Muluk Times

Muluk Times national monthly magazine

नेकका सात विद्यार्थीलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्तीमुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०४, शुक्रवार भक्तपुर...
17/01/2025

नेकका सात विद्यार्थीलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०४, शुक्रवार

भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ । नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरि स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका सात जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ती वितरण गरिएको हो ।

छात्रवृत्ती पाउनेहरुमा सन् २०१६, ०१७, ०१८ र ०१९ का लागि मनिष श्रेष्ठ, दीप शाही, सन्तराम पाण्डे र नुजा बज्राचार्य रहेका छन्। सन् २०२० मा अमितकुमार शर्मा, २०२२ का लागि मनिषा भट्टराई तथा २०२३ का लागि साधना तिवारी छनौट भएका थिए । सन् २०२१ को छात्रवृत्तिमा विद्यार्थीहरुको मुल्यांकन नभई सकेकोले पछि वितरण गरिने छ । छात्रवृत्ती पाउने विद्यार्थीहरुलाई कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जनही ४०/४० हजारको चेक प्रदान गर्नुभयो । विद्यार्थीले प्राप्त गरेको अङ्कमा आधारमा मुल्यांकन गरी छात्रवृत्ती वितरण गरिएको छाज्ञवृत्ती छनौट समितिका संयोजक समेत रहनुभएका सहायक प्राचार्य मोहनध्यज केसीले जानकारी दिए ।

कलेजले सहायक प्राचार्य केसीको संयोजकत्वमा ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कार्यक्रम संयोजक उपप्राध्यापक राजेश खड्का तथा कलेजकी प्रमुख प्रशासक श्रीमा शर्मा सदस्य रहेको छात्रवृत्ति सिफारिस समिति गठन गरिएको थियो । हाल अष्ट्रेलियामा रहेका पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. प्रतापमणी पराजुलीले सन् २०११ मा आफुले प्राप्त गरेको उपदानबाट बुबाआमाको नाममा सात लाख रुपैंयाको अक्षय कोष स्थापना गरेका थिए । उक्त कूल पुँजीलाई अबदेखि १० लाख बनाएर त्यसबाट प्राप्त बैंक ब्याजबाट छात्रवृत्ती दिइनेछ ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्तीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन मिलेको बताए । नेपाल इन्जिनियरिङ कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकोले विद्यार्थीहरुलाई प्रोत्साहन गराउने विभिन्न कार्यक्रम र छात्रवृत्ती स्थापना गर्न पहल गर्ने जनाए । कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तीले प्रोत्साहन गरेको बताउँदै विगतमा कोभिड-१९ का कारण अनियमित भएको छात्रवृत्ती अब नियमित प्रदान गरिने बताए । कार्यक्रममा कलेजकी प्रशासन प्रमुख श्रीमा शर्मा, छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थी अमितकुमार शर्मा, नेक सिपिएसका कार्यवाहक निर्देशक राेवर्ट डंगाेल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

नेक नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समितिद्वारा सञ्चालित इन्जिनियरिङ कलेज हो । यहाँ स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा अध्ययन अध्यापन हुने गरेको छ ।

रुपन्देहीको देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड ।मुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०४, शुक्रवार रुपन्देहीको देवदहमा दे...
17/01/2025

रुपन्देहीको देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड ।

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०४, शुक्रवार

रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका छन् । माघ ३ बिहीवार देखि सम्मसंचालन भएको प्रतियोगितामा ०५ गते शनिवार समापन हुनेछ ।

देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीहरुले ४२ ईभेन्टमा प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी गराए । प्रतियोगिता अन्तर्गत एथलेक्टिस तर्फ २६ ईभेन्ट, भलिवल तर्फ २ वटा ईभेन्ट, कवड्डी तर्फ २ वटा ईभेन्ट र कराते तर्फ १२ वटा ईभेन्ट हुने ढुंगानाले बताए ।यसै अवसरमा गत बर्षको विजेता देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ्ग शिल्ड हस्तान्तरण गरेको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले खेलको माध्यमबाट राष्ट्रको पहिचान बनाउन सकिनेमा जोड दिए। पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग गर्ने बताए । यसैगरी देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले खेलकुदको विकासको लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गरे ।

जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु ।बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । महोत...
17/01/2025

जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु ।

बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० वर्षीय सत्यनारायण साहकाे दुर्घटनामा मृत्यु भएको छ ।

शुक्रवार बिहान करिब १० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर पश्चात् साहको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।
ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत: सामाजिक सञ्जाल

