Online Baglung /अनलाईन बाग्लुङ

Online Baglung /अनलाईन बाग्लुङ हरपल ताजा समाचार, नयाँ भिडियो, सुन्दर फोटो र समुधुर गित संगीत पाउनको लागी यो पेज Like गर्नुहोला |

सामाजिक दायित्व हेतु जानकारी !अजिनोमोटोलाई यसको रासायनिक नाम, मोनोसोडियम ग्लुटामेटले पनि चिनिन्छ। यसको संक्षिप्त रुप MSG...
25/06/2024

सामाजिक दायित्व हेतु जानकारी !

अजिनोमोटोलाई यसको रासायनिक नाम, मोनोसोडियम ग्लुटामेटले पनि चिनिन्छ। यसको संक्षिप्त रुप MSG हो। अजिनोमोटो कम्पनीको मुख्य कार्यालय चुओ, टोकियोमा अवस्थित छ । यसाले २६ देशहरूमा ब्रान्च विस्तार गरेको छ । यो मुख्यतया खानाको स्वाद बढाउनको लागि प्रयोग गरिन्छ ! जापानिज र चाईनिज हरेक खानेकुरामा यसको प्रयोग गरिन्छ।

पहिले, हामी घरको खाना खान्थ्यौं, तर अहिले मानिसहरू अजिनोमोटो प्रयोग गर्ने चिप्स, पिज्जा र म्यागी खान रुचाउँछन् । डिब्बामा बन्द भएका फास्ट फूड, सोया सस, टमाटर सस, संरक्षित माछा, र अन्य संरक्षित खाद्य उत्पादनहरूमा यसको बढी मात्रामा प्रयोग गरिन्छ।

अजिनोमोटो पहिलो पटक सन् १९०९ मा जापानी बायोकेमिस्ट किकुने इकेडाले पत्ता लगाएका थिए । उनले यसको स्वाद उमामी किसिमको छ भनेर भनेका थिए अर्थात मीठो, अमिलो, नुनिलो र तीतो सहितको एक मिश्रीत स्वाद । समग्रमा यसको स्वाद स्वादिलो छ भनेर भनियो । जापानीज सूपहरूमा यसको प्रयोग धेरै गरिन्छ । यसको स्वाद केही हदसम्म नुन जस्तै हुन्छ र सानो, चम्किलो क्रिस्टलको रूपमा देखिन्छ। यसमा प्राकृतिक रूपमा एमिनो एसिड हुन्छ।

यद्यपि, आज संसारभरका हरेक कुकले खानाको स्वाद बढाउन यसको प्रयोग गर्छन् । MSG प्रयोग गर्न सजिलो मानिन्छ । यसको प्रयोग पहिले चिनियाँ भान्सामा लोकप्रिय थियो, तर अब यसले विस्तारै हाम्रो घरको भान्छामा पनि प्रवेश गरेको छ । समय बचाउनको लागि, हामी इन्स्ट्यान्ट चाउचाउ जस्ता धेरै खाद्य उत्पादनहरू उपभोग गर्छौं, जुन २ मिनेटमा तयार हुन्छ र यसमा अजिनोमोटो हुन्छ, जसले हाम्रो शरीरलाई बिस्तारै हानि पुर्‍याउँछ ।

यो केहि हदसम्म मानिसको लतको रूपमा विकास हुन्छ ! यो एक प्रकारको नशा जस्तो भएको छ; एकपटक तपाईंले अजिनोमोटो युक्त खाना खानुभयो भने, तपाईं यसलाई नियमित रूपमा खान चाहनु हुन्छ । यसको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ । जब तपाइँ एमएसजी युक्त उत्पादनहरू उपभोग गर्नुहुन्छ, रगतमा ग्लुटामेटको स्तर बढ्छ, जसले शरीरमा गम्भीर प्रभाव पार्न सक्छ ।

MSG लाई स्लो पोईजन को रूपमा पनि लिईएको छ । यसले आँखाको रेटिनालाई नोक्सान पुर्‍याउँछ र थाइराइड र क्यान्सर जस्ता रोगहरू निम्त्याउन सक्छ। अजिनोमोटो भएको खानेकुराको नियमित सेवनले टाउकोको एक छेउमा हल्का टाउको दुख्ने अर्थात माइग्रेन हुन सक्छ ।

MSG को अत्यधिक खपतले मानिसमा मोटोपनको खतरा निम्त्याउँछ। हाम्रो शरीरमा रहेको लेप्टिन हर्मोनले धेरै खानेकुरा रोक्न मस्तिष्कमा संकेत पठाउँछ। अजिनोमोटोको उपभोगले यसलाई असर गर्न सक्छ, जसले हामीलाई धेरै खाने र चाँडै मोटो हुन जान्छ। अजिनो युक्त खाना यसको स्वादको कारण मानिसले साविक खानाको तुलनामा केहि बढी नै खाने गर्दछन जसको कारण मोटोपनमा बृद्धी हुन्छ !

प्राय: सबैले अहिले फास्ट फूड खाने गर्दछन ! बर्गर, पिज्जा, मोमो, चाउमिन, चटपटे लगायत लगभग ९९% बाहिरी खानामा यसको प्रयोग गरिएको हुन्छ ! तसर्थ सावधान हुन जरूरी छ !

22/06/2024
बालक भेटिएको सुचना....::आफन्तकोमा पुग्ने गरि सेयर गरिदिनुहोला!--पाँचथर जिल्ला कुम्मायक गाउँपालिका वडा नम्बर-३ स्थित काति...
16/06/2024

बालक भेटिएको सुचना....

