Hamro Class

Hamro Class Hamroclass.com is a most reliable Language, Tuition & IT Training Institution in Jadibuti, Kathmandu
(9)

02/11/2022
21/09/2022

Student Feedback with Demo!!

29/08/2021

# चुरोट को लत छुटाउने 11 उपायहरू
1, जुन बेला तपाईंलाई चुरोट पिउन मन लाग्छ त्यो समयमा कुनै रमाइलो काम गर्नुस्
2,जुन ठाउँ मा जादा तपाईंलाई चुरोट तान्न मन लाग्छ त्यो ठाउँ मा नजानुस्
4, जुन साथीहरूले चुरोट पिउन उक्साउछन तिनिहरूको संगत नगर्ने
5, चुरोट को सट्टा ल्वाङ सुपारी खाने ।
6, कुनै निश्चित मितिदेखी छोड्ने , नयाँ बर्ष ,जन्मा दिन
7, आफुले चुरोट पिउन छोडेको कुरा सार्वजनिक रुपमै सबैलाई भन्ने
8, धर्मिक आस्था हुनेले भकल गरेर छोड्ने
9, एक दिनमा यतिधेरै चुरोट पिउने कि भोलिबाट त्यसको नाम लिदा पनि रिस उठोस ।
10,निकोटिन प्याच को प्रयोग गर्ने
11, डाक्टर को सल्लाह लिने ।

-Tara Jii

20/08/2021

अन्तर्वाता दिनुभन्दा अगाडि ख्याल गर्नुपर्ने १० कुराहरु ।
1, आत्मबिश्वास बढाउनुहोस् ।
2, भोली अन्तर्वाता दिदै हुनुहुन्छ भने आज बेलुकी सुत्ने बेलामा भोलिको आफ्नो 3न्तर्वाता राम्रो भएको कल्पना गर्ने
4, simple तर neat and tidy पोसक लगाउने ।
5, अन्तर्वाता स्थलमा कम्तिमा तोकिएको समय भन्दा १५ मिनेट अगाडि पुग्ने ।
6, अन्तर्वाता कक्षमा प्रवेश गर्दा शान्त र भद्र तरिकाले प्रवेश गर्ने
7, अन्तर्वाताकारलाई अभिबादन गर्ने र अनुमती पछी मात्र बस्ने
8, जानेको उत्तर फटाफट दिने,नजानेको कुरा जानेजस्तो नगर्ने
9,अन्तर्वाताकारको साह्रै चाप्लुसी घसेजस्तो नगरने l
10, अन्त्यमा धन्यवाद दिएर बिदा हुन नभुल्ने ।

- Tara Jii

18/08/2021

# पढाईमा ध्यान बढाउने १० तरिका हरू ।
1, पढ्न सुरु गर्दा रमाइलो र सजिलो भाग बाट सुरु गर्ने ।
2, आफ्नो वरिपरि ध्यान भङ्ग गर्ने खालका कुराहरु नराख्ने ।
3, पढ्दा खेरि पाँचै इन्द्रियलाई सकृय बनाएर पढ्ने ।
4, पढ्दाखेरी मैले आज पढेको कुरा भोलि अरुलाई पढाउनु छ भन्ने मानसिकता लिएर पढ्ने ।
5, समय सीमा तोकेर मात्र पढ्न सुरु गर्ने ।
6,पढ्न सुरु गर्नु अघी ५ मिनट जती ध्यान गर्ने, पारिवारिक तनाबलाई नसम्झिने ।
7, हातमा पेन अथवा पेन्सिल लिएर पढ्नुपर्ने लाइन देखाएर पढ्ने ।
8, धेरै खाना खाएर वा भोकै पढ्न नबस्ने ।
9, यो यो बिषय पढ्छु भनी योजना बनाएर मात्र पढ्न बस्ने ।
10, फोकस पावर बढाउने खालका गेमहरु खेल्ने ।

-Tara Jii

18/08/2021

अचेल पढ्नै मन लाग्दैन । एकदुई पन्ना पढ्यो, ध्यान अन्त अन्त नै जान्छ । के गर्ने होला ?
— पढ्न मन नलाग्नु भनेको— अरू कुरामा ध्यान जानु हो । एकदुई पन्ना पढ्यो कि निद लाग्छ कि तिनै पन्नामध्येको कुनै शब्दले अर्को कुनै स्मृतिमा गाँस्छ । स्मृतिमा हराउँदाहराउँदै, के पढेँ भनेर थाहै हुन्न । फेरि दोहोर्याउनुपर्ने हुन्छ । दोहोर्याए पनि स्थिति उही हो । अब बुझ्नुस्— तपाईंको ध्यान अन्तै अरू केही कुरामा छ ।

