Gandaki Khabar

02/04/2024
८० प्रतिशत नेपाली युवाहरू ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनको देखाएको छ।अनिल घिमिरे जर्मनी,झन्डै ८० प्रतिशत ने...
19/01/2024

८० प्रतिशत नेपाली युवाहरू ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनको देखाएको छ।
अनिल घिमिरे जर्मनी,

झन्डै ८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी सोसल साइन्स बहामार्फत गरेको अध्ययन अनुसार वैदेशिक रोजगारीमा जाने ७९.८ प्रतिशत नेपाली ऋण गरेर नै वैदेशिक रोजगारीमा जाने गरेको पाइएको हो ।

ऋण लिएका मध्ये लगभग ५० प्रतिशतले ऋण तिर्न बाँकी रहेको देखिएको छ । ८८ प्रतिशतले विदेशबाट कमाएको पैसाबाटै ऋण फिर्ता गरेको पाइएको हो ।

सन् २०१४ देखि २०२२ सम्ममा २२ हजार १४८ जनामा उक्त अध्ययन गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका ७२ प्रतिशत श्रमिकले वैदेशिक रोजगारीको क्रममा बचत गर्न सक्षम नभएको पाइएको छ । उनीहरूले गन्तव्य देशहरूमा सामना गरेको विभिन्न प्रकारका समस्याहरूका कारण बचत गर्न नसकेको देखिएको हो ।

करारपत्रसँग सम्बन्धित मुद्दा, कारावास र बेपत्ता भएका/हराएकासँग सम्बन्धित मुद्दाहरूका कारण उनीहरूले बचत गर्न नसकेको देखाएको हो ।

त्यस्तै नेपाल फर्किएका आप्रवासी कामदारमध्ये ३७.६ प्रतिशत निर्वाहमुखी कृषिमा संलग्न भएको पाइएको छ । १७६.५ प्रतिशत भने बेरोजगार देखिएका छन् ।

नेपाल फिर्ता आएपछि आप्रवासी श्रमिकले उच्च लाभ हुने काम पाउन नसकेको, नेपालको श्रम बजारमा उनीहरूको सीप र ज्ञानको मेल नहुने र उचित कामका अवसरहरूको सम्भावित अभावलाई देखाएको अध्ययनको निष्कर्ष छ ।

९.२ प्रतिशतले मात्रै वैदेशिक रोजगारीबाट फर्किएपछि आफूले आर्जन गरेको सीप नेपालमा प्रयोग गर्न सकेको देखाएको छ ।

अध्ययनका लागि अन्तर्वार्ता लिएका वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकहरूमध्ये ४४ प्रतिशतले आफू पुनः वैदेशिक रोजगारीमा जाने योजना रहेको बताएका थिए । पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेकामध्ये ५४ प्रतिशतले पुनः ऋण लिएर वैदेशिक रोजगारीमा जाने योजना रहेको बताएका थिए ।

४६ प्रतिशतले पहिला नै वैदेशिक रोजगारीमा जानका लागि लिएको ऋण तिर्न बाँकी रहेको देखिएको छ

कृषिका लागि कर छुट कटौती र अनुदान कटौती गरेको भन्दै १०,००० भन्दा बढी किसानहरू जर्मनीको सडकमा उत्रिय ।अनिल घिमिरे जर्मनी१...
18/01/2024

कृषिका लागि कर छुट कटौती र अनुदान कटौती गरेको भन्दै १०,००० भन्दा बढी किसानहरू जर्मनीको सडकमा उत्रिय ।
अनिल घिमिरे जर्मनी
१८ जनवरी २०२४
बर्लिनको ब्रान्डनबर्ग गेटतर्फ जाने सडकहरू सोमबार ट्रक र ट्र्याक्टरहरूले भरिएका छन्, १०,००० भन्दा बढी किसानहरू माल ढुवानीका साथ राजधानीमा आएको, जर्मन प्रहरीले जानकारी दियो ।

देशभरि धेरै अन्य विरोध प्रदर्शनहरू भइरहेको छ, जुन स्कोल्जको गठबन्धनले बजेट संकट समाधान गर्न संघर्ष गरिरहेको बेला यसरि किसान हरू सडकमा उत्रिनु भनेको पक्कै पनि सानो कुरा होइन ।आधिकारिक तथ्याङ्कले जर्मनीको अर्थतन्त्र गत वर्ष कोविड १९ महामारीको सुरुवात पछि पहिलो पटक सहलचल भएको देखाएको छ।

धेरैले अनुमान लगाइरहेका छन् कि जर्मनीको लागि अति दक्षिणपन्थी वैकल्पिक पार्टी (एएफडी) आफ्नो राजनीतिक लाभको लागि अराजकताको फाइदा उठाउँदैछ।

ब्रान्डनबर्ग गेटसङ्गै, गत हप्ता 500 ट्र्याक्टरहरू -3°को चिसो तापक्रममा प्रत्येक दिन लाइनमा उभिएको थियो।किसानहरूले आगो बालेर चिया र कफि पिउदै प्रर्दशनलाइ निरन्तरता दिइ रहेका थिए ।

प्रर्दशनकारिहरू प्रमुख सडक पूर्वदेखि पश्चिमसम्म ह्याम्बर्ग, कोलोन, ब्रेमेन, न्युरेम्बर्ग र म्युनिखलगायत शहरहरूमा फैलिएका छन् - प्रत्येक विरोधका लागि 2,000 ट्र्याक्टरहरू दर्ता भएका छन्। शहरका सडकमा ट्र्याक्टर र ट्रकहरूको लामो ताती देखिएको छ, केहीले विरोध ब्यानरहरू सहित, बिहानैदेखि जर्मन सडकहरू अवरुद्ध पारेका छन ।

