
27/05/2023
हिरा नचिन्ने शिक्षा प्रणालीको कथा: अन्य देशहरु आफ्ना नागरिकका प्रतिभाहरुलाई पारखीले हिरा खोजे जसरी खोजि खोजि अगाडि ल्याउँछन् र त्यसमा थप पालिस गरेर चम्किलो हिराको रुपमा विश्वसामु प्रस्तुत गर्छन्। त्यसो गर्नाले देशको पछिल्लो पुस्तालाई राष्ट्रका गहनाहरु एवम् मातृभूमि प्रति आदरभाव र सेवाभाव जाग्छ। तर हामी आफैं राष्ट्रको बिनाकुनै मेहनत खारिएका राष्ट्रसेवक हिराहरुलाई अगाडि ल्याउनु त परै जाओस् झन् ओझेलमा पार्ने काम गर्दैछौं।
प्रसंग हो, कक्षा १० को नेपाली किताबबाट दृष्टिका देवता भनेर परिचित नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतको जीवनी हटाइएको बारे, के उनले नेपालमै बसेर पनि विश्वले गर्व गर्ने काम गर्न सकिन्छ भनेर दिएको उदाहरण विद्यार्थीहरुलाई प्रेरणादायी छैन? विद्यालय स्तरको पढाई सक्दा नसक्दै विदेश पलायन हुने लहर चलेको अहिलेको अवस्थामा के उनको जीवनीले साना भाइबहिनीहरुलाई एकहद सम्म आफ्नो मातृभूमि प्रति प्रेम गर्न सिकाउँदैन?
Story. Mayjan Namdung