Anuj Kulung

Anuj Kulung Let's Help People

अन्तत: प्रकाश जि को नागरिकता बन्यो ।
01/09/2024

अन्तत: प्रकाश जि को नागरिकता बन्यो ।

हेर्ने कथाकी बिध्या चापागाईं भन्छिन्, "पैसा उठाउने त्यो काम हाम्रो होइन । कसैलाई सहयोग गर्ने कुरामा आफ्नो ह्युमेन फिलिंङ...
01/09/2024

हेर्ने कथाकी बिध्या चापागाईं भन्छिन्, "पैसा उठाउने त्यो काम हाम्रो होइन । कसैलाई सहयोग गर्ने कुरामा आफ्नो ह्युमेन फिलिंङ्ग अनुसार ब्याक्तिगत हिसाबले सहयोग गरिन्छ । त्यो के हुन्छ भने एउटा हातले दिएको अर्को हातलाई थाहा नपावस भन्छ हैन, त्यो भन्न जरुरि छन त्यो आफ्नो मनबाट गरिएको कामहरु हुन्छ । तर त्यो भन्दा बाहेक हामी आफ्नो धर्म नाघेर हामी त्यो काम गर्दैनौ, पैसा उठाउँदैनौ । मान्छेसंग यसो गर्नु भनेर पनि भन्दैनौ । किन भने त्यो हाम्रा पात्रहरुमाथि अन्याए हो, अपराध हो जस्तो लाग्छ । उनीहरु त कर्ममा बिश्वास गर्ने मान्छे हुन् । केहि न केहि उनीहरु गरिरहेकै छन् आफ्नो जिन्दगिसंग खुसि छन् । हामीले २, ४ पैसा दिएर ति मान्छेलाई अपमान गर्ने त ? मलाई त त्यस्तो अपमान गर्नु ठिक छ जस्तो लाग्दैन । तर सहयोग गर्ने मान्छेले, मन हुनेले सहयोग गर्न चाहन्छन भने चाहिँ हामी उनीहरुलाई एक अर्कासंग जोडाइदिन्छौ । हामी बिचमा कहिँ पनि पर्दैनौ । पैसा उठाएर दिने काम त्यो पनि हामी गर्दैनौ ।" 🙏❤️

घर फर्किए प्रकाशहराएका बर्षहरुका मुख्य पात्र काले प्रकाश (शुक्र तामाङ) लाई आफ्नो जन्मघर भोजपुरको षडानन्द नगरपालिका फर्कन...
31/08/2024

घर फर्किए प्रकाश
हराएका बर्षहरुका मुख्य पात्र काले प्रकाश (शुक्र तामाङ) लाई आफ्नो जन्मघर भोजपुरको षडानन्द नगरपालिका फर्कने क्रममा काठमाडौँदेखि संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लदै । तस्बिरः सुजन बज्राचार्य /रासस

हेर्ने कथाका प्रकाशका शाहुको छोरा भन्छन, “हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भन...
31/08/2024

हेर्ने कथाका प्रकाशका शाहुको छोरा भन्छन, “हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।
मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।
पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।
हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !
प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।
गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।
अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !
अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।
उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।
हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो - मिलेन ।
पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।
तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।
बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।
केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।
उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।
म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “ ❤

दुई शब्द मा उहाँ लाई के भन्न चाहानुहुन्छ?
29/08/2024

दुई शब्द मा उहाँ लाई के भन्न चाहानुहुन्छ?

भिडियो ले जति आँशु झारेको छ । त्यति मेहनत गर्नेहरुले गरेका छन् । ल हेर्नुस् ।
26/08/2024

भिडियो ले जति आँशु झारेको छ । त्यति मेहनत गर्नेहरुले गरेका छन् । ल हेर्नुस् ।

🔍 अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन ।💭 आफूले आफ्नाबारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।💪 त्यो नै असल...
22/08/2024

🔍 अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन ।
💭 आफूले आफ्नाबारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।

💪 त्यो नै असल मानिस हो,
🪞 जसले हरेक बिहान ऐना हेर्दा,
👤 प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।

21/08/2024

गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्नेबारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको छ ।

21/08/2024

‘प्रचण्डमाथि प्रश्न गर्दा पार्टी छाड्नुपर्ने इतिहासमा हो, वर्तमानमा सम्भव छैन’
- जनार्दन शर्मा

