सामुदायिक रेडियो एकता 92.4 MHz

  • Home
  • Nepal
  • Kathmandu
  • सामुदायिक रेडियो एकता 92.4 MHz

सामुदायिक रेडियो एकता 92.4 MHz No. 1 Radio station in Sarlahi District and Madhes Pradesh
(1)

13/09/2024

एकता सेराेफेराे
।। चर्को घाम र अत्यधिक गर्मीले सर्लाहीमा धेरैलाई टाउको दुख्ने समस्या, प्रशस्त पानी पिउन र तातो घाममा सकभर ननिस्कन चिकित्सकको सुझाव

।। भाईचारा कायम गरी पर्व मनाउन नागरिक समाज सर्लाहीको अपिल, मलंगवा नगरपालिकासहित सर्लाहीका ५ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

।। बागलुङमा जिप दुर्घटना हुँदा रुकुम पूर्वको एक गाउँपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु, भोटेकोशीमा गाडी खस्यो, निकाल्ने प्रयास जारी

।। योगेश भट्टराईको शब्दले जनयुद्धलाई अपमान गरेको माओवादीको निष्कर्ष, सदन अवरोध जारी राख्ने, बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

र ।। ऐतिहासिक पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख रुपैयाँ पुरस्कार

13/09/2024

EKATAKHABAR

12/09/2024

। पटक–पटक सूचना गर्दा पनि सर्लाहीमा भत्ता नवीकरण गर्न धेरै लाभग्राही वडा कार्यालय पुगेनन्, अब ३ दिन मात्रै बाँकी

।। अत्यधिक गर्मीसँगै सर्लाहीमा सर्पदंशका बिरामी उत्तिकै बढे, सर्पदंश उपचार केन्द्रका बिरामीलाई रातदिन नभनी डिउटीमा खटिनुपर्ने बाध्यता

।। मधेशमा बजेट मार्गदर्शनले अर्थ मन्त्रालयसँग द्वन्द्व, खर्चमा अलमल

।। भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

12/09/2024

Ekata khabar

11/09/2024

।। नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा २४ घण्टामा सर्पले डसेका ७ जना बिरामी भर्ना, दुई जना गोमनले टोकेका बिरामी, सर्पको बिगबिगी बढेकाले सावधानी अपनाउन आग्रह

।। भदौ अन्तिमको अचाक्ली गर्मीले सर्लाहीसहित मधेशको जनजीवन प्रभावित, प्रशस्त पानी पिउन र अत्यावश्यक काम पर्दा बाहेक दिउँसोपख बाहिर ननिस्कन सुझाव

।। नजिकिँदो विश्वकर्मा पूजा र मोहम्मद डेका विषयमा सिडिओ कार्यालय मलंगवामा छलफल, सामाजिक सद्भाव र एकता कायम राखिराख्ने निर्णय

।। महोत्तरीको भंगाहामा वडाध्यक्ष यादवको मृत्युबारे तत्काल अनुसन्धान गर्न माओवादी अध्यक्ष प्रचण्डको आग्रह, मधेश प्रदेश सभा बैठकद्धारा विषयगत समिति सदस्यमा हेरफेर

र ।। भोलि बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, पश्चिम क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्न सक्ने

11/09/2024

Ekata Khabar

10/09/2024

।। त्रासमा रहेर काम गर्नुपरेको सर्पदंश उपचार केन्द्र नवलपुरका स्वास्थ्यकर्मीको गुनासो, आइसियुु संचालन नहुुँदा बाहिर रेफर गर्नुुपर्ने बिरामीका आफन्तले आक्रोश पोख्ने गरेको भनाई

।। आर्थिक वर्ष सुरु भएको २ महिनासम्म सर्लाहीका कुनै पनि पालिकाको कोलेनिकामा खाता खुुलेन, असोज लागेपछि खाता संचालन गरी तलब, भत्ता निकासा गर्ने तयारी

।। माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु, पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको अध्यक्ष प्रचण्डको भनाई

।। जनकपुरधामका वडाध्यक्ष र सचिव घुससहित पक्राउ, अब कार्यालय समयमा कर्मचारीले सेयरको कारोबार गर्न नपाउने

र ।। विश्वकप क्रिकेट लिग–२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ, टोली रातिको फ्लाईटमा क्यानडातर्फ प्रस्थान गर्ने

09/09/2024

।। लालबन्दी तरकारी बजारबाट साउन महिनामा साँढे १३ करोडको तरकारी निकासी, विपी जयन्तिका अवसरमा जुटपानी आश्रममा कांग्रेसद्धारा खाद्यान्न वितरण

।। ईश्वरपुरको हरकठवामा आगोले जलेर घाइते व्यक्ति काठमाण्डौं रेफर, आफैले चुरोट खाएर ठुटो फाल्दा आगलागी

