Janardan Sharma'Prabhakar'

Janardan Sharma'Prabhakar' I am politician.

सोनाम ल्होसारको हार्दिक शुभकामना।तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसारको विशेष उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा ...
30/01/2025

सोनाम ल्होसारको हार्दिक शुभकामना।
तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसारको विशेष उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अखिल क्रान्तिकारीको निर्वाचन सम्पन्न भएको छ, विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तामा लैजाने गरी ३२ वर्षे उमेरहदको निर्व...
29/01/2025

अखिल क्रान्तिकारीको निर्वाचन सम्पन्न भएको छ, विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तामा लैजाने गरी ३२ वर्षे उमेरहदको निर्वाचनबाट नीतिगत रूपले नयाँ पुस्तामा आइसकेको थियो। सोही नीतिका आधारमा प्रत्यक्ष प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष हो। यसको प्रकाशले पूर्ण लोकतन्त्रको पक्षधर माओवादी पार्टी र जन संगठनहरुमा आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न निरन्तर प्रकाश छरिरहनेछ। यो ऐतिहासिक परिघटना एंव प्रतिस्पर्धा मार्फत विजयी सम्पूर्ण पदाधिकारी एंव सदस्यहरुमा हार्दिक बधाई तथा शैक्षिक क्षेत्रको सुधारको आन्दोलनमा सफलताको शुभकामना। यस निर्वाचनका क्रममा प्राप्त केही शिक्षाहरू : जसरी पनि जित्नुपर्छ भन्ने मानसिकतालाई अन्त गर्न प्रतिनिधिहरुलाई निर्देशित जनवादको सट्टा स्वविवेक प्रयोग गर्ने उनीहरूको अधिकारको सुनिश्चिता गर्न जरुरी छ। निर्वाचन प्रति नकारात्मक सोच बनाउनुको सट्टा स्वस्थ, स्वच्छ र निष्पक्ष रुपले प्रतिस्पर्धा गराउन सक्षम निर्वाचन आयोग सोही अनुरुपको सहजकर्ता, व्यवस्थापन, दबाब मुक्त रुपमा कार्य सम्पादन गर्ने वातावरण तयार पार्न ध्यान दिनुपर्छ। प्रतिस्पर्धामा उत्साह पूर्वक सहभागी निर्वाचन परिणामलाई सहज स्वीकार गर्ने सबै प्रत्यासीहरुको प्रसंशा सहित हार्दिक धन्यवाद।

रुकुमको कम्युनिस्ट पार्टीको संस्थापक समेत रहनुभएका हाम्रा पूजनीय बुवा इस्कन्द शर्माको २३ औँ स्मृती दिवसको अवसरमा हाम्रो ...
29/01/2025

रुकुमको कम्युनिस्ट पार्टीको संस्थापक समेत रहनुभएका हाम्रा पूजनीय बुवा इस्कन्द शर्माको २३ औँ स्मृती दिवसको अवसरमा हाम्रो सिङ्गो परिवार र रुकुमेली कम्युनिस्ट आन्दोलनका सहयात्री सबैको तर्फबाट हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछौँ ।

शहिद दिवश।यो राष्ट्र सयौं, हजारौं शहीदहरुको बलिदानबाट निर्माण भएको हो। लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको लागि निरन्तर ...
29/01/2025

शहिद दिवश।
यो राष्ट्र सयौं, हजारौं शहीदहरुको बलिदानबाट निर्माण भएको हो। लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको लागि निरन्तर लडेर बलिदान गरेका सम्पूर्ण अमर शहिदहरुले हाम्रा र आगामी पुस्ता समेतका विभिन्न अधिकारहरूका लागि आफ्नो प्राणको आहुति दिएको तथ्यलाई हामीले कहिल्यै पनि बिर्सनु हुँदैन। शहिदहरुको बलिदानलाई स्मरण गर्ने यो दिनमा सम्पूर्ण शहिदहरु प्रति हार्दिक नमन।

माघे संक्रान्ति तथा माघी पर्वको हार्दिक शुभकामना ।नेपालको विभिन्न समुदायले आ-आफ्नै हिसाबले मनाउने यो विशेष दिन माघे संक्...
14/01/2025

माघे संक्रान्ति तथा माघी पर्वको हार्दिक शुभकामना ।
नेपालको विभिन्न समुदायले आ-आफ्नै हिसाबले मनाउने यो विशेष दिन माघे संक्रान्ति सांस्कृतिक विविधता बीच एकताको प्रतीक हो ।घाम उत्तरायण भई ऊर्जावान् भए जसरी संसारभरि फैलिएर बसेका नेपालीहरुमा थप ऊर्जा प्रवाह होस् ।

05/01/2025

स्थायी कमिटी बैठकमा केन्द्रिय कमिटीका लागि एजेन्डा प्रस्तुत गरिएको, स्थायी कमिटी सदस्यले आफ्ना सुझाव प्रस्तुत गरेको र केन्द्रिय कमिटीमा छलफल बहस पश्चात निष्कर्षमा पुग्ने अध्यक्षले उदघोष गर्नु भएको बाहेक कुनै निर्णय नभएकोमा, कतिपय संचार माध्यममा स्थायी कमिटीको निर्णय भनी आएकोमा मेरो ध्यानाकर्षण भएको छ।

