हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाका महिला स्वयम् सेवकहरुको पोशाक भत्ता , प्रोत्साहन भत्ता तथा भिटामिन ए खुवाएको भत्ता अनियमितता भएको समाजिक सञ्जालमा आएको समाचार निराधार , कपोकल्पित , भ्रमित रहेको स्वास्थ्य शाखा ,हरिनगर गाउँपालिका सुनसरीले जनाएको छ ।
हरिनगर गाउँपालिका,स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले वास्तविकता नबुझि होचुवाको भरमा आरोपहरु लगाएको , जनतामा भ्रम सृजना गर्न खोजिएको बताउँदै सम्बन्धित निकायमा आएर वास्तविक बुझि मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।
सहकारी संस्थाहरुमाथि कडा निगरानी , अटेर गरे संस्थानै खारेज हुने चेतावनी
निक्षेप तथा बचतकर्ताहरुको व्यापक गुणासाहरु आउन थाले पछि हरिनगर गाउँपालिकाले सहकारी संस्थाहरु प्रति निगरानी बढाएका छन् । हरिनगर गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुको लेखा परीक्षण तथा साधारण सभा चुस्त दुरुस्त राख्नका लागि म्याद गुजारेर बसेका सहकारीहरुलाई ७ दिन भित्र लेखा परीक्षण तथा साधारण सभा सम्पन्न गरेको अभिलेख बुझाउन ताकेता गरेका छन् । हरिनगर गाउँपालिका भित्र रहेका जम्मा ३३ वटा सहकारी संस्थाहरु मध्ये एउटा संस्था खारेजीमा परेका छन भने १७ वटा सहकारी ऐन अनुसार म्याद भित्र लेखा परिक्षण तथा साधारण सभा सम्पन्न गरेको नियमित बुझाउदै आएका छन् । ताकेता मा परेका १५ वटा सहकारी संस्थाहरु मध्ये ७ दिनको म्याद भित्र २ वटा संस्थाले लेखा परिक्षण तथा साधारण सभा अभिलेख बुझाएका छन्
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नं.९ को बबिया बजार देखि देवानगंज गाउँपालिकाको कप्तानगन्ज कौवाखोँज सम्मको बाटोलाई कालो पत्रे गर्ने ठेक्का गत वर्ष नै भुमि कन्स्टकसनले लिएर एक वर्ष विति सक्दा पनि काम नगरेको , सडकको अवस्था बिग्रेर खाल्डाखुल्डी भई जनतालाई आवत जावतमा निकै कठिनाई भई रहेको अवस्थामा इनरुवा वडा १०का जनताहरुले सडकको काम शुचारु गर्नका लागि आन्दोलित भई बाटो अवरोध गरेका छन् । साविक जल्पापुर गाविस हाल इनरुवा नगर पालिका वडा नं.१०का चन्द्रमुखि युवा समितिका सल्लाहकार अयुब मन्सुरी (सानो अयुव)को अगुवाईमा सो आन्दोलन गर्दै सडक अवरोध गरेको हो । सडकमै खाल्डो खनि बाँसले घेरा हालि आवत जावत रोकेको हो । चाँडो भन्दा चाँडो सडकको काम शुरु नगरे सम्म सडक अवरोध रहने हाम्रो आन्दोलन जारी रहने उनीहरुको भनाई रहेको छ ।
हरिनगर गाउँपालिका सुनसरीको वडा नं.१ र २को संयुक्त रुपमा रहेको भुटाहा बजारमा कृषि हाट बजार व्यवस्थित हुने भएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको विषेश पहलमा संघिय सरकारको बजेटबाट यो कृषि हाट बजार को व्यवस्थापन हुन लागेको हो । हरिनगर वडा नं.३ साविक गौतमपुर , वडा नं.४ साविक हरिनगरा , वडा नं.५ साविक बसन्तपुर र छिमेकी गाउँपालिका भोक्राहा नरसिंहको वडा नं.७ र ८ र इनरुवा नगरपालिका वडा नं.१० साविक जल्पापुर समेतका जनताहरुको हाटबजारको रुपमा रहदै आएको भुटाहा हाटबजार सप्ताहमा दुइ दिन शनिवार र मंगलवार लाग्ने गर्दछ । भुटाहा बजारको अव्यवस्थित रुपमा रहेको हाट बजार लाई अब पक्कि भवन बनाएर तल हाट बजार व्यवस्थित गर्ने र माथिल्लो तल्लामा सुपर मार्केट बनाएर बजार विस्तार गर्ने योजना अनुसार डिपिआर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्
हरिनगर गाउँपालिकाले न्यायिक समितिलाई चुस्तदूरुस्त र प्रभावकारी बनाउनका लागि वडा स्तरमै मेलमिलाप केन्द्रको स्थापना गर्ने निर्णय गरेको छ । मेलमिलाप केन्द्रको मेलमिलाप कर्ताहरुको अध्यावधिक गरि प्रत्येक वडामा ३ सदस्यीय मेलमिलाप समिति गठन गरि वडास्तरमै साना तिना मुद्दाहरुको निरक्यौल गर्ने व्यवस्था गर्न थालेको हो ।
सुनसरीको इनरुवा नगरपालिका वडा नं.१० मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समाजिक संस्था चन्द्र सुर्य युवा समितिको आयोजना इनरुवा नगर पालिका वडा नं.१० को कार्यालय अगाडी रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्रदेश नंं१ का नेपाली काँग्रेस सँस्दीय दलका नेता तथा केन्द्रिय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा इनरुवा नगर पालिकाका नगर प्रमुख केदार भण्डारी , उपप्रमुख विनिता मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी , सो वडाका वडाध्यक्ष खलिल मन्सुरी , भु.पु वडाध्यक्ष सल्तान मियाँ , पुर्व जल्पापुर गाविस अध्यक्ष हाजी इशहाक मियाँ , स्थानीय माओवादी केन्द्रका नेता मुख्तार आलम ,समाजसेवी चिनेश्वर मेहता लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । आयोजक संस्था चन्द्रसुर्य युवा समितिका अध्यक्ष मो.नजीमले सो रक्तदान कार्
