुख दिन्छ भनेर रात पर्ने वित्तिकै टुँडिखेलको बीचबाट कोही पनि हिंड्दैन थिए । टुँडिखेल वरिपरि सवै खेत नै खेत थियो । बिजुली अड्डा अर्थात अहिले भएको विद्युत विभागनेर ढुङ्गेधारा थियो । त्यहाँदेखि अगाडि भद्रकालीसम्म सवै खेत थियो टुँडिखेलमा उभिएर हेर्दा सिंहदरबार कालीकास्थान छेउको बाँसघारी सबै स्पष्ट देखिन्थ्यो ।’

काठमाडौंमै जन्मिएर टुँडिखेलको सेरोफेरोमा बाल्यकाल बिताएका गायक योगेश्वर अमात्य पनि अतिक्रमित टुँडिखेलको अवस्था देखेर चिन्तित छन् । भन्छन्–‘टुँडिखेल अहिलेको जस्तो सानो कहाँ थियो र ? त्यसबेलको ठूलो टुँडिखेललाई दौडेर फन्को लगाउने साथीहरुबीचको प्रतिस्पर्धा हुन्थ्यो । एक फन्को लगाउन सक्ने अवस्था नै थिएन । अहिलेको टुँडिखेल हेर्दा नै विरक्त लागेर आउँछ ।’

यसरी टुक्रा–टुक्रा बन्यो टुँडिखेल

वि.सं. १९९० को भूकम्पपछिको विनाशले घरवारविहीन भएका हजारौं नगरवासीलाई टुँडिखेलले महिनौं आश्रय दिएको थियो । तर, २००७ को राजनीतिक परिवर्तनपछि टुँडिखेलको दोहन शुरु भयो । सुन्धाराबाट भद्रकाली मन्दिर जाने आउने बाटो विस्तार गर्ने नाउँमा टुँडिखेललाई दुई फ्याक पारियो । अनि बीचैमा शहीदगेटको निर्माण गरियो।

त्यसैगरी २०१३ सालमा टुँडिखेलको दक्षिण, पश्चिम छेउका दुईवटा कमलपोखरी मासेर रङगशाला बनाइएको प्रमाण छ ।

राणकालमा सेनापतिदेखि सिपाहीसम्मका सैनिकहरू हरेक दिन टुँडिखेलमै उपस्थित भएर हाजिरी जनाउँथे । तर, २००७ सालपछि टुँडिखेलमा सेनाकै मनोमानी शुरु भयो ।

२०१७ को ‘कू’ पछि टुँडिखेलको बीचैमा सैनिक मञ्च बानाईयो । शहीदगेटले दुई फग्लेटा बनाएको टुँडिखेलको एकातिरको भाग सबै नेपाली सेनाले कब्जा गर्‍यो । अर्को भागको पनि धेरै स्थानमा आफ्नो अधिन जमायो ।

त्यसैगरी रानीपोखरीको डिलमा वाग्मती अञ्चलाधीश कार्यालय बन्यो । २०२६ सालमा भारत सरकारले सहयोग गर्ने भएपछि राजा महेन्द्रले टुँडिखेलको रानीपोखरी अगाडिको ४२ रोपनी जमिन चुँडेर आफ्नी रानी रत्नको नाममा पार्क बनाउन आदेश दिए ।

महेन्द्रले बनाउन लगाएको अञ्चलाधीशको कार्यालय २०४६ सालको आन्दोलनको आक्रोशमा परेर जलेपछि त्यस ठाउँमा प्रहरी भवन बन्यो । त्यसपछिका सरकारले यसको सुरक्षातर्फ कुनै महत्व दिएनन् ।

टुँडिखेल अतिक्रमणको श्रृङखला :

– वि.सं. १८०५ : टुँडिखेलको १ सय २० रोपनी जग्गा अधिग्रहण गरी बागदरबार निर्माण
– वि.सं. १९३५ – छाउनीमा भइरहेको पल्टनको कबाज टुँडिखेलमा
– वि.सं. १९५८ – टुँडिखेलमा तोप पड्काउने चलनको सुरुवात
– वि.सं. २०१३ – टुँडिखेल अधिग्रहण गरी रंगशाला निर्माण
– वि.सं. २०१६ – टुँडिखेलाई दुई टुक्रा पार्दै शहीदगेट निर्माण
– वि.सं. २०२६ – रानी रत्नको नाममा पार्क र पोखरी निर्माण
– वि.सं. २०७३ – भ्यू टावर बनाउन खुलामञ्च कब्जा

रानीपोखरीदेखि सानेपासम्म नै टुँडिखेल !

विभिन्न ऐतिहासिक प्रमाण अनुसार, कुनै समयमा टुँडिखेल अहिलेको रानीपोखरीदेखि ललितपुरको सानेपासम्म फैलिएको थियो । यतिमात्र होइन राणाकालीन समयमै पनि टुँडिखेल एसियाकै परेड खेल्ने मैदानका रुपमा परिचित थियो । अहिलेको टुँडिखेलको स्वरूप रानीपोखरीदेखि रंगशालासम्मको हो ।

इटालियन पादरी इपोलिट्टो डेसिडेरीले ३ सय वर्ष पहिले काठमाडौं आएको समयमा तीन माइल लामो र तीन सय गजभन्दा बढी चौडा भएको मैदान रहेको आफ्ने किताबमा उल्लेख गरेका छन् ।

फिलिप्पो द फिलिपीद्वारा सम्पादित डेसिडेरीको यात्रा वर्णन पुस्तकमा काठमाडौं शहरको पूर्वी किनारमा अत्यन्त ठूलो हरियो मैदान देखेको उल्लेख छ । पुस्तकमा वर्णन गरिएको त्यो खुला मैदान टुंडिखेल नै थियो। तीन माइलको क्षेत्र नाप्दा रानीपोखरीदेखि सानेपासम्म पुग्छ । उनले उल्लेख गरेको यो मैदान यही टुँडिखेल भएको इतिहासविद्हरुले बताउँदै आएका छन् ।

हेनरीद्वारा लिखित पुस्तक ‘स्केच्स् फ्रम नेपाल’मा पनि टुँडिखेललाई ‘एसियाको सबैभन्दा ठूलो परेड मैदान’ भनिएको थियो । यसका साथै हाम्रै मुलुकभित्रका विभिन्न वृत्तान्त तथा लिखतहरुमा समेत टुँडिखेलको इतिहास कान्तिपुर नगरको सभ्यता जत्तिकै प्राचीन रहेको पाइन्छ ।

