Sumhatlungtimes

Sumhatlungtimes Sumhatlungtimes is a Nepali infotainment page We are the source of news,views,entertainme
(2)

03/07/2024

याङ्वरक गाउँपालिकाको केन्द्र, निशान बजार थर्पुमा अवस्थित याङ्वरक पोखरी । पर्यटकका लागि आकर्शक गन्तव्य ।

02/07/2024

ऐतिहासिक साउने सक्रान्ति/ राँके मेला-२०८१
फुटबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम
मिति : २०८१ साउन २ गतेदेखि ६ गतेसम्म
स्थान : कालिका मा.वि. को खेलमैदान, फालेलुङ गा.पा. -५, प्राङबुङ, पाँचथर
आयोजक : प्राङबुङ स्पोर्टिङ क्लब

02/07/2024

कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्यौदाः

१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।

३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४.प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।

५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।

६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने ।

सुम्हात्लुङ टाइम्स द्वारा उत्पादित/प्रशारित कार्यक्रम ‘आनि? पेन्युक्हा?’ का प्रायोजक Sunil Nirdoshi Parghari लाई जन्मदिन...
28/06/2024

सुम्हात्लुङ टाइम्स द्वारा उत्पादित/प्रशारित कार्यक्रम ‘आनि? पेन्युक्हा?’ का प्रायोजक Sunil Nirdoshi Parghari लाई जन्मदिनको शुभकामना।

26/06/2024

लिम्बुवान गेटको बिसयमा…
लिम्बुवान गेट बन्दैन भन्ने कल्पना नगर्नुहोस् - मधुराज केरुङ

फिदिम–६ को बार्षिक कार्यक्रमः कृषि, शिक्षा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकता११ असार २०८१, पाँचथर। फिदिम नगरपालिका, ६ ...
25/06/2024

फिदिम–६ को बार्षिक कार्यक्रमः कृषि, शिक्षा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकता

११ असार २०८१, पाँचथर। फिदिम नगरपालिका, ६ नं.वडाले आगामी आर्थिक बर्ष २०८१/८२ को बार्षिक विकास कार्यक्रममा कृषि, शिक्षा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकतामा राखेको छ।

वडाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि कृषि क्षेत्रको विकास र प्रबद्र्धन एवंम् कृषकहरुको प्रोत्साहनका लागि २४ लाख रुपैंयाँ बजेट छुट्याएको छ। वडाले कृषिमा ५० प्रतिशत अनुदानमा विभिन्न बिउबिजन वितरण, टनेल, ड्रम, पाइप, कम्बाइण्ड मिल र मिनि टिलर वितरण कार्यक्रम राखेको छ। त्यस्तै पशुपंछीतर्फ ५० प्रतिशत अनुदानमा मिल्क क्यान, मिल्क एनालाइजर, डिप रिफिल वितरण साथै पशु बीमामा पनि कृषकहरुलाई ५० प्रतिशन सहयोग गर्ने गरी कार्यक्रम बनाएको छ।

शिक्षा क्षेत्रको सुधार, विकास र गुणस्तर अभिबृद्धिका लागि वडाले १० लाख ९८ हजार रुपैंयाँ बराबरको कार्यक्रम बनाएको छ। जस अन्तर्गत एसइइ परिक्षा दिने विद्यार्थीहरुलाई गणीत र अंग्रेजी विषयमा कोचिङ कक्षा, विद्यार्थीहरुको व्यवसायिक ज्ञान, सिपका लागि अतिरिक्त कक्षा सञ्चालन, कम्प्यूटर वितरण, शिक्षक अनुदान र सिद्ध कालिका माविमा अध्ययनरत भौगोलिक रुपले टाढाका विद्यार्थीलाई यातायात सेवाको व्यवस्था लगायतका कार्यक्रम छन्।

