10/05/2024
आस्थाको समुदायबाट राजनीतिक क्षेत्रमा योगदान जरूरी, ठूलो सञ्जाल NCFNद्वारा सहजीकरण
ललितपुर, वैशाख २८-
NCFN को सहजिकरणमा चार वटा दलबिच आस्थाको समुदायबाट राजनीति संलग्नता विषयमा छलफल कार्यक्रम आयोजना गरियो ।
संयुक्त नागरिक पार्टी, आमुल परिवर्तन रिपब्लिकन पार्टी ,जनजागरण पार्टी नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल नामक पार्टीका अध्यक्ष तथा पदाधिकारीहरूद्वारा प्रतिनिधित्व रहेको उक्त कार्यक्रमडा. मंगलमान महर्जनले सुरूआती प्रार्थना गरी सुरू भएको उक्त कार्यक्रममा NCFN का अध्यक्ष रेभ. हनोक तामाङको अध्यक्षता रहेको थियो, कार्यक्रम संयोजन डा. सिमोन पाण्डेले गर्नुभएको थियो भने सञ्चालन र अवधारणा पत्र प्रस्तुति रेभ. शेर ए.सी.ले गर्नुभएको थियो । उक्त कार्यक्रममा NCS का महासचिव डिल्लीराम पाैडेल, का अध्यक्ष सुनिल महर्जन, ने.इ.सं.का कबि थापा र बेन्जामिन प्रधान लगायत उपस्थित हुनुहुन्थ्यो ।
स्वागत मन्तव्यसहित संयोजक डा. सिमोन पाण्डेले राजनीतिक दल खोल्नु सजिलै होला तर सञ्चालन गर्नु जटिल रहेको टिप्पणी गर्नुहुँदै, सबै दलहरू मिलेर गएमा इतिहास निर्माण गर्ने र योगदान गर्ने अवसर रहेको बताउनुभयो । आफ्नालागि सबै दल र नेतृत्वमा भाइहरू समान रहेको बताउनुहुँदै उहाँले सबै दल एकतामा आएमा समर्थन गर्ने र पक्षमा बोल्ने बताउनुभयो ।
त्यसपछि कार्यक्रम सञ्चालक तथा NCFN का महासचिव शेर एसीले अवधारणा पत्र प्रस्तुत गर्नुहुँदै विगतको समीक्षात्मक टिप्पणीसाथ भए गरिएका गल्ती कमिकमजोरी, अब गरिनुपर्ने कार्य विषयमा बुँदागत प्रस्तुति दिनुभयो ।
त्यसपछि दलका अध्यक्षहरूबाट संक्षिप्त रूपमा आआफ्ना दलका दाबी, विगतका एकता प्रयत्नका तीतामिठा अनुभव, भविष्यको आशा र निराशा, एकता सहकार्यका निम्ति प्रतिबद्धता लचकता तथा दावीहरू प्रस्तुत गरियो । सनापा अध्यक्षबाट यो कार्यक्रम आयोजनाका लागि आयोजक संस्था तथा अग्रजहरूलाई हार्दिक धन्यवादसहित एकता सहकार्यका लागि सनापा खुल्ला रहेको बताउनुहुँदै यो दल गठनको अाैचित्य र दलको सर्वसमावेशी सामाजिक लोकतन्त्र सिद्धान्त समेत प्रकाश पार्नुभयो । वरिष्ठ उपाध्यक्ष प्रेम कार्कीले सबै दल र नेतृत्वले त्याग र बलिदानको हृदय लिएर, विनम्रतामा जगैबाट सुरू गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । साथै, डा. तेज रोक्का, ने.ख्री.महासंघका अध्यक्ष सुनिल महर्जन लगायत दलहरूका अन्य केही प्रतिनिधिहरूबाट समेत टिप्पणी राखियो ।
कार्यक्रमको अन्त्यमा सभापति रेभ. हनोक तामाङबाट प्रस्तुत विचारहरूमाथि सटिक टिप्पणीसाथ, दलहरू एक ठाउँमा आएमा छाता संघठनको साथ रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले सबैले आत्मसमीक्षा गर्दै, सिक्ने विनम्रता लिन, आफूले मात्रै जानेको भ्अरमबाट मुक्त हुन्, राजनीतिक टिकाटिप्पणी गर्ने व्यक्ति होइन तर राजनीति गर्नेचाहिँ नेतृत्वको खाँचो रहेको स्पष्ट पार्नुभयो ।
यो छलफल सुरूआत मात्रै भएको, निरन्तर रहनुपर्छ, जसबाट मोर्चाबन्दी , कार्यगत एकता र सकेसम्म पार्टी नै एकता गर्दै उत्पीडितहरूका मुद्दालाई स्थापित गरिनुको विकल्प नरहेको साझा बुझाइ रहेको थियो ।
यो पहल सराहनीय कदम भएकाले यसका लागि अग्रज नेतृत्व जनलाई हार्दिक धन्यवादसहित उहाँहरूको सहजिकरण स्वीकार गरेर थप वार्ता, दलहरूका प्रतिनिधहरूको सहभागित तथा आयोजक संस्था र अग्रजहरूका प्रतिनिधिको संयोजकत्वमा घोषणापत्र र विधानहरू संश्लेषण गरी एक साझा दस्तावेज निर्माण लगायत काम गरेर ठोस दिशा बढ्नु फलदायी हुने धेरैको राय रहेको छ ।
Faith-led political parties brought together for potential collaboration and unification-
NCFN facilitates political dialogue, revives hope
Kathmandu, May 10-
Today, a discussion program was held on the topic of political involvement from the faith community, under the facilitation of NCFN which brought four parties together for deliberation.