16/08/2024

एभरेष्ट बेसक्याम्पको यात्रा 🏔️✨
नपुगे पनि पुगेसरी भयो 😌🙏
तपाई पनि एभरेष्ट बेसक्याम्प जान
छुट्नुभयो भने 😔
रहर मेटाउनुहोस् 🗻🎒
बिनोद (Binod Kulung) जी ले निकै मेहनत गरी तयार गर्नुभएको
यो Documentary 🎥👏 निकै गज्जब लाग्यो। 🌟🎉

नबिन संग मेरो व्यक्तिगत कति पनि चिनजान छैन 🤝। एक कप कालो चियासम्म खाएको छैन ☕।तर मैले नबिनको यतै कतै फेसबुकतिर लेखहरु पढ...
14/08/2024

नबिन संग मेरो व्यक्तिगत कति पनि चिनजान छैन 🤝। एक कप कालो चियासम्म खाएको छैन ☕।

तर मैले नबिनको यतै कतै फेसबुकतिर लेखहरु पढ्थे 📖। लेखन शैलीले मलाई तानेको हो ✍️।

दुर्घटनाको खबर सुने 📰। कस्तो बेस्वाद लाग्यो 😔। प्रगति दिदिलाई सोधेको थिए 🤔। निकै साहै्र खबर आयो 😢।

पछि फेरी नेपालप्रेश मै सुधारको कुरा सुने 😊। खुशी लाग्यो 😌।

हिजो उहाँको बेलिबिस्तार अनुभूति पढे 📚। घाउ समय लाग्छ निको हुन्छ तर मनको घाउँ निको हुन निकै गाह्रो हुने 💔। दुखाईको बिरामी असह्य भएता पनि साम्य हुदै जान्छ 🕊️। मनको घाउँ असह्य भन्दा निकै माथि हुन्छ 😞।

नबिन ✍️। तपाई लेख्नको लागि नै हो यो धरतीमा आउनुभएको 🌍। लेखनको दायरा फराकिलो बन्दै जाओस् ✨।

मनको घाउँहरु विस्तारै निको हुदै जान्छ 🌿। अलिकति पछि सरेर होस् या अलिकति क्षमा दिएर 🙏। अरु उपाय छैन 🤷‍♂️।

कुनै दिन भेट होला 👋। अनि परिचय फेरी साटौला 🤝। गफ गरौंला 🗣️।

बाँकी कुरा त अब पुरानै लय समात्नु छ । र जीवनमा सबैभन्दा ठूलो कुरा नै बाँच्नु रहेछ । बाँच्न सफल भएकैले यो अनुभूति ले....

• 🎓 स्नातक उत्तीर्ण गरेको केटो नागरिकताको प्रतिलिपी लिन जिल्ला प्रशासन कार्यालयको कोठा नं ७ मा टुपुल्कियो। मैले भनेँ, 'ए...
13/08/2024

• 🎓 स्नातक उत्तीर्ण गरेको केटो नागरिकताको प्रतिलिपी लिन जिल्ला प्रशासन कार्यालयको कोठा नं ७ मा टुपुल्कियो। मैले भनेँ, 'एउटा निवेदन लेख्नुहोस्। एकैछिनमा काम भैहाल्छ।' उसले भन्यो, 'मलाई त आउँदैन।' ✍️ मैले आफै निवेदन लेखिदिएँ र सही गर्न लगाएँ। जाँदाजाँदै उसले भन्यो, 'यस्तो खत्तम देशमा के बस्नु म त विदेशको लागि ट्राइ गरिराछु।' 🌍

• 👕 हरियो टिसर्ट र हरियै पाइन्ट लगाएको ऊ जब जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्यो, खल्तीबाट भोलाको प्याकेट निकाल्यो। 📦 प्याकेट भुइमा फाल्यो र भोला मुखमा च्याप्यो। जाँदाजाँदै उसले भन्यो सरकारी कार्यालय भएर पनि कस्तो फोहर हो? 🤔 यहाँका कर्मचारी काम गर्न होइन घुस खाना मात्र अफिस आउँछन् कि क्या हो? 💸

