Saroj Baniya - सरोज बानियाँ

Saroj Baniya - सरोज बानियाँ Youth Activist | Entrepreneur | IT Professional | Event Manager Youth Activist & Digital Marketing Expert

मैले कहिल्यै सोचेको थिइनँ, नेपाल यति परनिर्भर बन्न सक्छ भनेर! जाग युवा, उठ युवा...... ✅ नेपालमा विदेशी प्रयोग यति धेरै क...
07/10/2025

मैले कहिल्यै सोचेको थिइनँ, नेपाल यति परनिर्भर बन्न सक्छ भनेर! जाग युवा, उठ युवा......

✅ नेपालमा विदेशी प्रयोग यति धेरै किन?
✅ गुट–उपगुटका नाममा सधैं टुक्रिएका समूह किन सक्रिय छन्?
✅ संघ–संस्थाका नाममा विदेशी एजेन्टहरू किन फैलिरहेका छन्?
✅ हरेक १५–२० वर्षमा व्यवस्था परिवर्तनको नाममा आन्दोलन किन?

अब प्रश्न उठ्छ —
✅ के Gen Z ले साँच्चै नेपाललाई माया गर्छ?
किन उनीहरूले आफ्नो वास्तविक एजेण्डा सार्वजनिक गर्दैनन्?

👉 असली Gen Z ले कहिल्यै पनि विदेशीको गोटी बन्नु हुँदैन।

अब समय आएको छ — स्वाभिमानी, स्वदेशी सोचका साथ नयाँ नेपाल निर्माण गर्ने! 🇳🇵

#स्वाभिमानीयुवा

✨ Happy Dashain 2082!  बडा दशैं २०८२ को शुभकामना! ✨Wishing you joy, peace, prosperity, and togetherness with your loved ...
01/10/2025

✨ Happy Dashain 2082! बडा दशैं २०८२ को शुभकामना! ✨

Wishing you joy, peace, prosperity, and togetherness with your loved ones this festive season. 🌸🌿

यो विजयादशमीले सबैमा खुशी, शान्ति, समृद्धि र एकताको भावना ल्याओस्। 🌸🌿

#बडादशैं

03/09/2025
03/09/2025

YOUR AGE IS YOUR EVOLUTION:

Age 25 – Curiosity
Age 26 – Risk
Age 27 – Grounding
Age 28 – Focus
Age 29 – Trust
Age 30 – Vision
Age 31 – Flow
Age 32 – Drive
Age 33 – Boldness
Age 34 – Stability
Age 35 – Self-awareness
Age 36 – Refinement
Age 37 – Alignment
Age 38 – Self-respect
Age 39 – Direction
Age 40 – Ownership
Age 41 – Influence
Age 42 – Peace
Age 43 – Self-acceptance
Age 44 – Contribution
Age 45 – Depth
Age 46 – Mastery
Age 47 – Contentment
Age 48 – Inner power
Age 49 – Legacy building

#सरोजबानियाँ

😢 हामी विश्वका हरितन्नम् गरिब मुलुकमध्ये ७औं नम्बरमा! अब के भन्नु? 🤔 बधाई 🎉 कि शोक 😔?👔 केही नेता, 💼 साहूमहाजन, 🤝 बिचौलिय...
03/09/2025

😢 हामी विश्वका हरितन्नम् गरिब मुलुकमध्ये ७औं नम्बरमा! अब के भन्नु? 🤔 बधाई 🎉 कि शोक 😔?

👔 केही नेता, 💼 साहूमहाजन, 🤝 बिचौलिया, 🕴️ माफिया, 💰 कालाबजारी र 📝 भ्रष्ट कर्मचारीलाई त यसले के नै फरक पार्छ र?

👉 उनीहरूको जीवन त कुबेरको खजाना जस्तै विलासीमै छ।

३ दशकदेखि 🇳🇵 देश र जनतालाई गरीबीको दलदलमै थुन्ने यिनै तत्व हुन्। तर जनताले त अझै पनि 🙌 ठगको जयजयकार गरिरहेकै छ!

🪓 चोरलाई हटाएर ठगलाई पुज्दा यो राष्ट्रको नियति यही बनिरहेको छ।

🔥 घाम लाग्ने दिन कहिले आउला जनताको घैटोमा? 🌞

मिसन ८४ युवाहरु तयार रहनुहोला है !

इम्बोस्ड नम्बरप्लेट जडानको लागि तोकिएको कार्यालयहरु :
03/09/2025

इम्बोस्ड नम्बरप्लेट जडानको लागि तोकिएको कार्यालयहरु :

02/09/2025

🚫👥 उमेरको नयाँ परिभाषाले खुम्चिएको युवाको अवसर!

