शुक्रशनि मिडिया नेपाल

  • Home
  • Nepal
  • Nepa
  • शुक्रशनि मिडिया नेपाल

शुक्रशनि मिडिया नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शुक्रशनि मिडिया नेपाल, Digital creator, Nepa.

गाँस,बास,कपास,साम,दाम,दण्ड,भेद,रोग,भोग शोक,सफलता, ज्ञान, ध्यान,धर्म,असफलता,राम्रो,नराम्रो, नाम,काम,दाम, शिक्षा,कल्प,व्याकरण,निरुक्त,छन्द र ज्योतिषको कुरा यो हो #शुक्रशनि_मिडिया_नेपाल 🙏

तपाईँहरूलाई विभिन्न विषयमा जानकारी दिने क्रममा आज हामीले कमल फुलको बारेमा जानकारी लिएर आएका छौं यी सामग्रीहरु हेरेर तपाई...
09/05/2024

तपाईँहरूलाई विभिन्न विषयमा जानकारी दिने क्रममा आज हामीले कमल फुलको बारेमा जानकारी लिएर आएका छौं यी सामग्रीहरु हेरेर तपाईहरुले आफ्नो प्रतिक्रिया राख्न सक्नुहुन्छ र साथै यी सामग्रीहरुलाई सेयर गरेर थप साथीहरु समक्ष पुर्याउन सक्नुहुन्छ धन्यवाद

चुरोट सम्बन्धी तथा धुम्रोपान सम्बन्धीका हिजो आधा भाग हालेको थिए। आज पूर्ण मैले तपाईहरु माझ आधा भाग हालेको छु। यी सम्पूर्...
08/05/2024

चुरोट सम्बन्धी तथा धुम्रोपान सम्बन्धीका हिजो आधा भाग हालेको थिए। आज पूर्ण मैले तपाईहरु माझ आधा भाग हालेको छु। यी सम्पूर्ण कुराहरुलाई पढेर मनन गरिदिनुहोला भन्न चाहन्छु। सम्पूर्णमा शुभकामना। 🙏🔥❤️

यदि तपाईँले दैनिक २० वटा चुरोट पिउनुहुन्छ एउटा चुरोटको मूल्य रु १२ रुपैयाँ छ भने तपाईंको एक दिनमा रु २४० मूल्यको चुरोट र...
08/05/2024

यदि तपाईँले दैनिक २० वटा चुरोट पिउनुहुन्छ एउटा चुरोटको मूल्य रु १२ रुपैयाँ छ भने तपाईंको एक दिनमा रु २४० मूल्यको चुरोट र वर्षमा रु ८७ हजार ६०० मूल्यको चुरोट पिउनुहुन्छ।

सन् २००२ मा अमेरिकी सहर मोन्टानामा धुम्रपान प्रतिबन्ध लगाइएपछि हृदयघातका घटना ४० प्रतिशतले घटेको थियो।।
08/05/2024

सन् २००२ मा अमेरिकी सहर मोन्टानामा धुम्रपान प्रतिबन्ध लगाइएपछि हृदयघातका घटना ४० प्रतिशतले घटेको थियो।।

सुर्ती तथा धुम्रपानको असरलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले यसका लागि प्रस्ताव राखेपछि प्रत्य...
08/05/2024

सुर्ती तथा धुम्रपानको असरलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले यसका लागि प्रस्ताव राखेपछि प्रत्येक वर्ष मे ३१ मा धुम्रपान रहित दिवस मनाउने निर्णय गरियो। त्यसयता हरेक वर्ष मे ३१लाई विश्व धुम्रपान रहित दिवस कर्म मनाइन्छ।

चुरोट पिउनाले जीवनको छ मिनेट घट्छ।
08/05/2024

चुरोट पिउनाले जीवनको छ मिनेट घट्छ।

हामीले तपाईंहरूको माझ धुम्रपान सम्बन्धीका विभिन्न अध्ययन अनुसन्धान तथा त्यसबाट हुने असर हानि उत्पादन जस्ता विषयहरू समेटे...
07/05/2024

हामीले तपाईंहरूको माझ धुम्रपान सम्बन्धीका विभिन्न अध्ययन अनुसन्धान तथा त्यसबाट हुने असर हानि उत्पादन जस्ता विषयहरू समेटेर तपाईहरुलाई ज्ञान हुने तरिकाका सामग्रीहरु उत्पादन गरेर प्रस्तुत गरेका छौं तपाईंलाई यी सामग्रीहरु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला र साथै यी सामग्रीहरुलाई सेयर गरेर सहयोग पनि गरिदिनुहोला भन्न चाहन्छौं।