।। नागढुंगा मन्दिर नजिक पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

।। बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, नदी किनाराको मापदण्डबारे सर्वोच्चको फैसलाले ठूलो समस्या ल्याउन सक्ने सांसदहरूको चेतावनी

र ।। नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने

08/09/2024

।। हरिवनमा नहरमा नुहाउन गएका बालकको डुुबेर मृत्यु, सँगै गएका अन्य साथीहरु भने सकुशल

।। सर्लाहीमा कक्षा १२ को पुुरक परीक्षाको तयारी पूूरा, जिल्लाभर ८ वटा परीक्षा केन्द्र निर्धारण

।। हरिवन नगरपालिकालाई बजेट ल्याउन चौतर्फी दबाब, वडाध्यक्ष र कार्यपालिका सदस्यले आज मेयर बुुढाथोकीलाई ध्यानाकर्षण पत्र बुुझाए

।। महोत्तरीको गौशालामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु, २ जना घाइते

र ।। ३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद जेल चलान, चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु

07/09/2024

तुुरुन्त बजेट ल्याउन हरिवन नगरपालिकालाई नगरभित्र क्रियाशील ६ राजनीतिक दलको माग, मधुु सामुदायिक वन लालबन्दीको अध्यक्षमा सोमबहादुर मोक्तान निर्वाचित

।। गणेश चतुर्थी पर्वका अवसरमा आज सर्लाहीको मलङ्गवा, बरहथवालगायतका स्थानमा कलश यात्रा, मलङ्गवामा साहित्यिक गोष्ठी सम्पन्न

06/09/2024

।। सर्लाहीमा हर्षोउल्लासका साथ हरितालिका तीज मनाइयो, मिथिलाका महिला चौरचन पर्वमा रमाउँदै

।। खोलामा पानी नघट्दा मुख्य चाडबाड नजिकिँदा पनि सर्लाहीको चुरेभेगमा बस चल्न सकेनन, लगातार पानी परिरहँदा गोलभेँडाको बेर्ना नष्ट

।। रौतहटको गरुडामा चिकित्सकको लापरवाहीले सुत्केरी महिलाको मृत्यु दावी, स्थानियद्वारा अस्पताल घेराउ, दिनभर प्रदर्शन

।। सत्ता समीकरण यताउता नहुने प्रधानमन्त्री ओलीको दावी, प्रचण्ड निकै उद्दण्ड भएको प्रधानमन्त्रीसँग बाबुराम भट्राईको गुनासो

र ।। श्रीलंकाको स्थानीय क्लबसँग नेपालको राष्ट्रिय क्रिकेट टिमको हार

05/09/2024

। सर्लाहीका अधिकांश पालिकामा सेवाग्राही सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आएनन, भदौ मसान्तसम्म नवीकरण नभए भत्ता नै नपाउने

।। मधेशमा पनि पार्टीको संगठन विस्तार भएको रास्वपाका सभापति लामिछानेको दावी, सर्लाहीमा झरी पर्ने र रोकिनेक्रम जारी

।। रौतहटको चन्द्रनिगाहपुरमा वनको जग्गामा लगाइएको मकै उखेलियो, वन अतिक्रमणबारे मुख्यमन्त्रीको पनि चासो

र ।। निजामती सेवा विधेयक छिटो पारित गर्ने सरकारको तयारी, प्रचण्ड सरकारको सूचीसहित एक हजार बढी कैदी संविधान दिवसमा माफी पाएर छुट्दै

05/09/2024

Ekata Khabari

04/09/2024

। हरिपूर्वाको विद्युत् सवस्टेशन दशैँअघि नै संचालनमा ल्याउने तयारी, पोल गाड्ने काम पूरा भइसकेको विद्यूत् प्राधिकरणको दावी

।। ईश्वरपुर र हरिपुरका ६० स्थानमा बालविवाहविरुद्धको सडक नाटक प्रदर्शन, लालबन्दीबाहेक सर्लाहीका अन्य प्रहरी युनिटका इन्स्पेक्टर फेरिए, इप्रका गडहीयामा पनि इन्स्पेक्टर खटाइयो

।। महोत्तरीमा एक वर्षमा तीन अर्बको खाद्यवस्तु आयात, बैंकबाट ऋण लिएर मुनाफा कमाउन सहकारीमा बचत गर्नेहरू आन्दोलनमा रहेका सहकारी मन्त्री अधिकारीको आरोप

।। एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षा नतिजाको त्रुटि सच्याउन सरकारलाई निर्देशन

र ।। अब नेपालसँग पनि ओलम्पिक पदक छ भन्न सक्ने भएको बिजेता पलेशा गोवर्धनको भनाई, साफ महिला च्याम्पियन्ससिपमा नेपाले पहिलो खेल भुटानसँग खेल्ने

