Media Khabar Nepalgunj

Media Khabar Nepalgunj नमस्कार हाम्रो पेजमा स्वागत नेपाली ग? page Official Media Khabar Nepalgunj...... Media Khabar Nepalgunj Team And SB4 Bohara Entertainment Team !!!

हाम्रो पेज लाइक गरिदिनु होला विभिन्न बिदेशको वा स्वदेशको ताजा खबरहरु पढ्न सक्नुहुनेछ र नेपाली राष्ट्रिय लोक संगीत गीतहरु सुन्न पाउनु हुन्छ !!!

14/11/2024
14/11/2024
14/11/2024
14/11/2024

जय श्रीस्थान 🙏
पौराणिक मान्यता अनुसार, दैलेखको श्रीस्थान मन्दिर जसलाई ज्वालामुखी मन्दिर पनि भनिन्छ, यहाँ महादेवले सतीदेवीको पार्थिव शरीर बोकी हिड्दा सतीदेवीको शीर पतन भएको थियो । यो मन्दिर धेरै अघि नै पाण्डवहरुले निर्माण गरेका थिए रे । यहाँ निरन्तर रुपमा ज्वाला बलिरहने हुदा स्थानीयहरु यसलाई शिव शक्तिको स्वरूप मान्छन् ।

06/11/2024

बैकुण्ठधाम सिधनियाघाट एनजिओको नाममा राप्ती नदी तटमा १ टुक्रा जग्गा छैन, बैकुण्ठधाम निर्माणको लागि चल अचल सम्पत्ती दानको लागि महोत्सव आह्वान : तर बैकुण्ठधाम निर्माण अनिश्चित । बॉके बासिन्दालाई खुलेआम इमोशनल ब्ल्याकमेल गर्दा पनि बॉके प्रशासन मौन ? भिडियो स्रोत : जी एचडी टिभी
https://www.facebook.com/share/v/19GXQonMK5/?mibextid=WC7FNe

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । ...
31/10/2024

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

31/10/2024

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती । हार्दिक श्रद्धा सुमन 💐

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा कै दिन काठमाण्डौको डिल्लीबजारमा भएको हो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य सर्वाधिक चर्चित कृति हो । नेपाली साहित्यमा देवकोटा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक मानिनुहुन्छ ।

विसं २०१६ मा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनु भएको थियो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो ।

वि सं २०१६ सालमा संसारबाट विदा भएका यिनै महाकवीको आजको यो जन्मजयन्तिमा उहाँप्रति श्रद्धासुमन । भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासंगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् 🙏🏻

महान चाड तिहारले समस्त नेपालीमा सद्भाव र सहअस्तित्व अभिवृद्धि गरोस् । सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको द...
29/10/2024

महान चाड तिहारले समस्त नेपालीमा सद्भाव र सहअस्तित्व अभिवृद्धि गरोस् । सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको दीपजस्तै उज्यालो बनोस्, समृद्धिको ढोका खुलोस् । समस्त नेपालीमा तिहारको हार्दिक शुभकामना ।

29/10/2024
29/10/2024
29/10/2024

बर्दियादेखि बर्दघाटसम्म गाई गोरुको तस्करी अत्यधिक : पशु विभागले गृह प्रशासनको कमजोरी देखायो (भिडियो सहित)
https://dhwanikhabar.com/archive/1782

29/10/2024

दुःखद : सल्यानमा आज साँझ भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा सिनबाङ्गका १४ वर्षीय गोबर्द्धन खडका , १२ वर्षीय अनिल भण्डारी (डिल्ली) , १५ वर्षीया सिर्जना बस्नेत र चालक मान बहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुई जनाको घटनास्थलमै , एक जनाको बाटोमा र ट्रक चालक मान बहादुर भण्डारीको राप्ती प्रादेश अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइतेहरु १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

29/10/2024

नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ । यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ ।

आज धन त्रयोदशी अर्थात धनतेरस विशेष गरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । आजको दिन किनमेल गरिएका सामान राखेर धनकी देवी लक्ष्मीको पुजा गरेमा माता खुशी भइ धनधान्यले पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।

आजको दिन देवी लक्ष्मी र भगवान गणेशको मूर्ति घरमा ल्याउँदा शुभ हुने मानिन्छ । यसैगरि, आज खरिद गरिएका भाँडाकुडा र आभूषण अरुलाई नदिइ आफुले नै राख्नुपर्ने मान्यता रहेको छ ।

आरु तेस्तै हो सिताराम परियार ले लाइब दोहोरी गाउदा गाउदै झकडा पक्कै हुन्छ हैन के साह्रो पेलेको हो गाइका हरु लाई 🤣🤣🤣🤣🤣🤣🤣
13/09/2024

आरु तेस्तै हो सिताराम परियार ले लाइब दोहोरी गाउदा गाउदै झकडा पक्कै हुन्छ हैन के साह्रो पेलेको हो गाइका हरु लाई
🤣🤣🤣🤣🤣🤣🤣

New Live Dohori | Sundar Bajar katesi kuncha/ Sunita Sunar vs sitaram pariyar.._______________________________________________________Official Song: Musi...

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when Media Khabar Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Media Khabar Nepalgunj:

Share