Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha

Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha community radio khandbari fm 105.8 Mhz khandbari-1 यस पेजसंग एकपटक हा?

यो रेडियो संखुवासभाको सदरमुकाम खाँदबारी १ दुरसंचार टोलमा अवस्थीत छ । १०५ थोप्ला ८ मेगाहर्ज बाट प्रसारण हुँदै आएको यस रेडियोले स्थानीय घटना तथा विषयबस्तुहरुलाई प्राथमिकताका साथ स्थान दिँदै आएको छ ।
थप जानकारीको लागि
कार्यलयको फोन नं : ०२९५६२५२०/०२९५६०५२१

दोस्रो तिनपोखरी कप चुलाचुली झापाको हातमा । संखुवासभा माघ १सङ्खुवासभाको खाँदबारीमा शुक्रबारबाट सुरु भएको दोस्रो “तीनपोखरी...
14/01/2025

दोस्रो तिनपोखरी कप चुलाचुली झापाको हातमा ।
संखुवासभा माघ १

सङ्खुवासभाको खाँदबारीमा शुक्रबारबाट सुरु भएको दोस्रो “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधी चुलाचुली फुटवल क्लव झापाले जितेको छ ।

आज भएको फाईनल खेलमा आयोजक तिनपोखरी युवा क्लवलाई हराउँदै चुलाचुलीले उपाधि जितेको हो ।
खेलकाे मध्यान्तर अगाडी एक गोल अन्तरले पछि परेको तिनपोखरीले हाफ टाईम पछि खेलको लयमा सुधार ल्याउँदै एक गोल फर्काउन सफल भएपनि खेलको करिव अन्तिम २० मिनेटमा चुलालुली झापाले एक गोल थप्दै एक का बिरद्ध दुई गोल बनाउन सफल भएको थियो ।

प्रतियोगिताको विजेता चुलाचुली फुटवल क्लव झापाले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ भने आयोजक तिनपोखरीले उप विजेता बन्दै नगद एक लाख १० हजार हात पारेको प्रतियोगिता संयोजक झलकलाल कुसुलेले जानकारी गराए।

14/01/2025

बि बि सि नेपाली सेवा

चैनपुर नगरपालिका स्तरीय आधारभूत तह (१-५)  हाजिरीजवाफ प्रतियोगिताको उपाधि आयोजक विद्यालय श्री बालविकास आधारभूत विद्यालय ल...
14/01/2025

चैनपुर नगरपालिका स्तरीय आधारभूत तह (१-५) हाजिरीजवाफ प्रतियोगिताको उपाधि आयोजक विद्यालय श्री बालविकास आधारभूत विद्यालय लामिचौर चैनपुर ७ लाई ।
सुरेन्द्र तामाङ ।
चैनपुर नगरपालिका वडा नं ७ मा रहेको श्री बालविकास आधारभूत विद्यालय लामिचौरको ३५ औं वाषिर्कोत्सव समारोह तथा अभिभावक दिवसको पुनित अवसरमा चैनपुर नगरपालिका स्तरीय अन्तर आ.वि. हाजिरीजवाफ प्रतियोगिता संचालन भएको थियोे । प्रतियोगितामा २८ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए भने प्रथम स्थान हासिल गर्न सफल श्री बालविकास आ.वि. चैनपुर ७ , द्दितिय स्थान हासिल गर्न सफल श्री सिंहेश्वरी आ.वि. ताङलेवा चैनपुर २, तृतीय स्थान हासिल गर्न सफल श्री सरस्वती आ.वि. भित्रे चैनपुर ९ र सान्त्वना स्थान हासिल गर्न सफल श्री बालज्योति आ.वि. सल्लेरी चैनपुर १० रहेको थियो । बिजेता विद्यालयहरुलाई क्रमशः प्रथम पुरस्कार रु.५,५५५ प्रमाणपत्र र मेडल , द्दितिय पुरस्कार रु.३,३३३ प्रमाणपत्र र मेडल , तृतीय २,२२२ प्रमाणपत्र र मेडल र सान्त्वना पुरस्कार रु.१,१११ प्रमाणपत्र प्रदान गरिएको थियो। उक्त कार्यक्रमको सभापति वि. व्य. स. अध्यक्ष प्रेमकुमार लिम्बू , प्रमुख अतिथी चैनपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष नगेन्द्र कार्की, विशिष्ट अतिथिको रुपमा चैनपुर नगरपालिका शिक्षा शाखा प्राविधिक सहायक केशव पोखरेल लगायतको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे भने सम्पुर्ण सहभागी विद्यालयलाई समेत सहभागी पुरस्कार स्वरूप रु.३०० समाजसेवि द्वय सुजय पौडेल र भिम बहादुर कंडेलद्वारा सौजन्य गरि प्रदान गर्नु भएको थियो ।।