शहरहरू बाहिर, जर्मनीको द्रुत गतिमा चल्ने हाइवेहरू पनि प्रदर्शनकारीहरूले लक्षित गरेका छन्, जसले यातायातको प्रवाहलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ।

कृषिका लागि कर छुट कटौती गर्ने सरकारी मितव्ययिता योजनाप्रति किसानहरू आक्रोशित छन्।

सोमबार प्रदर्शनकारीहरूलाई लक्षित गर्दै जर्मन अर्थमन्त्री क्रिस्चियन लिन्डनरले भने"मैले तपाईलाई सुन्छु, र यो खुशिको कुरा भने होईन ।"

बर्लिनमा विरोध प्रदर्शन गरिरहेका रुगेनका किसान मार्टिनले भने। "उनीहरूले हाम्रो कुरा सुन्दैनन्, तिनीहरूले हामी सबैलाई हानि गर्ने नियमहरू बनाउँछन्, किसानहरूलाई मात्र होइन तर यस देशका सबैलाई"

Like my pahe Gandaki Khabar for new updates
07/01/2024

Like my pahe Gandaki Khabar for new updates

डा. केसीसहित ९ जना प्रहरिको थुनामा,
जनवरी ६,अनिल घिमिरे जर्मनी

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन्

डा केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको 'कथित' निषेधाज्ञा तोड्ने बताएका थिए ।

सोही कार्यक्रम अन्तर्गत शनिबार मध्याह्न केसीलगायतले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका थिए ।

सरकारले गत मंसिर ५ गते माइतीघर-वानेश्वरलगायत काठमाडौंका विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको थियो । माइतीघरमा प्रदर्शन गर्न लगाइएको रोकमाथि आलोचना हुँदै आएको छ ।

हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्युनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार अनि न्याय र सुशासनका लागि निरन्तर लडिरहेका छौं ।

तर एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरुले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् । भ्रष्टाचार आकाशिंदो छ । सार्वजनिक क्षेत्रका सेवा प्रदायक संस्थाहरु धराशायी हुने अवस्थामा छन् । नेताहरुले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमित माफिया र अपराधीहरुसित साँठगाँठ गरिरहेका छन् । उता वास्तवमै उद्यम र व्यवसाय गर्ने, नियमसंगत रुपमा कर तिर्ने व्यवसायीहरु कठिन परिस्थितिमा छन् ।

यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वभाविक हो । लोकतन्त्रमा यो हामी नागरिकको आधारभुत अधिकार पनि हो । तर प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने हाम्रो संविधान प्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ ।

अहिले देशमा जति पनि दण्डहीनता र अत्याचार व्याप्त छ, त्यसको जडमा छ द्वन्द्वकालमा भएका जघन्य र मानवताविरुद्धको अपराधका दोषीहरुलाई दण्ड नभएको अवस्था । अब त्यो दण्डहीनता अन्त हुनुपर्छ र पीडितले न्याय पाउने गरी शीघ्र संक्रमणकालीन न्याय प्रक्रिया टुंगिनुपर्छ ।

त्यसैले निम्न मागहरु राखेर हामीले आज माइतीघर मण्डलाको कथित निषेधाज्ञा तोड्ने निर्णय गरेका छौं ।

प्रदर्शनका मागहरुः

१) सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।

२) नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गरियोस् ।

३) चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाइयोस् ।

४) यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस्:

गेटामा तत्काल हामीसित सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउयोस् । चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याइयोस् । जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोलियोस् ।

१०० शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम हरु शुरु गरियोस्

विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागवण्डाको अन्त गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नका लागि मापदण्डसहित उच्च शिक्षा ऐन तत्काल जारी गरियोस्

एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गरियोस्

५) औषधि उपचार निसुल्क गर

६ ) सरकारी अस्पतालमा दरबन्दी थप गर।

डा. गोविन्द केसी

डा. केसीसहित ९ जना प्रहरिको थुनामा,जनवरी ६,अनिल घिमिरे जर्मनीनिषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर गोविन्द केसीस...
06/01/2024

डा. केसीसहित ९ जना प्रहरिको थुनामा,
जनवरी ६,अनिल घिमिरे जर्मनी

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन्

डा केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको 'कथित' निषेधाज्ञा तोड्ने बताएका थिए ।

सोही कार्यक्रम अन्तर्गत शनिबार मध्याह्न केसीलगायतले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका थिए ।

सरकारले गत मंसिर ५ गते माइतीघर-वानेश्वरलगायत काठमाडौंका विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको थियो । माइतीघरमा प्रदर्शन गर्न लगाइएको रोकमाथि आलोचना हुँदै आएको छ ।

हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्युनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार अनि न्याय र सुशासनका लागि निरन्तर लडिरहेका छौं ।

तर एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरुले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् । भ्रष्टाचार आकाशिंदो छ । सार्वजनिक क्षेत्रका सेवा प्रदायक संस्थाहरु धराशायी हुने अवस्थामा छन् । नेताहरुले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमित माफिया र अपराधीहरुसित साँठगाँठ गरिरहेका छन् । उता वास्तवमै उद्यम र व्यवसाय गर्ने, नियमसंगत रुपमा कर तिर्ने व्यवसायीहरु कठिन परिस्थितिमा छन् ।

यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वभाविक हो । लोकतन्त्रमा यो हामी नागरिकको आधारभुत अधिकार पनि हो । तर प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने हाम्रो संविधान प्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ ।