विश्वका ८० प्रतिशत धुम्रपान गर्नेहरू न्यून र मध्यम आय भएका विकसित देशहरूमा बस्छन्।
07/05/2024

विश्वका ८० प्रतिशत धुम्रपान गर्नेहरू न्यून र मध्यम आय भएका विकसित देशहरूमा बस्छन्।

चिकित्सा विज्ञहरूका अनुसार दैनिक ५ देखि १० चुरोट पिउने व्यक्तिलाई हृदयघात हुने सम्भावना दोब्बर हुन्छ।।
07/05/2024

चिकित्सा विज्ञहरूका अनुसार दैनिक ५ देखि १० चुरोट पिउने व्यक्तिलाई हृदयघात हुने सम्भावना दोब्बर हुन्छ।।

२० प्रतिशत सुर्ती चुरोटमा प्रयोग गरिन्छ।
07/05/2024

२० प्रतिशत सुर्ती चुरोटमा प्रयोग गरिन्छ।

अमेरिकामा मानिसहरूले सुर्तीलाई पातमा बेरेर बिडीको रुपमा पिउने गर्दछन्।
07/05/2024

अमेरिकामा मानिसहरूले सुर्तीलाई पातमा बेरेर बिडीको रुपमा पिउने गर्दछन्।

चीन र ब्राजिलपछि भारत तेस्रो ठूलो सुर्ती उत्पादन गर्ने देश हो।
07/05/2024

चीन र ब्राजिलपछि भारत तेस्रो ठूलो सुर्ती उत्पादन गर्ने देश हो।

१५औँ शताब्दीमा हुक्काको आविष्कार मङ्गल सम्राट अकबरका वैद्य अब्दुलले गरेका थिए।
07/05/2024

१५औँ शताब्दीमा हुक्काको आविष्कार मङ्गल सम्राट अकबरका वैद्य अब्दुलले गरेका थिए।

संसारमा प्रत्येक ८ सेकेन्डमा धुम्रपानको कारणले एक व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ।
07/05/2024

संसारमा प्रत्येक ८ सेकेन्डमा धुम्रपानको कारणले एक व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ।

हरेक वर्ष विश्वभर करिब ५.५ ट्रिलियन चुरोट उत्पादन हुन्छ र एक अर्बभन्दा बढी मानिसले त्यसको उपयोग गर्ने गरेको पनि पाइन्छ।
07/05/2024

हरेक वर्ष विश्वभर करिब ५.५ ट्रिलियन चुरोट उत्पादन हुन्छ र एक अर्बभन्दा बढी मानिसले त्यसको उपयोग गर्ने गरेको पनि पाइन्छ।

९० प्रतिशत मुखको क्यान्सर ९०% फोक्सो क्यान्सर र ७७% शवास नलीको क्यान्सर धुम्रापानका कारणले हुने गरेको पाइएको छ।
07/05/2024

९० प्रतिशत मुखको क्यान्सर ९०% फोक्सो क्यान्सर र ७७% शवास नलीको क्यान्सर धुम्रापानका कारणले हुने गरेको पाइएको छ।

अङ्ग्रेजीले सुर्तीलाई कागजमा बेरेर धुनपान गर्न थालेका थिए।
07/05/2024

अङ्ग्रेजीले सुर्तीलाई कागजमा बेरेर धुनपान गर्न थालेका थिए।

आज हामीहरू तपाईँहरूलाई विश्वमा मृत्युदण्ड धेरै देशहरूमा दिइन्छ। ती देशहरुले आफ्नै तरिकाले चाहिँ मृत्युदण्ड दिने गरेका छन...
07/05/2024

आज हामीहरू तपाईँहरूलाई विश्वमा मृत्युदण्ड धेरै देशहरूमा दिइन्छ। ती देशहरुले आफ्नै तरिकाले चाहिँ मृत्युदण्ड दिने गरेका छन् त्यहाँको कानुन भिन्दै किसिमको रहेको छ। तर पनि कुनै कुनै देशमा चाहिँ निकै अनौठो मृत्युदण्ड दिने गरिन्छ त्यही अनुरूप आज हामीले तपाईँहरू माझ तपाईंहरुलाई सुन्दा अनौठा लाग्ने तर संसारमा प्रयोगमा आएका मृत्युदण्ड सम्बन्धीका अनौठा कुराहरु तपाईहरु माझ प्रस्तुत गरेका छौ। तपाईहरुले उक्त कुराहरुलाई सबै माझ पुर्याउन यस पेजलाई फलो गर्न र लाइक गर्न त्यसैगरी सेयर पनि गर्न म हार्दिक अनुरोध गर्दछु।

