Lila Aryal

Lila Aryal स्वागतम छ है पेजमा लाइक गरि साथी बन्नु होला है 🙏
(1)

03/02/2025

अमृरिसो वारि मा डुल्दै।।।

03/02/2025

शुभ बिहानी !!
आज वसन्त पञ्चमी, वसन्त पञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौं। श्रीपञ्चमी, सरस्वती पूजा - बालबालिकाको अक्षरारम्भ गर्ने दिन। बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू बसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ।
प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिन्छ। सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको छ।
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन !

02/02/2025

ॐ ऐं ह्रीं क्लीं सौं श्रीं सरस्वत्यै नम: ।

02/02/2025

नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोंटी देशाई भन्नुहुन्छ:

"यो बिदाइ होइन, तर हृदयदेखि धन्यवाद! 🙏🏾✨️"

गएका दुई वर्ष अविस्मरणीय रहे। नेपाल क्रिकेटमा दिगो प्रभाव पार्ने आशासहित अज्ञात यात्रामा पाइला टेकेको थिएँ। यी दिनहरू उपलब्धिहरू र स्मरणीय क्षणहरूले भरिएका छन्—TU मैदानमा रुख चढेर, छाता ओढेर खेल हेरिरहेका समर्थकहरूको जोश देख्दा नेपाली क्रिकेटको आत्मा झल्किन्थ्यो।

खेलाडीहरू, तिमीहरू लाखौँको सपना बोकेर मैदानमा उत्रन्छौ। "एक बल मानसिकता" अँगाल्दै अघि बढ, "ह्याप्पी ड्रेसिङ रूम दर्शन" नै तिम्रो शक्ति हुनेछ।

पर्दा पछाडिबाट अहोरात्र खट्ने सहयोगी टिम, तपाईंहरूकै अथक प्रयासले खेल अघि बढेको छ। तपाईंहरूसँग काम गर्न पाउँदा गर्व लागेको छ।

समर्थकहरूको अटूट माया हाम्रो सबैभन्दा ठूलो प्रेरणा रह्यो। कृपया, यस टोलीमा सधैं विश्वास राख्नुहोस्!

CAN लाई धन्यवाद, जग बसिसकेको छ—अब नेपाललाई गौरवान्वित बनाउने जिम्मेवारी हामी सबैको हो।

नेपाल मेरो घरभन्दा टाढाको अर्को घर हो। यहाँ क्रिकेट खेल मात्र होइन, यो एक भावना हो, जसले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्छ।

02/02/2025

गाउँ घर तिर हुरि चल्दै

31/01/2025

यात्रा त्योसँग सुन्दर लाग्छ, जोसँग कुमसँग कुम, हातमा हात मिलाएर हिँड्न पाइयोस, न कि कसैको पछाडि लाग्न परोस्, न कसैको पछाडि हिँड्नपरोस् !

31/01/2025

यसकारण पनि मन दुखिरहन्छ मेरो,
यहाँ मन दुखाउन पनि पाउँदिन मैले।

31/01/2025

धैर्य गर , समयलाई पर्ख। जे भएको छ राम्रै भएको छ। ढुंगाको आयु पनि तब मात्र सुरु हुन्छ जब उस्लाई घोचिन्छ, खोपिन्छ र चोट सम्याएर मुर्ति बनाइन्छ। Goodmorning dear all 💞

30/01/2025

के खान्छौ कमला सुन्तला कि अमला? 😁

30/01/2025

२८६१औं सोनाम ल्होछारको हार्दिक मंगलमय शुभकामना!**
यो पवित्र अवसरले तपाईंको जीवनमा स्वास्थ्य, सुख, समृद्धि र शान्ति ल्याओस्। नयाँ वर्षले तपाईंका सपनाहरू पूरा गर्ने मार्ग प्रशस्त गरोस्।

29/01/2025

आज माघ १६ गते, सहिद दिवस !
नागरिक स्वतन्त्रता, लोकतन्त्र स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धार्पण!!🇳🇵

29/01/2025

कागले कोहिलीको आवाज दबाउन सक्ला, तर आफ्नो आवाज कोहिलीको जस्तो मधुर बनाउन सक्दैन । त्यसैले दुष्टले असल मान्छेको विरोध गर्न सक्ला तर, आफु असल बन्न सक्दैन । सधै असल र सरल बन्नसकु Saral Life

27/01/2025

राजनीतिमा आउन सक्छु : पूर्वराष्ट्रपति भण्डारी
- हावा बहन छोड्यो । माछा रूख चढ्न थाल्यो । पृथ्वी घुम्न छाड्यो । भाले बास्न छाड्यो ।
तपाईंबिनाको नेपालको राजनीति राजमाता शिवगामी बिनाको माहिष्मती साम्राज्य झै भइ सक्यो । सतिदेवि बिनाको महदेवको जस्तो अवस्था भो । चाँडै सवारी होस् ।

27/01/2025

#तर्कको_तारहरुमा_अल्झिरहने_जिन्दगीको_व्याकरणले_परिभाषाहोइन_सारांश_खोजेको_रहेछ ❤️

25/01/2025

साँचो प्रेमको उपहार भनेको याद रहेछ, न पाउन सकिन्छ न भुलाउन।

#शुभरात्री❤️

25/01/2025

कमाउने सक्ने भएपछि महिलालाई पुरुष नै चाहिँदैन : नायिका नम्रता सापकोटा

धेरै पैसा कमाउन सक्ने भएपछि ६०% महिलाले विवाह नगर्ने नायिका नम्रता सापकोटाले बताएकी छन्। अबको १० देखि २० वर्षपछि अधिकांश ६०% भन्दा बढी महिलाले पैसा कमाउन सक्ने भएपछि विवाहका लागि पुरुष नै नचाहिने दाबी गरेकी हुन् । महिलाहरु जति धेरै आर्थिक रुपमा बलियो हुन्छन् उनीहरु पुरुषको दबाब झेल्न तयार हुँदैनन्। आफू कमाउने भएपछि महिलालाई पुरुष नै चाहिँदैन नम्रताले एक अन्तर्वार्तामा बताएकी छन् ।

25/01/2025

टुप्पोमा हुनेलाई हो झर्छु कि भन्ने डर,
फेदमै बस्नेलाई त भुइँकै रहर । 💕🙏💕

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lila Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category