Max Fm 95.0 Mhz

Max Fm 95.0 Mhz MAX FM is the most popular F.M of mahottari district which is having 500 watt of transmitter champion

काठमाण्डुमा भूकम्पकाठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भुइँचालो गएको छ । मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएक...
10/10/2023

काठमाण्डुमा भूकम्प

काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भुइँचालो गएको छ । मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पको धक्का काठमाडौंभित्र बढी महसुस भएको छ । काठमाडौं आसपासको क्षेत्रमा पनि सामान्य हल्लाएको उनले बताए ।

विद्यालय शिक्षा विधेयक संघीयताविरोधी छ : सिके राउतजनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको वि...
06/10/2023

विद्यालय शिक्षा विधेयक संघीयताविरोधी छ : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन्।

शुक्रबार संसद्‌ बैठकमा बोल्दै उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गरे।

अध्यक्ष राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। उनले सो विधेयकमा सरकारले विद्यार्थी र अभिभावकहरुको सरोकारलाई सम्बोधन गर्नुपर्ने पनि बताए।

अध्यक्ष राउतले भने, ‘यो शिक्षा विधेयक जसको लागि ल्याइएको हो। जसको प्रयोजनको लागि ल्याइएको हो। त्यो नै स्पष्ट नभएको, त्यसको नै पर्याप्त छलफल नभएको, त्यसलाई नै पर्याप्त सम्बोधन नगरेको जस्तो यहाँ देखिन्छ। त्यही भएर यहाँ शिक्षकहरुले पनि आन्दोलन गरे। आफ्नो तलव, सेवा, सुविधा वृद्धिका लागि यहाँ सम्झौता गरियो। निजी विद्यालयहरुले पनि यहाँ आन्दोलन गरे। आफ्नो माग पूरा गरे। तर गरिव विद्यार्थीहरुका लागि चाहीँ कसले बोलिदिने ? आम विद्यार्थीहरुका लागि चाँही कसले बोलिदिने ? त्यो चाँही यहाँ नभएको हुनाले म बोल्न बाध्य भएको हुँ। र, सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको हो। र, खासगरी शिक्षा विधेयक हामी जुन प्रयोजनका लागि ल्याउँदैछौं। त्यो सरोकारवाला विद्यार्थी, अभिभावकहरुलाई समेटेर तिनका सरोकारलाई सम्बोधन गर्नका निम्ति अनुरोध गर्न चाहन्छु।’

अध्यक्ष राउतले सो विधेयक संकिर्णवादी सोचका साथ आएको पनि दोहोर्‍याए।

पोखरीमा शव भेटेका युवक अजिमको प्रेमको कारण हत्या भएको खुलासासप्तरीको खडक नगरपालिका ११ बनौलीका १८ वर्षीय मोहम्मद अजिम मुद...
02/10/2023

पोखरीमा शव भेटेका युवक अजिमको प्रेमको कारण हत्या भएको खुलासा

सप्तरीको खडक नगरपालिका ११ बनौलीका १८ वर्षीय मोहम्मद अजिम मुद्दिको हत्या बालिकासंगको प्रेमको कारण भएको खुलेको छ । भदौ २१ गते बेपत्ता भएका अजिमको हत्या गरेर शव पोखरीमा गाडिएको अवस्थामा शनिबार बरामद भएको थियो ।

गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा सडेको अवस्थामा फेला परेको शव उनकै भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपालेने बताए ।
प्रहरी स्रोतका अनुसार अजिमको एक बालिकासँगको प्रेम सम्बन्धका कारण उनको हत्या भएको खुलेको छ । घटनाको विस्तृत जानकारी प्रहरीले सोमबार दिउँसो दिने भएको छ ।

टुक्रा गरेर शव बोरामा राखेको र सडेकाले पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । प्रहरीले हत्यामा संलग्न भएको आरोमा बिना यादव, काका ३४ वर्षीय रामप्रगास यादव, छिमेक ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । थप संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा भएको आत्मघाती हमलामा ५२ जनाको मृत्युपाकिस्तानमा भएको एक आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहि...
29/09/2023

पाकिस्तानमा भएको आत्मघाती हमलामा ५२ जनाको मृत्यु

पाकिस्तानमा भएको एक आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

द डन समाचार पत्रका अनुसार शुक्रबार बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो। बिस्फोटमा परी र्‍यालीमा खटेका मास्तुङका डिएसपीको पनि मृत्यु भएको छ।

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।

शिक्षक चढेको भ्यान सिन्धुलीमा दुर्घटना, १२ शिक्षक घाइतेसिन्धुलीमा भ्यान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिपी राजम...
29/09/2023

शिक्षक चढेको भ्यान सिन्धुलीमा दुर्घटना, १२ शिक्षक घाइते

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी दुर्घटना भएको हो ।

आज बिहान सिन्धुलीबाट काठमाडौँतर्फ गइरहेको आइरहेको भ्यान आज बिहान करिब ८ बजे दुर्घटना हुँदा राहत शिक्षकहरू घाइते भएको गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दहालले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं १ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

यसै गरी सिन्धुलीकै कमलामाई नगरपालिका वडा नम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनका ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।

सिन्धुलीको तिनपाटन गाउँपालिका १० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

महोत्तरीको एक गेष्टहाउसबाट ६ जना पक्राउ, तीनजनाविरुद्ध मुद्दामहोत्तरीको एक गेष्ट हाउसमा यौन धन्दामा गर्ने गराउने आरोपमा ...
27/09/2023

महोत्तरीको एक गेष्टहाउसबाट ६ जना पक्राउ, तीनजनाविरुद्ध मुद्दा

महोत्तरीको एक गेष्ट हाउसमा यौन धन्दामा गर्ने गराउने आरोपमा ६ जना पक्राउ परेका छन् । सम्सी गाउँपालिका ६ सम्सी बजारमा संजिव कुमार झाले संचालन गरेको संगम होटल एण्ड गेष्ट हाउसबाट तीनमहिलासहित ६ जना पक्राउ परेका हुन् ।

