Book Hill

Book Hill Book Hill is a finest publishing house in nepal.

https://shilapatra.com/detail/152328
15/01/2025

https://shilapatra.com/detail/152328

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको पुस्तक 'मुटुको कथा' लोकार्पण भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमम...

https://ekantipur.com/literature/2025/01/14/cardiologist-dr-kojus-heart-story-is-public-50-40.html?fbclid=IwY2xjawHzd7Bl...
14/01/2025

https://ekantipur.com/literature/2025/01/14/cardiologist-dr-kojus-heart-story-is-public-50-40.html?fbclid=IwY2xjawHzd7BleHRuA2FlbQIxMQABHc4Ap7VAbqnbbUyO8KS6c-tJvGRIjBQuRXx4ePlOyDyo5r64ZQd4vTR7CQ_aem_ae7X5nfiUb0NwjjDt1j38Q

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष.....

14/01/2025

काठमाडौं । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ लोकार्पण भएको छ। आज राजधानीमा आयोजित कार्य....

https://www.onlinekhabar.com/2025/01/1604834/why-smoke-cigarettes-that-cause-such-pain?fbclid=IwY2xjawHzPX1leHRuA2FlbQIx...
14/01/2025

https://www.onlinekhabar.com/2025/01/1604834/why-smoke-cigarettes-that-cause-such-pain?fbclid=IwY2xjawHzPX1leHRuA2FlbQIxMQABHbLfnhnLhE558EzPq8bO5IxW1H3OONlkEUUk7vN-Lhq98tMocNiOBdparg_aem_OSJ73sg2wf3k-Om1j8NRjw

१ माघ, काठमाडौं । एक्कासि छातीको पीडा सहन नसकेर राति नै ल्याइनुभएकी मैनाको इसिजी र रगतको रिपोर्टबाट हृदयाघात भएक.....

मुटुको कथा सार्वजनिकमुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको पुस्तक 'मुटुको कथा' लोकार्पण भएको छ ।आज राजधानीमा आयोजित कार्य...
14/01/2025

मुटुको कथा सार्वजनिक

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको पुस्तक 'मुटुको कथा' लोकार्पण भएको छ ।
आज राजधानीमा आयोजित कार्यक्रममा डा. सन्दुक रुइत, डा. भगवान् कोइराला, डा. रामकण्ठ माकजु, हरिवंश आचार्य, डा. स्मृति शाक्य र लेखक कोजुले संयुक्तरूपमा लोकार्पण गरेका हुन् ।
पुस्तकमाथि बोल्दै कलाकार हरिवंश आचार्यले भन्नुभयो, "म स्कूलमा सबैभन्दा नपढ्ने मान्छेले जीवनभर पुस्तक पढेर बिताएको छु । हाम्रो मुटुलाई स्वस्थ राख्न सिकाउने जीवनशैलीजस्तै यो पुस्तक सबैले पढ्नुभयो भने हाम्रो आफ्नै कल्याण हुनेछ ।"
पुस्तकमाथि टिप्पणी गर्दै डा. भगवान् कोइरालाले भन्नुभयो, "म पनि मुटुको डाक्टर भएर यस्तो किताब लेख्न सकिनँ । मैले भोगेका र उपचार गरेका कथा जस्तै कथा यो किताबमा छन् । किताब लेख्नु आफैंमा पुण्य काम हो । यो किताब लेख्नुमात्रै होइन; पढ्नु पनि पुण्य नै कमाउनु हो ।"
पुस्तकले हाम्रो जीवनशैली र खानपानलाई सन्तुलनमा राख्न सक्यौं भने मुटु जोगाएर दीर्घजीवी बन्न सकिने अर्का वक्ता मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यले बताउनुभयो ।
"मुटुको कथाले हाम्रो मुटु स्वस्थ भयो भने मात्रै हाम्रो जीवन स्वस्थ हुन्छ । यो व्यवहारिक पुस्तक हो । सबैका निम्ति पठनीय छ ।", अर्का अतिथि डा. सन्दुक रुइतले भन्नुभयो ।
त्यस्तै, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले यस पुस्तकले हामीलाई स्वस्थ रहन सधैं झकझकाइरहने बताउनुभयो ।
कार्यक्रममा लेखक डा. राजेन्द्र कोजुले आफूले पढेका, देखेका, भोगेका र उपचार गरेका बिरामीका कथालाई किताबमा बुनेको तथा यी कथाले कतै न कतैबाट मानव कल्याणमा सहयोग गर्ने बताउनुभयो ।
बुकहिल पब्लिकेशनले प्रकाशन गरेको २४० पृष्ठको सचित्र किताबको मूल्य ५०० रुपैयाँ रहेको छ ।