16/01/2025

नेपालको ७ प्रदेश मध्ये पहिचानको आधारमा एक मात्र प्रदेशको वि.स.२०७८ साल माघ ३ गते मधेश प्रदेश नामाकरण गरिएको थियो । यसै ऐतिहासिक दिन मधेश स्वाभिमान दिवसको सम्झनामा मधेश प्रदेशका सभासदस्य राम आशिष यादवको सम्बोधन ।

मधेश प्रदेशका मुख्यमन्त्री सिंहकाे पुत्ला दहन ! मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह विरुद्ध राष्ट्रिय युवा संघ ने...
16/01/2025

मधेश प्रदेशका मुख्यमन्त्री सिंहकाे पुत्ला दहन !

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह विरुद्ध राष्ट्रिय युवा संघ नेपाल धनुषाद्वारा प्रदर्शन तथा पुत्ला(फोटाे) दहन गरिएको छ।
तस्बिर: सामाजिक सञ्जाल

अधिवक्ता दुर्व्यवहारमा ललित केसीविरुद्ध किटानी जाहेरी !जिल्ला अदालत काठमाडौं परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे...
16/01/2025

अधिवक्ता दुर्व्यवहारमा ललित केसीविरुद्ध किटानी जाहेरी !

जिल्ला अदालत काठमाडौं परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ललित केसीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्र्यवहार भएको थियो । लगत्तै प्रहरीले उनलाई दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई पक्राउ गरेको थियो ।

विशेष ब्याटिङ क्याम्पमा २० खेलाडी, मधेश प्रदेशका १ मात्र ।नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म...
16/01/2025

विशेष ब्याटिङ क्याम्पमा २० खेलाडी, मधेश प्रदेशका १ मात्र ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा विशेष ब्याटिङ क्याम्पका लागि २० खेलाडीको सूची सार्वजनिक गरेको छ । शिविर माघ १७ देखि २५ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

जलेश्वरमा सुचनाको हक सम्बन्धि एक दिने गोष्ठी सम्पन्न । रोशन कुमार मिश्र, महोत्तरी । २०८१ माघ ०३, बिहीवार महोत्तरी जिल्ला...
16/01/2025

जलेश्वरमा सुचनाको हक सम्बन्धि एक दिने गोष्ठी सम्पन्न ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ माघ ०३, बिहीवार

महोत्तरी जिल्ला जलेश्वर स्थित नेपाल पत्रकार महासंघ जलेश्वरको सभा हलमा मिडिया काउन्सिल मधेश प्रदेश , जनकपुरधामको आयोजना तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा मिडिया काउन्सिल मधेश प्रदेशको अध्यक्ष कैलाश दासको अध्यक्षतामा सुचनाको हक सम्बन्धि एक दिने गोष्ठी कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सुचना तथा संचार मन्त्री राजकुमार लेखि, बिशिष्ट अतिथी प्रदेश सभा सदस्य सुरिता साह, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, अतिथी जलेश्वर नगरपलिकाका मेयर सुरेश साह सोनार, मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल सहितको पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सुचनाको हकको महत्त्व, गोपनियताको हक र सुचनाको हक, सुचनाको हक प्रभावकारी औजारहरुको बारेमा छलफल आर टि आई फेडरेशनका मधेश प्रदेश उपाध्यक्ष, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राजेश कुमार कर्णले प्रशिक्षण दिएका थिए ।

काठमाडौँ महानगरपालिकामा स्थानीय भाषाको पाठ्यक्रम ।नेपाल भाषा शिक्षण काठमाडौँको 'पहिचान' र 'प्रतिष्ठा'सँग जोडिएको स्थानीय...
16/01/2025

काठमाडौँ महानगरपालिकामा स्थानीय भाषाको पाठ्यक्रम ।

नेपाल भाषा शिक्षण काठमाडौँको 'पहिचान' र 'प्रतिष्ठा'सँग जोडिएको स्थानीय भाषा भएकोले आधारभूत तहका लागि कार्यान्वयनमा ल्याएको महानगरपालिका उपप्रमुख सुनिता डंगोलको भनाइ रहेको छ ।

‘येँ देय् म्हसिके’ अर्थात् काठमाडौँलाई चिनौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत तहका लागि कार्यान्वयनमा ल्याएको स्थानीय भाषाको पाठ्यक्रम हो । नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। यही व्यवस्था कार्यान्वयन गर्दै नेपाल भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