वडाले वडाभित्रका युवा–युवतीलाई सिकर्मी, ड्राइभिङ, कुकिङ, सिलाइकटाई जस्ता सिपमुलक तालिम प्रदान गर्न सात लाख रुपैंयाँ बजेट छुट्याएको छ। जसबाट युवा स्वरोजगार अभिबृद्धि हुने वडाको अपेक्षा छ। आगामी आर्थिक बर्षमा वडाले आफ्नो बार्षिक विकास कार्यक्रम अन्तर्गत नै सिवा कला, साहित्य तथा साँस्कृतिक महोत्सव गर्ने भएको छ।

फिदिम–६ सिवाको सबैभन्दा बढी सम्भावना कृषिमा भएकाले त्यसमा बढी बजेट राखिएको वडा अध्यक्ष बिपन तुम्रोकले बताए। त्यस्तै विद्यालय शिक्षालाई गुणस्तर र प्रभावकारी बनाउन सकियो भने मात्र दक्ष जनशक्ति उत्पादन हुने भएकाले शिक्षालाई पनि विशेष प्राथमिकतामा राखिएको वडा अध्यक्ष तुम्रोकको भनाई छ।

प्राथमिक तहमा प्रबिधिमैत्री शिक्षणका लागि एलईडी र कम्प्यूटर प्रदान गर्ने वडाको कार्यक्रम छ। अतिरिक्त कक्षामा कक्षा ८, ९ र १० का विद्यार्थीले सार्वजनिक बिदाको दिन कम्प्यूटर, विभिन्न नर्सरी उत्पादन, तमसुक, मेलपिलाप, निवेदन, प्रस्तावना, मञ्जुरीनामा लगायतका कागज लेखन, केलाःङ् (च्याब्रुङ नाच) र साकेला नाच जस्ता व्यवहारिक र साँस्कृतिक पक्षहरु सिक्नेछन्। जसको विज्ञहरुको एट टोलीबाट पाठ्यक्रम नै तयार गरिएको वडा अध्यक्ष तुम्रोकले बताए।

कृषि र शिक्षा सँगै युवा स्वरोजगार, भाषा, कला र संस्कृति, स्वास्थ्य लगायतका क्षेत्रलाई पनि वडाले समेटेको छ। स्वास्थ्य अन्तर्गत सुत्केरी महिलालाई पौष्टिक आहार र नवजात शिशूलाई कपडा, अति बिपन्न, एकल महिला, दीर्घ रोगी, शहीद परिवार र जेष्ट नागरिकलाई स्वास्थ्य बिमाको समेत व्यवस्था गरिएको छ।

जम्मा ४३ लाख ६६ हजार रुपैंयाँको बजेट सिलिङमा समेट्नुपर्ने धेरै कुरा समेटन नसकिएको पनि वडा अध्यक्ष तुम्रोकले बताए। प्राथमिकताका आधारमा अन्य स्रोतको खोजी गरेर आगामी आर्थिक बर्षमा बाँकि विषय र क्षेत्रलाई पनि समेट्दै लगिने उनले बताए।

नेपाल सहरी शासकीय तथा पुर्वाधार विकास योजना अन्तर्गत सार्किडाँडा देखि तिजोक सडक स्तरउन्नतिका लागि ५ लाख, कृषि सडक–सिवा–मादिबुङ सडक स्तरोन्नतीका लागि ५ लाख, याक्सेरुङ सिडिमार्ग निर्माणका लागि ५ लाख, मालुवा–धुपिडाँडा हँुदै छाँगेखोला सडक स्तरोन्नतीका लागि ५ लाख, कादुरी खानेपानी मर्मतका लागि ५ लाख, सामुदायिक भवन निर्माण (सिवा युथ क्लव) का लागि १५ लाख, भगवती मावि सिवा गेट तथा घेराबाराका लागि ५ लाख, नव क्षितिज कृषक युवा समूह भवन निर्माणका लागि ५ लाख, याकथुम कृषक समूह भवन निर्माणका लागि ५ लाख, फाल्गुनन्द रङ्गशाला स्तरोन्नतीका लागि ५ लाख, उपासना बप्तिस मण्डलि मालुवा ठेसवाल निर्माणका लागि ५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फेदायक मालुवा गोरेटो बाटोका लागि ४ लाख ८ हजार, पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत सिद्ध कालीका मावि खेलमैदान निर्माण्का लागि ७ लाख र सेपेनी ढुङ्गेल गाउँ खानेपानी आयोजनाका लागि ५ लाख रुपैंयाँ र २ वटा साना सिँचाईका योजना रहेको वडा कार्यालयले जनाएको छ।