जीवनोपयोगी एउटा किताब 'मुटुको कथा'को लोकार्पण समारोहमा हार्दिक निम्तो !😀
11/01/2025

जीवनोपयोगी एउटा किताब 'मुटुको कथा'को लोकार्पण समारोहमा हार्दिक निम्तो !😀

सावर्णि विमर्श कार्यक्रम बुटवलमा हुँदै ।आसपासका सबैलाई हार्दिक निम्तो !
08/01/2025

सावर्णि विमर्श कार्यक्रम बुटवलमा हुँदै ।
आसपासका सबैलाई हार्दिक निम्तो !

भृकुटीमण्डपमा जारी पुस्तक मेलामा पुस्तक हस्ताक्षरका लागि हाम्रा ३ लेखक एकसाथ आउँदै हुनुहुन्छ ।शनिबार दिउँसो १-४ बजेसम्म ...
03/01/2025

भृकुटीमण्डपमा जारी पुस्तक मेलामा पुस्तक हस्ताक्षरका लागि हाम्रा ३ लेखक एकसाथ आउँदै हुनुहुन्छ ।
शनिबार दिउँसो १-४ बजेसम्म । भेटौंला ।
Mohan Mainali Ramesh Ksh*tij Shreedhar Khanal

सबै लेखक, पाठक, विक्रेता एवम् समस्त अध्येताहरूमा इस्वी संवत् २०२५ को हार्दिक शुभकामना !२०२५ का हाम्रा प्रकाशनहरू अझै परि...
01/01/2025

सबै लेखक, पाठक, विक्रेता एवम् समस्त अध्येताहरूमा इस्वी संवत् २०२५ को हार्दिक शुभकामना !
२०२५ का हाम्रा प्रकाशनहरू अझै परिष्कृत, स्तरीय र पठनीय रहनेछन् ।
२०२४ को मायाका लागि आभार !

28/12/2024
आफ्नो मुटुलाई जति माया गर्नुहुन्छ, यो किताबलाई पनि त्यत्तिकै माया गर्नुहोला ।बुकहिलको नयाँ सदस्य ।अब केही दिनमा बजारमा ।
27/12/2024

आफ्नो मुटुलाई जति माया गर्नुहुन्छ, यो किताबलाई पनि त्यत्तिकै माया गर्नुहोला ।
बुकहिलको नयाँ सदस्य ।
अब केही दिनमा बजारमा ।

नम्र निवेदन :बुकहिल पब्लिकेशन प्रा.लि. एक दशकदेखि नेपाली साहित्यिक पुस्तक प्रकाशनमा काम गरिरहेको संस्था हो । यस संस्थाको...
27/12/2024

नम्र निवेदन :