— कि तपाईं आफ्नो मनस्थितिबाहिरको किताबमा हुनुहुन्छ । किताब बेकार होइन, तर तपाईं त्यो किताब पढ्ने मुडमा हुनुहुन्न । म चाहिँ यस्तो बेला घरमा भएका धेरै किताब पढ्ने कोसिस गर्छु । अलिअलि, तानेन भने अर्को पढ्छु, अर्को अर्को । कुनै न कुनैले अन्तिमसम्म पुर्याउँछ ।

— भएभरका किताब पढ्दा पनि तानेन भने कुनै एक किताब वाचनै गरेर पढ्छु भन्ने प्रतिज्ञा गर्छु र किताब सस्वर पूरा पढ्ने कोसिस गर्छु । सस्वरमा पढेको किताब पूरा गर्दासम्म अर्को किताब पढ्ने मुड र जाँगर तयार भइसकेको हुन्छ ।

— किताब पठनलाई जीवन शैलीसित जोड्नुस् । हरेक दिनको कुनै समय किताब पठनलाई छुट्याउनुस् । त्यो समयमा पढ्ने कोसिस गर्नुस् । मुड नचले पनि यति पेज त पढ्छु भन्ने प्रतिज्ञा गर्नुस् । बिस्तारै तपाईंलाई किताबको बानी पर्छ । सर्र सर्र पन्ना पल्टने आवाजको बानी पर्छ !

— सधैँ महान् व्यक्तिले सिफारिस गरेका मात्रै किताब पढ्छु भन्ने धारणा नबनाउनुस् । त्यसैले आफैंले पनि पुस्तकको खोजी गर्नुस् । पुस्तक छान्ने मेरो तरिका छ— पसलमा जाने, हरेक किताब बीचबाट पल्टाउने । कुनै न कुनै अध्याय तपाईंको रुचिको अवश्य फेला पर्नेछ । बीचको कुनै एक अध्याय मन पर्नु भनेको सम्पूर्ण किताब पढ्ने वातावरण बन्नु हो ।

— सधैँ महान् र प्रख्यात किताब पढ्छु भन्ने धारणा त्याग्नुस् । यो धर्रतीका महान् लेखकमध्येका एक मार्खेज गृहलक्ष्मी टाइपका पत्रिका पनि पढ्थे । पछिल्लो समयका नेपाली साहित्यका मूर्धन्य भनिने धेरै साहित्यकार प्रकाश कोविद र युधीर थापा पढेर आएका हुन् । काम सानो हुँदैन भने जस्तो पुस्तक पनि सानो हुँदैन । जुन किताबमा तपाईंको मन बस्यो, त्यही अमूल्य पुस्तक हो ।

— पुस्तकको मोटोपन र पातलोपनतिर पनि नजानुस् । स्वादको छ कि छैन एकपल्ट पन्ना उघारेर पढ्ने कोसिस गर्नुस् । आफ्नो स्वादको पुस्तक कहिल्यै पनि मोटो लाग्दैन । र, पातलो पुस्तक सबैको प्रिय पनि हुँदैन ।

— भविष्यमा लेखक हुन्छु भनेर मात्र पुस्तक पढेर हुँदैन । हरेक क्षेत्रकाले पढ्नुपर्छ ! अहिले त संसार इन्टरनेटले एक डल्लो भइसक्यो । तपाईं जुन क्षेत्रमा भए पनि पुस्तक पढ्ने गर्नुस् । नेपाली हुनुहुन्छ सकेसम्म नेपाली पढ्ने कोसिस गर्नुस् । किनभने, तपाईं नेपालको सीमा काटेर नेपाली परिचय बोकेर अर्को सीमाभित्र पस्नुभयो भने तपाईंलाई अमेरिका, पाकिस्तान वा इजिप्टमाथि कसैले सोध्दैन, सोध्छ त नेपालमाथि । मलाई लाग्छ— नेपाल चिनाउने पुस्तक नेपाली भाषामा धेरै छन् ।

ह्याप्पी रिडिङ ।🙏
- Buddhisagar

Address

Jadibuti
Kathmandu
00977

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Sunday 06:00 - 19:00

Telephone

+9779842703403

Alerts

Be the first to know and let us send you an email when Hamro Class posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Class:

Videos

Share

Nearby media companies