नोगेनको ‘जिउ पैंचो’ सार्वजनिक।
24/06/2024

नोगेनको ‘जिउ पैंचो’ सार्वजनिक।

१० असार २०८१, काठमाडौँ। द भ्वाइस अफ् नेपालका फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बाको ‘जिउ पैंचो’ सार्वजनिक भएको छ। स...

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित खेजिनिममा रोपाइँको तयारी गरिएका खेत। तस्बिर: भिम अन्छङ्बो लिम्बू
24/06/2024

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित खेजिनिममा रोपाइँको तयारी गरिएका खेत।
तस्बिर: भिम अन्छङ्बो लिम्बू

प्रकाशनको अन्तिम तयारीमा रहेको SEE को नतिजा निम्नानुसार हेर्न सकिनेछ।
24/06/2024

प्रकाशनको अन्तिम तयारीमा रहेको SEE को नतिजा निम्नानुसार हेर्न सकिनेछ।

23/06/2024

फाल्गुनन्द गाउँपालिका

23/06/2024

नोगेनसँग भ्वाइस देखि बिदेश यात्राका कुरा ।। 'जिउ पैचो' साङ्गितिक चलचित्र असार १० देखि Youtube मा आउने।।

21/06/2024

फिदिम नगरपालिकामा प्रदेश सरकारको बजेटमा समाबेश भएक ७७ ओटा योजनाहरु
१। कान्छि दोकान घिसिङटार पात्ले भञ्ज्याङ सडक स्तोरउन्नति रू२० लाख
२। जोरकुलो फेदायप पात्लेभञ्ज्याङ सडक स्तोरउन्नति रू ३० लाख
३। सहिद मार्ग सडक स्तोरउन्नति फिदिम ११ रू ३० लाख
४। फेगुम्वा सेजेपा तृतिया सडम फिदिम ११ रू २० लाख
५। भन्डारि चोक देखि २ नम्बर बडा कार्यलय जाने बाटो स्तोरउन्नति रू २० लाख
६। स्कुल डाडा बागपानि हुँदै घिसिङटार सडक स्तोरउन्नति रू २० लाख
७। सिवा खाम्लोदिन मगर गाउँ पात्लेभञ्ज्याङ ओडारे चुनियाडाडा सडक फिदिम ५ रू २० लाख
८। पिपलबोटे बुदुक फेजुङ सडक फिदिम १२ रू २० लाख
९। जौवारि गुर्धुम फुल्पा मोटर बाटो फिदिम १४ रू२० लाख
१०। नाम्दु खोला गुम्वाडाडा ईथुङ मोटर वाटो रू२० लाख
११। तुतिया थाङनापा खलङगाटार मगरचेप्पा सडक रू २५ लाख
१२। नाम्दु खोला पुल रू १ करोड
१३। फिदिम ११ केवाङ्दिन फिदिम ७ चकरुम्वा पञ्चमि खोला कजवेए निर्माण रू २० लाख
१४। फेमेखोला सडक पुल फेजुङ बयक सडक खण्ड फिदिम १३र१४ रू २० लाख
१५। ठोट्नेवारि सेपि झोपु कडेनिखोला फिदिम १४ रू १५ लाख
१६। खङखोला झोपु फिदिम १०र ११ रू १५ लाख
१७। कामिटार बाझोगरा झोपु फिदिम ७र१३ आत्तवाखोला रू १५ लाख
१८। सिर्वानि चित्रे झोपु भर्याङ खोला फिदिम १३र १४ रू १५ लाख
१९। भर्याङ खोला सिउरेनि पुच्छर झोपु फिदिम १३र१४ रू २० लाख
२०। फिदिम १० र १२ जोड्ने वाधिलुङ झोपु रू २० लाख
२१। सिवादोभान लुम्फाबुङ नवमिडाडा सडक रू ३ करोड २० लाख
२२। फिदिम शिवालय नाङ्लपा फेजुङ छिन्तापु सन्दकपुर सडक रू १ करोड
२३। जीव बिज्ञान जिवनयोग प्रयोगशाला साधना केन्द्र फिदिम(१ रू १० लाख
२४। पाँचथर बारएसोसियसन केन्द्र भवन निर्माण फिदिम रू २० लाख
२५। बहुउद्देश्यीय भवन तथा पार्क निर्माण फिदिम (२ रू २० लाख
२६। आदर्श आवसिय भवन फिदिम( २ रू २० लाख
२७। लावति चोलुङ पार्क फिदिम(९ रू २० लाख
२८। पिपलवोटे खेल मैदान फिदिम १२ रू २० लाख