अकुपाई टुँडिखेल अभियानमा सहभागि । फाइल तस्वीर
‘अकुपाई टुँडिखेल’ अभियान तर, उपलब्धि शून्य

वि.सं. २०७२ को विनासकारी भूकम्पताका धेरै काठमाडौंबासीले टुँडिखेललाई टाउको लुकाउने सुरक्षित ठाउँ बनाए । वि.सं. १९९० को भूकम्पमा पनि धेरै को आश्रयस्थल बनेको थियो । तर, त्यही टुँडिखेल अतिक्रमणको चपेटामा परेर चोइटिदै गएपछि अभियन्ताहरुले टुँडिखेलको अस्तित्व बचाउन ‘अकुपाई टुँडिखेल’ अभियान चलाए ।

नेपालको संविधानको धारा ४८ (घ) को नागरिकको कर्तव्यअन्तर्गत ‘सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु’ उल्लेख छ । यस्तै, धारा ३२ मा भाषा र संस्कृतिको अधिकार छ ।

अकुपाई टुँडिखेल अभियानमा सहभागि । फाइल तस्वीर
यसअन्तर्गत नागरिकले मातृभाषा र संस्कृति बोल्न र मान्न पाउने अधिकार छ । यही अधिकारको उपयोग गर्दै अहिले अभियन्ताहरुले अभियान चलाएका थिए । अभियानका संयोजक आलोक तुलाधर भन्छन् – ‘संरक्षण गर्नुपर्ने निकायले नै त्यसको अतिक्रमण, दोहन र व्यापार गरिरहेको छ । त्यसैले टुँडिखेल जोगाउन अभियान थलिएको हो ।’

नेवा समाज समितिका अध्यक्ष शैलेश शाक्य भन्छन्– ‘टुँडिखेल रानीपोखरीदेखि दशरथ रंगशालासम्म थियो भन्ने सबैलाई प्रष्ट छ । हाम्रो अभियान रानीपोखरीदेखि दशरथ रंगशालासम्म नै खुला हुनुपर्छ भन्ने नै हो ।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भने टुँडिखेल स्थित खुलामञ्च कसैले पनि कब्जा नगरेको दाबी गर्छन् । उनी भन्छन् – ‘खुलामञ्च कसैले कब्जा गरेको छैन । महानगर पदाधिकारीको सर्वसहमतिमै वीर अस्पताल र दरबार हाइस्कुलको भवन निर्माण सामग्री राख्न दिइएको हो । काम पूरा भएपछि हटाइन्छ ।’

कात्तिक २३ बाट शुरु गरिएको अभियानले भने लक्ष्य अनुसार काम गर्न सकेन । अतिक्रमण रोक्न महानगरलाई तीन महिनाको अल्टिमेटम समेत दिईएको थियो । अभियान्ताहरुले दिएको समय सकिँदा पनि टुँडिखेलको अवस्था जस्ताको तस्तै छ ।

यद्यपी अभियान सफल नभएसम्म चरणबद्ध तरिकाबाट दवाव मुलक कार्यक्रमहरु ल्याउने अभियन्ता तथा सांसद् भीमसेनदास प्रधान बताउँछन् ।

अब सरकारको आँखा खुल्नुपर्छ

सामाजिक र सांस्कृतिक धरोहरको रुपमा रहेको यस क्षेत्रले हाम्रो शहरी वातावरणलाई असीमित हदसम्म रक्षा गरिरहेको छ । जनताका लागि एक रोपनी खुला ठाउँ निकाल्न नसक्ने राज्यले सामाजिक र सांस्कृतिक महत्व भएको टुँडिखेलमाथि जारी राखेको निर्मम प्रहार रोक्नु र तत्काल संरक्षणका उपाय अवलम्बन गर्नुपर्छ ।

टुँडिखेल सार्वजनिक महत्वको सम्पत्ति हो । यसमाथिको अतिक्रण कसैका लागि पनि प्रिय हुँदैन् । किनकी यो भनेको राष्ट्रिय सम्पति हो । सबै नेपालीको साझा हक लाग्ने सम्पति रहर र लहडको विषय बन्नु हुँदैन् । टुँडिखेल हरेक नेपालीको आत्मगौरव बन्नुपर्छ । यसलाई केकसरह टुक्र्याउनु भनेको अपराध हो

तनहुँको कमलबारीमा दुई बस ठोक्किदा ४३ घाइते, चालकसहित ५ जनाको अवस्था गम्भीरदमौली, पोखरा र चितवनमा उपचार हुदैँकिरण श्रेष्ठ...
23/02/2020

तनहुँको कमलबारीमा दुई बस ठोक्किदा ४३ घाइते, चालकसहित ५ जनाको अवस्था गम्भीर
दमौली, पोखरा र चितवनमा उपचार हुदैँ
किरण श्रेष्ठ द्वारा ११ फाल्गुन २०७६, आईतवार ११:५९ मा
तनहुँ
। तनहुँको व्यास १२ कमलबारीमा दुई बस ठोक्किदा दुर्घटना भएको छ । दमौलिबाट मुग्लिङ्ग तर्फ जादै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली आउदै गरेको ना ५ ख २८५६ नम्बरको बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि दुई बसको ४३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पृथ्वी राजमार्गमा भएको उक्त दुर्घटना घाइते भएकाहरुको दमौलि स्थित रत्नहरि अस्पतालमा २२ जना, एपोलो अस्पतालमा १३ र दमौली अस्पतालमा ३ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ना ५ ख २८५६ नम्बरको बस चालक भरतपुर उपनगरपालिका १४ का ४६ वर्षीय ढकमणि महतो सहित ५ गम्भीर घाइतेलाई पोखरा र चितवन रिफर गरिएको छ ।

३ जना घाइतेलाई चितवन मेडिकल कलेज र २ जनालाई पोखरा स्थित मणिपाल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

अहिले एकतर्फी सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडकमा भएको दुर्घटनाग्रस्त सवारी हटाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रमुख एसपी विनोद सिलवालले बताए ।

शनिबार मात्रै सोहि स्थानमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । मृत्यु हुनेमा व्यास-१२ को देउराली खानीगैह्राकी ५५ वर्षीय विष्णुमाया घर्ती रहेकी छन् ।

