Kharo Post

Kharo Post We've got the greatest writers.

राप्रपा निकट रास्टृय प्रजातान्त्रिक बिध्यार्थी सङ्गठन मेचिनगर समिति र बियोण्ड एकाडेमियाद्वारा सङ्युक्त रुपमा काकर्भिट्टा...
09/06/2024

राप्रपा निकट रास्टृय प्रजातान्त्रिक बिध्यार्थी सङ्गठन मेचिनगर समिति र बियोण्ड एकाडेमियाद्वारा सङ्युक्त रुपमा काकर्भिट्टा क्याम्पसको हलमा आयोजित बिज्ञान सङ्ग बिध्यार्थी कार्यक्रम सम्पन्न भएको छ ! कार्यक्रमको अध्यक्षता बिध्यार्थी मेचिनगर अध्यक्ष सोभिएत श्रेस्ठले गरेका थिए ! अथितिहरुमा राप्रपा धार्मिक संगठनका नगर अध्यक्ष गिरिराज पौडेल , बिध्यार्थी संगठन तथा राप्रपा झापा सूचना प्रबिधिक बिभागका चरण प्रसाई , राप्रपा युवा संगठनका नगर अध्यक्ष षगोविन्द बुढाथोकी, टिका मगर , बियोण्ड एकाडेमियाका सुसान्त सूबेदी, ज़िल्ला बिध्यार्थी संगठनका सागर सिवाकोटि, हिमाल बजगाई , नगर सचिब सागर निउपाने , सहसचिब पर्वत खनाल , कार्यक्रमको स्वागत मन्तब्य अर्का नगर सहसचिब बिशाल भट्टराईले गरेका थिए ! बिध्यार्थिहरुलाइ खगोल, भुउपग्रह, रोबोटिक्स, आइटी, आदि बिसयमा जान्कारिमुलक प्रस्तुति दिइएको थियो । उक्त कार्यक्रममा करिब सयको संख्यामा बिध्यार्थिहरुको सहभागीता रहेको थियो ।

झापामै पहिलोपटक शुरु भयो नि:शुल्क खाना वितरण कार्यक्रम , पूर्वी सिमानामा जय महांकाल युवा समूह मेचीनगरले काकरभिट्टामा अभि...
16/05/2024

झापामै पहिलोपटक शुरु भयो नि:शुल्क खाना वितरण कार्यक्रम , पूर्वी सिमानामा जय महांकाल युवा समूह मेचीनगरले काकरभिट्टामा अभियान जेस्ठ १ बाट सुरू गरेको छ ! संस्थाले बिभिन्न परोपकारी कार्य, सरसफ़ाई , धार्मिक जागरण लगाएतको कार्य गर्दै देशको धेरै ज़िल्लाहरुमा आफ़नो संगठन समेत बिस्तार गर्दै गरेको जानकारी दिए !

राप्रपा निकट मजदुर सँगठन मेचीनगर कार्य समिती गठन भएको छ ! सिव गौतमको नेतृत्वमा २१ सदस्य समितिले पूर्णता पाएको छ!
09/02/2024

राप्रपा निकट मजदुर सँगठन मेचीनगर कार्य समिती गठन भएको छ !
सिव गौतमको नेतृत्वमा २१ सदस्य समितिले पूर्णता पाएको छ!

आज मेचीनगरको काकडभित्तामा राप्रपा निकट युवा, विद्यार्थी र धार्मिक सङ्गठन मेचीनगर झापाले संयुक्त आयोजनामा स्व  राजा बिरेन...
30/12/2023

आज मेचीनगरको काकडभित्तामा राप्रपा निकट युवा, विद्यार्थी र धार्मिक सङ्गठन मेचीनगर झापाले संयुक्त आयोजनामा स्व राजा बिरेन्द्रको जन्म जयन्तीको अवसरमा दिपप्रज्वल तथा माल्यार्पन कार्यक्रम गरेको छ !