२९। फिदिम ६ सिवा वडा कार्यलय भवन रू २० लाख
३०। सहिद प्रतिसष्ठान भवन फिदिम (४ रू २५ लाख
३१। पाँचथर रंगशालामा तथा महिला एकेडेमि फिदिम ५ रू ५० लाख
३२। प्रगतिशील खेलमैदान फिदिम १२ रू २० लाख
३३। सहिद स्मृति प्राविधिक शिक्षालय फिदिम (३ रू २५ लाख
३४। लखन थापा स्मृति भवन फिदिम(२ रू १५ लाख
३५। हाम्रो साहारा सहकारि भवन फिदिम (१४ रू २० लाख
३६। २ नम्बर वडा जाने पक्कि सडक फिदिम रू ८० लाख
३७ वडा १,९,११,१२ कार्यलय सम्म जाने सडक स्तोरउन्नति फिदिम रू ५० लाख
३८। ऐतिहासिक थेवा माङहिन निर्माण फिदिम( ८ रू १० लाख
३९। नाम्दु झरना तिनपोखरि पर्यटन पुर्वाधार निर्माण फिदिम(७ रू १० लाख
४०। युकुबुङ लिङथाङ माङहिम पुर्वाधार निर्माण फिदिम (५ रू १० लाख
४१। टिम्बुरे मार्ग सिढि निर्माण फिदिम (१३ रू ८ लाख
४२। गुरु रिग्जेन छोर्खेलिङ गुम्वा निर्माण फिदिम(१२ रू १० लाख
४३। श्री बनदेवि मन्दिर निर्माण फिदिम (४ रू १० लाख
४४। तमु गुम्वा फिदिम १२ जरिङ्गे रू ५ लाख
४५। तमुबौद गुम्वा पुर्वाधार निर्माण फिदिम(८ रू ५ लाख
४६। सिर्वानि फेजुङ जल्पा युवराज पदमार्ग फिदिम(१४ रू ५ लाख
४७। सिद्ध पोखरि सेवा सदन घेरावारा फिदिम(२ रू ४ लाख
४८। चोक्लुङ आवि खेलमैदान फिदिम(४ रू ५ लाख
४९। याङनाम आ वि खेलमैदान फिदिम (१० रू ४ लाख
५०। नागिन स्वास्थ चौकि निर्माण रू २५ लाख
५१। मुलडाडा खोप केन्द्र निर्माण फिदिम (१४ रू २५ लाख
५२। चिस्यान केन्द्र निर्माण फिदिम रू ८ लाख
५३। कफि खेति प्रबर्द्धन कायर्क्रम रू १० लाख
५४। फेमेखोला सियो फिदिम १३ रू २० लाख
५५। देविथान जठिबुट्टे भञ्ज्याङ सियो फिदिम १४ रू २० लाख
५६। पोवाभञ्ज्याङ ढुङानेछायागाउ सियो फिदिम ८ रू १० लाख
५७। खङखोला सोर्हमुरे सालवाटि सियो फिदिम १० रू १० लाख
५८। भट्ट कुलो सियो फिदिम ५ रू ३५लाख
५९। भुतेनि छागा कुलो सियो फिदिम (१३ रू ८ लाख
६०। खोङखोला तृतिया तोर्सेक बाबुङ्गा पाचहजारे कुलो फिदिम (११ रू ६ लाख
६१। डुडेवेसि नयाकुलो सियो फिदिम (४ रू ६ लाख
६२। खामारे गायाटार सेपेनि भङ्गाले कुलो फिदिम(४ रू १० लाख
६३। सिवुवा सेजेपा फेवदिन सियो फिदिम (११ रू ३० लाख
६४। भर्याङ खोला नदि नियन्त्रण फिदिम१३ रू १० लाख
६५। फेमेखोला नदि नियन्त्रण फिदिम १र ११ रू १० लाख
६६। बरडाडा पहिरो नियन्त्रण फिदिम १ रू ७ लाख
६७। फेमेखोला तटबन्ध फिदिम ११ रू ६ लाख
६८। बृहत् सिवा खायो फिदिम ६ रू १५ लाख
६९। फलाटे खापायो फिदिम ५ रू १० लाख
७०। माङ्लुम्बा असिने नाङ्लपा खापायो फिदिम.७ रू १७ लाख
७१। दुमाडाडा दुमाटार डिडाडा कातिके मालबासे खापा फिदिम १ रू ७ लाख
७२। लुम्फाबुङ नवमिडाडा लिप्ट खापायो रू ४० लाख
७३। लाक्तपा भुल्के खापायो फिदिम ५ रू ८ लाख
७४। फिदिम ११ खापायो रू ३० लाख
७५। कालिखोला नागिन खापायो फिदिम १२,१३,७ रू २० लाख
७६। लालवोटे भिरकुने तमाखे खापायो फिदिम ८ रू २० लाख
७७। मजिटे मुहान भई रमिते भ्यु टावर सम्म खापायो फिदिम २ रू १० लाख