06/02/2020

कक्षा ९ मा पढ्ने बालिका बलात्कृत: भिडियो बनाएर शोषण

भारत, उत्तर प्रदेशको मुजफ्फरपुरमा दुई जनालाई प्रहरीले बलात्कारको आरोपमा प्रक्राउ गरेको छ, घटना बलात्कारमा मात्र सिमित नभएर उनीहरुले कक्षा ९ मा पढ्ने नाबालक बालिकालाई बलात्कार गरेको र सो को भिडियो बनाई भविष्यमा पनि त्यसै भिडियोको आधारमा करकापमा पार्ने योजना बनाएको देखियो ।

२१ वर्षका नायब र २२ वर्षका परवेज घरको भित्तामा रंग लगाउने तथा सफाईगर्ने मजदुर हुन्, एकवर्ष अघि घरमा काम गर्दा त्यसै घर मालिककी छोरीलाई बलात्कार गरेर उसले भिडियो बनाई वर्षदिनसम्म तिनलाई करकापमा पारी कैंयन पटक बलात्कार गरेका थिए । भर्खरै उक्त भिडियो विभिन्न अश्लिल साइटहरुमा सार्वजनिक भएपछि पीडितकी आमाले प्रहरीमा उजुर दिएपछि अपराधीहरु पक्राउ परेका हुन् ।

भारतमा अहिले बलात्कारसँग जोडिएका साइबर क्राइमका धेरै अपराधहरु आइरहेका पाइन्छन्, विशेषत बलात्कार पछिका भिडियो र त्यस भिडियोको आडमा ब्ल्याकमेल गर्ने र गोप्य भिडियोहरु खिचेर जीवनभर शारीरीक र आर्थिक शोषण आधूनिक भनाउदो मानव सभ्वयताको ठूलो समस्या भइदिएको छ ।

02/02/2020

समपुण म्याग्दे गाः पा मा बस्नु हुने दाजु भाइ बुवा अामा लाई नमस्कार केही दिन देखि यस म्याग्दे गाःपा चाेरी घटना बढेकाे ले सम्पुण ले घर वरपर बती बाल्नु हाेला चनाखो भई सुत्नु हाेला केही घटना हुन साथ छिमेकि अथवा १०० र थपु चाैकी 9856090299 मा फाेन गनुहाेला धन्यवाद l

27/12/2019

हिजो राती छैंटौ चितुवा खोरमा प¥यो । व्यास न.पा. वडा नं. ९ मा व्यापकरुपमा वाख्रा मार्ने र मान्छेको वाटो छेकिरहेको भनि आएको जन गुनासो वमोजिम थापिएको फलामे खोरमा यो चितुवा फेला प¥यो । यतिन्जेल परम्परागत काठे खोरमा मात्र र भानु नगरपालिका क्षेत्रमा मात्र चितुवा खोरमा परेकोमा यस पटक फरक स्थान र पहिलो पटक फलामे खोरमा चितुवा प¥यो । अन्दाजी ५÷६ वर्षको, ३० केजी जति तौल भएको यो पोथी चितुवाको जिल्ला वाहिर व्यवस्थापन हुदैछ ।

15/12/2019

आदिकवि भानुभक्त क्याम्पसमा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी हुने

म्याग्दे,तनहुँ

आदिकवि भानुभक्त क्याम्पसका विज्ञान क्लबमा आवद्ध विद्यार्थी भाईबहिनीहरुले मिती २०७६ पौष ४ गतेका दिन क्याम्पस प्राङ्गणमा विज्ञान प्रदर्शनी को आयोजना गर्ने भएका छन् ।उक्त प्रदर्शनी बिहान ठिक ८ बजे सुरु हुने र जिल्ला स्तरीय प्रदर्शनी सफल पार्नका लागि जिल्लाका अधिकांश विद्यालयलाई पत्रचार पनि गरिएको कुरा हामीलाई उक्त क्लबकी अध्यक्ष श्रद्धा खनालले बताउनुभयो। विज्ञान प्रदर्शनीमा भाग लिन चाहने विद्यालयले यही पौष ३ गतेसम्ममा बढिमा ३ जना विद्यार्थीहरुको नाम दर्ता गरिसक्नुपर्ने छ । वर्तमान युग विज्ञान र प्रविधिको युग हो । यस प्रदर्शनीको मुख्य उद्देश्य विज्ञान र प्रदर्शनी को महत्व दर्साउने, तनहुँ जिल्लामा अध्ययनरत विभिन्न विद्यालयका विद्यार्थीहरु बीच आत्मियता बढाउने, विज्ञानका सिद्धान्तहरुलाई प्रयोगद्वारा प्रमाणिात गर्ने , सौद्धान्तिक सिकाई भन्दा प्रयोगलाई महत््व दिने, स्थानीय शैक्षिक सामग्रीको प्रयोगलाई बढाउने लगायतका रहेका छन् । उक्त प्रदर्शनीको समाप्ति पश्चात् उत्कृष्ट पाँच विद्यालयका विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कृत गरिने कार्यक्रम पनि रहेको छ । जसमा प्रथम स्थान हासिल गर्ने विद्यालयका विद्यार्थी भाईबहिनीहरुलाई रु ३०,००० र प्रमाणपत्र , द्वितीय स्थान हासिल गर्नेलाई रु २०,००० र प्रममणपत्र , तृतीय स्थान हासिल गर्नेलाई रु १०,००० र प्रमाणपत्र र सान्त्वना स्थान हासिल गर्ने कुनै दुई विद्यालयका विद्यार्थी भाईबहिनीहरुलाई रु ५००० र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ ।

14/12/2019

तनहुँमा एक करोड ४४ लाखमा स्वास्थ्य चौकी निर्माण

तनहुँ । तनहुँको व्यास नगरपालिकाको हरेक वडामा एक/एक वटा स्वास्थ्य चौकी स्थापना गर्ने अभियानको साथ व्यास १३ पोखरी भञ्ज्याङमा नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले स्वास्थ्य क्षेत्रको विकासको लागि नगरपालिका सधैं प्रतिबद्धता रहने बताउनुभयो । स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकोले यसका लागि भौतिक संरचनाको संरक्षण लगाएत यससंग सम्बन्धित विषयमा सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागको प्रत्यक्ष सहभागितामा १ करोड ४४ लाख दुई हजार नौ सय २७ रुपैयाँकोलागतमा ६ कोठे आवाससहितको स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । उक्त आयोजनाको निर्माण कार्य गत वर्ष २०७३र७४ मा सुरु भई चालु आर्थिक वर्ष २०७६र७७ मा सम्पन्न भएको हो ।