13/01/2025

चिचिला सन्देश
२०८१ पौष २९ गते सोमबार

13/01/2025

हार्दिक निमन्त्रणा ।

13/01/2025

खाँदबारी हालखबर
२०८१ पौष २९ गते सोमबार

12/01/2025

"प्राण रक्षाको खोजीमा चिरखाङबासी" सरोकारवाला निकायहरुसँग छलफल कार्यक्रम चिरखाङको भविष्य के मितिः २०८१ पौष २८, आइतबार | स्थानः खाँदबारी नगरपालिकाको सभाहल
सहयोग:
मकाल गाउँपालिका कार्यालय
नुम, संखुवासभा
आयोजक:
नेपाल पत्रकार महासंघ
जिल्ला शाखा, संखुवासभा

SMS REQUEST SONG💌💌💌🎵🎵🎵With Suren Shakya💌💌💌🎵🎵🎵कार्यक्रम SMS REQUEST SONG मार्फत अब बज्ने गितका लागी घर परिवार आफन्त साथीह...
12/01/2025

SMS REQUEST SONG
💌💌💌🎵🎵🎵
With Suren Shakya
💌💌💌🎵🎵🎵
कार्यक्रम SMS REQUEST SONG मार्फत अब बज्ने गितका लागी घर परिवार आफन्त साथीहरुलाई सम्झन चाहानु हुन्छ वा साथी हरुलाई सन्देश पठाउन चाहानुहुन्छ भने हामीले Status upload गरे पछि हाम्रो फेशबुकको कमेन्ट बक्समा तपाईंको सुन्दर संदेश लेखी पठाउन सक्नुहुनेछ । हामी तपाईको अफन्त सम्म पुराउने कोसिस गर्ने छौ ।
यो कार्यक्रम सामुदायिक रेडियो खाँदबारी एफ़एम १०५.८ Mhz बाट हरेक दिन बिहाब १०:१० बजे देखि ११ बजे सम्म सुन्न सक्नु हुने छ ।
💌💌💌🎵🎵🎵
साथै हाम्रो अनलाईन सेवा सजिलोको लागी
#मोवाईल_एप्स
#हाम्रो_पात्रो
#डिजिटल_नेपाल
ेडियो
.8_mhz
कार्यक्रम Sms Request Song लाई प्रायोजन गर्नु हुने
मिडिया प्रेमी साथीहरू हुनुन्छ
____________________
यस कार्यक्रम लाई प्रायोजन गर्नु हुने
मिडिया प्रेमी साथीहरू हुनुन्छ
___________________________
1) श्रीराम दाहाल
चैनपुर नगरपालिका 11
लोहाकोट संखुवासभा
_______________
2) अनिता अधिकारी
धर्मदेबी नगरपालिका 5
कुन्ताङ संखुवासभा
_____________
3) सुजन कुलुङ राई
सिलिचुङ गाउँपालिका 1
सिसुवाखोला
बेसिन्दा संखुवासभा
_______________
4)चन्चली कुलुङ शर्मिला
साल्पासिलिछो गाउपालिका 4
खाटम्मा भोजपुर
_______________
5) सबिन पुलामी मगर
षडानन्द नगरपालिका 12
देउराली भोजपुर
________________
6) सुमित्रा पाख्रीन तामाङ
याकु भोजपुर
__________________
7) दिनेश मगर
खादबारी नगरपालिका 6
मयम संखुवासभा
__________________
8)शर्मिला पाख्रीन तामाङ
याकु भोजपुर
________________
9) कृष्ण घिसिङ तामाङ
हेलौछा भोजपुर
________________
10) घायल सुमित्रा तामाङ
याङपाङ भोजपुर
_________________
11) होमनाथ गौतम
पाचखपन नगरपालिका 8
पोख्राङ संखुवासभा
________________
12) सबिना गिरि
खादबारी संखुवासभा
________________
13) राज बिरही काईला
इटहरी 19 सुनसरी
________________
14)अनुराधा गुरुङ
चिचिला गाउपालिका 4
मस्त्यपोखरी संखुवासभा
_______________
15) स्काई आईडु
सुन्दर हरैचा 5 मोरङ
________________
16) प्रकाश प्रतीक कान्छा
मकालु संखुवासभा
___________________
17)अनलब सुजन थापा
षडानन्द नगरपालिका 12
देउराली भोजपुर
_________________
18) सुरज तामाङ
महालक्ष्मी नगरपालिका 5
धनकुटा
________________
19) शिशिर चन्चले
पाचखपन नगरपालिका 7
वाबुन संखुवासभा
______________
20) सुरज श्रेष्ठ
षडानन्द नगरपालिका 9
किमालुङ भोजपुर
_______________
लगायत सम्पुर्ण खादबारी एफएम लिसनर ग्रुप परिवार
www.kfm.com.np
प्रायोजन हाम्रो कार्यक्रम तपाई हरुको सुन्न नभुल्नु होला है।
मात्र सामुदायिक रेडियो खाँदबारी एफएम 105.8 मेगाहर्ज बाट।