दक्षिण कोरियामा भव्य रुपले साकेला उभौली मनाइयो।
20/06/2024

दक्षिण कोरियामा भव्य रुपले साकेला उभौली मनाइयो।

अर्जुन तुम्बापो ६ असार २०८१, दक्षिण कोरिया। किरात राई यायोक्खा, दक्षिण कोरियाको आयोजनामा येलेदोङ् ५०८४, साकेला उ.....

याक्थुङ मुन्चइत् चोक् यसङको चौंथो महाधिवेशन सम्पन्न।
20/06/2024

याक्थुङ मुन्चइत् चोक् यसङको चौंथो महाधिवेशन सम्पन्न।

६ असार २०८१, काठमाडौँ। याक्थुङ (लिम्बू) चलचित्रकर्मीहरुको संस्था याक्थुङ मन्चइत् चोक सयङको चौंथो राष्ट्रिय महाध....

पाँचथर क्याम्पसः सुवराज थापाको अध्यक्षतामा नयाँ नेतृत्व।
18/06/2024

पाँचथर क्याम्पसः सुवराज थापाको अध्यक्षतामा नयाँ नेतृत्व।

४ असार २०८१, पाँचथर। स्नातकोत्तर तहसम्म अध्ययन, अध्यापन हुने जिल्लाको एकमात्र शैक्षिक संस्थाले ३३ बर्षपछि नयाँ न...

18/06/2024

धरान १५ र ५ को सिमाना मा रहेको सेउती खोला..
पुर्वाका विभिन्न ठाँउमा भारी वर्षा भैरहेकोले सबैले उच्च सतर्कता अपनाउनुहोला ।
स्रोत : विनाेद विश्वकर्मा

पाँचथर बहुमुखी क्याम्पस, संचालक समिति, अन्तिम मतपरिणाम।
17/06/2024

पाँचथर बहुमुखी क्याम्पस, संचालक समिति, अन्तिम मतपरिणाम।

पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको मतगणना ।४०० मत गणना हुदा जम्मा खसेकाे मत  : ६१३
17/06/2024

पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको मतगणना ।
४०० मत गणना हुदा
जम्मा खसेकाे मत : ६१३