जलेश्वरमा २७ औं भुकम्प सुरक्षा दिवस मनाइयो ।रोशन कुमार मिश्र/ राम पुकार साह । मुलुक टाइम्स जलेश्वरमा २७ औं भुकम्प सुरक्ष...
15/01/2025

जलेश्वरमा २७ औं भुकम्प सुरक्षा दिवस मनाइयो ।

रोशन कुमार मिश्र/ राम पुकार साह । मुलुक टाइम्स

जलेश्वरमा २७ औं भुकम्प सुरक्षा दिवस मनाइएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा भुकम्प सम्बन्धि कृत्रिम अभ्यास गरिएको छ। कार्यक्रम जिल्ला समन्वय समितिको उपप्रमुख नन्द महराको अध्यक्षता, जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

सन्दर्भ: १० औँ राष्ट्रिय योग दिवसकाठमाडौँ महानगरपालिकाको निरोधात्मक र प्रवर्धनात्मक स्वास्थ्य सेवा संचालमा ।राष्ट्रिय यो...
15/01/2025

सन्दर्भ: १० औँ राष्ट्रिय योग दिवस
काठमाडौँ महानगरपालिकाको निरोधात्मक र प्रवर्धनात्मक स्वास्थ्य सेवा संचालमा ।

राष्ट्रिय योग दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाको निरोधात्मक र प्रवर्धनात्मक स्वास्थ्य सेवा आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाले १० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म विहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग संगीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् । यस्तै, नसर्ने रोग सम्बन्धी कार्यशाला, बिज्ञहरुसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्श प्रवर्धनात्मक स्वास्थ्य सेवामा समेटिएका छन् ।
तस्बिर: सामाजिक सञ्जाल

15/01/2025

नोचा रिसोर्ट: जनकपुरधाम-१५, नोच (धनुषा)
प्रत्यक्ष सम्वाद: रामबाबु साह, संचालक

प्रस्तुति: रोशन कुमार मिश्र । मुलु टाइम्स

विश्वकप खेल्ने राष्ट्रका कप्तानहरूको सामुहिक फोटाे ।मलेसियाको क्वालालम्पुरमा जनवरी १८ मा सुरु हुने आइसिसि महिला टि२० ( I...
15/01/2025

विश्वकप खेल्ने राष्ट्रका कप्तानहरूको सामुहिक फोटाे ।

मलेसियाको क्वालालम्पुरमा जनवरी १८ मा सुरु हुने आइसिसि महिला टि२० ( ICC Women T20) विश्वकप अघि १६ राष्ट्रका कप्तानहरूको सामुहिक फोटाे ।

"मेयर कप" मधेश प्रदेश लिग फुटबल प्रतियोगिता जलेश्वरमा ।"मेयर कप" मधेश प्रदेश लिग फुटबल प्रतियोगिता यही माघ ५ गते देखी १३...
14/01/2025

"मेयर कप" मधेश प्रदेश लिग फुटबल प्रतियोगिता जलेश्वरमा ।

"मेयर कप" मधेश प्रदेश लिग फुटबल प्रतियोगिता यही माघ ५ गते देखी १३ गते सम्म महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर रंगशालामा संचालन हुने भएको छ ।

14/01/2025

संसदमा सम्बोधन: रमिता प्रधान, प्रदेश सभासदस्य । मधेश प्रदेश

सप्तरीको बरमझियामा छठम माघी महोत्सव ।सप्तरीको बरमझियामा छठम माघी महोत्सव सम्पन्न भएको छ । मधेश प्रदेशको मुख्यमन्त्री सति...
14/01/2025

सप्तरीको बरमझियामा छठम माघी महोत्सव ।

सप्तरीको बरमझियामा छठम माघी महोत्सव सम्पन्न भएको छ । मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंह माघी महोत्सव समिति बरमझिया सुव्वाटोल सप्तरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथिकोको रुपमा सहभागिता जनाएको छ ।

14/01/2025

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०१, मंगलवार मधेशी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले स्थापन....

वृहत्तर जनकपुरका पुर्वनिर्देशक बलराम ठाकुर पक्राउ !वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पुर्व निर्देशक बलराम ठाकुर ठगी ...
14/01/2025

वृहत्तर जनकपुरका पुर्वनिर्देशक बलराम ठाकुर पक्राउ !

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पुर्व निर्देशक बलराम ठाकुर ठगी प्रकरणमा पक्राउ परेका छन् ।

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको हो ।
स्रोत: सामाजिक सञ्जाल

Address

Pulchowk
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Muluk Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Muluk Times:

Videos

Share