📊 १८–३५ वर्ष 👉 कुल जनसंख्या ३०.१०%
📊 १६–४० वर्ष 👉 कुल जनसंख्या ४२.५६%

युवाको सवाल ✊ र युवा नेतृत्वको माग 🌍 बढ्दै गएपछि, सरकारले उमेरको सीमा घटाएर ठूलो उपलब्धि पाएझैँ प्रचार गर्नु 🙃 के औचित्यपूर्ण हो?

👉 युवालाई सीमित गरेर होइन, सम्भावना र नेतृत्वलाई विस्तार गरेर मात्र देश बलियो बन्छ! 🇳🇵🔥

Tourist arrival data for August 2025           #सरोजबानियाँ
02/09/2025

Tourist arrival data for August 2025

#सरोजबानियाँ

👉 युवाका कार्यक्रमहरू सहरमुखी मात्र होइन, ग्रामिणमुखी बनाउन आवश्यक छ।🚫 किन युवा लक्षित कार्यक्रमहरू पहुँचवाला र आफ्नामात...
02/09/2025

👉 युवाका कार्यक्रमहरू सहरमुखी मात्र होइन, ग्रामिणमुखी बनाउन आवश्यक छ।
🚫 किन युवा लक्षित कार्यक्रमहरू पहुँचवाला र आफ्नामात्र सीमित हुन्छन्?

🤔 सरकारी संस्थाहरूको कार्य मूल्यांकन किन सधैं गोदावरी, नगरकोट वा काठमाडौंका तारे होटलमै गर्नुपर्छ?
🌱 गाउँका होमस्टे, सामुदायिक स्थल वा गाउँमै उपलब्ध साधनहरू प्रयोग गरेर किन गर्न सकिँदैन?

💡 अझ विशेष रूपमा, सरकारी युवा सम्बन्धी संस्थाहरूले सहर केन्द्रित गतिविधि मात्र नभई गाउँतिरको वास्तविकता बुझेर, त्यहाँको युवालाई अवसर दिने गरी नीति र कार्यक्रमहरू विस्तार गर्नुपर्छ।

#सरोजबानियाँ

मिति: २०८२/०५/१५प्रेस विज्ञप्ति : संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गम्भीर ध्यानाकर्षणनेपाल सरकार गृह मन्त्रालयद्वारा...
02/09/2025

मिति: २०८२/०५/१५

प्रेस विज्ञप्ति : संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गम्भीर ध्यानाकर्षण

नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी तयार गरिएको संघ संस्था ऐन, २०८२ को मस्यौदामाथि राय–सुझाव माग गरिएको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

हामी स्पष्ट पार्न चाहन्छौं कि नागरिक संघ–संस्थालाई प्रवर्द्धन, सहजीकरण र सबलीकरण गर्न उपयुक्त कानूनी संरचना आवश्यक छ। तर, नागरिक संघ–संस्था तथा सरोकारवाला निकायसँग कुनै परामर्श नगरी, विगतका सहमतिहरू बेवास्ता गर्दै ल्याइएको मस्यौदाप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं ।

यस मस्यौदाका प्रावधानहरूले
• संघ–संस्थालाई सहज र सबल बनाउनुभन्दा नियन्त्रणमुखी बनाउने,
• नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शितामाथि प्रहार गर्ने,
• नागरिक सहभागिताको भूमिकालाई संकुचन गर्ने खालका उद्देश्य बोकेको देखिन्छ ।

त्यसैगरी, मस्यौदाले अनावश्यक प्रशासनिक झन्झट सिर्जना गर्ने र विभिन्न सरकारी निकाय धाउनुपर्ने बाध्यता थप्ने खालका प्रावधानहरू प्रस्ताव गरेको छ, जसले गर्दा यो कानुन अग्रगामी भन्दा बढी पश्चगामी र झन्झटिलो बन्ने आशंका प्रष्ट देखिन्छ ।

नेपालको लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक अधिकार र नागरिक स्वतन्त्रतालाई संकुचन गर्ने यो कदमप्रति हामी दृढ असहमति प्रकट गर्दछौं ।

यसकारण, नेपाल युवा परिषद गृह मन्त्रालयसँग जोडदार माग गर्दछः
• प्रस्तावित मस्यौदालाई संघ–संस्थामैत्री बनाउन,
• सरोकारवालासँग विस्तृत छलफल गर्ने प्रक्रिया सुनिश्चित गर्न,
• मौलिक हक तथा अधिकारको सम्मान गर्दै संघ–संस्थाका लागि कार्यमूलक, सहज र सबलीकरणमुखी वातावरण निर्माण गर्न

नेपाल युवा परिषद परिवार

"यसकारण लिम्पियाधुरा हाम्रो हो" #सरोजबानियाँ
01/09/2025

"यसकारण लिम्पियाधुरा हाम्रो हो"

#सरोजबानियाँ

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Saroj Baniya - सरोज बानियाँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saroj Baniya - सरोज बानियाँ:

Share