पाँचथर बहुमुखी क्याम्पस नेतृत्व चयन २०० मत गणना हुँदा
17/06/2024

पाँचथर बहुमुखी क्याम्पस नेतृत्व चयन
२०० मत गणना हुँदा

पाँचथर बहुमुखी क्याम्पस संचालक समितिको निर्वाचनको अहिलेसम्मको परिणाम
17/06/2024

पाँचथर बहुमुखी क्याम्पस संचालक समितिको निर्वाचनको अहिलेसम्मको परिणाम

17/06/2024

प्रदेश स्तरीय पूरुष फुटवल
निर्धारित समय १–१ बराबरी, टाइब्रेकर
पाँचथर ४ – ३ भोजपुर

जीवन र समापिका अभिनित रोशन राईको ‘दुई थुङ्गा फूल’ सार्वजनिक।
16/06/2024

जीवन र समापिका अभिनित रोशन राईको ‘दुई थुङ्गा फूल’ सार्वजनिक।

२ असार २०८१, काठमाडौं। गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ। राई ....

15/06/2024

याक्थुङ (लिम्बू) कार्यक्रम– आनि? पेन्युक्हा?
EP 3 (केसाःम् विशेष)
Presenter: Rajani Hangsarumba
Spouncer: Sunil Nirdoshi Parghari
Concept & Script: Sandesh S***a Ingwa
Camara & Eidit: Bhim Chemjong
Special thanks: New Bardan Sangitalaya, Budha Raj Limbu, Sagar Kerung, Arjun Tumbapo, Bhupen Yonghang, Subhash Samip Rai

15/06/2024

पॉचथर बाट ६ वर्षका आलव लिम्बु को The Voice of Kids Season 3 मा धमाकेदार प्रस्तुति..

फिदिम–२ स्थित आदर्श आधारभूत विदालयका आवासीय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान। पूरा समाचार लिंकमा- https://sumhatlung...
14/06/2024

फिदिम–२ स्थित आदर्श आधारभूत विदालयका आवासीय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान। पूरा समाचार लिंकमा- https://sumhatlungtimes.com/details/2024/2229

आनि? पेन्युक्हा? । EP-3 । २०८१ असार १ गते । साँझ ५ बजे । केसाःम् विशेष । प्रतिक्षा गर्नुहोला
14/06/2024

आनि? पेन्युक्हा? । EP-3 । २०८१ असार १ गते । साँझ ५ बजे । केसाःम् विशेष । प्रतिक्षा गर्नुहोला

14/06/2024

नितिज आङ्बो 'निराकुल' को एक गजल ।

14/06/2024

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु। गाउँपालिका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको प्रहरीको भनाई।

पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसमा लाओतीको विकासप्रेमको चर्चा
10/06/2024

पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसमा लाओतीको विकासप्रेमको चर्चा

२८ जेठ २०८१, पाँचथर। पूर्वमन्त्री पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसको अवसरमा लाओतीको विकास प्रेमको चर्चा गरि.....

09/06/2024

फिदिम नगरपालिका, ६ नम्बर वडा कार्यालय सिवा पाँचथरको सूचना
भाैगाेलिक विकटतालाई मध्यनजर गरि वडाबासि सेवाग्राहीहरुलाई पञ्जिकरण, सामाजिक सुरक्षा भता, सिफारिस सम्बन्धि महिनाकाे पहिलाे र तेस्राे हप्ता पात्लेभञ्याङ र दाेस्राे र चाैथाे हप्ताको शुक्रबार फेदायकबाट सेवा प्रदान गरिदै आएकाे हुनाले सबै सराेकारवलाहरुले प्रचारप्रसार गरि आवश्यक सेवा लिने वातावरण निर्माणका लागि सहयोग पुर्याइदिनुहुन अनुरोध छ
वडाध्यक्ष - बिपन तुम्रोक
वडा सचिव- बाल कुमार पुलामि
फिदिम नगरपालिका, ६ नम्बर वडा कार्यालय सिवा पाँचथर
सम्पर्क नम्बर 9813198586, 9862644880

Address

Panchthar
Phidim
57400

Alerts

Be the first to know and let us send you an email when Sumhatlungtimes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sumhatlungtimes:

Videos

Share