::आफन्तकोमा पुग्ने गरि सेयर गरिदिनुहोला!

--पाँचथर जिल्ला कुम्मायक गाउँपालिका वडा नम्बर-३ स्थित कातिक्केमा १ जना बालक भेटिएका छन ।

आफ्नो नाम र घर समेत थाहा नभएको, मानसिक समस्या भएको जस्तो बालक भेटिएका छ्न । सो बालक अहिले कातिक्के गाउँ स्थित तमोर करिडोरको खेम सम्बाहाम्फेको पसलमा रहेका छ्न । बालक करिडोरको बाटो हुँदै गाडीमा आएको हुनसक्ने अनुमान गरिएको छ।
सम्पर्क :
स्थानिय मचिन्द्र सम्बाहाम्फे 9804084334

10/06/2024
08/06/2024
कालिका पानी होटलसँग मिलेर उपभोक्ता ठक्दै : २० को पानी ५० रुपैयाँमा विक्रीअनलाइन, बागलुङजिल्ला प्रशासन कार्यालय बागलुङले ...
06/06/2024

कालिका पानी होटलसँग मिलेर उपभोक्ता ठक्दै : २० को पानी ५० रुपैयाँमा विक्री

अनलाइन, बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङले महालक्ष्मी मिनिरलस् एण्ड बेभेरेज प्रा.लिद्वारा बजारमा ल्याइएको कालिका पानी उत्पादन कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । एउटै कम्पनीको पिउने पानी फरक–फरक मूल्यमा विक्री गरेको पाइएपछि उद्योगलाई जरिबाना गरेको हो ।

महालक्ष्मी मिनिरलस् एण्ड बेभेरेज प्रा.लिले उत्पादन गर्दै आएको पानी बजारमा प्रति बोतल २० रुपैयाँ र यहाँ स्थित होटल दि राजनमा ५० रुपैयाँ मूल्य राखेको पाइएपछि जरिबाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । पानी कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरिएको उहाँको भनाइ छ ।

ऐनको दफा १६ को २ (क) मा वस्तु वा सेवाको वास्तविक गणुस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लकुाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा विक्री वा प्रदान गर्न नपाइने उल्लेख छ । सहायक प्रजिअ बरालले पानी उत्पादन कम्पनीले प्रति बोतल ५० रुपैयाँको मूल्य टाँसेर १३ रुपैयाँमा होटल दिराजनलाई खुद्रा विक्री गरेको बताउनुभयो । तर होटलले उक्त पानीलाई ५० रुपैयाँमा विक्री गर्ने गरेको छ ।

त्यस्तै मोदी पिउने पानीले पनि उपभोक्तालाई ठेग्ने गरेको पाइएको छ । मोदी पिउने पानी बागलुङ बजारमा प्रति बोतल २० रुपैयाँ मूल्य राखेको र होटल पिस प्यालेसबाट विक्री हुने उक्त पानीको बोतलमा मूल्यनै नराखेको पाइएको सहायक प्रजिअ बराल बताउनुहुन्छ ।

06/06/2024
05/06/2024
03/06/2024

जस्का चेहरा झुटा छन
तिनकै आँखा झुटा छन

इतिहास बन्न हिडेका
जम्मै कथा झुटा छन

आज फेरि नयाँ सपना
तिम्रा सपना झुटा छन

जीवनभर मुस्कुराउने
फूलका इच्छा झुटा छन

दुनियाँ जस्तो बन्न खोज्दा
दुनियाँ आधा झुटा छन

कुरुप चरित्र छोपिदिए
भित्ताका ऐना झुटा छन

#खेम_बगर अछाम✍🏻

01/06/2024
खासमा दलित को??
01/06/2024

खासमा दलित को??

31/05/2024
31/05/2024
31/05/2024
30/05/2024
पथरीमा भेटिए बेलडाँगीबाट भागेका दाजुभाइ,झापाको गौरादह नगरपालिका १ बेलडाँगी चोकबाट भागेका दुई दाजुभाइ मंगलबार राति भेटिएक...
29/05/2024

पथरीमा भेटिए बेलडाँगीबाट भागेका दाजुभाइ,

झापाको गौरादह नगरपालिका १ बेलडाँगी चोकबाट भागेका दुई दाजुभाइ मंगलबार राति भेटिएका छन् । भुपेन खड्काका छोराहरू १४ वर्षका खगेन्द्र खड्का र देव खड्का नाम गरेका दाजुभाइ सामाजिक सञ्जालमा पोस्ट भाइरल भएपछि भेटिएका हुन् ।

उनीहरु राति घरबाट झन्डै ३० किलोमिटर पर रहेको पथरीमा भेटिएका हुन् ।

स्थानीय मोती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उनीहरु मंगलबार बिहान १० बजे घर छाडेर हिँडेका थिए । उनीहरूले आफूलाई नखोज्न भन्दै ठुलो भएपछि घर फर्कने उल्लेख गर्दै नोट लेखेका छाडेका थिए ।

चिठ्ठी लेखेर सिरानी मुनि राखेर घरैबाट बेपत्ता भएको बुवा भुपेन खड्काले बताए । उनले भने, ‘‘मंगलबार राति साढे ११ बजे फोन आयो । प्रशासनको सहयोगमा घर ल्याइएको छ ।’’

28/05/2024
28/05/2024
27/05/2024
16/02/2024
16/02/2024
12/02/2024

Address

Baglung
Pokhara
33300

Telephone

+9779810103614

Website

Alerts

Be the first to know and let us send you an email when Online Baglung /अनलाईन बाग्लुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share