***
04/04/2024

***

03/10/2023

अब खुल्ने बिज्ञापनहरुबारे जानकारी
१) संघीय लोकसेवा आयोग
शाखा अधिकृत :- मंसिर अन्तिम बुधबार
नासु अप्राविधिक :-पुस अन्तिम बुधबार
नासु सरह प्राबिधिक :- माघ अन्तिम बुधबार
खरिदार अप्राविधिक :- फागुन अन्तिम बुधबार
खरिदार सरह प्राबिधिक :- चैत अन्तिम बुधबार
२) प्रदेश नम्बर १ लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- पुस पहिलो सोमबार
पाँचौ तह प्राबिधिक :- मंसिर पहिलो सोमबार
चाैथो तह अप्राबिधिक :- पुस पहिलो सोमबार
चाैथो तह प्राबिधिक :- मंसिर पहिलो सोमबार
३) मधेस प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- मंसिर अन्तिम बिहीबार
पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम बिहीबार
चाैथो तह अप्राबिधिक :- पुस अन्तिम बिहीबार
चाैथो तह प्राबिधिक :-पुस अन्तिम बिहीबार
४) वाग्मती प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- मंसिर दोस्रो सोमबार
पाँचौ तह प्राबिधिक :-मंसिर दोस्रो सोमबार
चाैथो तह अप्राबिधिक :- पुस दोस्रो सोमबार
चाैथो तह प्राबिधिक :- पुस दोस्रो सोमबार

५) गण्डकी प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- कार्तिक दोस्रो बुधबार
पाँचौ तह प्राबिधिक :- कार्तिक दोस्रो बुधबार
चाैथो तह अप्राबिधिक :- मंसिर दोस्रो बुधबार
चाैथो तह प्राबिधिक :-मंसिर दोस्रो बुधबार
६) लुम्बिनी प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :-भाद्र महिना
पाँचौ तह प्राबिधिक :- असोज महिना
चाैथो तह अप्राबिधिक :- कार्तिक महिना
चाैथो तह प्राबिधिक :- मंसिर महिना
७) कर्णाली प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- मंसिर अन्तिम मंगलबार
पाँचौ तह प्राबिधिक :-मंसिर अन्तिम मंगलबार
चाैथो तह अप्राबिधिक :-पुस अन्तिम मंगलबार
चाैथो तह प्राबिधिक :- पुस अन्तिम मंगलबार
८) सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग
पाँचौ तह अप्राबिधिक :- कार्तिक महिना
पाँचौ तह प्राबिधिक :- मंसिर महिना
चाैथो तह अप्राबिधिक :-पुस महिना
चाैथो तह प्राबिधिक :- माघ महिना

"खाने मुखलाई  जुँगाले छेक्दैन "What a inspirational ब्यक्तित्व असफलता नै सफलता को प्रतीक हो। घरको आर्थिक अवस्थालाई आफ्नो...
28/09/2023

"खाने मुखलाई जुँगाले छेक्दैन "
What a inspirational ब्यक्तित्व

असफलता नै सफलता को प्रतीक हो।
घरको आर्थिक अवस्थालाई आफ्नो काधमा राखी आफ्नो पढाइलाई पूर्णविराम लगाई
५ बर्ष निरन्तर खाड़ी मुलुक (दुबई )बसेर पनि १ सालको भित्रमा ५ ठाउँमा नाम निकाल्न सफल भएकोमा कॉमरेड लोकसेवा सरलाई धेरै धेरै बधाई 😊
१. खरीदार -२०८०( बैकल्पिक )
२.कर्मचारी संचयकोष तह ६ - २०८० (सिफारिष)
३.कर्मचारी संचयकोष तह ४ - २०८० (खुल्ला+मधेसी ) अंतरवार्ता न दिएको
४.हाल खाध ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड तह - ७ (वरिष्ठ अधिकृत ) सिफारिस
५.लुम्बिनी स्थानीय पाचौं तह - लेखा समुह अन्तरबार्ता बाकी