भावपूर्ण श्रद्धासुमन ।जनयुद्धका महान सहिद क. तीर्थबहादुर गौतम, क. फत्तबहादुर स्मालीमगर र क. दिलमाया बम्जनको स्मृति दिवसक...
03/01/2025

भावपूर्ण श्रद्धासुमन ।
जनयुद्धका महान सहिद क. तीर्थबहादुर गौतम, क. फत्तबहादुर स्मालीमगर र क. दिलमाया बम्जनको स्मृति दिवसका अवसरमा उहाँहरुप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

हार्दिक शुभकामना।राष्ट्रिय पोसाक, टोपी दिवस तथा नयाँ वर्ष ई.सं. २०२५ को उपलक्ष्यमा सम्पूर्ण नेपालीमा खुशी, शान्ति र समृद...
01/01/2025

हार्दिक शुभकामना।
राष्ट्रिय पोसाक, टोपी दिवस तथा नयाँ वर्ष ई.सं. २०२५ को उपलक्ष्यमा सम्पूर्ण नेपालीमा खुशी, शान्ति र समृद्धिको हार्दिक शुभकामना ।

पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण छ, तर  इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टता सहित लागेमा यो संभव छ। प...
30/12/2024

पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण छ, तर इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टता सहित लागेमा यो संभव छ। पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट-विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन। एजेन्डा सहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो।
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो। यसले झण्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने छ।

तमु ल्होसारको हार्दिक शुभकामना।गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको विशेष उपलक्ष्यमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेप...
30/12/2024

तमु ल्होसारको हार्दिक शुभकामना।
गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको विशेष उपलक्ष्यमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

27/12/2024

माओ जयन्तीका अबसरमा आयोजित अन्तर्क्रिया कार्यक्रम ।

I extend my heartfelt condolences on the unexpected demise of former Prime Minister of India and brilliant economist Dr....
27/12/2024

I extend my heartfelt condolences on the unexpected demise of former Prime Minister of India and brilliant economist Dr. Manmohan Singh. In addition, I extend my heartfelt sympathies to the family and his admirers.

'हिमालयको पर्व' नेपाल प्रिमियर लिग   ले नेपाललाई खेलको माध्यमबाट पर्यटन क्षेत्रमा विश्वभरि प्रवर्द्धन गरेको छ । यति ठूलो...
21/12/2024

'हिमालयको पर्व' नेपाल प्रिमियर लिग ले नेपाललाई खेलको माध्यमबाट पर्यटन क्षेत्रमा विश्वभरि प्रवर्द्धन गरेको छ । यति ठूलो र सफल कार्यक्रम आयोजना गरी भब्य र सभ्य रुपमा सम्पन्न गरेकोमा नेपाल क्रिकेट संघ (CAN) परिवार, सम्पुर्ण सहभागि टोलि, खेलाडीहरु र बिशेष गरी राष्ट्रिय टिमका पुर्व कप्तान हुदै ब्यवस्थापनको भुमिकामा आउनु भएका पारस खड्का लगायत सम्बन्धित सबैमा बिशेष धन्यवाद सहित हार्दिक बधाई एवं थप सफलताको शुभकामना ब्यक्त गर्दछु ।

हार्दिक बधाई ।नेपाल प्रिमियर लिग पहिलो संस्करणको उपाधि हात पार्न सफल भएकोमा जनकपुर बोल्ट्स् लाई हार्दिक बधाई । आजको खेलम...
21/12/2024

हार्दिक बधाई ।
नेपाल प्रिमियर लिग पहिलो संस्करणको उपाधि हात पार्न सफल भएकोमा जनकपुर बोल्ट्स् लाई हार्दिक बधाई । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन रह्यो । यससँगै नेपाली क्रिकेटको पर्व भव्य र सभ्य रूपमा आज सम्पन्न भएको छ । एनपीएलमा सहभागी सबै टिम, आयोजक तथा व्यवस्थापक लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु ।

20/12/2024

तिमी प्रतिबन्ध भएको सुने, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चहान्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबालको कमी भएको महशुस गरेको छु। तर युगको माग , युवाको दिमाग र प्रविधिको विकाससंगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौ। देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्प सहित नयाँ पुस्ताको चाहना अनुसार ए आई मा सवार हुनेछौ। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौ।

भावपूर्ण श्रद्धासुमन ।रुकुम पश्चिम, मुसिकोट नगरपालिका - ०५, सेरीगाँउ निवासी आदरणीय हजुरबुवा पुरुषोत्तम शर्मा को ७८ बर्षक...
18/12/2024

भावपूर्ण श्रद्धासुमन ।
रुकुम पश्चिम, मुसिकोट नगरपालिका - ०५, सेरीगाँउ निवासी आदरणीय हजुरबुवा पुरुषोत्तम शर्मा को ७८ बर्षको उमेरमा भएको निधनले स्तब्ध भएकोछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पुर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

भावपूर्ण श्रद्धासुमन। जनयुद्धका महान सहिद दौलतराम घर्ती (क. विजय घले) को स्मृति दिवसका अवसरमा उहाँप्रति उच्च सम्मान सहित...
16/12/2024

भावपूर्ण श्रद्धासुमन।
जनयुद्धका महान सहिद दौलतराम घर्ती (क. विजय घले) को स्मृति दिवसका अवसरमा उहाँप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

Address

Musikot
22000

Website

Alerts

Be the first to know and let us send you an email when Janardan Sharma'Prabhakar' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janardan Sharma'Prabhakar':

Videos

Share