• 🏞️ जमानामा बाले जोडिदिएको करिब १७ रोपनी पाखो बारी बाँझै छ। आफ्नो खेतको सीमाना कहाँसम्म पर्छ थाहा छैन। बजारबाट घर फर्किदा २५ रुपैयाँको हरियो खुर्सानी मोटरसाइकलको लेगगार्डमा झुण्ड्याउँदै फर्किन्छ र भन्छ, 'तरकारी पनि किनिनसक्नु छ, यस्तो महङ्गी बढ्दा सम्म पनि सरकार के हेरेर बसेको छ?' 🛒

• 👴 बुढा रमाइला छन् आज उनको घरतिर जानुपर्यो भनेर म उनको घरतिर लागेँ। घर नजिक पुग्ने बेलामा बाटोभरि सिस्नै सिस्नो रहेछ। बालाई भनेँ, 'बा यो सिस्नो त फाँडेको भए हुने नि, बाटोमा हिड्न त डरलाग्दो रहेछ।' बा ले भने, 'सिस्नो फाँड्ने त उहिल्यै देखि भनेको हो बाबु के गर्नु सरकारले बजेटै दिदैन।' 🛤️

• 🎯 क्यारमबोर्डको स्ट्राइकरले कुइन लाई ताक्दै उसले भन्यो, 'देशमा रोजगारी नै छैन, नालायक सरकार भएपछि के गर्नु।' 🤷 भोलिपल्ट तासको खालबाट उठ्दै गरेको देखेपछि मैले उसलाई भनेँ, 'पारिको बाटो निर्माणको लागि बजेट परेको रहेछ। ढुङ्गा बोक्ने मान्छे चाहिएको छ रे। दिनको ८०० ज्याला दिन्छ रे, गर्छौँ त?' उसले भन्यो, 'ह्या त्यस्तो काम पनि कोही गर्छ?' 😅

म सोचिरहेछु खोइ देश नेपाल किन बनेन?? 🤔

श्रोत : 🖋️ टंक गौतम
शाखा अधिकृत 🏢
नेपाल सरकार, सल्यान बागचौर नपा ७ 🇳🇵

चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलक...
10/08/2024

चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ ।

यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको परीक्षण गरेको हो । यसको नतिजाले रेलको नियन्त्रण प्रणाली, स्थिर सस्पेन्सन, सुरक्षित रोक्ने प्रणाली सफल भएको चीनको सरकारी सञ्चार माध्यम सीजीटीएनले जनाएको छ ।

09/08/2024

अब तपाईको शरिरलाई चुस्त, फुर्तिलो र लचिलो राख्न 🏃‍♂️✨ तथा तपाईको शारीरिक तन्दुरुस्तीका लागि सबैको सर्वप्रिय खेल ब्याडमिन्टन 🎾 खेल्नुहोस्। खेल्दा रमाईलो पनि हुने 😄, शारिरिक ब्यायाम पनि हुने 💪।

ब्याडमिन्टन खेलेपछि अरु ब्यायाम गर्नु पर्ने 🏋️‍♂️🏃‍♀️।

यस खेलमा ३ दशकभन्दा बढि लामो समय अनुभव बोक्नुभएको र राष्ट्रिय 🌏 अन्तराष्ट्रिय खेलहरुमा सहभागि भएर कैयौं अनुभव हासिल गर्नुभएका ब्याडमिन्टन प्रशिक्षक सगुन गुरुङ 🏆 ज्यूबाट पोखरा स्पोर्टस एण्ड ब्याडमिन्टन क्लब 🏸, पोखरा १७, मुस्ताङचोक सिरमोर हलमा 🏟️ उत्कृष्ट तालिम लिने अवसर पोखरा आसपास रहनुभएका महानुभावहरुलाई छ 🙌।

तालिमको लागि इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ 📞:

Contact:
📱 981-7155129

"আমি মনে করি বাংলাদেশ এখন একটি নতুন পরিবর্তন আনছে। 🎉🌟 বাংলার সকল মানুষকে অভিনন্দন। 👏🇧🇩🎈🎊"
06/08/2024

"আমি মনে করি বাংলাদেশ এখন একটি নতুন পরিবর্তন আনছে। 🎉🌟 বাংলার সকল মানুষকে অভিনন্দন। 👏🇧🇩🎈🎊"

