21/05/2023
गजब छ यहाँ
सुनलाई पित्तल बनाइन्छ यहाँ
अनि पित्तल्लाई सुन बनाइन्छ यहाँ,
सबैलाई समान ब्यबहार गरिन्छ भनिन्छ यहाँ,
भन्दा भन्दै पनि आफ्नै मान्छे खोजिन्छ यहाँ ।
त्यसैले गज्जब छ यहाँ ।
मन परेमा नमस्ते पनि गर्न पर्दैन यहाँ
मन नपरेमा गरेको नमस्ते पनि फर्काइन्न यहाँ,
पदको आशामा अस्तित्व गुमाएर लम्पसार परिन्छ यहाँ
लम्पसार परेर पनि मै ठूलो हुँ भनिन्छ यहाँ ।
त्यसैले गज्जब छ यहाँ
आबस्यक पर्दा मिठास भाव देखाइन्छ यहाँ
आबस्यक नपर्दा तिरस्कार गरिन्छ यहाँ
जग बसाल्ने अर्कै छ, मैले नै सब गरेको भनिन्छ यहाँ
म नभएर कायापलट केही हुँदैनथ्यो भनिन्छ यहाँ ।
त्यसैले गज्जब छ यहाँ
बाहिर झट्ट हेर्दा,
सबैको सल्लाह सुझाव र परामर्श बमोजिम यहाँ
तर निर्णय गर्दा आफ्नो बाहेक अरूको सुनिँदैन यहाँ,
हरेक पक्षको समीक्षा र मूल्याङ्कन गर्न खोजिन्छ यहाँ
तर कसले कति गर्यो भनेर खोजिदैन यहाँ ।
त्यसैले गज्जब छ यहाँ
पद र प्रतिष्ठा के हो? छुट्याइदैन यहाँ
पद पाए प्रतिष्ठा मूल्यवान यहाँ,
मेरो पनि कसैले कुरा काटेको छ कि भनेर खोजिँदैन यहाँ
खोजिहालेपनी झिना मसिना कुरा भनेर पचाइन्छ यहाँ ।
त्यसैले गज्जब छ यहाँ ।
कमल फूल झैं फुल्न र फक्रिन खोजिन्छ यहाँ
तर कमल कहाँ र कसरी फुल्छ बुभिझिदैन यहाँ
के थाहा कमल हिलोमा फुल्छ भनेर बुझ्दै बुझिँदैन यहाँ ।
त्यसैले गज्जब छ यहाँ ।
सन्त, प्रिय र शुसील बन्न खोजिन यहाँ,
तर राजनैतिक फोहोरी खेलमा मुछिएको पत्तै हुँदैन यहाँ,
अस्थाइ बढुवा त कोही कोही भए होला यहाँ
तर स्थायी बढुवा को कति हुन सके यहाँ?
स्थाई बढुवा हुन त फाइल अगी बढाउनु पर्छ यहाँ
कतिका फाइल अलपत्र छन् खोजी नै छैन यहाँ
गएका फाइलका पनि नम्बर दिने ठाउनै छैन यहाँ
अनि कसरी हुन्छ साथी बढुवा यहाँ?
त्यसैले गज्जब छ यहाँ
जे होस् यस्तै यस्तै नियम विनियम बनाइन्छ यहाँ
आफ्नो भन्नेलाई हातको पाईट लाएर तानिन्छ यहाँ
अर्को भन्नेलाई लात्ताको पाइट लाएर हुत्यइन्छ यहाँ,
जे जस्तो भएनी सहनु बाहेक केहीछिन आरु
यही सहन नसक्ने हो भने अर्को कारबाही चल्न सक्छ यहाँ ।
त्यसैले गज्जब छ यहाँ ।।।
टेकनाथ अर्याल