Khandbari FM Community Radio 105.8 MHz Khandbari Municipality-1, Buddha Tole Sankhuwasava, Nepal Phone :+977-29-560520 Fax :+977-29-560521 E-Mail : [email protected] Website : www.kfm.com.np

08/01/2025

बैदेशिक रोजगारीका रमाईला कुरा अनी
प्रवासको पिडा सङ्गै परिवारको सम्झना
सात समुन्द्र पारीबाट
क्षितजपारी बाट यहाँ सम्मको निकटता
टाढा छैन अब हाम्रो सम्बन्धको सम्वाहक
कार्यक्रम सात समुन्द्र पारी..............................................
यो कार्यक्रम सामुदायिक रेडियो खाँदबारी बाट हरेक बुधवार बेलुका ८:५ देखी ८:४५ बजे सुन्न सक्नु हुने छ ।
यदी हामी सँग कुराकानी गर्न चाहानु हुन्छ भने हामी लाई फोन गर्नुहोस हाम्रो टेलिफोन नम्बर ०२९५६२५२० र स्काईप आईडि khandbari.fm1
सजिलोको लागी मोवाईल एप्स
हाम्रो पात्रो
नेपाली पात्रो
डिजिटल नेपाल
अल एफ एम रेडियो र बाट पनि सुन्न
सक्नुहुनेछ ।
साथै फेशबुक लाईभको लागी : www.facebook.com/fmkhandbari

08/01/2025

खाँदबारी हालखबर
२०८१ पौष २४ गते बुधवार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सङ्खुवासभाको अध्यक्षमा गायक नविन दाहाल ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ...
07/01/2025

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सङ्खुवासभाको अध्यक्षमा गायक नविन दाहाल ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सङ्खुवासभाको अध्यक्षमा गायक नविन दाहाल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न प्रतिष्ठानको पहिलो अधिबेसनबाट दाहालको अध्यक्षतामा १५ सदस्यीय समिती चयन भएको हो ।
खाँदबारीको होटल होराईजनमा भएको अधिबेशनबाट प्रथम उपाध्यक्षमा सुमन राई, द्वितिय उपाध्यक्षमा साजन राई, महिला उपाध्यक्षमा ईन्द्रा गुरुङ चयन भएका छन् । त्यस्तै प्रतिष्ठानको सचिवमा अनुप चापागाई, कोषाध्यक्षमा सुर्य कोरङ्गी (रीता), सहसचिबमा सुरेन शाक्य र सहकोषाध्यक्षमा आशा अस्मी राई सर्वसम्मत चयन भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य रमेश आचार्यको प्रमुख आतिथ्यतामा भएको अधिबेसनमा कोशी प्रदेश संयोजक रोम घिमिरे, सचिब शुशिल भट्टराई र सदस्य भोलामान गुरुङको उस्पथीती रहेको थियो । प्रतिष्ठानको पहिलो बैठकले थप सदस्यहरु मनोनित गर्ने र सल्लाहकार समिती गठन गर्ने नवगठित समितीका अध्यक्ष दाहालले बताए ।

संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६: ५० बजेको समयमा चिनको तिव्बतलाई केन्द्र बिन्दु बनाएर ७ रेक्टरको भुकम्प...
07/01/2025

संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६: ५० बजेको समयमा चिनको तिव्बतलाई केन्द्र बिन्दु बनाएर ७ रेक्टरको भुकम्प गएको हो । यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। थप विवरण आउन बाँकी ।

06/01/2025

जनकल्याण युवा क्लवको खेलमैदान उद्घाटनको अवसरमा
खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८१ ।

06/01/2025

नेपाल तामाङ घेदुङ भाेटखाेला गाउकमिटि भाेटखाेला कार्य समितिकाे आयाेजनामा खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतयाेगिता र सांस्कृतिक कार्यक्रम माघ १३ गतेबाट ।

माघ २६ देखि तिनपोखरी कप हुने ।खेलकुद, संस्कृति र पर्यटन, सम्बुद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ संखुवासभा खाँदबारी...
06/01/2025

माघ २६ देखि तिनपोखरी कप हुने ।
खेलकुद, संस्कृति र पर्यटन, सम्बुद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ संखुवासभा खाँदबारी स्थीत तिनपोखरी समाज बिकास क्लवले सदरमुकाम खाँदबारीमा दोश्रो तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिताको आयोजना गर्नेभएको छ ।
आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै क्लवका अध्यक्ष मिनेश चापागाईंले पौष २६ गते देखि माघ १ गते सम्म फुटवल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । ३ बिभागिय सहित ८ टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २ लाख २५ हजार, दितिय हुने टिमले १ लाख १० हजार र तृतिय हुने टिमले नगद रु २५, २५ हजार र धिागत पुरस्कार २० हजार प्राप्त गर्ने तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिताको खेल संयोजक झलक कुशुलेले जानकारी दिनुभयो ।
कार्यक्रममा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख टिका गौली, लगायत जिल्ला स्थीत बिभिन्न क्लवहरुका अध्यक्ष तथा प्रतिनिधीहरु र संचारकर्मीहरुको उपस्थीति रहेको थियो । संखुवासभाको खेलकुदको क्षेत्रमा क्रियाशिल तिनपोखरी समाज बिकास क्लवले बिभिन्न दातृ निकाय र खेलप्रेमीहरुको सहयोगमा जिल्ला स्तरिय बिभिन्न प्रतियोगिताहरु बिगत लामो समयदेखि संचालन गर्दैआईरहेको क्लवका अध्यक्ष मिनेश चापागाईले जानकारी दिनुभयो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले खेल क्षेत्रले जिल्लाको पर्यटन प्रवर्धन र खेलाडी उत्पादनमा योगदान पुर्याईरहेको र त्यसले जिल्लाको खेल क्षेत्र र खेलाडीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा जिल्लाको समग्र पहिचान दिलाईरहेको धारणा राख्नुभएको थियो । खेलकुदको बिकास प्रचारप्रसार, जिल्लाको बिकास निर्माण, समाजको सकारात्मक रुपान्तरणका लागि संखुवासभाका पत्रकारहरुले बिगतदेखि नै महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको भन्दै खेलको शुरुआति चरण देखि समापन सम्म नै प्रचारप्रसारको क्षेत्रमा सकेको योगदान दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
तस्विर : भबिन कार्की

Address

Khandbari-1 Dursanchar Tole Sankhuwa Sabha
Khandbari
00977

Alerts

Be the first to know and let us send you an email when Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha:

Videos

Share

Our Story

यो रेडियो संखुवासभाको सदरमुकाम खाँदबारी १ बुद्दटोल मा अवस्थीत छ । १०५ थोप्ला ८ मेगाहर्ज बाट प्रसारण हुँदै आएको यस रेडियोले स्थानीय घटना तथा विषयबस्तुहरुलाई प्राथमिकताका साथ स्थान दिँदै आएको छ । थप जानकारीको लागि कार्यलयको फोन नं : ०२९५६०५२०/५२१