"एउटा शब्द जसले जीवनका सबै पिडा 😔 र बोझबाट 🏋️ मुक्त गराउदछ त्यो हो – प्रेम ❤️। उत्तर कोरिया 🇰🇵 र दक्षिण कोरिया 🇰🇷 बीचको ...
31/07/2024

"एउटा शब्द जसले जीवनका सबै पिडा 😔 र बोझबाट 🏋️ मुक्त गराउदछ त्यो हो – प्रेम ❤️। उत्तर कोरिया 🇰🇵 र दक्षिण कोरिया 🇰🇷 बीचको यो प्रेम 💞 अरु के होला र? #प्रेम #जीवन #शान्ति #मुक्ति #उत्तरकोरिया #दक्षिणकोरिया"

24/07/2024

अति नै दुःखद दुःखद दुःखद। 😢😭

24/07/2024

अति नै झिजो लाग्छ । हरेक समय बर्षेनी दुर्घटना भएको खबर सुन्नुपर्ने ।

24/07/2024

गर्भपतन बिषय वास्तवमै संवेदनशील बिषय हो । आजको दिनमा संसारमा युद्धमा मान्छे मरिनुभन्दा गुणात्मक ज्यादा गर्भपतनको कारण मरिरहेको छ ।

राम्रो होस् । धरान को गरीमा बढोस् । चाहाना यति त हो ।
19/07/2024

राम्रो होस् । धरान को गरीमा बढोस् । चाहाना यति त हो ।

12/07/2024

यो बेलामा लामो दुरीको यात्रा नगरौं । महत्वपुर्ण मिटिङहरु अनलाइनबाट सल्टाऔ । गर्नै पर्ने कामहरुलाई केहि दिन पर्खने वातावरण तय गरौ । जोगिऔं ।

किरिया बसेकै ठाउँबाट कार्यालयको कामबुबाको किरिया बस्नु भएका लमजुङको दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्र घिमिरे  क...
06/07/2024

किरिया बसेकै ठाउँबाट कार्यालयको काम
बुबाको किरिया बस्नु भएका लमजुङको दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्र घिमिरे कार्यालयको काम गर्दै । आर्थिक वर्षको अन्तिम भएकाले कुनै पनि प्रकारको भुक्तानीमा सेवाग्राहीलाई समस्या नहोस भनेर किरिया बसेकै ठाउँबाट उहाँले नियमित कार्यालयको काम गर्नुभएको हो । तस्बिरः बिराट न्यौपाने/रासस

05/07/2024

मन र दिमागले बोल्ने भएकोले अस्थिर राजनीतिज्ञ बन्न सफल भनेर चिन्नुपर्ने बाध्यता हो कि कसो हो ?

हराएको १६ घण्टा पछि सेती नदीमा मृत भेटिएका छन् । सेती नदीमा माछा मार्दै गरेका व्यक्तिले देखीपछि प्रहरीलाई खबर गरेका थिए ...
04/07/2024

हराएको १६ घण्टा पछि सेती नदीमा मृत भेटिएका छन् । सेती नदीमा माछा मार्दै गरेका व्यक्तिले देखीपछि प्रहरीलाई खबर गरेका थिए ।😭😭

पोखरा १६ लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् । मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षीय रामचन्द्र सिकेका ३ वर्षीय छोरा अनमोल सिके हराएका हुन् ।

पोखरा १६ लामाचौरस्थित घरबाटै बेपत्ता भएका थिए । उनले आफ्नो नाम बताउन सक्दैनन् ।

उनलाई कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्न वा 9856072649, 9825135622, 9846336672 मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

Source : ClickGandaki

पोखरा १६ लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् । मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षीय रामचन्द्र सिकेका ३ वर्षीय ...
03/07/2024

पोखरा १६ लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् । मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षीय रामचन्द्र सिकेका ३ वर्षीय छोरा अनमोल सिके हराएका हुन् ।

पोखरा १६ लामाचौरस्थित घरबाटै बेपत्ता भएका थिए । उनले आफ्नो नाम बताउन सक्दैनन् ।

उनलाई कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्न वा 9856072649, 9825135622, 9846336672 मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

Source : ClickGandaki

02/07/2024

लु भन्नुस् यो बेलामा को बोल्न सक्छ ?
कसले रोक्न सक्छ ?