हरिनगर गाउँपालिका सुनसरीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी शैक्षिक गुणस्तरका लागि सामुदायिक , धार्मिक , गुठी विद्यालयहरुको अनुगमन ,निरीक्षण अभियानमा लाग्नु भएको छ । हरिनगर गा.पा. ७ को मदरसा कासमियाको पहिलो अनुगमनबाट शुरु गरेको यो अभियान अन्र्तगत हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँले हरिनगर गापा वडानं.६ स्थित हेलाल पब्लिक स्कुलको अनुगमन निरीक्षण गर्नु भएको छ । हरिनगर कै शिक्षा क्षेत्रमा फड्को मार्दै अति नै व्यवस्थित , गुणस्तरीय तथा सुविधा सम्पन्न यो विद्यालय यसै वर्ष देखि प्लस टुको पनि पठन पाठन शुभारम्भ गरेको छ ।
सरोकार बचत तथा ऋण सहकारी संस्था लि हरिनगर गाउँपालिका वडा नं.१ भुटाहा बजारको प्रेस सम्मेलन
हरिनगर गाउँपालिका सुनसरीको पहिलो कार्यकालमा अध्यक्ष हाजी गफार अन्सारी मियाले शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रको समग्र विकासका लागि सडक बाटो घाटोको आवश्यकतालाई महसुस गरी बहु वर्षिय योजना अन्तरगत ५ वर्षमा ४२ किलो मिटर कच्चि सडकलाई कालो पत्रे गर्ने योजना अनुसार हाल सम्म ३२ किलो मिटर कालोपत्रे सडक निर्माण भई सकेको छ र यस वर्ष बाँकी सडक कालो पत्रे हुने अवस्था रहेको छ । हरिनगर गाउँपालिकाको पुनः जनताको आपार माया पाएर पुनः निर्वाचित अध्यक्ष हाजी गफार अन्सारी मियाँले दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । यसैलाई मध्यनजर राख्दै पालिका अध्यक्ष अन्सारीले मदरसा कासमिया जो हरिनगर गाउँ पालिकाको वडा नं.७मा रहेको छ । सो मदरसाको अनुगमन ,निरीक्षण गर्नु भएको छ । शिक्षा क्षेत्रको विकासका लागि कटिबद्द रहेको समेत निरीक्षण प
हरिनग गाउँपालिका सुनसरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापालाई सम्मान गरी विदाई गरेको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी ,उपाध्यक्ष रिमझिम भगत , प्रमुख प्रशासकिय अधिकृत तुला थापा मगर लगायत सम्पूर्ण वडाध्यक्ष, वडासदस्य , कार्यपालिका सदस्यहरु , कर्मचारीहरु , नागरिक समाजको तर्फबाट हालै सुनसरी जिल्लाबाट सरुवा भई प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान विभागमा जान लाग्नु भएका प्रहरी उपरीक्षक थापालाई सम्मान गर्दै विदाई गरेको हो ।
कोशीमा भैसीं ब्लक विकास कार्यक्रम
इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नं–४ मा भैसीं ब्लक विकास कार्यक्रम अन्र्तगत भैंसी वितरण , पालनपोषण सामाग्री वितरण तथा सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । बिहिबार कोशी गाउँपालिका वडा नं–४ कटान क्षेत्रमा भैसीं ब्लक विकास कार्यक्रम,सामाग्री वितरण तथा सार्वजानिक सुनुवाई सम्पन्न भएको हो । उक्त कार्यक्रममा कोशी गाउँपालिकाका सात बटा वडाका किसानहरुले पचास प्रतिसत अनुदानमा भैसी,कुटी काट्ने मेसिन र औषधी दिएका थिए ।
धरान उपमहानगर पालिका सुनसरीको कार्यपालिका बैठकमा रस्साकस्सी
सुनसरीको कोशी गाउँपालिका वडा नं–४ मा भैसीं ब्लक विकास कार्यक्रम,सामाग्री वितरण तथा सार्वजानिक सुनुवाई सम्पन्न
राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको शुभजन्मोत्सवको उपलक्ष्यमा शुभकामना दिनका लागि नारा जुलुस साथ
वहाँको निजी निवास पुगे ।
मधेशी आयोगले सुनसरीको हरिनगर गाउँपालिका १ स्थित श्री बालकृष्ण मा।वि।मा नैतिकवान मधेश र नैतिक शिक्षामा आधारित लोकसेवा कक्षा तयारी अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । सो कार्यक्रमको सफलताको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ का प्रदेश प्रमुख र्पशुराम खापुँग========
मधेशी आयोगले सुनसरीको हरिनगर गाउँपालिका १ स्थित श्री बालकृष्ण मा.वि.मा नैतिकवान मधेश र नैतिक शिक्षामा आधारित लोकसेवा कक्षा तयारी अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । सो कार्यक्रमको सफलताको शुभकामना दिदै हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष श्री गफार अन्सारी .......
बुबाको प्रेरणाले राजनीतिमा आएको छु :डा. राजिक आलम (पूर्व मन्त्रि अफताव आलमका छोरा)
हरिनगर गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुला थापा मगरले स्वागत मन्तव्य दिनु भएको थियो
भिडियो ः ताविल अन्सारी