भवन निर्माण गर्नको लागि जग्गा प्रदान गर्ने जग्गादाता ईश्वर प्रसाद पाण्डेको परिवार र स्थानीय वन समिति एवं स्वास्थ्य स्वंयम सेविकाहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

व्यास नगरपालिका वडा नं १३ का वडा अध्यक्ष लेखबहादुर रानाको सभापत्तित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व ने.का तनहुँ जिल्ला सभापति रघुनाथ पौडेल, प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ एवं नेपाली कांग्रेस जिल्ला सचिव बिश्व बाँस्तोलालगायत उपस्थिति थियो ।

भवन उद्घाटनको अवसरमा नगरप्रमुख वैकुण्ठ न्यौपानेको नेतृत्वमा व्यास १३ बेनीकोटस्थित सिद्द गुफाको अवलोकन पनि गर्नुभएको थियो ।

कोहलपुरमा आज बिहान एउटा बिद्यार्थी लाई टरकले ठक्कर दिएर घटना स्थलमै विद्यार्थीको ज्यान गएको छ,उक्त घटनाको बिरोधमा विद्या...
08/12/2019

कोहलपुरमा आज बिहान एउटा बिद्यार्थी लाई टरकले ठक्कर दिएर घटना स्थलमै विद्यार्थीको ज्यान गएको छ,उक्त घटनाको बिरोधमा विद्यार्थी हरुले गरेको आन्दोलनका केही दृश्य।

मुग्लिनमा प्रहरी द्वारा एक जवान सैनिकको हत्या स्थानीय बासिन्दा द्वारा हडताल लगातार ५ घन्टा जाममा
18/11/2019

मुग्लिनमा प्रहरी द्वारा एक जवान सैनिकको हत्या स्थानीय बासिन्दा द्वारा हडताल लगातार ५ घन्टा जाममा

17/11/2019

ध्वानी प्रदुषण गर्ने ७३ जना ट्राफिक कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले पृथ्वीराजमार्गमा मोटरसाइकल मोडिफाईगरि ध्वनि प्रदुषण गराउने ७३ मोटरसाइकल चालकहरुलाई नियन्त्रणमा लिई कार्बाही गरेको छ।
बुलेटमोटरसाइकल ,भि,आर, क्रसफाषयर,केटिएम् ,पल्सरमोटरसाइकललाई मोडिफाइ गरि ठुलो आवाज निकाली समाजमा आतंक मच्चाउने ७३ जना मोटरसाइकल चालकहरूलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले वताए ।
प्रमुख अधिकारीका अनुसार,ग्रामीण भेगबाट चल्ने सवारीसाधनहरुमा क्षमता भन्दा बडी थप सिट प्रयोग गरि यात्रु राखि सवारगर्ने सवारी चालक तथा परिचालकगरि कुल २ सय२० जनालाई प्रहरीले कार्वाही गरेको छ। जिप,बोलेरोजिप,टिप्पर,ट्याक्टर जस्ता सवारीसाधनहरुमा समेत यात्रु सवारी गराउने ७सय५४ सवारीसाधनहरु कार्वाहीमा परेका छन्।
विशेषगरी जिल्लाका अति दुर्गम ग्रामीण भेगहरु रिसिङ,धिरिङ,छिपछिपे,बैदी,भानुमति, कोटा, हुस्लाङ,भिरकोट,छाङ्ग, जस्ता क्षेत्र हरुबाट क्षमता भन्दा बढी यात्रु बोकेर सवारगरि चर्को भाडा लिने २सय २० वटा सवारीसाधनहरु कार्वाहीमा परेका छन्।
डिल्कस नभएका सवारीसाधनहरु डिल्कस हो भनी वाईफाई सेवा उपलब्ध छ भन्दै आन्तरिक एब्म् बाहिय पर्यटकहरुलाई चर्को भाडा असुल्ने १ सय६६ वटा सवारीसाधनहरुलाई कार्वाही गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जिल्लाका ७वटा स्थानहरुमा ट्राफिक चेक पोष्ट राखेको जनाएको छ।
सवारी दुर्घटना न्युनिकरण गराउने उदेश्यले सवारगर्दा सवारीमा र पैदलयात्रा गर्दा सजग र सतर्कता अपनाउन भन्ने उदेश्यले जिल्लाको प्रवेश द्वार मानिने आँबुखैरेनी ,डुम्रे ,पुर्कोट,दमौली ,थर्पु र भिमादमा आफ्नो ट्राफिक ईलाका प्रहरी कार्यालय स्थापना गरेको छ।
आँबुखैरेनी देखि कोत्रे सम्मको पृथ्वीराजमार्ग आसपासका सडकपेटीहरुमा राखिने निर्माण सामाग्री ,ग्यारेजमा मर्मतकालागि राखिएका सवारीसाधनहरुलाई ट्राफिक प्रहरी कार्यालय तनहुँले सुचनापत्र जारी गरि ५ सय६७ वटा सवारीसाधनहरुलाई हटाई कार्वाही गरेको छ।
पृथ्वीराजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरणगर्न दुलेगौंडा देखि कोत्रे सम्मको सडकमा देखिने सयौं खाल्डाखुल्डीहरु पुर्ने र टालटुल पार्न डिभिजन सडक विभाग चापाघाटको कार्यालय दमौलीलाई सहयोगगर्न ट्राफिक आफै खटिएको देखिन्छ ।
सवारीसाधन स्पिड हाक्दा अधिकांश सवारी दुर्घटना हुने गरेको देखिएपछि ट्राफिक प्रहरी कार्यालय तनहुँले गण्डकी प्रदेश सरकारबाट रु१ लाख६७ हजार मुल्यबराबरको राडर गन स्पिड मापन यन्त्रको सहायताले ४ सय७२ वटा सवारीसाधन कार्वाहीमा परेका छन् भने मादक पदार्थ सेवन गरेनगरेका सवारीसाधन चालकहरुलाई गण्डकी प्रदेश सरकारको सहयोगमा हस्तान्तरण गरिएको ब्रेथलाईजर गन मादकपदार्थ सेवन चेकजाँच मापन यन्त्रको सहायताले ८हजार९ सय५० वटा सवारीसाधनहरु कार्वाहीमा परेका छन्।
सवारी दुर्घटना न्युनिकरण गराउने उदेश्यले जिल्लाको आँबुखैरेनी,चन्दावती,डुम्रे,भन्सार ,बन्दिपुर,छिर्कने,दमौली ,थर्पु,भिमाद र कोत्रे जस्ता स्थानहरूमा१९ पटक सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको ट्राफिक कार्यालय तनहुँले जनाएको छ। कार्यालयले सवारी दुर्घटना न्युनिकरण सम्बन्धि प्रशिक्षण ३ सय६३ जना सवारी चालकलाई दिईएको छ भने पैदलयात्रु र सवार यात्रुगरि १०५ जनालाई प्रशिक्षण दिएको छ।यसैगरी ओभरटेक गरि सवारीसाधन दुर्घटना नहोस् भन्ने मन्सायले २ सय१० सवारी चालकहरूलाई सचेतना मूलक प्रशिक्षण दिईएको छ भने हाल सम्ममा कुल१३ सय५२ जना स्कुले विधार्थीहरुलाई जनचेतनामूलक पम्पप्लेट, पोष्टर वितरण गरिसकेको छ। चालक र पैदलयात्रुको लापरवाही र माद्कपदार्थ सेवन,सवारीसाधन ओभरटेक गर्दा यस वर्ष जिल्लाका छुट्टाछुट्टै स्थानहरुमा ३० वटा सवारी दुर्घटना भएकोमा १९ जनाको मृत्युु भैसकेको छ भने २३ गम्भीर घाइते भएका र ४ जना सामान्य अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले वताए ।