बुकहिल पब्लिकेशन प्रा.लि. एक दशकदेखि नेपाली साहित्यिक पुस्तक प्रकाशनमा काम गरिरहेको संस्था हो । यस संस्थाको नीतिभन्दा बाहिर गई हामीले नेपालका प्रसिद्ध लेखक, पाका पत्रकार तथा साहित्यपोस्टका संस्थापक तथा प्रधानसम्पादक अश्विनी कोइरालाको अनुरोधमा अमेरिका निवासी इन्जिनियर लेखक सुनील कुमार झाको किताब 'देशको पीडा, परदेशको पीर' मुद्रण गर्ने जिम्मा लिएका थियौँ र त्यसको लागत मूल्य स्वयम् लेखकले बेहोर्नुभएको हो ।
जम्मा ५०० सय हार्डकभर र २५०० पेपरब्याक किताब मुद्रण गरी ल्याउने समय गुज्रेकाले थप समय लेखकज्यूसँग मौखिक र मेल मार्फत मागेका पनि थियौं । अस्तिको कृसमसको विदाका कारणले लेखकले दिएको अन्तिम २ दिन गुज्रियो ।
हिजो अचानक अश्विनी कोइरालाज्यू प्रकाशक र सम्पादक रहेको 'साहित्यपोस्ट' अनलाइनमा अतिरन्जनापूर्ण समाचार देख्दा हामी मर्माहत भएका छौँ ।
काम गर्दै जाँदा हामीबाट विशेष गरी यसको अध्यक्षको नाताले म भूपेन्द्र खड्काबाट गल्ती भएकै हो । यसबारेमा लेखकज्यूलाई पनि जानकारी गराएको पनि छु । आज लेखक सुनील कुमार झाको कलंकीस्थित घरमा उहाँका नातेदारलाई पुस्तक बुझाई अमेरिका निवासी लेखकलाई जानकारी गराइसकेको छु र उहाँले इमेलमार्फत आफन्तले पुस्तक प्राप्त गरिसकेको जानकारी मलाई दिइसक्नुभएको छ ।
हिजोको समाचारले म व्यक्तिगतरूपमा भूपेन्द्र खड्का र बुकहिल पब्लिकेशनलाई पुगेको क्षतिको कुनै मूल्य आँक्न नसकिएला ।
मैले व्यक्तिगतरूपमा पनि अश्विनीजीलाई फोन गरी सबै बताएको छु र उहाँबाटै शुरु भएको विषय भएकोले उहाँबाटै अन्त होस् भन्ने पनि चाहन्छु । म सधैंभरि दाजुभाइ र भाइचाराको सम्बन्धलाई स्थापित गरी समाजमा बसिरहेकोले मभन्दा अनुभवी र विद्वान् अश्विनीजीले मेरो मर्म बुझिदिनुहुनेछ । अझै बुकहिल उहाँकै आफ्नै प्रकाशन गृह पनि हो ।
संसारभर सेल्फ पब्लिसिङ र फन्डिङमा किताब मुद्रण भए पनि हामीले साथीभाइलाई सहयोगबाहेक अन्य यस्ता प्रकारका प्रकाशन नगरेको जानकारी पनि गराउँदछौं ।
हिजोको समाचारपछि फोन, मेसेज, इमेल र अन्य माध्यमबाट सद्भाव राख्दै जानकारी लिनुहुने सम्पूर्ण लेखक, प्रकाशक, पाठक र शुभचिन्तकप्रति आभार व्यक्त गर्दछौँ ।
आगामी दिनमा पनि हामी नेपाली लेखकका गुणस्तरीय पुस्तक प्रकाशन गरी नेपाली साहित्यको स्तरोन्नतिमा सदा लागिरहनेछौँ ।
यो घटनाले म व्यक्तिगत भूपेन्द्र खड्काको जीवनमा ठूलो पाठ सिकाएको र आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता जाहेर गर्दछु।
पुनश्च : म भूपेन्द्र खड्का आफ्ना जीवनका सारा काम; रेडियो पत्रकारिता, सृजनात्मक लेखकलगायतका पेशा परित्याग गरी पुस्तक प्रकाशनमा आजीवन लागेकोले पनि म निकै मर्माहत भएको छु ।
बुकहिल पब्लिकेशनभित्रका लेखकज्यूहरूका समस्या, गुनासा वा सल्लाह-सुझाव पक्कै छन् । मसँग संवाद आउनुहुन सविनय अनुरोध गर्दछु ।
सबैको भलो होस् । सबैको जय होस् ।

- भूपेन्द्र खड्का
अध्यक्ष
बुकहिल पब्लिकेशन प्रालि

हाम्रो अबको प्रकाशन'मुटुको कथा' ।जनवरी पहिलो सातादेखि बजारमा !प्रतीक्षा गर्नुहोला ।
21/12/2024

हाम्रो अबको प्रकाशन
'मुटुको कथा' ।
जनवरी पहिलो सातादेखि बजारमा !
प्रतीक्षा गर्नुहोला ।

गीतको कथाले मागेको किताब - अन्तर !पढ्नुभयो ?
19/12/2024

गीतको कथाले मागेको किताब - अन्तर !
पढ्नुभयो ?

Address

Satya Sadan 530/20 Kalika Marga, Kalikasthan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Book Hill posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Book Hill:

Videos

Share

Category