NN+

NN+ Welcome to official page of Nepal News Plus (NN+), Nepal's first online news portal.

Get the latest news, analysis, business, life & arts, multi-media, and much more from Nepal's first and most credible news portal - https://nepalnews.com/

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ। बौद्धिक व्यक्तिको सहयोग ...
16/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ। बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। विपक्षी साथीले साथ दिनेछन्। कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। अचानक पेट सम्बन्धी समस्या हुनसक्छ। चिसोबाट बच्नुपर्नेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुन : साथीभाइ दाहिना रहेका छन्। अप्ठेरो अवस्थामा साथीले साथ दिनेछन्। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारको व्यवहारले मन अशान्त बन्नेछ। धार्मिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुने भएकाले धैर्यताको आवश्यकता देखिन्छ। परिवारको व्यावस्थापनका लागि चनाखो बन्नुपर्ने समय छ। स्वास्थ्यले साथ दिनेछ।

कन्या : सम्पत्ति खर्च हुँदा मन अशान्त बन्नेछ। जसले गर्दा उत्पादन घटाउने जोखिम छ। व्यापारमा अगाडि नबढ्नु राम्रो हुनेछ। चिसोबाट सचेत बन्नुपर्ने समय छ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ।

तुला : दिन राम्रो छ। सहकार्यमा अगाडि बढ्नु भन्दा एकल लगानीबाट फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। राज्यले सेवाको अवसर दिनेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुन्छ।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने समय छ। खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रको लगानीलाई कटौती गर्नुपर्ने समय छ। स्वास्थ्यको ख्याल नगर्दा रोगले सताउने छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

धनु : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। बोलीका कारण साथीभाइ टाढा हुने भएकाले सचेत बन्नुपर्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी दलभन्दा पनि राज्यको तर्फबाट त्रास बढ्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। धैर्य भएर अगाडि बढेमा नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँग मेल मिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। चिसोबाट हुने रोगबाट सचेत बन्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : लामो समयदेखि सहकार्य गरेका साथीले विरोध गर्नेछन्। शिक्षाको क्षेत्रमा चुनौती बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा संकटको समाधान हुनेछ। बिहान उठेर गणेशको भजन सुनेमा मन शान्त बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।
16/01/2025

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।

देवघाटमा मकरस्नान गर्दै भक्तजन: चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको संगमस्थल पवित्र तिर्थस्थल...
16/01/2025

देवघाटमा मकरस्नान गर्दै भक्तजन:
चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको संगमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मंगलबार बिहान मकर (माघेसंक्रान्ति) स्नान गर्न आएका भक्तजनको घुइँचो । तस्बिर: सनद अधिकारी/रासस
#नेपालन्युज

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : दिन सहज छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको अंगमा संल...
15/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : दिन सहज छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ।

वृष : तपाईंकै बोलीले विवाद बढ्नेछ। साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ। शिक्षाको क्षेत्रमा भने आलश्यता बढ्नेछ।

मिथुन : बन्धुसँगको सहकार्य सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। खानपानमा ख्याल गर्नुपर्ने समय छ। विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : सम्पत्तिको घमण्ड हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। जन्मकुण्डलीमा शनि सहज भएमा राम्रो काम बन्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ।

सिंह : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। मनमा उमंग बढ्नेछ। व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। मेहनत गरेमा मात्र सफलता प्राप्त हुने दिन छ।

कन्या : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। समाजमा आफू बढी नै खटेर नाम कमाउनुपर्नेछ। राजनीतिक क्षेत्रमा तपाईंलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्नेको समूह सक्रिय देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : न्यायपूर्वक गरेको कर्मको फल प्राप्त हुनेछ। एकादश भावमा चन्द्रमा भएकाले व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने देखिन्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : दिन सामान्य छ। मनमा चञ्चलता बढ्नेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। बिहान उठेर गणेशको भजन सुन्नसकेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन सहज छ। बोल्दा सचेत हुनुपर्नेछ। राजनीतिक क्षेत्रमा नाम र दाम मिल्ने योग छ। मनमा कुरा गुम्स्याएर नराख्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। पुराना साथीले तपाईंका गल्तीको खोजी गरिरहेकाले सचेत बन्नुपर्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मकर : दिन चुनौतीपूर्ण छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ। आठौ चन्द्रमा रहेकाले पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। अनुत्पादक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ। चिट्ठाको लोभमा नपर्नु राम्रो हुन्छ। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय छ।

कुम्भ : मन शान्त बन्ने योग छ। आज बनाएका योजना दीर्घकालीन बन्नेछन्। परिवारमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ। बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा मन शान्त बन्नेछ।

