
05/12/2022
प्रत्यक्षतर्फको मतगणना सकियो, प्रतिनिधि सभामा कुन दललाई कति सिट ?
प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सोमवार बिहान दोलखामा नेकपा माओवादी केन्द्र विजयी भएसँगै मतगणना सकिएको हो ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका १६५ सिटमध्ये ५७ सिट जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ । नेकपा एमालेले ४४ सिट जितेको छ ।
प्रत्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, राष्ट्रिय जनमोर्चाले १ सिट, नेपाल मजदुर किसान पार्टीले १ सिट, जनमत पार्टीले १ सिट र स्वतन्त्र उम्मेदवारले ५ सिट जितेका छन् ।
नेकपा माओवादी केन्द्रले १८ सिट, नेकपा एकीकृत समाजवादीले १० सिट, जनता समाजवादी पार्टी नेपालले ७ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन् ।