राप्रपा मेचिनगरका स्थानीय नेता खेम प्रसाईंले कार्यक्रमको औचित्य माथी प्रकाश परेका थिए भने युवक सङ्गठनका राजु सिवाकोटी , केशव गौतम र धार्मिक सङ्गठनका गिरिराज पौडेल साथै विद्यार्थी सङ्गठनबाट चरण प्रसाईं र सागर सिवाकोटी लगाएतको उपस्थिति थियो । धार्मिक सङ्गठनका गिरिराज पौडेलले हिजो ललितपुरको बालकुमारीमा भएको घटनाको गम्भीर भर्सना गरेका छन र उनले गोलि हान्न आदेश दिनेलाइ कार्वाहीको माग पनि गरेका छन।कार्यक्रम संचालन राप्रपा विद्यार्थी मेचिनगर सहसचिव विशाल भट्टराईले गरेका थिए।

कार्यक्रमको आयोजक राप्रपा निकट युवा , विद्यार्थी , धार्मिक सङ्गठन मेचिनगर समितीले मेचिनगर काकर्भिटाको भट्टराई चोकमा गरेको हो।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मेचीनगरको काकडभित्ता माबिको (+2 ) ईकाई अधिबेशनले बिशाल भट्टराईको ...
11/09/2023

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मेचीनगरको काकडभित्ता माबिको (+2 ) ईकाई अधिबेशनले बिशाल भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय ईकाई समिती सर्वसहमत चयन गरेको छ ।
कार्यक्रम्मा विद्यार्थी संगठनका केन्द्रिय सदस्य सुनिल धिमालको प्रमुख अथितिमा सम्पन कार्यक्रम्मा , विद्यार्थी संगठनका जिल्ला अध्यक्ष चक्र फुयल , राप्रपा मेचीनगर सचिब बिशल्कृष्ण बास्तोला , युवा संगठनका राजु सिवाकोटी , दिवाकर काफ्ले , राप्रपा मेचीनगर युवा संगठनका अध्यक्ष गोविन्द बुदाथोकी , विद्यार्थी संगठन जिल्ला अधिबेशन आयोजक समितिका चरण प्रसाई , विद्यार्थी संगठनका हिमाल बजगाई लगायतको उपस्थित थियो , स्वागत मन्तबय काकडभित्ता बहुमुखी क्याम्पस इकाईका सचिब सागर सिवकोटी र कार्यक्रम सन्चालन काकडभित्ता बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष तथा विद्यार्थी संगठन जिल्ला अधिबेशन आयोजक समितिका सन्जोक खनालले गरेका थिए !

जिल्ला सम्मेलनको तयारीमा रहेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाले हाल इकाई कमिटी गठन कार्यलाई तिव्र बनाइएको र यसपश्चात् नगर हुँदै जिल्ला सम्मेलन गरिने जिल्ला अधिबेशन आयोजकका सदस्य चरण प्रसाईंले जानकारी दिए !

राप्रपा  प्रदेश सभा सदस्य सविना बजागाईले चुनावी बाचालाई मध्यनजर गर्दै आफ्नो क्षेत्रको विकासमा निरन्तर खबरदारी गरिरहेकी छ...
18/06/2023

राप्रपा प्रदेश सभा सदस्य सविना बजागाईले चुनावी बाचालाई मध्यनजर गर्दै आफ्नो क्षेत्रको विकासमा निरन्तर खबरदारी गरिरहेकी छिन्,। उनै बजगाईको पहलमा बुद्धशान्ति -५ स्थित श्री गडिगाउँ माध्यमिक विद्यालयमा खानेपानी समस्याको समाधानका लागि ०७९/८० को बजेटबाट रु ५ लाख रुपैयाँ बजेट विनियोजन भएपछि विद्यालय प्रशासन खानेपानीको दीर्घकालीन समस्या हल हुनेभएको छ !
प्रदेश सभा सदस्य बजगाईँकै पहलमा हाल मेचिनगर-१४ स्थित श्री दुर्गा भगवती माता मन्दिरको स्तरोन्नतीका लागि ५ लाख बिनियोजन भएको छ भने बुद्धशान्ति-४ स्थित गणेश चौकमा सिंचाईको समस्या समाधानका लागि २ वटा डिपबोरिंग योजनाको सुरुवात भैरहेको छ। अन्य स्थानमा समेत विभिन्न कामहरु भैरहेको र बजगाईँले हिजो शनिबार अधिकांश स्थानमा पुगेर स्थलगत अनुगमन समेत गरेकी छिन्,।

भ्रष्टाचारले मुलुक आक्रान्त भइसक्यो - मा. सबिना बजगाई ,राप्रपा भारतलाई खुसी पार्न हतार–हतार नागरिकता विधेयक प्रमाणीकरण भ...
03/06/2023