अहिले देशमा जति पनि दण्डहीनता र अत्याचार व्याप्त छ, त्यसको जडमा छ द्वन्द्वकालमा भएका जघन्य र मानवताविरुद्धको अपराधका दोषीहरुलाई दण्ड नभएको अवस्था । अब त्यो दण्डहीनता अन्त हुनुपर्छ र पीडितले न्याय पाउने गरी शीघ्र संक्रमणकालीन न्याय प्रक्रिया टुंगिनुपर्छ ।

त्यसैले निम्न मागहरु राखेर हामीले आज माइतीघर मण्डलाको कथित निषेधाज्ञा तोड्ने निर्णय गरेका छौं ।

प्रदर्शनका मागहरुः

१) सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।

२) नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गरियोस् ।

३) चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाइयोस् ।

४) यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस्:

गेटामा तत्काल हामीसित सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउयोस् । चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याइयोस् । जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोलियोस् ।

१०० शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम हरु शुरु गरियोस्

विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागवण्डाको अन्त गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नका लागि मापदण्डसहित उच्च शिक्षा ऐन तत्काल जारी गरियोस्

एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गरियोस्

५) औषधि उपचार निसुल्क गर

६ ) सरकारी अस्पतालमा दरबन्दी थप गर।

डा. गोविन्द केसी

जापानमा भूकम्पको कारण मृत्यु हुनेको संख्या ७८ पुग्यो, ५१ बेपत्ताअनिल घिमिरे,जर्मनि०४जनवरी २०२४जापानमा सोमबार गएको ७.६ म्...
05/01/2024

जापानमा भूकम्पको कारण मृत्यु हुनेको संख्या ७८ पुग्यो, ५१ बेपत्ता

अनिल घिमिरे,जर्मनि
०४जनवरी २०२४
जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको बिहीबार सरकारी अधिकारीले जानकारी दिएका छन् ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन् । जापानको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उनले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्वपूर्ण रहने तथा त्यस पछि बाँच्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन् ।

'बिहीबार साँझ भूकम्पको ७२ घण्टा हुने हुँदा विपद्मा परेका सबैको जीवन बचाउन पूर्ण समर्पणका साथ काम गर्न सरकारले सुरक्षाकर्मी तथा उद्धारमा खटिएका संघसंस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको छ,' प्रधानमन्त्री किशिदाले भने ।

प्रभावित तटीय सहर वाजिमामा धेरै मानिस अझै पनि भग्नावशेषमा फसेको विश्वास गरिएको छ । वाजिमामा हालसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको जापानको समाचार संस्था क्योदोले जनाएको छ । रिपोर्टअनुसार वाजिमाको तटमा विपद् सफाई कार्यको लागि एउटा जहाज खटाइएको छ ।

भग्नावशेष र अवरूद्ध सडकहरूका कारण खोजी तथा उद्धार कार्यमा चुनौती थपिएको छ । शक्तिशाली भूकम्पको तीन दिनपछि इशिकावा र वरपरका क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो ।

भूकम्पपछि सुनामीले इशिकावाको सय हेक्टर क्षेत्र डुबानमा परेको र बाढीको प्रभाव अझ ठूलो हुने भूमि मन्त्रालयले जनाएको छ । इशिकावाको नोटो क्षेत्रमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पलाई जापान मौसम विज्ञानसम्बन्धी निकायले आधिकारिक रूपमा नोटो प्रायद्वीप भूकम्प २०२४ नाम दिएको छ ।

कांग्रेस पार्टिको तल्लो तहमा १२ सय पद खाली: कोहीले केही विदेश लागे,केहीले छोडे पार्टी ।अनिल घिमिरे,जर्मनी०२,जनवरी २०२४ने...
02/01/2024

कांग्रेस पार्टिको तल्लो तहमा १२ सय पद खाली: कोहीले केही विदेश लागे,केहीले छोडे पार्टी ।
अनिल घिमिरे,जर्मनी
०२,जनवरी २०२४

नेपाली कांग्रेसमा वडादेखि जिल्ला तहसम्म १२ सय ४ पद रिक्त रहेको पाइएको छ । कांग्रेस महामन्त्री गगन थापाले मङ्सिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिलाई तल्लो तहको रिक्त पदको विवरण पठाउन निर्देशन दिएका थिए ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ–नगरपालिका र वडा तहका कार्यसमितिमा निर्वाचन र मनोनयन गर्न बाँकी पदको विवरण मागेको थियो । कांग्रेसमा विधानअनुसार केन्द्रीय समितिसहित आठ तहमा संगठन संरचना छ ।

पार्टी विधानमा हरेक तहका कार्यसमितिका सभापतिलाई २० प्रतिशत सदस्य मनोनयनको अधिकार छ भने पदाधिकारीमध्ये कोषाध्यक्ष कार्यसमिति बैठकबाट मनोनीत गर्ने व्यवस्था छ ।

प्रदेशले पठाएको विवरणमा जिल्ला सभापति, उपसभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पालिका र वडाका पदाधिकारी संख्या बढी छ । सात वटा प्रदेशमध्ये सबैभन्दा बढी बागमती र कर्णालीमा कम पद रिक्त रहेको देखिन्छ । कांग्रेसका वडादेखि जिल्ला तहसम्म बागमती प्रदेशमा २६८ र कर्णालीमा ५६ पद रिक्त छन् ।

जिल्लाले पठाएको विवरणमा केहीले पार्टी छाडेको, केही विदेश लागेको, केहीको मृत्यु भएको केही कारबाहीमा परेको उल्लेख छ ।

कुन प्रदेशमा कति पद रिक्त ?