स्वच्छ कर प्रशासन  विकास र सुशासन भन्ने मुलनारा बोकेको आन्तरिक राज्श्व कार्यालय दमौली  तनहुँले ८ औं  राष्ट्रिय कर दिवस व...
17/11/2019

स्वच्छ कर प्रशासन विकास र सुशासन भन्ने मुलनारा बोकेको आन्तरिक राज्श्व कार्यालय दमौली तनहुँले ८ औं राष्ट्रिय कर दिवस विविध कार्यक्रम गरि मनाएक‍‍ो छ।
दमौलीमा आन्तरिक राजश्वको कार्यालय स्तरोन्नति भएपछि सेवाग्राहीलाई सहज भएको वताउदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले यस अधि कर सम्बन्धि सेवा लिन गण्डकी प्रदेशको राजधानी पोखरा जानू पर्ने थियो भने अहिले प्रदेशकै सम्पुर्ण जिल्लावासी ब्यबसायीहरुले दमौलीमा सेवा लिन पाउँदा सहज भएको वताए ।
आन्तरिक राज्श्व कार्यालयले ५६ हजार भन्दा बढी करदाताहरु करको दायरामा आएको जनाएको छ।
आन्तरिक राज्श्व कार्यालय तनहुँका प्रमुख सुर्य प्रसाद सेढाईकाले दिएको जानकारी अनुसार मंसिर १ गते देखि ७ गते सम्म उत्कृष्टकरदाताहरुलाई सम्मान गरि मनाउने भएको छ।
आर्थिक ऐन २०७६ ले प्रदान गरेका छुट सुविधा लगायत कर सम्बन्धि नयाँ ब्यबस्था को सम्वन्धमा सूचना मुलक जानकारी गराईने छ ।३ गते तनहुँ भीमाद र गोर्खा जिल्लाको मनकामनामा उधोगी ब्यबसायीहरुलाई करदाता शिक्षा दिईने छ भने ४ गते लमजुङ जिल्लाका उधोगी ब्यबसायीहरुलाई करदाता शिक्षा ,५ गते विभिन्न संघतथा सरोकारवाला प्रबुद्ध ब्याक्तित्वहरु संग समिलित हुनेगरी कार्यालयमानै अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ भने ६ गते कार्यालयले जिल्लाका विभिन्न संचार माध्यम ,उधोगी ब्यबसायी तथा सरोकारवाला निकायाका प्रतिनिधिहरु संग ईन्टरयाक्सन तथा कन्भरसेशन गरिने र ७ गते अन्तिम दिन करदिवसको समापन समारोहमा तनहुँ ,गोर्खा ,लमजुङ र मनाङका सबैभन्दा धेरै आयकर तिर्नै एक/ एक करदाताहरुलाई सम्मान र सोही अवसरमा जिल्लाका सम्पुर्ण कार्यालयहरु मध्येबाट १ जनालाई नगद पुरस्कार सहित सम्मान गरिने भएको आन्तरिक राज्श्व कार्यालय तनहुँले जनाएको छ।
तनहुँ ,लमजुङ ,गोर्खा र मनाङ गरि ४ वटा कार्य क्षेत्र रहेका कार्यालयहरुमा हाल सम्ममा ५६ हजार६ सय करदाता करको दायरामा रहेका छन्। जिल्लाकासरकारीनिकायउधोगी ,ब्यबसायी ,सरोकारवाला ब्याक्ति तथा उधोग बाणिज्य सघ समन्वय गरि करदाता शिक्षा कार्यक्रम संचालन हुने भएको छ।
गत आर्थिक बर्ष २०७५/७६ सम्ममा ब्यबसायी लेखा नम्बर लिनेको संख्या २५ हजार ३ सय ४६ रहेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।
मूल्य अभिवृद्धि कर तर्फ २ हजार७ सय ४ रहेकोमा ब्याक्तिगत स्थायी लेखा नम्बर तर्फ७ हजार ३८ समेत गरि ३७ हजार३ सय४४ करदाता थिए।
यसैगरी सरकारले वि,स,२०६९ बैशाख ९ गते करदाता सेवा कार्यालयको रुपमा स्थापना भएको कार्यालय वि,स२०७५ असार २० गते आन्तरिक राज्श्व रुपमा स्तरोन्नति भएको हो।
कार्यालय प्रमुख सेढाईका अनुसार ब्यबसायिक लेखा नम्बर तर्फ १८ हजार ९ सय २७ समेत ५६ हजार ६ सय करदाता करको दायरामा आएका छन्। यसका साथै राजश्व असुलीको तथ्यांक र करदाताको दर्ता संख्या हेर्दा कार्यालयको कार्यक्षेत्र निरन्तररुपमा वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ।
आन्तरिक राज्श्व कार्यालयले चालू आर्थिक वर्ष देखि स्थायी लेखा नम्बर( पान) अनिवार्य गरेपछि करको दायरामा आउने संख्या तिब्र गतिमा अगाडि बढेको छ।
यस्तै राज्श्व कार्यालयले गत आर्थिक बर्ष ०७५/०७६ मा ५ अर्व र ३० करोड राजश्व संकलन गरेको छ भने २०७६/७७ मा ८ अर्व ६१ करोड भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ।