भ्रष्टाचारले मुलुक आक्रान्त भइसक्यो - मा. सबिना बजगाई ,राप्रपा

भारतलाई खुसी पार्न हतार–हतार नागरिकता विधेयक प्रमाणीकरण भएको राप्रपाले आरोप लगाएको छ ।
कोसी प्रदेशसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद सविना बजगाईंले भारतलाई खुसी पार्नकै लागि यो विधेयक हतार–हतार प्रमाणीकरण गरिएको आरोप लगाइन् ।

बजगाईले भनिन्, “यो राष्ट्रघाती कदम हो । हामी भत्सना गर्दछौँ, अदालतले गरेको फैसला विपरीत आममाफी दिने काम गलत हो ।” उनले यसैगरी आममाफी दिँदै जाने हो भने अदालतको निर्णयको अर्थ नरहने पनि बताइन् ।
बजगाईंले देश आर्थिक मन्दीमा डुबेको भन्दै युवा विदेश उन्मुख हुन बाध्य भएको बताइन् । उनले भनिन्, “भ्रष्टाचारले मुलुक आक्रान्त भइसक्यो अब धेरै थेग्न सकिदैन ।”

मेचीनगरको प्यारिभित्ता नया बसपार्कमा पुराण हुँदै प्रखर हिन्दू बाहिनिको प्रस्तुतिमा र श्रीनिवास आमा समुह मेचीनगरको आयोजना...
20/04/2023

मेचीनगरको प्यारिभित्ता नया बसपार्कमा पुराण हुँदै

प्रखर हिन्दू बाहिनिको प्रस्तुतिमा र श्रीनिवास आमा समुह मेचीनगरको आयोजनामा झापा मेचीनगरको प्यारिभित्ता नया बस पार्क काकडभित्तामा यहि मिति २०८०/०१/१० गते देखि १७ सम्म श्रीमद् भागवद् सप्ताह पुराण कथा एवंम् धार्मिक तथा साँस्कृतिक कार्यक्रम हुन् गईरहेको छ ! स्वामी श्री श्री श्रीनिवासाचार्य महाराज ज्युको प्रमुख व्यासत्व तथा मुखारबिन्दबाट पुराण हुन लागेको हो ! विभिन्न उपसमिति गठन गरी पुराणको तयारी सुरु गरिएको छ !

काँकरभिट्टास्थित ,काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि नेकपा एस निकट अनेरास्वबियूका र राप्रपा निकट राप...
15/03/2023

काँकरभिट्टास्थित ,काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि नेकपा एस निकट अनेरास्वबियूका र राप्रपा निकट राप्रवि संगठनकोका तर्फबाट बिनम सरदारले सभापति पदको लागि उम्मेद्वारी दिएका छन् ।
आगामी चैत ५ गते हुने निर्वाचनका लागि अनेरास्वबियूका र राप्रपा निकट राप्रवि संगठनको तालमेल रहेको छ ! अध्यक्ष पदका उम्मेद्वारी बिनमले बिभिन्न सामाजिक संस्थामा कार्य गर्दै बिद्यार्थीका हकहितका लागि काम गर्दै आएका छन् ।

त्यसैगरी, अनेरास्ववियू तर्फबाट सचिवमा सुरज राजवंशी, कोषाध्यक्षमा अनुषा अर्याल, सदस्यमा प्रज्ञा श्रेष्ठ, मानव ढुंगेल, शैलेश निरौलाले उम्मेद्वारी दिएका छन् भने राप्रवि संगठनको तर्फ बिजय लुइँटेल , लिलम शिवाकोटी,समानुपातिक तर्फबाट सदस्यमा संजोक खनाल, र अनेरास्वबियूका बिश्वास दाहाल, दिक्षा खड्का, श्याम तिम्सिना, पुजा पाण्डे, युगेन लोहार, स्वस्तिका पौडेलले उम्मेद्वारी दिएका छन् ।काँकरभिट्टा बहुमुखी क्याम्पसमा ६ सय १६ मतदाता संख्या रहेको छ ।

Address

Mechinagar
Mechinagar
57208

Alerts

Be the first to know and let us send you an email when Kharo Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kharo Post:

Share


Other Mechinagar media companies

Show All