नेपाली सिनेमा मार्फत आउनु पर्ने डिस्कोर्ष कम्तिमा आयो नि 🎬।आफ्नोपन आयो 🏡।गाउँको वेदना आयो 😢। तर पनि केहिलाई खोट देख्नु त...
20/06/2024

नेपाली सिनेमा मार्फत आउनु पर्ने डिस्कोर्ष कम्तिमा आयो नि 🎬।
आफ्नोपन आयो 🏡।

गाउँको वेदना आयो 😢।
तर पनि केहिलाई खोट देख्नु त छदैछ 👀।
देख्यो र लेख्यो ✍️।

लेख्नु तिम्रो स्वतन्त्रता हो 📝। लेख ✍️। बोल 🎤।

अनि खोटरहित छैन भनि कबुल नि गरिएको छैन 🤷‍♂️।
गाउँमा बाटो पुग्दाको सुख र दुःख के?
गाउँमा बाटो पुग्दा साच्चै सबैले सुख मात्र पाएकै हो त? 🤔
गाउँमा बाटो पुगेर नि माइलाहरु किन गाउँ छोड्नु परेका? 🏘️➡️🏙️

प्रश्न सबैलाई थाहा छ 🤔। उत्तर तपाईलाई थाहा छ 😊। थाहा भएर पनि नभन्नु भन्दा थाहा हुनु राम्रो 👍।

कुरा आयो गीतको 🎶। गीत त मैले नि कुरेको हो फिल्ममा 🎥। तर पछि बुझे फिल्म प्रचार्न मात्र गीत बनेको रहेछ 🎵।

गीतकार श्रवण मुकारुङ स्वयं गीत हो 🎤। नामले मात्र हैन उनको गहन सोच नै गीत हो 🧠🎶। परिवेशले मागेको गीतलाई स्वतन्त्र शैलीमा लेख्नु उहाँको खुबी हो ✍️।

भलै मैले सयौ पटक सुन रे सियाराम सुनेकोले होला, लेख्दा अनायश आफ्नै प्रभाव ले डिस्टर्ब पो गरो कि 🤷‍♂️। यो मेरो भान मात्र हो 🤔। अरु केहि हैन 😊।

कालिप्रसाद बास्कोटा 🎼। नेपाली धुनहरुमा नौलो प्रयोग गर्न रुचाउने 🎧।

भरमग्दुर प्रयत्न छ नयाँपन दिने, माटोको गन्ध मिसाउने 🏞️। फेरी कुरा त उहि हो मेरो हुनसक्छ सयौभन्दा धेरै पटक सुनेर होला 🎧।

"बिन्ति तर्न देउन उनलाई अरुण खोला"
जब जब म यो लाइन सुन्छु उनै "सियाराम" को हल्का धुन "भगाई दुर देश लैजाला, कहिले जान्दै जानेनस्" 🎵। कर्ड एउटै नमिल्ला 🎼। धुनभित्रको भाव मिलेको हो जस्तो भान मलाई भएको हो 😊।

फरक शैली र वेदना को मुहार एउटै भएर मलाई त्यस्तो लागेको होला 🤔।

तर गीतले नेपाली मन खायो ❤️।
गाउँले मन खायो ❤️🏡।
परदेशीको मन खायो ❤️🌏।
अनि त फिल्म हिट हुनमा योगदान रह्यो 📈।

श्रवण र कालिप्रसाद को अन्तरंग गफ सुन्न लायक छ 🎙️। श्रृजनाको गहिराई कहाँसम्म खन्न सकिन्छ 🕳️। यी बिषयमा अलिक बढि तरिका सिक्ने मिल्ने खाले संवाद छ 📚।

भन्दै गाउँ आएको बाटो बिषय गन्थन अब उसो यतिमै बिसाउछु 😊।

Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepa...

16/06/2024

पोखरा को लेकसाइड जस्तो ठाउँमा परियार, बि.क. नेपालीलाई अझै डेरा मिल्दैन ।

फुर्ति गर्छ शो कल्ड व्यक्तित्वहरु ।

एउटा दिदिलाई रुम चाहिएको छ कोहि छ र हिम्मत छ भने म्यासेज गर्नुहोला ।

16/06/2024

"गाउँ आएको बाटो" चलचित्र टिमले "आहुती"को कथामा अर्को चलचित्र बनाउने ।

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Anuj Kulung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share