त्यसैले भनिन्छ नि मेहनेत गर्नेको अवश्य जित हुन्छ।
उहाँ बाट धेरै कुरा सिक्न सकिन्छ।
❤️©

Wow
27/09/2023

Wow

Asian Game: मा नेपालले मंगोलियाको ब्याण्ड बजाएको छ।२० ओभरमा सर्वाधिक रन ३१४कुशल मल्लद्वारा सबैभन्दा छिटो (३४बलमा) शतक प्...
27/09/2023

Asian Game: मा नेपालले मंगोलियाको ब्याण्ड बजाएको छ।

२० ओभरमा सर्वाधिक रन ३१४
कुशल मल्लद्वारा सबैभन्दा छिटो (३४बलमा) शतक प्रहार, विश्व रेकर्ड ।
दिपेन्द्रसिंह ऐरीद्धारा सबैभन्दा छिटो (९ बलमा) अर्धशतक प्रहार, विश्व रेकर्ड ।

टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड ❣️🙏

१. कीर्तिमानी स्कोर
नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । यो नै टी-२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो ।
यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ बनाएको थियो ।

२. सर्वाधिक रन रेट
नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो ।
२३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।

३. सर्वाधिक छक्का
नेपालको नाममा अर्को रेकर्ड रह्यो, सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । यो नयाँ कीर्तिमान हो ।
यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए ।

४. कुशलको कीर्तिमानी शतक
मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले पनि विश्व कीर्तिमान बनाएका छन् । उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाएका हुन् । उनले दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए ।
१३७ रनमा अविजित रहेका उनी टी-२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने क्रिकटरको सूचीमा पाँचौं नम्बरमा परे । पहिलो नम्बरमा एरोन फिन्च छन् । उनले १७२ रन बनाएका छन् ।

५. ऐरीको नाममा नयाँ रेकर्ड
मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन् ।
मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी-२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

६. स्ट्राइक रेटमा पनि ऐरीको कीर्तिमान
ऐरीको नाममा अर्को पनि रेकर्ड दर्ज भयो । त्यो हो हाइएस्ट स्ट्राइक रेट । मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो ।
यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ थियो ।

७. ठूलो अन्तरको जित
नेपालले मंगोलियालाई २७३ रनले हरायो । टी-२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।©

27/09/2023

'राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?'

१८ वर्षको उमेरमै लोकसेवा आयोगले लिएका ७ वटा लिखित परीक्षा पास गर्न सफल यी हुन छापहिले, गुल्मीका अनिष गिरी,नेपाल पारवहन त...
26/09/2023

१८ वर्षको उमेरमै लोकसेवा आयोगले लिएका ७ वटा लिखित परीक्षा पास गर्न सफल यी हुन छापहिले, गुल्मीका अनिष गिरी,
नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड
- पाँचौ तह (वरिष्ठ सहायक/प्रशासन)
- पाँचौ तह (वरिष्ठ सहायक/लेखा)
नेपाल वायु सेवा निगम - पाँचौँ तह( लेखा)
लुम्बिनी प्रदेश निजामती सेवा - पाँचौँ तह(प्रशासन)
लुम्बिनी प्रदेश निजामती सेवा(स्थानीय)
- पाँचौ तह (प्रशासन)
- पाँचौ तह (लेखा)
- पाँचौ तह (आ.ले.प.)
मेहनत गरे अवस्य सफल भैन्छ भन्ने एक उदाहरण ।

     #शिक्षकसेवा      #लोकसेवा
26/09/2023

#शिक्षकसेवा #लोकसेवा

26/09/2023

✓कक्षा 6 मा पढ्ने मनमायाको पढाई लेखाई राम्रो छ। तर उनी परिवारका बारेमा कुराकानी गर्नासाथ रिसाउँछिन् ।यस बारेमा जानकारी लिन शिक्षकले उनलाई थाई नदिई कुनै अध्ययन सुरु गरे भने त्यो कस्तो अनुसन्धान हो।

१).कार्यमुलक अनुसन्धान.
२).घटना अध्ययन.
३).व्यवहार अध्ययन.
४).पारिवारिक अध्यन.

#शिक्षकसेवा #लोकसेवा

Follow page: Psc/gk+iq Solution. Encylopedia Of General Knowledge-लाेकसेवा छलफल समुह.

Address

Nepa
21700

Alerts

Be the first to know and let us send you an email when शुक्रशनि मिडिया नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शुक्रशनि मिडिया नेपाल:

Videos

Share

Nearby media companies



You may also like