Naya Naya kura

Naya Naya kura Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naya Naya kura, Social Media Agency, Kathmandu.

पाथी भरा आमा को जय♥️🙏आज शुक्रबार सबैको दिन शुभ रहोस् |
01/11/2024

पाथी भरा आमा को जय♥️🙏
आज शुक्रबार सबैको दिन शुभ रहोस् |

28/10/2024

नेपाली चेली खेलाडी हरु प्रती माया ♥️🌹🎈

28/09/2024

देश भरी ठूलो पानी परिरहेको हुनाले सबैजना सचेत रहनु होला🥲

06/09/2024

तीजको सुरुआत प्रशंगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरेका कारण खुसी भएर महादेवले विवाह गरेको आख्यान जोडिएको छ। त्यसकारण यो पर्व पतिको दीर्घजीवन वा असल पति प्राप्तिको एउटा परम्परागत पर्व बनेको छ। जेजस्तो प्रशंगबाट यो सुरु भए पनि असल पति वा पत्नीको परिकल्पना सबैभन्दा पुरानो संस्था विवाहसँग जोडिएको छ। हिन्दू नारीहरूको धार्मिक ,सांस्कृतिक र सामाजिक पर्वको रूपमा परापूर्व काल देखि मनाउँदै आएको महान पर्व हो ।
परम्परा, संस्कृति, संस्कार, रीतिरिवाज हाम्रा अमूल्य गहना हुन् जसले समाजलाई जोडिरहन मद्दत गर्छ भने स्वार्थीपन र एकांकीपन चिर्न सघाउँछ। एक्लिँदै र खण्डित हुँदै गएको समाजलाई जोड्ने तत्वको काम गर्छन् यस्ता परम्पराले। कतिपयले तीज मनाउने महिलाको स्वतन्त्रतालाई लिएर कटु शब्दमा आलोचना पनि गर्ने गरेका छन्, जुन अधिकतर पुरुषवादी सोचबाट प्रेरित देखिन्छ। तर, यति भन्दाभन्दै पनि तीजमा बजार र उपभोक्तावादको बढ्दो प्रभावलाई भने वेवास्ता गर्न मिल्दैन। परम्पराका नाममा फजुल खर्च, सामाजिक, आर्थिक हैसियतमा प्रतिस्पर्धी झल्को देखिने खालका अस्वाभाविक क्रियाकलापप्रति भने सचेत हुनैपर्छ।

हरितालिका_तीज को पावन अवसरमा सम्पूर्ण हिन्दु नारीहरू प्रति हार्दिक मङ्गलमय शुभकामना🌹

05/09/2024

आफूलाई सम्मान गर्नी मान्छे सित झुक्नु पर्छ
ठूलो पल्टिनी सित हैन ❤️🙏🥀
Good night 🌆

05/09/2024

आमा ❤️🙏

जय शम्भु :आज बिहिबार पसुपती नाथ ले सबैको रक्षा गरुन🇳🇵❤️
05/09/2024

जय शम्भु :आज बिहिबार पसुपती नाथ ले सबैको रक्षा गरुन🇳🇵❤️

पाथीभरा आमा की जय ❤️🇳🇵आज बुधबार सबैको दिन शुभ रहोस् ♥️🙏
04/09/2024

पाथीभरा आमा की जय ❤️🇳🇵
आज बुधबार सबैको दिन शुभ रहोस् ♥️🙏

03/09/2024

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू काे followers घट्न थालेको छ🤔

आखीर कारण के रैछ ??

मेयर B***n काे प्रधानमत्री लाई प्रश्न??वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी ...
01/09/2024

मेयर B***n काे प्रधानमत्री लाई प्रश्न??

वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।

कहिले समाउने ?? कि नसमाउने ??

