शिक्षक (मास्टर)
अाफु जलेर उज्यालो दिने मास्टरको निरासा
मास्टर जागिर
उहीँ थोत्रो पुरानो चुहिएको टालेको दरिद्र जागिर,
थोत्रे सर्ट थोत्रे पैन्ट लेत्रेक लेत्रेक
दरिद्र मास्टरको जागिर
पढाए पनि नपढाए पनि पियन दाईको घण्टीमा ४ बजेसम्म गाईबस्तु कै पारामा दाम्लोमा पर्खाल भित्र बाँधिएर बस्नुपर्ने,
जत्ति नै पढे पनि पढाए पनि अौँठाछाप मारेर दिन गनेर जागिर खानुपर्ने,
लम्बे छोटे ल्याप्चे पटमुर्खे
श्री ३ महाराजाहरुसँग
जहिले जहाँ हजुर नमस्कार,
खुईया उफ्
थुईक्क
पेट पाल्ने मेसोको जागिर
कुन दिन खाएछु मास्टर जागिर
थुक्क पापी पेट !
कहिलेकाँही छुराले चिरिदिउ लाग्ने ।
कहिलेकाँही अालमले जस्तै पापी पेटलाई चिम्नीभट्टाको अागोमा फालुंफालुं लाग्ने ।
रस बसेपनि जस नपाउने,
लासलुस लुसुखुसु गर्न नपाईने
जति ड्युटी गरे पनि,
अाफैलाई ठगेजस्तो लाग्ने,
दुनियाँले पनि तेस्तै सोचिदिने, थुक्क जागिर
हैन हैन
थुक्क यो पापी पेट