इलाम र खोटाङ बाहेक कोशी प्रदेशमा पार्टीका १९६ पद रिक्त रहेको पाइन्छ । कोशी प्रदेशमा कांग्रेसका तीन ३ वडा सभापतिसहित २० जना पदाधिकारी तथा सदस्य र ५८ जना प्रदेश क्षेत्रीय प्रतिनिधिको पद रिक्त छ ।

यस्तै एक पालिका सभापतिसहित २९ जना पदाधिकारी तथा सदस्यको पद रिक्त रहेको पाइएको छ । एक जना प्रदेशसभा क्षेत्रीय सभापतिसहित २० जना पदाधिकारी तथा सदस्यको पद रिक्त छ भने ६ जना प्रदेश अधिवेशन प्रतिनिधिको पद पनि खाली छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्रीय समितिमा पदाधिकारी र सदस्य गरी १७ जना, एक जिल्ला सभापतिसहित ३८ जना पदाधिकारी तथा सदस्य रिक्त रहेको विवरणमा उल्लेख छ । ६ जना महाधिवेशन प्रतिनिधि र २ जना महासमिति सदस्यको पद खाली छ । कोशी प्रदेशमा पद रिक्तको कारण मृत्यु, कारबाही, सम्पर्क विहीन, विदेश गएको लगायत छन् ।

मधेस प्रदेशका पाँच जिल्लामा वडा सभापतिदेखि महाधिवेशन प्रतिनिधिसम्म २३८ पद रिक्त छन् । जसमा पाँच वडासभापतिसहित ३२ पदाधिकारी तथा सदस्य, ७३ प्रदेश क्षेत्रीय प्रतिनिधिको पद रिक्त छ ।

यस्तै दुई जना पालिका सभापतिसहित ३८ जना पदाधिकारी तथा सदस्यको पद रिक्त छ भने प्रदेशसभा क्षेत्रीय समितिका एक सभापतिसहित २० जना पदाधिकारी तथा सदस्यको पद पनि रिक्त छ ।

६ जना प्रदेश अधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय समितिका ३७ जना पदाधिकारी तथा सदस्यको पद रिक्त छ । जिल्ला तहमा पदाधिकारी तथा सदस्य गरी २० जना र १२ जना महाधिवेशन प्रतिनिधिको पद रिक्त छ । कांग्रेसको पद रिक्तको कारणमा मधेस प्रदेशमा पार्टी परित्याग गर्नेको संख्या बढी देखिन्छ । बारा, पर्सा र सर्लाहीबाट रिक्त पदको विवरण आउन बाँकी छ ।

बागमती प्रदेशमा ११ जिल्लामा कांग्रेसका वडा सभापतिदेखि महासमिति सदस्यसम्म गरी २६८ पद रिक्त छन् । कांग्रेसको वडा तहमा चार सभापतिसहित ३२ पदाधिकारी तथा सदस्य र ६७ प्रदेश क्षेत्रीय प्रतिनिधिको पद रिक्त छ । यस्तै पालिका तहमा दुई सभापतिसहित २३ पदाधिकारी तथा सदस्य, प्रदेशसभा क्षेत्रीय समितिमा एक सभापतिसहित २८ पदाधिकारी र ३६ प्रदेश अधिवेशन प्रतिनिधिको पद रिक्त छ ।

प्रतिनिधिसभा क्षेत्रीय समिति र जिल्ला कार्यसमितिका ४१–४१ पदाधिकारी तथा सदस्यको पद रिक्त छ । बागमती प्रदेशमा कांग्रेसको पद रिक्त हुनुमा विदेश गएको, कारबाही, मृत्यु र पार्टी परित्याग देखिन्छ । काठमाडौँ र चितवनबाट पार्टीका रिक्त पदको विवरण कांग्रेस केन्द्रीय कार्यालयमा आइपुगेको छैन ।

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लाबाट १२७ रिक्त पदको विवरण आएको छ । जसमध्ये कांग्रेसको वडा तहमा ती जना सभापतिसहित १२ पदाधिकारी तथा सदस्यको पद रिक्त छ भने ४६ प्रदेश क्षेत्रीय प्रतिनिधिको पद खाली छ ।

यस्तै पालिका तहमा ९ पदाधिकारी तथा सदस्य, प्रदेशसभा क्षेत्रीय समितिमा एक सभापतिसहित १४ पदाधिकारी तथा सदस्य र १३ प्रदेश अधिवेशन प्रतिनिधिको पद रिक्त छ ।

प्रतिनिधिसभा क्षेत्रीय समितिमा १४ र जिल्ला समितिमा १९ पदाधिकारी तथा सदस्यको पद रिक्त छ । गण्डकी प्रदेशभित्र महाधिवेशन प्रतिनिधिमा तीन पद छन् । मुस्ताङ र स्याङ्जाबाट रिक्त पदको विवरण आउन बाँकी छ ।

लुम्बिनी प्रदेशमा कांग्रेसका वडादेखि जिल्ला तहसम्म २३७ पद रिक्त छन् । वडा तहमा तीन सभापतिसहित २४ पदाधिकारी तथा सदस्य, ९८ प्रदेश क्षेत्रीय प्रतिनिधि, पालिका तहमा २ वडा सभापति गरी ३१ पदाधिकारी तथा सदस्यको पद रिक्त छ । यस्तै एक प्रदेशसभा क्षेत्रीय सभापति गरी २९ पदाधिकारी तथा सदस्य र २० प्रदेश अधिवेशन प्रतिनिधिको पद खाली छ ।