तनहुको  म्याग्दे गाउपालिका ३ किलचोकमा  ईंद्रेणी  टिम ३० गते बिहान ७ बजे किलचोक अकला देवी मन्दिरमा  दर्शनगर्न आउने  कार्य...
15/11/2019

तनहुको म्याग्दे गाउपालिका ३ किलचोकमा ईंद्रेणी टिम ३० गते बिहान ७ बजे किलचोक अकला देवी मन्दिरमा दर्शनगर्न आउने कार्यक्रम छ टिमलाई किलचोक टोल बिकाश ले मन्दिरमा स्वागत गर्ने कार्यक्रम रहेको टोल बिकासका अध्यक्ष महेन्द्र आधिकारी बताउनु हुन्छ । उहाहरु म्याग्दे गाउपालिका छाङ् गैह्र गणेश माविमा हुने ईंद्रेणी कार्यक्रममा आउने कार्यक्रम संयोजक समाजसेबी श्री लक्षमण मल्लले बताउनु हुन्छ।सो कार्यक्रमको प्रमुख अतिथी गापा अध्यक्ष मायादेवी राना भएको स्थानीयबासिले बताउनु भयेको छ।जय अकला देवी

करेन्ट लागेर दुई जना मजदुरको मृत्यु म्याग्दे०२ ,जामुने ,    म्याग्दे गाउँपालिका वडा नं २ स्थित बन्दै गरेकाे नयाँ  स्वास्...
14/11/2019

करेन्ट लागेर दुई जना मजदुरको मृत्यु
म्याग्दे०२ ,जामुने ,
म्याग्दे गाउँपालिका वडा नं २ स्थित बन्दै गरेकाे नयाँ स्वास्थ्य चौकी भवनमा अाज करिब १२:१५ बजेकाे समयमा मार्बल टल्काउने मेसीन सट भई करेन्ट लागेर आज दुई जना मजदुरको मृत्यु भएको छ । करेन्ट लागेर भारतीय मूलका दुईजना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा २२ बर्षिय आजाद आलम र २५ बर्षिय सागत आलम रहेको छ ।

 #तनहुँमा_समातिएको_चितुवा_चितवनमा_लगियाे चितवन – तनहुँ जिल्लाको भानु नगरपालिकाबाट नियन्त्रणमा लिइएको चितुवा चितवनमा ल्या...
13/11/2019

#तनहुँमा_समातिएको_चितुवा_चितवनमा_लगियाे


चितवन – तनहुँ जिल्लाको भानु नगरपालिकाबाट नियन्त्रणमा लिइएको चितुवा चितवनमा ल्याइएको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले मान्छेलाई आक्रमण गर्ने क्रम बढेका कारण यो क्षेत्रमा रहेका चितुवालाई नियन्त्रणमा लिन थालिएको हो ।

भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका छन् । यो क्षेत्रबाट नियन्त्रणमा लिइएको यो तेस्रो चितुवा हो । अझै केही चितुवा नियन्त्रणमा लिइने विज्ञहरुले बताएका छन् ।

चितुवालाई चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । सौराहा ल्याइएको चितुवालाई जंगलमा छोड्न मिल्ने अवस्था नभएकोले कुनै चिडियाघरमा पठाउने तयारी भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रामकुमार अर्यालले बताउनुभयो ।

वन्यजन्तुविज्ञ नरेश सुवेदीले नियन्त्रणमा लिइएको चितुवा मानिसलाई आक्रमण गर्न पल्किएको निश्चित भएकाले यसलाई जंगलमा छाड्न उपयुक्त नहुने बताउनुभयो ।

आहारा अभावका कारण जंगलका जनावरले मानव वस्तीमा प्रवेश गर्ने र मानवसहित घरेलु जनवारमाथि आक्रमण गर्ने गरेको सुवेदीले बताउनुभयो ।

बुढो र घाइते भएपछि चितुवा आक्रमण हुने बताउँदै सुवेदीले वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथिको आक्रमण गर्ने गरेको बताउनुभयो । ३५ किलोको वयस्क पोथी चितुवाको स्वास्थ्य परीक्षण गरी केजमा राखिएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएर रौतहटको प्रहरी चौकीमा बम प्रहार काठमाडौं – रौतहटस्थित एक प्रहरी चौकीमा सुतली बम प्र...
13/11/2019

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएर रौतहटको प्रहरी चौकीमा बम प्रहार


काठमाडौं – रौतहटस्थित एक प्रहरी चौकीमा सुतली बम प्रहार भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर–४ स्थित मठिया प्रहरी चौकीमा ड्यूटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी बम प्रहार भएको हो ।

भारतीय नम्बर प्लेट बीआर ०५एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले बम प्रहार गरेका थिए ।

त्यसक्रममा प्रहरी जवान रञ्जितकुमार यादव घाइते भएका छन् । उनको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विस्फोटमा परी नजिकै चउरमा चरिरहेको एउटा बाख्रा समेत मरेको छ ।

बम फाल्नका लागि प्रयोग भएको मोटरसाइकलका चालक भारत घर बनाउने २५ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले मोटरसाइल सहित नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको पछाडि बसेर बम फाल्ने व्यक्ति भने फरार छन् ।

तनहुँको भानुमा फेरी पर्यो काठको खोरमा चितुवा तनहुँ । तनहुँको भानुमा फेरी अर्को एउटा चितुवा परेको छ । भानु-१ जामुने गैह्र...
12/11/2019

तनहुँको भानुमा फेरी पर्यो काठको खोरमा चितुवा

तनहुँ । तनहुँको भानुमा फेरी अर्को एउटा चितुवा परेको छ । भानु-१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा हिजो राति ३ बजे एउटा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

भानु-१ स्थित भिमसेनथुम्की सामुदायिक बनमा बनाइएको काठे खोरमा चितुवा परेको हो । खोर स्थानिय हरिभक्त ढकालले बनाएको काठको खोरमा उक्त चितुवा परेको डिभिजन बन प्रमुख बरालले बताए । ‘८/९ वर्षको जस्तो देखिन्छ, पोथी चितुवा हो’ डिभिजन बन प्रमुख बरालले भने ‘करिब ४० किलो जत्तिको सानो कदको छ ।’

उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको प्रमुख बरालले जानकारी दिए । उनाका अनुसार यसअघी परेका भन्दा सानो आक्रमक रहेको उनले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन बन कार्यालय तनहुँको संयुक्त टोलिले उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज लगिएको बरालले बताए । चितुवा नियन्त्रय लिएको केही दिन भित्र अर्को चितुवाले मानिसलाइ आक्रमण गर्ने गरेकोले सर्तक रहनका लागि भानुवासी डिभिजन बन कार्यालय तनहुँले अनुरोध गरेको छ ।

भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । यसअघि नियन्त्रणमा लिइएको दुई वटै चितुवा भाले रहेको थियो भने अहिले पोथी चितुवा खोरमा परेको हो । मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै एकिन हुन नसकेको विज्ञ टोलिको भनाई छ ।

भानु नगरपालिकाको विभिन्न वडामा पटक–पटक चितुवाले आक्रमण गरी बालबलिकाको ज्यान लिन थालेपछि केहि समय अघि त्यस क्षेत्रमा पुजापाठ समेत गरिएको थियो ।

भानु नगरपालिकाको १, २, ३ र ४ नम्वर वडाका दुईसय ५२ घर धुरीका पाँच सयभन्दा बढी स्थानीयको सहभागितामा त्यहाँको कालिका मन्दिरमा आइतबार पुजा लगाइएको थियो ।

भीमसेन थुम्कामा दशवटा र थप्रेक कालिका मन्दिरमा दुईवटा गरी बाह्रवटा बोकालाई बलि दिइएको थियो । पहिलेदेखि नै चलिआएको परम्पराको संस्कारलाई निरन्तरता दिएको स्थानीयको भनाइ छ ।

पछिल्लो समय दिनहुँजसो चितुवाले बालबालिकालाई घरमै आई ज्यान लिन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बन्दै आएका थिए । त्यस्तै निरन्तरको आक्रमण प्रयास नरोकिएपछि बालबालिका विद्यालय जानसमेत डराउन थालेका छन् । चितुवाको आक्रमण नरोकिएपछि अभिभावकलाई आफ्ना केटोकेटीलाई एक्लै नछाड्न आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

‘विशेषगरी साँझ र विहानको समयमा बस्तीमै पसेर चितुवाले निरन्तर आक्रमणको प्रयास गरेपछि अभिभावकलाई छोराछोरी एक्लै नछाड्न भनेका हौं ।’ डिभिजन बन प्रमुख बरालले भने ’चितुवा नियन्त्रणमा लिन जंगलमा परम्परागत काठका खोरहरु निर्माण गरी पासोसमेत थापेका छौ ।’ मन्दिरमा पुजापाठ, जप तथा रुद्राभिषेक गरिएको थियो ।

करिब २० महिनाको अवधिमा चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाको ज्यान गैसकेको छ भने ४ जना घाइते भएका छन् ।

भानु नगरपालिकामा यसअघि खाेरमा परेकाे चितुवा भाले प्रजातिकाे थियाे भने आज परेकाे चितुवा पाेथी प्रजातिकाे रहेकाे छ । पाेथी...
12/11/2019

भानु नगरपालिकामा यसअघि खाेरमा परेकाे चितुवा भाले प्रजातिकाे थियाे भने आज परेकाे चितुवा पाेथी प्रजातिकाे रहेकाे छ । पाेथी प्रजातिकाे चितुवा नरभक्षी हुने गरेकाे वन प्राविधिककाे भनाई ।

चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत...
09/11/2019

चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १४ प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका– १४ का २४ वर्षीय बुद्धि पन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार व्यास– १३ का २५ वर्षीय सुरेश हड्खले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ

05/11/2019

तनहुँको भानुमा मन्दिरको घण्टा चोर्दा चितुवाले मान्छे खाएको भन्दै चितुवाबाट बच्न १० बोकाको बलि

पोखरा । केही बर्ष पहिले तनहुँको भानु नगरपालिकाको एक मन्दिरबाट घण्ट चोरी भयो । देबीको मन्दिरबाट घण्टा हराएपछि रात दिन चितुवा कराउन थाल्यो र एक दिन पाँच जना सुतेकै ठाउँमा ठूलै मान्छेलाई खायो ।

त्यही दिन भानु नगरबासिका बयस्कहरुले याद गर्छन र भानुमा चितुवाले मान्छे खानुको पछाडी दैवी शक्ति भएको उनीहरुको बुझाई छ । भानुमा चितुवाको आक्रामणबाट ६ जनाको ज्यान गएपछि नरभक्षी चितुवा मार्नका लागी भएका प्रयासहरु असफल भए । पुराना बुढापाकाहरुले यो धर्म र पुजाआजामा समस्या भएका कारण देवीमाता बाघको रुप धारण गरि मान्छे खाएको बताए पछि स्थानीयहरु मिलेर देवीको पुजा धुमधामले गरेका छन् ।

धार्मिक मान्यता अनुरुप देबि रिसाएर बाघको रुप धारणा गरेर मान्छे खाएको भन्दै स्थानीयहरुले देबीको पुजा गर्नुपर्ने बताएपछि भानु नगरपालिकाको वडा नं १ र २ मा सोमबार भव्य रुपमा देबी पुजा भएको हो ।

भानु १ मा रहेको कालिकाको मन्दिरमा १० वटा बोकाको बली दिएर देवीको पूजा गरिएको वडाअध्यष प्रेम लामाले बताए ।

02/11/2019

तनहुँको अमरापुरीको बुल्दी पुल छेउबाट स्कुटर खस्यो, सवार दुवै युवती सकुश

व्यास नगरपालिकाको वडा नं. १ र २ जोड्ने अमरापुरी स्थित बुल्दी खोला माथिको पुलको अवस्था डरलाग्दो छ । यसबारे समाचारहरु पनि आइसकेका छन् । तर, छेकबार गर्ने जाँगर वडाले देखाएको छैन । वडा नं. १ ले तत्काल तदारुकता देखाउनुपर्ने आवश्यकता देखिएको छ ।

शनिबार दुई युवती सवार स्कुटर खोलामा खस्यो । भाग्यवश दुवै जना सकुशल छन् । स्कुटर भने तल नै पुगेको छ । पानीले बगाएर ल्याएको माटोले पुल पुरिएर पैदल यात्रु तथा यातायातका साधानलाई वारपार गर्न समस्या पहिल्यैदेखि थियो ।

वर्षातको समयमा हिलोमाटो जमेर नगरबासी नै ओहोर दोहोर गर्न कठिन हुने यो पुलको सरसफाई तथा नाला कटान गरी सुरक्षित गर्नतर्फ ध्यान पुगेको छैन ।

02/11/2019

म्याग्दे गाउँपालिका वाड न.१ गुणादिमा गाईको बाछीलाई बाघको आक्रमण ।

01/11/2019

घुम्तीमा ओभरटेक गर्दा दुर्घटना : दुई लेनको सडकमा तिन सवारी !