03/09/2024

र्लाहीको हरिवनमा सर्पले डसेर एक युवकको मृत्यु, उपचारका लागि ढिलो ल्याउँदा ज्यान गएको चिकित्सकको भनाई

।। धनकौलमा सांसद डा. अमरेशकुमार सिंहको कार्यक्रममा नाराबाजी र ढुुंगामुढा, प्रहरीले सुरक्षित घर पुर्यायो

।। सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा दिन ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र

र ।। नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो अभ्यास खेल रद्द

03/09/2024

ekata Khabar

02/09/2024

।। लामो विवादपछि सर्लाहीको ईश्वरपुर १३ महारानी बजारमा बिजुलीको पोल गाडियो, हरिपूर्वाको विद्युत् सवस्टेशन संचालन हुने आश

।। नगर अस्पताल लालबन्दी सर्वसाधारणमा विश्वास जित्दै, उपचारका लागि आउने बिरामी बढे, पोखरीमा डुबेर हरैयामा एक जनाको मृत्यु

।। सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न महामन्त्री विश्वप्रकाशको आग्रह, भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय, अब एमाले पनि सरकारमा जाने

र ।। अभ्यास खेलका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम श्रीलङ्का प्रस्थान

02/09/2024
सामुदायिक संचार एकता सहकारी सस्था द्वारा संचालित सामुदायिक रेडियो एकता का सहायक ब्यबस्थापक श्री बुद्ध बहादुर बि.क. (दिपक...
02/09/2024

सामुदायिक संचार एकता सहकारी सस्था द्वारा संचालित सामुदायिक रेडियो एकता का सहायक ब्यबस्थापक श्री बुद्ध बहादुर बि.क. (दिपक Dipak Badshah ) लाई जन्म दिनको हर्दिक सुभकामना ब्यक्त गर्दछु ।

गोविन्द बहादुर महत
अध्यक्ष

प्रकाश मैनाली
ब्यबस्थापक

सामुदायिक रेडियो एकता परिवार

01/09/2024

। लामो विवादपछि सर्लाहीको ईश्वरपुर १३ महारानी बजारमा बिजुलीको पोल गाडियो, हरिपूर्वाको विद्युत् सवस्टेशन संचालन हुने आश

।। नगर अस्पताल लालबन्दी सर्वसाधारणमा विश्वास जित्दै, उपचारका लागि आउने बिरामी बढे, पोखरीमा डुबेर हरैयामा एक जनाको मृत्यु

।। सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न महामन्त्री विश्वप्रकाशको आग्रह, भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय, अब एमाले पनि सरकारमा जाने

र ।। अभ्यास खेलका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम श्रीलङ्का प्रस्थान

31/08/2024

।। सर्लाहीको मौसम बदली, कतै वर्षा, कतै पानी पर्लाजस्तो भई मौसम धाम्मधुम्म, सिन्धुलीको मरिणमा चट्याङ लागेर एक महिलाको मृत्यु

।। लालबन्दीमा कृषि क्याम्पसका लागि जग्गा प्राप्तीको पहल जारी, परवानिपुरमा वनको नदी उकास जमिन प्रदेशका दुई मन्त्रीलाई निरीक्षण गराइयो

।। नेपालमा अब फेरि अराजकता र हिंसाको राजनीति सम्भव नरहेको प्रधानमन्त्री ओलीको भनाई, बंगलादेशमा जे भयो, त्यो यहाँ नहुने जिकिर

र ।। अवैध चोरी सिकारी प्रकरणमा पूर्वडीआईजी, पूर्वउपसभामुखका छोरा र सईलाई जोगाउन चलखेल, नक्कली प्रतिवेदन बनाउन नमानेपछि पक्राउ गर्ने टोली नेतृत्वकै नाम ‘फेरबदल’

31/08/2024

Ekata khabar 8AM
Local news special................................

30/08/2024

ख् डेंगु नियन्त्रणका लागि लालबन्दीमा लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियान, विविध कार्यक्रम गरी सर्लाहीमा संविधान दिवस ३ दिनसम्म मनाइने

।। सेप्टिक ट्याङ्कीभित्र बेहोस भएर नवलपरासी पूर्वमा ३ जनाको मृत्यु, पाँचथरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालकै रहेको गृहमन्त्री लेखकको भनाई

।। सिन्धुलीको गोलन्जोर गाउँपालिका एक वर्षदेखि निमित्त प्रमुखको भरमा, जिल्ला पनि सीडीओविहीन

र ।। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतद्धारा आज खारेज

30/08/2024

Ekata khabar 8AM
Local news special.....................................

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when सामुदायिक रेडियो एकता 92.4 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सामुदायिक रेडियो एकता 92.4 MHz:

Videos

Share

Category


Other Radio Stations in Kathmandu

Show All