प्रतिनिधिसभा क्षेत्रीय समितिमा २६ पदाधिकारी तथा सदस्य, ८ महाधिवेशन प्रतिनिधि र १ महासमिति सदस्यको पद रिक्त छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलालले तयार पारेको विवरणमा लुम्बिनी प्रदेशको जिल्लामा तहमा कुनै पनि पद रिक्त छैन । यद्यपि लुम्बिनी प्रदेशमा १२ जिल्लामध्ये नवलपरासी र बर्दियाको रिक्त पदको विवरण आउन बाँकी छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये ६ जिल्लामा ५६ रिक्त पदको विवरण यहाँ उल्लेख छ । कांग्रेसको वडा तहमा तीन सभापति गरी १९ पदाधिकारी तथा सदस्य र १४ प्रदेशसभा क्षेत्रीय प्रतिनिधिको पद रिक्त छ । यस्तै पालिका तहमा एक सभापतिसहित ४ पदाधिकारी तथा सदस्य, प्रदेशसभा क्षेत्रीय समितिमा ४ पदाधिकारी तथा सदस्य र ४ प्रदेश अधिवेशन प्रतिनिधिको पद खाली छ ।

जिल्ला समितिका ६ पदाधिकारी तथा सदस्य र एक महाधिवेशन प्रतिनिधिको पद रिक्त छ । सचिव दुलालका अनुसार रुकुम पश्चिम, डोल्पा, सुर्खेत र जुम्लाको विवरण आउन बाँकी छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा कांग्रेसका वडादेखि जिल्लासम्म ८२ पद रिक्त छन् । वडा तहमा ३ सभापति गरी २१ पदाधिकारी तथा सदस्य, प्रदेशसभा क्षेत्रीय समितिमा २ सभापतिसहित ९ पदाधिकारी तथा सदस्य, २४ प्रदेश अधिवेशन प्रतिनिधिको पद रिक्त छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्रीय समितिका १३ पदाधिकारी तथा सदस्य र जिल्ला समितिका १२ पदाधिकारीको पद रिक्त छ । महाधिवेशन प्रतिनिधिको तीन पद पनि रिक्त छ । यहाँ नेपाली कांग्रेस अछामको विवरण उल्लेख छैन ।

प्रहरिले शाहको गोली लागेर र राउतको भागदौडमा परि मृत्यु भएको बिज्ञाप्ति जारी गरेको छ।अनिल घिमिरे,जर्मनी३० डिसेम्बरललितपुर...
30/12/2023

प्रहरिले शाहको गोली लागेर र राउतको भागदौडमा परि मृत्यु भएको बिज्ञाप्ति जारी गरेको छ।
अनिल घिमिरे,जर्मनी
३० डिसेम्बर

ललितपुर । प्रहरीले राजधानीको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको जनाएको छ । ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले जारी गरेको विज्ञप्तिमा दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ । शाहको पाटन अस्पताल र राउतको किष्ट अस्पतालमा मृत्यु भएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले आक्रोशित भीडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग गर्दा जिल्ला अछाम, चौरपाटी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २१ को वीरेन्द्र शाहलाई गोली लागि घाइते भई औषधि उपचारको लागि पाटन अस्पताल लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको। सोही स्थानमा भाग दौडको क्रममा जिल्ला दैलेख, महावु गाउँपालिका वडा नं ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउत घाइते भई तत्काल उपचारको लागि इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको भनि चिकित्सकले मृत्यु घोषित गरेको।’

ईपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयलाई लिएर २५०० देखि ३००० जना भेला जम्मा भई आन्दोलन गरेको प्रहरीको भनाइ छ ।

परीक्षार्थीहरुले अन्दाजी १२ः१५ बजेको समयमा आक्रोशित भई सुरक्षार्थ डिउटीमा खटिएका प्रहरी माथि एक्कासि ढुङ्गा मुढा प्रहार गर्दा डिउटीमा खटिएका नेपाल प्रहरी तर्फका प्रहरी नायव उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवलदार सुशील सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरी तर्फका ४ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीको भनाइ छ ।

त्यसपछि आक्रोशित भिड तितरवितर गर्न अश्रुग्याँस प्रहार गर्दा भिड तितरवितर भई बालकुमारीतर्फ जाँदै गर्दा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको गाडी तोडफोड भएको प्रहरीको भनाइ छ । सो क्रममा प्रहरीले टियर ग्यास र रवर बुलेट प्रहार गरेपनि अवस्था नियन्त्रणमा नआएपछि गोली नै चलाएको बताइएको छ ।

प्रहरीले आगजनी तथा तोडफोड घटनामा आशङ्कित ७३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए ।

अस्थायी आवास निर्माणका लागि जाजरकोटको स्थानीय तहको खातामा १ अर्ब ४ करोड रुपैयाँ पुग्यो ।अनिल घिमिरे / जर्मनी१३ डिसेम्बर ...
13/12/2023

अस्थायी आवास निर्माणका लागि जाजरकोटको स्थानीय तहको खातामा १ अर्ब ४ करोड रुपैयाँ पुग्यो ।

अनिल घिमिरे / जर्मनी
१३ डिसेम्बर २०२३

जाजरकोट भूकम्पका पीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४ करोड ८ लाख २५ हजार रुपैयाँ स्थानीय तहको खातामा पुगेको छ । मन्त्रिपरिषद्‌ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहमा सो रकम पठाइएको हो ।

जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानका लागि १ अर्ब ४१ करोड रकम निकासा भएको र यो रकम मध्येबाट यी पाँच जिल्लाका स्थानीय तहले कायम गरेका ५९, १६२ जना लाभग्राहीका लागि रु १ अर्ब ४ करोड ८ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।

स्थानीय तहले कायम गरेका ५९ हजार १६२ लाभग्राहीमध्ये १० हजार १५३ ले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका यी लाभग्राहीलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेको प्राधिकरणको भनाइ छ ।

रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा २ हजार ४२३ र सल्यानमा ४० गरी २ हजार ४६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बसोबास गर्न थालेका छन् । पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ता बापत लाग्ने रकम २ अर्ब ६० करोड ५० लाख रुपैयाँ थप निकासा गरिदिन सम्बन्धित जिल्ला हरूबाट माग भई आएको प्राधिकरणले जानकारी दिएको छ ।

निकासाको प्रक्रियामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको सङ्ख्याका आधारमा सम्बन्धित जिल्लामार्फत स्थानीय तहहरूमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रकम उपलब्ध गराउने प्रवक्ता ध्रुव बहादुर खड्काले जानकारी दिएका छन् ।

पोर्चुगलका लागि अनुमोदित राजदूत नेपालमाथि उजुरी,सांसदहरूको प्रश्न : तपाईंमा के कूटनीतिक क्षमता छ ?अनिल घिमिरे,जर्मनीडिसे...
08/12/2023

पोर्चुगलका लागि अनुमोदित राजदूत नेपालमाथि उजुरी,सांसदह
रूको प्रश्न : तपाईंमा के कूटनीतिक क्षमता छ ?

अनिल घिमिरे,जर्मनी
डिसेम्बर ८,२०२३

शुक्रवार संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि सरकारद्वारा प्रस्तावित राजदूत सनिल नेपालमाथि संसदीय सुनुवाइ गरेको छ । अपराह्न संसद् सचिवालय सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकमा सुरुमा प्रस्तावित राजदूत नेपालमाथि उनी राजदूतका लागि योग्य छैनन् भनेर उजुरी गर्ने एक मात्र उजुरीकर्ता उज्जलकृष्ण श्रेष्ठलाई आफ्नो धारणा प्रस्तुत गर्न समय दिइएको थियो ।

उजुरीकर्ता श्रेष्ठले नेपाल राजदूत नियुक्ति निर्देशिका २०७५ मा व्यवस्था भएको बमोजिम अयोग्य रहेको समिति समक्ष जिकिर गरेका थिए । उनको यो जिकिरलाई सांसदहरूले गम्भीरतापूर्वक नलिई हाँसोमा उडाएका थिए ।

उजुरीकर्ता श्रेष्ठले नेपाल नेपाली कांग्रेसका नेता शेखर कोइरा ला समर्थक र कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठ नमा आबद्ध भएको आधारमा उनी राजदूतमा सिफारिस भएको
र उनलाई कुनै कूटनीतिक ज्ञान नभएकोले राजदूतमा सिफारिस नगर्न आग्रह गरेका थिए ।साथै श्रेष्ठले अहिलेसम्म दूतावास नखोलिएको पोर्चुगलमा कांग्रेसका नेताका ‘इन्ट्रेस’मा दूतावास खोल्न लागिएको र त्यसले देशलाई थप आर्थिक भार पर्ने बताए। उनले पोर्चुगलमा दूतावास खोल्ने कुरा परराष्ट्र मन्त्रीको जालसाँझीको काम भएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय सम्बन्ध मा ज्ञान नभएको, कूटनीतिक क्षमता नभएको व्यक्तिलाई सरका रले राजदूतमा सिफारिस गरेकोले अस्वीकार गर्न सांसदहरू लाई आग्रह गरेका थिए ।
यस्तै समितिका सांसदहरूले पनि सनिल नेपालले समिति समक्ष प्रस्तुत गरेको कार्य योजनामाथि विभिन्न प्रश्न उठाएका थिए । पहिलो पटक राजदूतावास स्थापना गरिएको देशमा कूटनीतिक क्षमता र अनुभव नभएका व्यक्तिलाई राजदूतका रूपमा पठाउन लागेपछि सांसदहरूले संशय व्यक्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता डोलप्रसाद अर्यालले नयाँ ठाउँमा राजदूतको भूमिकामा काम गर्नका लागि अर्को व्यक्तिसँग प्रतिस्पर्धाको आधारमा छानिएर जानुपर्ने बताए । उनले नयाँ ठाउँमा गएर नयाँ मान्छेले काम गर्न समस्या हुने बताउँदै आफूभन्दा अब्बल व्यक्तिसँग प्रतिस्पर्धा गरेर जान्छु भन्न किन सक्नुभएन भन्दै प्रश्न गरे ।

यस्तै सांसद प्रकाश अधिकारीले पोर्चुगलमा अव्यवस्थित रूपमा धेरै नेपाली कामदार रहेको बताउँदै उनीहरूलाई व्यवस्थित गर्न समस्या रहेको बताए । सांसद जीवन परियारले संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले ठुला–ठुला प्रतिबद्धता व्यक्त गर्ने तर कार्यान्वयन गर्न भने नसक्ने अवस्था रहेको बताए ।

उनले पोर्चुगलमा धेरै नेपाली अवैध कामदार रहेको, कृषि क्षेत्रमा नेपाली कामदार रहेको र कतिपय अलपत्र अवस्थामा रहेकोले उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा नेपालको कार्य योजना नआएको बताए ।

सांसद रमेशजंग रायमाझीले पोर्चुगलबाट रोनाल्डो नै नेपाल ल्याएर फुटबल प्रशिक्षण गराउने कार्य योजना राम्रो रहेको बताउँदै त्यो सम्भव हुन्छ त भन्दै प्रश्न गरे । कांग्रेस सांसद रमेश लेखकले पोर्चुगल नेपालका लागि श्रम गन्तव्य रहेको बताउँदै राजदूत भएर गएपछि त्यहाँको सरकारसँग श्रम सम्झौता मात्रै भए पनि गराउने पहल गर्न आग्रह गरे ।

