Nepalgunj Gallery

Nepalgunj Gallery Information , Education & Entertainment . News and Views .
(1)

04/02/2025

सागर , बसन्ते , किस्ने तेरो मिडि पुलिस दाई बारटेन्डर भइसक्यो 😁

Wow Don’t miss this opportunity 😂
04/02/2025

Wow Don’t miss this opportunity 😂

बाँकेमा एचपिभी खोप अभियान  - २०८१ शुभारम्भ ।नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय , बाँकेको समन्वयमा ...
04/02/2025

बाँकेमा एचपिभी खोप अभियान - २०८१ शुभारम्भ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय , बाँकेको समन्वयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित धम्बोझी मा.बि. मा मेयर प्रशान्त बिष्टबाट नेपालगन्ज - १ अहिर टोल बस्ने १० वर्षिया शिवाङ्गी सुनारलाई खोप कार्ड हस्तान्तरण गरी शुभारम्भ गरिएको छ ।

आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर कक्षा ६ देखि १० सम्म अध्ययनरत र १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्धको ( एचपीभी ) खोप अभियान सञ्चालन गरेको छ ।

नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गरिएको हो । मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो ।

Today is the Birthday of Facebook ...On February 4, 2004 the world's biggest addiction was launched. It turns 21st today...
04/02/2025

Today is the Birthday of Facebook ...
On February 4, 2004 the world's biggest addiction was launched. It turns 21st today 😀
Happy Birthday Facebook 🎂🎊🎉 🥳 And Congratulations Mark Zuckerberg 👍

सम्पूर्णमा दीर्घ अनि स्वास्थ्यवर्द्धक जीवनको शुभकामना 👏क्यान्सर रोगका बारेमा जनचेतना जगाउने उदेश्यका साथ हरेक वर्ष फेब्र...
04/02/2025

सम्पूर्णमा दीर्घ अनि स्वास्थ्यवर्द्धक जीवनको शुभकामना 👏

क्यान्सर रोगका बारेमा जनचेतना जगाउने उदेश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिएको छ । बिरामी भएपछि मात्रै अस्पताल जाने बानीलाई त्यागेर बेला बेला स्वास्थ्य जाँच गर्न डाक्टरको सुझाव छ । क्यान्सर महिला तथा पुरुष दुवैमा देखिन्छ । पुरुषमा फोक्सो, पेट, हड्डी र रगतको क्यान्सर तथा महिलामा मुख्यगरी स्तन क्यान्सर , डिम्बासयको क्यान्सर र पाठेघरको क्यान्सर धेरै देखिने गरेको छ ।

धुमपान/मद्यपान नगरे तथा भुटेको , तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ । खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपाल टेलिकमलाई धेरै बधाई तथा शुभकामना 🎉आजदेखि नेपाल टेलिकम २२औँ वर्षमा लागेको छ । नेपाल टेलिकम सुरुमा नेपाल दूरसञ्चार स...
04/02/2025

नेपाल टेलिकमलाई धेरै बधाई तथा शुभकामना 🎉
आजदेखि नेपाल टेलिकम २२औँ वर्षमा लागेको छ । नेपाल टेलिकम सुरुमा नेपाल दूरसञ्चार संस्थानका रुपमा रहेपनि कम्पनीमा परिणत भएपछि आज नेपाल टेलिकमले २१औँ वार्षिकोत्सव मनाउँदै छ ।

सन् १९१६ मा दूरसञ्चार संस्थाका रुपमा काठमाडौँ उपत्यकामा पहिलो टेलिफोन लाइनको स्थापना गरेको थियो । यस्तै, सन् १९१७ मा काठमाडौँदेखि भारतको रक्सौलसम्म ओपन वायर ट्रंक लाइन स्थापना गरेको थियो ।

यसपछि, कम्पनीले तत्कालीन संस्थानका रुपमा सन् १९५५ मा सर्वसाधारण नेपालीलाई टेलिफोन सेवा वितरण गरेको थियो । यस्तै, पछिल्लो समय सन् २०२३ मा कम्पनीले नेपालमा 5G इन्टरनेटको परीक्षण सुरु गरेको थियो ।

04/02/2025

नेपालगन्जमा जारी 'प्रादेशिक महोत्सव ' मा आज मंगलबार सबैलाई आउन गायिका तथा उद्घोषिका मञ्जु पौडेलको निम्तो
#प्रादेशिकमहोत्सव

04/02/2025

नेपालगन्जमा जारी 'प्रादेशिक महोत्सव ' मा आज मंगलबार सबैलाई आउन गायक अर्जुन कौशलको निम्तो
#प्रादेशिकमहोत्सव

नेपालगन्जमा जारी ' प्रादेशिक महोत्सव २०८१ ' मा आज गायक प्रमोद खरेलको प्रस्तुती रहने छ । #प्रादेशिकमहोत्सव
04/02/2025