सम्सी प्रहरीचौकीले खानतलासी गरी गेष्ट हाउस संचालक झासहित ६ जनालाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार गेष्ट हाउस संचालक वर्ष ४२ का संजिव, भारत बिहार राज्य जिल्ला सितामढी थाना बेला ग्राम पंचायत मन्पौर वडा नं.६ बस्ने वर्ष २२ का हरिद्वार यादव र ग्राम पंचायत भेरहिया वडा नं.३ बस्ने वर्ष २२ का गुलाब धुनियामाथि मानव वेचविखन तथा ओसार पसार मुद्दा चलाइएको छ ।

महिलाहरुलाई ल्याएर यौनधन्दामा संलग्न गराएको आरोपमा उनीहरुमाथि मुद्दा चलाएको हो । जिल्ला अदालत महोत्तरीबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हिन्दु–मुस्लिम भाईभाई, कोही छैन पराई भन्ने नारासहित सर्लाहीमा सद्भाव र्याली निकालिँदैसर्लाहीको लालबन्दीमा मंगलबार साँझ स...
26/09/2023

हिन्दु–मुस्लिम भाईभाई, कोही छैन पराई भन्ने नारासहित सर्लाहीमा सद्भाव र्याली निकालिँदै

सर्लाहीको लालबन्दीमा मंगलबार साँझ सद्भाव र्याली निकालिने भएको छ ।
जिल्लाको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा केही दिनदेखि सामाजिक सद्भावमा आच पुग्ने गरी भइरहेको गतिविधिलाई लक्षित गरी नेकपा एमाले लालबन्दी नगर कमिटीले सद्भाव र्याली निकाल्ने तयारी गरेको हो ।

हिन्दु–मुस्लिम भाईभाई, कोही छैन पराई भन्ने नारासहित साँझ साढे ५ बजेपछि सद्भाव र्याली निकाल्न लागिएको एमाले लालबन्दी नगर कमिटीका सचिव शिवहरि गौतमले जानकारी दिए ।

 #बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्याबाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जव...
26/09/2023

#बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको छ।
पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फोला परेको प्रहरीले जनाएको छ।

आइतबार स्थानीयले सीमा क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा गई शव बरामद गरी परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

स्थानीयवासीका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए।
यद्यपि केही समयअघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे। उनले हाल गाउँमै खेतीपाती गर्दै आएका थिए । प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ।
मृतक सिंह पूर्वप्रहरी हुन्। उनी सशस्त्र प्रहरी बलमा पाँच वर्षमात्र कार्यरत थिए। केही महिनाअगाडि मात्रै उनले जागिर छोडेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकामा आज दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ। घटनास्थलमा पुगी प्रहरी उपरीक्षक काफ्लेले भारतीय समकक्षीहरूसँग पनि सोधपुछ गरेका छन्।

घटनाका बारेमा सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए। घटनामा संलग्न एकजना फरार रहेकाको खोजी पनि तीव्र पारिएको उनले जानकारी दिए।

खुला सीमा रहेका कारण नेपालबाट कर्तव्य गरी भारततर्फ र भारतबाट कर्तव्य गरी नेपालतर्फ भागेर लुकीछिपी बस्ने गरेका छन्। रासस

13/11/2022

महोत्तरी निर्वाचन क्षेत्र न. ३ क को प्रदेश सभा सदस्य पदको उम्मेदवार इन्दल सिंह उर्फ गुडमॉर्निंग संग को अन्तरवार्ता। .0hmz

12/11/2022

महोत्तरी निर्वाचन क्षेत्र न. २ ख को प्रदेश सभा सदस्य पदको उम्मेदवार सुरिता कुमारी साह संग को अन्तरवार्ता। .0hmz

12/11/2022

महोत्तरी निर्वाचन क्षेत्र न. ४ ख को प्रदेश सभा सदस्य पदको उम्मेदवार लालेन्द्र कुमार मंडल संग को अन्तरवार्ता। .0hmz

11/11/2022

महोत्तरी निर्वाचन क्षेत्र न. ४ को ख प्रदेश सभा सदस्य पदको उम्मेदवार सरोज सिंग कुशवाहा संग को अन्तरवार्ता। .0hmz

11/11/2022

महोत्तरी निर्वाचन क्षेत्र न. ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार Dr. Surendra Kumar Yadav संग को अन्तरवार्ता। .0hmz

11/11/2022

महोत्तरी निर्वाचन क्षेत्र न. २ ख को प्रदेश सभा सदस्य पदको उमेदवार ज्ञानेन्द्र मिश्रा संगको अन्तरवार्ता।

10/11/2022

महोत्तरी निर्वाचन क्षेत्र न. २ क को प्रदेश सभा सदस्य पदको उमेदवार गोबिंद सिंह संगको अन्तरवार्ता।

10/11/2022

महोत्तरी निर्वाचन क्षेत्र न. ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार महेन्द्र कुमार राय संग को अन्तरवार्ता। .0hmz

17/02/2022
17/02/2022
07/02/2022

Address

Ramgopalpur
Mahottari
45700

Opening Hours

Monday 05:00 - 23:00
Tuesday 05:00 - 11:00
Wednesday 05:00 - 23:00
Friday 05:00 - 11:00
Saturday 05:00 - 23:00
Sunday 05:00 - 23:00

Telephone

+9779809640995

Alerts

Be the first to know and let us send you an email when Max Fm 95.0 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Max Fm 95.0 Mhz:

Videos

Share

Category


Other Radio Stations in Mahottari

Show All