The program was represented by the presidents and officials of the United Civic Party, Amul Pariwartan Republican Party, Janjagaran Party Nepal and National Mukti Andolan Nepal. Mangalman Maharjan prayed at the beginning of the program chaired by NCFN President Rev. Hanok Tamang. Coordinated by Dr. Simon Pandey, the program was conducted by Rev. Sher AC who also presented the concept paper. NCS General Secretary Dilliram Paudel, NCF President Sunil Maharjan, CNS chair Kabi Thapa and Benjamin Pradhan were present in the program.
Coordinator of this news phase of political dialogue Dr. Simon Pandey with welcame the attendees and commented that it is easy to start a political party but it is complicated to operate one. Yet, he added, that if all the parties come together, there is an opportunity to make history and contribute to nation building. Noting that for him all parties and brothers are equal in leadership, he said that if all parties come together, he will support and speak in favor of the party.
After that, while presenting the concept paper, the organizer of the program and the general secretary of NCFN, Rev. Sher AC gave a detailed presentation on the issues of past mistakes and actions to be taken in the future, each in 20 points.
After that, the presidents of the parties briefly presented their party's claims, bittersweet experiences of past unity efforts, hopes and disappointments for the future, commitment, flexibility and claims for unity and cooperation. The president of SaNaPa (United Civic Party -UCP) expressed his heartfelt thanks to the organizing organizations and elders for organizing this program, while stating that UCP is open for unity and cooperation, and he also highlighted the party's all-inclusive social democracy principle. UCP Senior Vice President Prem Karki emphasized that it is necessary for all parties and leadership to start from scratch with a heart of sacrifice and sacrifice. In addition, Dr. Tej Rokka, N. C. F. president Sunil Maharjan and some other representatives of the parties also commented.
At the end of the program, the chairman Rev. Hanok Tamang made some poignant comments on the ideas presented by the speakers. He expressed the commitment of the umbrella organization NCFN for supporting the parties if they came together unified. He made it clear that everyone should self-examine, be humble enough to learn, be free from the illusion that they are the only ones who know it all. He said we need real politicians, and not those who make political comments, but those who do politics and provide needed leadership.
There was a common understanding that this discussion was just the beginning and should be continued, that there is no other alternative but to establish the issue of the oppressed by uniting the parties.
It was a new stage in the long history of parties unification efforts ever since 2017, which saw some success in 2020, and in 2022, and then lost traction. The scribe is much hopeful and confident of a fruitful result this time around, with all the learning and hindsight from past experience.
https://adhikpost.com/faith-led-political-parties-brought-together-for-potential-collaboration-and-unification/