नेपालगन्जमा जारी ' प्रादेशिक महोत्सव २०८१ ' मा आज गायक प्रमोद खरेलको प्रस्तुती रहने छ ।
#प्रादेशिकमहोत्सव

04/02/2025

नेपाली हो नि ✊ 😁

बाँकेमा आजदेखि करिब ३७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको ...
04/02/2025

बाँकेमा आजदेखि करिब ३७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ ।

बाँकेको विद्यालयहरुमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ३६ हजार ९ सय ५० जना किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

तीन सय ७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा तीन सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् । पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका , कोहलपुर नगरपालिकान, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २४ हजार ५ सय ८९ जना किशोरीलाई माघ २२ गतेबाट फागुन १ गतेसम्म खोप लगाइनेछ ।

दोस्रो चरणमा माघ ३० गतेबाट राप्तीसोनारी गाउँपालिका , बैजनाथ गाउँपालिका , डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका गरी ४ वटा पालिकाका १२ हजार ३ सय ६१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

जय भगवती देवि नमो वरदेजय पापविनाशिनि बहुफलदे 🙏धागीथुम भगवती मन्दिर, गुल्मी तम्घास
04/02/2025

जय भगवती देवि नमो वरदेजय पापविनाशिनि बहुफलदे 🙏
धागीथुम भगवती मन्दिर, गुल्मी तम्घास

जापानको नारिता विमानस्थलबाट काठमाडौं फर्कन लाग्दा नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी (अल्फा लिमा याङ्की) विमानको पा...
03/02/2025

जापानको नारिता विमानस्थलबाट काठमाडौं फर्कन लाग्दा नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी (अल्फा लिमा याङ्की) विमानको पांग्रा पन्चर भयो । उक्त विमानमा २ सय ६१ यात्रु थिए ।

सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण हुन ताकेता , दर्ता नभए नेपालमा रोक लगाइने ।नेपालमा हालसम्म तीनवटा मात्रै सामाजिक ...
03/02/2025

सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण हुन ताकेता , दर्ता नभए नेपालमा रोक लगाइने ।

नेपालमा हालसम्म तीनवटा मात्रै सामाजिक सञ्जाल प्लेटफर्म दर्ता छन् । भाइवर , विटक र टिकटक प्लेटफर्म मन्त्रिपरिषद्को निर्णयभन्दा पहिला नै दर्ता भएका हुन् ।

03/02/2025

रामेछापमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंले बोकेको ब्याट्री शर्ट भएर मन्थली नगरपालिका–७ चिसापानीका सुरेश माझीको ज्यान गएको छ ।

तामाकोशी नदीमा सुरेशसँगै माछा मार्न गएका उनका पाँच जना साथीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

कारकाँदो नेपालगन्जमा जारी 'प्रादेशिक महोत्सव २०८१' मा सूचना प्रबिधीको 'CAN Infotech 2025’ सहित अन्य सयौं व्यापारिक स्टलह...
03/02/2025

कारकाँदो नेपालगन्जमा जारी 'प्रादेशिक महोत्सव २०८१' मा सूचना प्रबिधीको 'CAN Infotech 2025’ सहित अन्य सयौं व्यापारिक स्टलहरुका लागि महोत्सव अवोलकन गर्नुहोस् । साथमा मंगलबार आउने कलाकारहरुका प्रस्तुतीहरुबाट मनोरञ्जन पनि लिनुहोस् ।
#प्रादेशिकमहोत्सव

03/02/2025

नेपालगन्जमा जारी 'प्रादेशिक महोत्सव ' मा मंगलबार सबैलाई आउन गायक प्रमोद खरेलको निम्तो
#प्रादेशिकमहोत्सव

03/02/2025

तिमी , म र TVS ! ✨ हाम्रो सम्बन्ध छ विशेष ! नयाँ जीवनको सुरुवात TVS को साथ ❤️❤️
TVS को नयाँ मोटरसाइकल वा स्कुटरको खरिदमा पाउनुहोस्:
👉 १०,००० सम्म, नगद छुट*
👉 7.99 % को Interest rate सुविधा 18 months सम्म
👉 Free Accessories Helmet*
👉 TVS Lifetime warranty*
❤️ TVS साथ छ हाम्रो 🤝

For More information
M/s Grace & Global Trading Pvt.Ltd.
Nepalgunj - 18 , Karkando
Phone No : 081-531698 , 9802573290
TVS Nepalgunj-Grace & Global Trading ग्रेस एण्ड ग्लोबल नेपालगंज

Address

Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Our Story

Nepalgunj Gallery is non-profit organization, and we are redefining how charitable foundations operate. Here's how:

1. 100% of all donations to the Nepalgunj Gallery go directly to our carefully selected projects and partners. All of the Foundation's administrative and operating costs are covered by Young Living Essential Oils so every cent and every dollar donated will help those in need.

2. With the projects we choose to initiate and run, we provide jobs to local leaders and community members who understand what resources are necessary to achieve results.