एमाले सांसद ईश्वरी घर्तीले अनुमोदित राजदूत नेपाललाई तपाई अमुक पार्टीको कुनै पक्षको नेताको पछि लागेका आधारमा र नेविसंघको कार्यकर्ता भएको आधारमा राजदूतमा सिफारिस भएको आरोप छ । प्रस्ट पार्नुहोस् भन्दै प्रश्न गरिन् ।

यस्तै नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले आफूले केही देशको भ्रमण गर्ने क्रममा विदेशमा रहेका नेपाली राजदूतहरू काम गर्न असक्षम रहेको, केवल जागिरे, मोजमस्ति र घुमफिरमा व्यस्त हुने गरेको आफूले पाएको बताए।

उनले नेपाललाई नेपाल पर्यटन गन्तव्य रहेकोबारे पोर्चुगलमा जानकारी गराउने, त्यहाँ रहेका नेपाली व्यवसायी, कामदारका समस्या समाधान गर्न सक्षम हुनुपर्ने बताए । सांसद गिरीले नेपाललाई तत्काल, मध्यकालीन र दीर्घकालीन काम गर्ने योजना बनाउन आग्रह गर्दै आफूले बनाएका योजना पूरा नभए फिर्ता हुने प्रतिबद्धता व्यक्त गर्न समेत आग्रह गरे ।

संसदीय समितिबाट पोर्चुगलका लागि अनुमोदित राजदूत नेपालले आफूले प्रत्येक वर्ष नेपालमा कम्तीमा १० हजार पोर्चुगलका पर्यटक नेपाल भित्र्याउनका लागि पहल गर्ने बताए । उनले सांसदहरूले तपाईंमा के कूटनीतिक क्षमता छ भन्दै गरेको प्रश्नमा आफूले औपचारिक कूटनीतिक क्षेत्रमा काम गरेको नभए पनि ‘पब्लिक डिप्लोम्यासी’को क्षेत्रमा धेरै काम गरेको बताए । त्यो कस्तो कूटनीतिक क्षेत्रको काम थियो, उनले यसबारे के–के काम गरे त्यो भने खुलाएनन् ।

अनुमोदित राजदूत नेपालले पोर्चुगलमा आफू नेपाली राजदूत भएपछि कति नेपाली कुन अवस्थामा रहेका छन् त्यसको तथ्याङ्क संकलन गर्ने बताए । उनले नेपाल र पोर्चुगलबिच द्विपक्षीय सम्बन्ध सुरु भएको ४७ वर्ष भएको बताउँदै दुई देशको कूटनीतिक क्षमता अभिवृद्धिका लागि इमानदारीका साथ काम गर्ने दाबी गरे ।

अनिल घिमिरे जर्मनी०७ डिसेम्बर २०२३रुसि सेनामा वभर्ती भएका पुर्व नेपाली सेनाका एक युवा भन्छन् उपचारको बहाना बनाएर अस्पताल...
07/12/2023

अनिल घिमिरे जर्मनी
०७ डिसेम्बर २०२३

रुसि सेनामा वभर्ती भएका पुर्व नेपाली सेनाका एक युवा भन्छन् उपचारको बहाना बनाएर अस्पतालबाट भागेँ

रुस र युक्रेनबिच युद्ध चलिरहेको अवस्थामा काठमाडौँबाट एक जना युवक २०८० भदौमा रुसतर्फ हानिए । हरितालिका तीजको मुखमा पत्नीको तिलहरी बेचेर रुसतर्फ उड्दै गर्दा उनले सोचेका थिए– रुसको सेनामा भर्ना भएर पैसा कमाउँछु, काठमाडौँमा घडेरी जोड्छु ।

रुस जान उनले नेपाल सरकारको जागिर माया मारे । उनी प्रहरीमा कार्यरत थिए । बिचौलियाहरुले लगाइदिएको ‘भिजिट भिसा’ देखाउँदै उनी रुसको राजधानी मस्को ओर्लिए । त्यहाँको सेनामा भर्ना पनि भए । तर, दिनहुँ आँखा अगाडि ग्रिनेड र लन्चर खसिरह्यो । त्यसपछि उनले रुसी सेनाको क्याम्प छाड्ने निधो गरे । पायल्सको अप्रेसन गर्नुपर्ने भनेर उनी अस्पतालमा भर्ना
भए । अस्पतालबाटै उनी भागेर मस्कोस्थित नेपाली दूतावास पुगेर नेपाल आउने प्रबन्ध मिलाउन सफल भए ।

दुबई हुँदै मस्को गएका ती युवकसहित ९ जना गत भदौमा मस्को पुगेका थिए । उनीहरुलाई पठाउने व्यक्ति हुन् शंकर लिम्बू शंक रलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।नाम उल्लेख नगर्ने शर्तमा ती युवा भन्छन्, ‘रुसी सेनामा भर्ना हुने अधिकांश नेपाली पूर्व सैनिक, सशस्त्र र प्रहरी छन् ।’

रुसी सेनामा भर्ना हुन पठाउने गिरोहमा संलग्न १३ जनालाई हालसम्म पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

दिन प्रतिदिन रुस बाट नेपालीहरूको हत्याको खबर आयलगत्तै नेपाल सरकारले रूसी सेनामा भर्तिको लागि व्यवस्था मिलाऊने दलाल र रूसको सरकारलाई खबरदारी गरेको छ ।

अनिल घिमिरे जर्मनी,डिसेम्बर ५                        म्युनिक एयरपोर्टमा उडान अवरुद्ध  दक्षिणी जर्मनीमा चिसो अवस्थाले बाभ...
05/12/2023