मीन : घमण्ड बढ्दा साथी टाढा हुनेछन्। सुरुवाती साढेसाती दशा चलिरहेकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ॐ नमोः नारायणाय॥ मन्त्रलेभगवान श्री हरि विष्णुको पूजा गर्नुहोस्। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन...
15/01/2025

ॐ नमोः नारायणाय॥ मन्त्रले
भगवान श्री हरि विष्णुको पूजा गर्नुहोस्। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ। बोल्नु अ...
14/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष : दिन राम्रो छ। आफन्तले तपाईंको सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ।

मिथुन : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने हुनेछ। शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

कर्कट : मन शान्त बन्नेछ। सहकर्मीसँगको सहकार्यमा सुरुवात गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूहले निगरानी बढाएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको घुमघामले मनमा खुशी मिल्नेछ।

सिंह : दिन सहज छ। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्नेछ। विपक्षी साथी शान्त भएकाले आफ्नो काममा मेहनत गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक क्षेत्रको घुमघामका लागि अवसर मिल्नेछ।

कन्या : आम्दानीका दृष्टिले दिन राम्रो छ। आफ्नो स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा मन शान्त नहुँदा अवरोध हुनेछ। नतिजाका लागि मेहनत आवश्यक हुन्छ। शिक्षामा विपक्षीको साथ मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुनेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आफन्तसँग गोप्य कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्।

धनु : ठुलो योजना नबनाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दुई पाङ्गे सवारी साधनको यात्रा घातक हुनेछ। राज्यको तर्फबाट त्रास बढ्दा संयमताको खाँजो हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ।

मकर : शुभ ग्रहको बहुमत रहेको छ। दैनिक कामलाई नियमित गर्नुपर्छ। राजनीतिक उतारचढावले मन अशान्त बन्नसक्छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : मध्यसाढेसाती शनिदशा चलिरहेको छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मौसमी रोगबाट बच्नु आवश्यक देखिन्छ। चिसोबाट हुने रोगबाट सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भइमा मन शान्त बन्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ।

मीन : सुरुवाती साढेसाती शनिदशा भए पनि शुभग्रहको बहुमत छ। अल्छीपनबाट जोगिएर काम गर्नुपर्ने आवश्यकता छ। शिक्षामा दिएको समय सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको ...
14/01/2025

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

माघे सङ्क्रान्ति पर्वको अवसरमा मङ्गलबार नुवाकोटको तारेश्वर गाँउपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाई प्रदर्शनीमा एकअर्कामा...
14/01/2025

माघे सङ्क्रान्ति पर्वको अवसरमा मङ्गलबार नुवाकोटको तारेश्वर गाँउपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाई प्रदर्शनीमा एकअर्कामा प्रतिस्पर्धा गर्दै गरेका गोरुहरु । तस्बिरः रामहरि न्यौपाने/रासस
#नेपालन्युज

मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हर...
13/01/2025

मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकर्मीसँ...
12/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ।

वृष : धनलक्ष्मी योग परेको छ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ।

मिथुन :स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कर्कट : दिन सामान्य राम्रो छ। बोल्दा तीन पटक सोच्नुपर्नेछ। तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन्। अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ। जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। ११ औं स्थानमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ। स्वदेशमा रोजगारीको विकल्प नदेख्दा मन उदास हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ।

कन्या : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। अरुको द्वन्द्व देखेर मन शान्त बन्ने हुनसक्छ। चिसोबाट बच्नु फाइदा हुनेछ। विपक्षी दलका साथी शान्त रहेकाले आफ्नो काम बन्नेछ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

तुला : तपाईंको गला र कलाको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। घरभित्र अप्रिय कुरा सुनेर मन शान्त बन्ने जोखिम रहेको छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। अढैया शनिको प्रभावबाट मुक्त हुन बिहान उठेर गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। स्वदेशमै सेवाको अवसर मिल्नेछ। समाजसेवामा समय बिताउनुहुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। मिठो खानेकुराका पछाडि लाग्दा स्वास्थ्य खराब बन्नेछ।

मकर : आज साथीले असहयोग गर्नेछन्। ठुलो सम्पत्ति खर्च नगर्नु राम्रो हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्ने आवश्यकता छ। आलस्यबाट भने टाढै रहनु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शुक्र तपाईंको लग्नमा पुगेकाले महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ। शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ।

मीन : समय सामान्य छ। सुरुवाती साढेसाती शनिदशाको प्रारम्भ भएको छ। बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ...
12/01/2025