हाम्रो तिर झरी परेको अवस्था 😲🤗🙏
01/09/2024

हाम्रो तिर झरी परेको अवस्था 😲🤗🙏

बधाइ छ wow: प्रकाश तामाङले भोजपुरबाट नेपाली नागरिकता पाएका छन् !😲❤️🇳🇵
01/09/2024

बधाइ छ wow: प्रकाश तामाङले भोजपुरबाट नेपाली नागरिकता पाएका छन् !😲❤️🇳🇵

चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका ...
30/08/2024

चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने ।

छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :

“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।

मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।

पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।

हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।

प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !

प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।

गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।

अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !

अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।

उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।

हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो - मिलेन ।

पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।

तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।

बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।

केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।

उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।

म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “

- छेतेन दोण्डुप

साभारः NEB Results And NewsGood News: हराएका वर्षहरूका प्रकाशलाई उनका साहूले पारिश्रमिकस्वरूप कम्तीमा १० लाख दिने भएका छ...
29/08/2024

साभारः NEB Results And News

Good News: हराएका वर्षहरूका प्रकाशलाई उनका साहूले पारिश्रमिकस्वरूप कम्तीमा १० लाख दिने भएका छन्। ❤️

P.S. यो कुरा साहूले चुम्नुब्री गाउँपालिकाका अध्यक्षसँग बताएका हुन् भने उक्त गाउँपालिकाले पनि १ लाख दिने भएको छ।

ऊँ गणेशाय नम: आज मंगलबार सबैको दिन शुभ रहोस् शुभ दिन
27/08/2024

ऊँ गणेशाय नम: आज मंगलबार सबैको दिन शुभ रहोस् शुभ दिन

श्री कृष्ण भन्नुहुन्छ ," धैर्यता राख्नुहोस जीवनमा सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थिति बाट गुज्रिनु पर्ने...
26/08/2024

श्री कृष्ण भन्नुहुन्छ ," धैर्यता राख्नुहोस जीवनमा सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थिति बाट गुज्रिनु पर्ने हुन्छ

❤️Happy krishna janmashtami ❤️
🥀♥️🥀

Facebook बाट साभार छोरी मान्छेको जीवन बुझ्ने मान्छेको हातमा परे रानी नत्र खरानी 😥  धेरै को सपना को देश USA ज्वाइँ USA छ ...
23/08/2024

Facebook बाट साभार

छोरी मान्छेको जीवन बुझ्ने मान्छेको हातमा परे रानी नत्र खरानी 😥


धेरै को सपना को देश USA

ज्वाइँ USA छ भन्दै छोरीकाे बिहे गरिदियौं आमा ज्वाइँ धनी पनि थिएँ तर ज्वाइँ मनकारी अनि दया माया नभएका थिएँ 🥺
कति दुख्ख गरी पढायौं तिम्ले Nurse बनायौं अनी बिरानो ठाउँमा ज्वाइँ काे भर मा America पठायौं तर के पायौं आमा आज छोरि काे मुख देख्न नी पाइनौ जुन ज्वाइँ काे भर मा पठायौं तर तेहि ज्वाइँ ले तिम्रो काख रित्तायो 💔
एउटा नाबालिका 1 वर्ष काे छोरी काे आमा मार्यो 🥺
छोरी लाई जन्म दिनकाे उपहार उसले उसको आमा काे ढलेको शरीर दियो 🥺
त्यो सानी छोरी ले आमा भन्ने शब्द भन्नै नपाउँदा उसको बाउ ले आमा लाई संसार बाट बिदा गरिदियो 💔
22 दिन सम्म खोज्दा नि नभेटेको काे body प्रहरीले आज उनकै घर पछाडि गाडेको भेटाए
जसलाई सबै थोक सोचेर आइन् आज त्यसैले उनको हत्या गर्यो 💔
🙏💔
🥺💔

Breaking Sad: तनहुँको आबुखैरेनीमा बस दुर्घटनामा अहिलेसम्म 14 जनाको शव निकालिएको छ ।😢Pic: Aarif Miya
23/08/2024

Breaking Sad: तनहुँको आबुखैरेनीमा बस दुर्घटनामा अहिलेसम्म 14 जनाको शव निकालिएको छ ।😢

Pic: Aarif Miya

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Naya Naya kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share