अनिल घिमिरे जर्मनी,
डिसेम्बर ५

म्युनिक एयरपोर्टमा उडान अवरुद्ध

दक्षिणी जर्मनीमा चिसो अवस्थाले बाभेरियाको मुख्य एयर हब मंगलबार बिहान बन्द गर्न प्रेरित गर्‍यो। म्युनिख एयरपोर्ट पहिले नै सप्ताहन्तमा बन्द गर्न बाध्य भएको थियो। प्रवक्ताका अनुसार म्युनिख विमानस्थलमा मंगलबार दिउँसो उडानहरू पुनः सुचारु गरिएको थियो जब हिउँको रनवे र स्लिटको कारण अपरेशनहरू अस्थायी रूपमा रोकिएको थियो। मंगलबारको लागि मूल रूपमा योजना गरिएको 770 टेक अफ र ल्यान्डिङमध्ये लगभग 100 मात्र दिउँसो अगाडि बढ्ने अपेक्षा गरिएको छ, उनले थपे। थप रद्द र ढिलाइ दिनभर अपेक्षित थियो, तथापि म्युनिखका यात्रुहरूले "ठूलो प्रतिबन्धहरू" को अपेक्षा गरिरहनुपर्छ, प्रवक्ताले भने।

विशेषगरी विमानस्थलको उत्तरी भाग हिउँ परेको वर्षाले निकै प्रभावित भएको उनले बताए । जाडो सेवाहरूले ठूलो प्रयासमा बरफको बाक्लो तह हटाउनुपरेको थियो। भारी हिमपातले दक्षिणी जर्मनीका केही भागहरूमा सप्ताहन्तमा महत्त्वपूर्ण यातायात अवरोधहरू निम्त्यायो जब एयरपोर्ट पनि बाभेरियन राजधानीको मुख्य रेल स्टेशनको साथ बन्द गर्न बाध्य भयो।

रेल मार्गका जडानहरू पनि अबरूद्व

अहिले स्थानीय ट्रेनहरू, बसहरू र ट्रामहरू पनि चल्न बन्द भएको छ ।यस क्षत्रमा रहेको नगरपालिकाका अधिकारीहरूले मानिसह रूलाई सुरक्षाका लागि घरमै बस्न आग्रह गरेका छन्।

जर्मन रेल अपरेटर डच बाहन (DB) ले सोमबार एक विज्ञप्तिमा चेतावनी दियको छकि, यो साता भारी हिउँ र चिसोको प्रभावहरू अत्यन्त देखा परेकोले यात्रुहरूलेअझै पनि रेल यातायातमा ठूलो प्रतिबन्धको आशा गर्नुपर्नेछ।

DB ले घोषणा गर्‍यो कि यात्रुहरूले कम्तिमा बुधबार सम्म प्रतिबन्धको अपेक्षा गर्नुपर्नेछ।

ग्रेटर म्युनिख क्षेत्रमा मात्रै सोमबार ८० भन्दा बढी ओभरहेड लाइन गल्तीहरू मर्मत गर्नुपरेको थियो।अपरेटरले भने कि म्युनिख देखि साल्जबर्ग, म्युनिख देखि इन्सब्रक, र म्युनिख - लिन्डाउ / जुरिच मार्गहरूमा सबै रेलहरू हाल रद्द गरिएका छन्।थप रूपमा, यसले म्युनिखको मुख्य स्टे शनमा केही लामो दूरीका रेलहरू मात्र दौडिरहेको बताएको छ। अपरेटरले यात्रुहरूलाई म्यूनिखमा आफ्नो यात्रा स्थगित गर्न सल्लाह दिए।

युरोपको अन्य देशमा जस्तै यस देशको शहर बर्लीन,म्युनिक, हेम्बर्ग लगायत अन्य बिभिन्न शहरहरूमा पनि नेपाली हरूको बाक्लो बसोबास रहेको छ ।

अनिल घिमिरे जर्मनि,मायाँ एऊटा सँग बिहे एउटा सँग,तिमी कस्को हुनेहोला म कस्को हुनेहोला, भेट भो रोधि घरमा जस्तो कयैा नेपाली...
16/05/2023

अनिल घिमिरे
जर्मनि,

मायाँ एऊटा सँग बिहे एउटा सँग,तिमी कस्को हुनेहोला म कस्को हुनेहोला, भेट भो रोधि घरमा जस्तो कयैा नेपाली गीतमा सङ्गित र शब्द भरेर नेपाली सङ्गितलाई सधै निरन्तरता दिने सर्जक दिवान किनार, झिमझिम सानु नझिम्काउ परेलि यस गित त कति सम्झनु अझै पनि नेपाल र बिदेशमा पनि यो सङ्गित सधै गुन्जिरहन्छ मेला होस या महोत्सव बिवाह होस् या पार्टि।दिवान किनारका यस्तै गित सुन्दै गर्दा अहिले बजारमा नयाँ गित आयको छ भुल्न कति गाहृो यो गितको शब्द सङ्गित पनि तेतिकै राम्रो छ । यो गितको सफलताको शुभकामना सङ्गै यो गितको भिडियो हेरेर प्रतिकृय दिनुहुन हार्दिक अनुरोध गर्दछु https://youtu.be/966r44lWCQE

In this song there is trying to show that love is such a thing that can never be forgotten even if it is gone. Diwan Kinar Official presents new nepali song:...

Address

Shuklagandaki3, Tanahun
Pokhara

Alerts

Be the first to know and let us send you an email when Gandaki Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gandaki Khabar:

Videos

Share

Nearby media companies