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : दिन राम्रो छ। बोल्दा विवेक प्रयोग गर्नुपर्नेछ। सहकार्यबाट लगानी...
11/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : दिन राम्रो छ। बोल्दा विवेक प्रयोग गर्नुपर्नेछ। सहकार्यबाट लगानी गरेमा फाइदा हुनेछ। दाजुभाइसँग सहकार्य भए हरेक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ। राज्यको तर्फबाट सामाजिक सेवा गर्ने अवसर मिल्नेछ। शिक्षामा मेहिनेतको खाँचो देखिन्छ। सँगैका साथीले कुरा काट्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ।

मिथुन : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। मन शान्त बन्नेछ। औषधी नियमित गर्न नसक्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। तपाईंका अगाडि साथीभाइले प्रशंसा गर्नेछन्। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ। लगानी गर्ने भए सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सरस्वतीको स्मरण मात्र गरेमा प्रगति हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्दा फाइदा हुनेछ।

कन्या : कृषि क्षेत्रको व्यापारमा घाटा हुनेछ। राज्यका तर्फबाट भयको जोखिम छ। स्वास्थ्यले साथ दिने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कुरा भन्दा काम बढी गरेर देखाउनुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। चिसोबाट हुने रोगबाट बच्नुपर्नेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

धनु : दिन सामान्य राम्रो छ। बोली र व्यवहारमा एकरुपता भएमा आजको काम दीर्घकालीन बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। अप्रिय शब्द सुन्नाले मनमा खटपटी बढ्नेछ। शिक्षामा गरेको प्रयास ढिला भए पनि सफल बन्नेछ। ठुलो लगानी आफैं गर्दा घाटा हुने भएकाले सहकर्मी वा परिवारको सदस्यको साथ लिएमा फाइदा हुनेछ।

कुम्भ : शिक्षामा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : खानपानमा ख्याल नगर्दा खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ। खर्च कटौती गर्नुपर्ने समय छ। शनि दशालाई शान्त बनाउन बिहान उठेर गणेशलाई दूबो चढाउनु राम्रो हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। ...
11/01/2025

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस् सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण...
10/01/2025

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : व्यापारमा लाभ हुनेछ। पुरानो लगानीबाट धन प्राप्त हुनेछ। सन्तानले...
10/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : व्यापारमा लाभ हुनेछ। पुरानो लगानीबाट धन प्राप्त हुनेछ। सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला मिल्नेछ। परिवारबाट भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सहज बन्ने योग छ।

मिथुन : सोचेको काम नबन्ने जोखिम छ। खर्च बढ्नेछ। अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल भए पनि व्यापारमा घाटा हुनेछ। प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कर्कट : ११ औं स्थानमा चन्द्रमा पुगेकाले शान्त भएर काम गरेमा दिन सहज बन्नेछ। काम गर्दा धैर्यता आवश्यक हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

सिंह : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हु्नेछ। परिवारसँगको घुमघामले खर्च बढ्नेछ। गुरुबाट असहयोग हुने भएकाले मेहनतको आवश्यकता छ। परीक्षामा नतिजा खराब आए पनि धैर्य बन्नुपर्ने समय छ।

कन्या : मुल त्रिकोणमा चन्द्रमा र वृहस्पति पुगेका छन्। आज सुरुवात गरेको शिक्षाले दीर्घकालसम्म फाइदा हुनेछ। स्वास्थ्यले साथ दिने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। राजनीतिक क्षेत्रमा भने ठगबाट सचेत बन्नुपर्ने समय छ।

तुला : आफ्नो माया गर्नुपर्ने समय आएको छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : घरभित्र बस्दा मन शान्त बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा परिश्रमको आवश्यकता देखिन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : अप्रिय समाचार सुन्नाले मन अशान्त बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। राज्यको तर्फबाट तपाईंका कामजोरीको खोजी भइरहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। बिहान गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन सहज छ। सञ्चित धन खर्च भए पनि सम्मान प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

कुम्भ : साना कुराले मनमा झन्झट बढ्नेछ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएमा आज तपाईंको काम बन्नेछ। दक्षिणको लामो यात्रा नगर्नु फाइदा हुनेछ। विपक्षी साथीको साथ प्राप्त हुँदा समयको सदुपयोग गर्नु राम्रो हुनेछ।

मीन : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्ने समय छ। व्यापारमा गरेको लगानी बढ्नेछ। लगानी विस्तार हुँदा मन शान्त बन्नेछ। सहकर्मीले तपाईंको कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। काम...
09/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। काम गर्ने क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। मन प्रशन्न हुनेछ। विदेशी रमझमले तपाईंलाई आकर्षित गर्नेछ। सामाजिक सेवाको अवसर जुट्नेछ।