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं १ नाहालामा दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे-दमौली सडकखण्डमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

डुम्रेबाट दमौली तर्फ जादै गरेको दुईवटा सवारी र दमौलीबाट डुम्रेतर्फ आउदै गरेको दुईवटा एकपटक दुई लेनको सडकमा चार वटा सवारी हुँदा दुर्घटना भएको घटना स्थलबाट प्रहरीले जानकारी दिए ।

दमौलीबाट डुम्रे तर्फ आउदै गरेको ना ५ ख २८४६ नम्बरको बसले बा १ ञ २१७२ नम्बरको पिकअप भ्यानलाई घुम्तीमा ओभरटेक गर्दा डुम्रेबाट दमौली तर्फ जाँदै गरेको ना ६ ख ६१८५ नम्बरको ट्रकसंग ठोक्किदा उक्त दुर्घटना भएको हो । सडक आधा घण्टा अवरुद्ध भएको थियो ।

इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको टोलिले सडक सुचारु गराइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले डिएसपी लिलाराज लामिछानेले बताए ।

30/10/2019

स्कोरपियोको ठक्करबाट आमाको मृत्यु, स्कुटर चलाउने छोरा घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते भएका छन् । मृत्यु हुने महिला आमा र घाइते युवा छोरा हुन् ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नंको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा६६प ९३८४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको तनहुँ ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए । स्कुटरलाई ठक्कर दिने स्कोरपियो र चालक प्रहरी नियन्त्रणमा छन् ।

30/10/2019

बेलायतमा डिसेम्बर १२ मा संसदीय चुनाव

काठमाडाैं । ब्रेक्जिट विवादमा फसेको बेलायतमा अन्ततः नयाँ मध्यावधि निर्वाचन गर्ने सहमति भएको छ । विपक्षी लेबर पार्टीले विरोध नगरेपछि डिसेम्बर १२ का दिन संसद्को तल्लो सदन हाउस अफ कमन्सको निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्ताव पारित भएको द वासिङटन पोस्टको अनलाइन संस्करणमा जनाइएको छ ।

सन् २०१६ मा भएको जनमत संग्रहमा झिनो मतले युरोपेली युनियनबाट बाहिरिने निर्णय भएपछि बेलायतमा राजनीतिक गतिरोध कायम रहेको छ । विपक्षी लिबरल डेमोक्र्या्टिक पार्टीलगायतले भने नयाँ जनमत संग्रह गर्ने प्रस्ताव गरेका छन्

30/10/2019

सप्तरीमा पटाका पड्काउने क्रममा आगलागी हुँदा घर जल्याे

सप्तरी - पटाका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मंगलबार बेलुका ७ बजे राजविराज नगरपालिका–८ मा रहेकाे हिमालय टोलमा स्थानीय शिवेश सिंंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीय शोरभ यादवले जानकारी दिनुभयो । आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन् ।

त्यस्तै, आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । समयमा दमकल नपुग्दा आगोले बढी क्षति गरेको स्थानीयको भनाइ छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगाे नियन्त्रणमा लिइएकाे थियाे।

भानु नगरपालिका-२ मा फेरि चितुवाको आक्रमण । एक बालकको ज्यान गयो ।
28/10/2019

भानु नगरपालिका-२ मा फेरि चितुवाको आक्रमण । एक बालकको ज्यान गयो ।

यो रमाइलो अवसरमा सबै नेपाल र नेपाल बाहिर बसेका सबै नेपाली दाजुभाइ एवं दिदिबहिनीको खुशी , सुख समृद्धि अनि सु-स्वास्थको का...
28/10/2019

यो रमाइलो अवसरमा सबै नेपाल र नेपाल बाहिर बसेका सबै नेपाली दाजुभाइ एवं दिदिबहिनीको खुशी , सुख समृद्धि अनि सु-स्वास्थको कामना गर्दै हाम्रो भानु याफ यामबाट तिहारको मंगलमय शुभकामना गर्दछौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङ आज दमाैलीमा photographer kr...
25/10/2019

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङ आज दमाैलीमा
photographer krishna Neupane

24/10/2019

तनहुँको भानु नगरपालिकामा चितुवाको आतंक बढेपछि स्पेसल टास्कफोर्सका जवानहरु खटाउने ब्यवस्था हुन लागेको नगरपालिकाले जनाएको छ ।

भानु नगरपालिकाकी उपमेयर आशा थापाका अनुसार अब भानुको जङ्गलमा विशेष हातहतियार सहितको स्पेसल टास्कफोर्सका जवानहरु खटाउने ब्यवस्था हुन लगेको हो ।
थापाका भनाईअनुसार उनिहरु सबै जङ्गलमा नै बस्ने र विशेष अभियान बनाउने समेत थापाले बताएकी छिन ।

उनले भनिन् नेपाल सरकारका गृह सचिवले स्पेसल टास्कफोर्स सहितको विशेष टोलि पठाउने निर्णय भएको छ छिटै नै हामी पठाउने छौ । अबको २/४ दिनमै उक्त टोलि भानुको जङ्गलमा परिचालन गरिने र स्थानीयहरुलाइ राहत मिल्ने समेत भानु नपा २का वडा अध्यक्ष अर्जुन बहादुर खड्का बोहराले जानकारी दिएका छन ।

गत साल देखी तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणमा परि ५ बालबालिकाले ज्यान गुमाएका छन भने ४ जना घाईते भएका छन । चितुवाले साँझको समयमा घर नजिकै चितुवा आउने र गोठ तथा खोरमा भएको बाख्रा लाने तथा मानिसलाई समेत आक्रमण गर्न थालेपछि भानु १,२ र ३ का वासिन्दाहरु निकै त्राश मा रहेका छन । अब भने स्पेसल टास्कफोर्स आउन भएपछि भानु नगरपालिकाका वासिन्दाहरु लाई केही राहत को महसुस हुने भएको उपप्रमुख थापाले बताईन ।

Address

Mygdhe-3 Dhayera
Pokhara
BHANU

Telephone

+97765401076

Website

Alerts

Be the first to know and let us send you an email when Bhanu Fm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhanu Fm:

Share



You may also like