वृष : मनमा गुम्सिएका कुरा सार्वजनिक गर्दा फाइदा हुनेछ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले वाक स्वतन्त्रता प्राप्त हुनेछ। विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुन : सानो कुराले मनमा खटपटी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई विश्वास गर्नाले धोका हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : साना कुरामा घमण्ड बढ्नेछ। काम गर्दा सचेत हुनुपर्ने दिन छ। साथीसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारले भने तपाईंको आलोचना गर्नेछ।

सिंह : दिन सहज छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। कार्यक्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारमा घुमघामको तय हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ।

कन्या : दिन राम्रो छ। तपाईंले हरेक काममा सफलता प्राप्त गर्नुहुनेछ। स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ। चिसोबाट सचेत बन्नुपर्नेछ। विपक्षी भनेका साथीले सकारात्मक रुपले हेरेका छन्। धैर्य भएर अगाडि बढ्नुपर्ने समय छ।

तुला : दिन सामान्य छ। अरुलाई समय दिँदा परिवारलाई समय नपुग्ने जोखिम छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परीक्षाको तयारीमा भए मेहनत गर्नुपर्ने देखिन्छ। उपचारको क्रममा भए स्वास्थ्यमा लाभ हुनेछ।

वृश्चिक : दिन सहज छ। रोगबाट मुक्त हुने दिन हो। विपक्षीलाई सानो ठानेमा घाटा हुने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। खानपानमा समस्या हुनसक्ने जोखिम छ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने जोखिम छ। घर व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ।

मकर : शुभ ग्रहको बहुमत रहेकाले राजनीतिक संगठनमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए जोस र जाँगर बढ्नेछ। परिवारमा सल्लाह गरेर महत्त्वपूर्ण निर्णय लिनु राम्रो हुनेछ।

कुम्भ : तपाईंको राशिमा शुक्र र शनिश्चर आइपुगेका छन्। साना कुरामा रिस उठ्ने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ। साथीभाइसँग अनविश्वास बढ्नसक्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मीन : सहकर्मीसँग गरेको सहकार्यबाट फाइदा हुनेछ। सुरुवाती शनिदशा भएकाले बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्नेछ। दैनिक काम सहजै बन्नेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रष्ट वक्ता बन्न सकेमा तपाई...
09/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृष : अचानक खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ।

मिथुन : आम्दानी बढ्नेछ। बोलीमा सरस्वतीले बास गरेकाले बोलको कुरा कार्यान्वयन हुनेछ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। छिमेकमा भइरहेको शुभकार्यले मनमा उत्साह थप्नेछ।

कर्कट : दिन सामान्य छ। साथीभाइले गरेको आलोचना सुन्नुपर्ने हुनसक्छ। शनिदेव अनुकल भए तपाईंले गरेको काम सफल बन्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : दिन राम्रो छ। थोरै लगानी गरे पनि राम्रो आम्दानी हुने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। थोरै बोलेर अगाडि बढेमा दिन सहज बन्नेछ।

कन्या : कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए घाटा हुनेछ। दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। रोगको उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : परिवारको कुरा विश्वास गर्दा घाटा हुनसक्छ। विवेक प्रयोग गर्नु राम्रो हुनेछ। घरका मानिसले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। खाने समयमा अप्रिय शब्द सुन्नुपर्ने बाध्यता हुनसक्छ। अढैया शनिदेवका कारण हुने यस्ता समस्याको समाधानका लागि बिहान उठेर गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। बोलेको कुरा कार्यान्वयन हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। तपाईंले सुरुवात गरेका हरेक काम बन्नेछन्। स्वदेशमा विभिन्न विकल्प देखेर मनमा खुशीयाली छाउनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मकर : मन अशान्त हुनेछ। गुरुको साथ लिएर संकटलाई टार्न सकिनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिठो खान लोभ गर्दा रोगले सताउने जोखिम छ। धार्मिक व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

कुम्भ : शास्त्रको अध्ययन गरेमा सफलता मिल्नेछ। मनलाई शान्त पार्न बिहान उठेर शिवको भजन सुनेमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

मीन : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ मिल्नेछ। बोली र व्यवहारमा एकरुपता देखाएमा दिन सहज बन्नेछ। मन मिल्ने मान्छेसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Address

Durbarmarg
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when NN+ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NN+:

Videos

Share