मौद्रिक नीति परिवर्तनसँगै शेयर बजारमा देखिएको उत्साहको अर्थ के ?
गत साता एक हजार ८ सय ५२ दशमलब ७-७ बिन्दुमा बन्द भएको बजार यो साता एक हजार ९ सय ९४ दशमलब ६-० बिन्दुमा पुगेको छ। यो साता सेयर बजारमा पाँच दिन कारोबार हुँदा चार दिन बढ्यो भने एक दिन घट्यो । यो साता सेयर बजारमा लामो समयपछि १६ दशमलब ६-९ अर्ब रुपैयाँको कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो साता ७ दशमलब ३-८ अर्ब रुपैयाँको मात्रै भएको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गरेलगत्तै यो साता दोस्रो बजारमा कारोबार र सूचक दूबैमा बढोत्तरी आएको छ । यो साता बजार पूँजीकरण ३० खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । यस्तो बजार पूँजीकरण अघिल्लो साता २८ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको थियो । यो साता बजार पूँजीकरण २ खर्ब ११ अर्ब रुपैयाँले बढेको छ । यो साता दोस्रो बजारमा असार महिनापछि उच्च कारोबार भएको छ । यस हिसाबले हेर्दा यो साता छ महिनापछि उच्च कारोबारका साथ उच्च अंक बृद्धिले
कुनै समय पंकज नेम्वाङका कटु आलोचक इन्द्रमान तुलाधरको मिलनको रहस्य
अखिल नेपाल फुटबल संघ एन्फामा रमिताको सिलसिला जारी छ । एन्फा बचाउ, एन्फा शुद्धीकरणदेखि नेपाली फुटबल फ्यान क्लबसम्म खोलेर फुटबल विकासको नाममा पद र कुर्सीको खेल मौलाउँदो छ । हरेक अभियान पदमा पुगेर टुंगिन्छ । हरेक बार्गेनिङ कुर्सीसँग विनिमय हुने गरेको छ । एन्फा भित्र मौलाउदो यो खेलमा उत्रिएकाहरुलाई न लाज छ नत कुनै शरम नै । यसको पछिल्लो उदाहरण बनेका छन, इन्द्रमान तुलाधर र एन्फाको सत्ता पक्ष । पछिल्लो डेढ वर्ष एन्फा विरूद्ध निरन्त खनिएका तुलाधर सीईओका रूपमा एन्फा प्रवेश गर्ने तयारीमा रहेपछि निश्चित छ अब उनको आन्दोलन सेलाउने छ ।
#Galaxy4K #GalaxyNewsReport
शनिबार भएका एनएसएलका खेल कस्तो रह्यो ?
दशरथ रंगशालामा आज भएको पहिलो खेलमा पोखराले छैटौं मिनेटमा नै अग्रता लियो। जाे आइडुको गोलमा पोखराले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। ११ औं मिनेटमा सुशील लामाको क्रसमा डिफेन्डर आइकिन्स बफुरको हेडरले सही दिशा लियो र खेल एक-एक गोलको बराबरीमा पुग्यो। यसपछि ४४ औं मिनेटमा मोसेस ग्याबाले गोल गर्दा पहिलो हाफमा पोखराले दुई एकको अग्रता बनायो। दोस्रो हाफमा थप गोल भएन र पोखरा दुई एकको जीतसंगै महत्वपूर्ण ३ अंक जोडदै लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ। पोखरा ६ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लँदा वीरगन्ज ६ खेलमा ५ अंकका साथ सातौ स्थानमा रहेको छ
#Galaxy4K #GalaxyNewsReport
एक सातादेखि जनकपुरमा जारी विवाह पञ्चमीमा के देखियो ?
जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण भएको छ । १०१ क्विन्टल अन्न प्रयोग गरी जनकपुरधामस्थित रङ्गभूमि मैदान बाह्र बिघामा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमालाई ५ दिन लगाएर बनाइएको छ।
#Galaxy4K #GalaxyNewsReport
ग्यालेक्सी सम्पादकीयः किसानको पसिनाको सम्मान खै ? | Galaxy Editorial
#Galaxy4k #GalaxyEditorial
नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
#Galaxy4K #GalaxyNewsReport
उधारोमा उखु बेच्दै आएका किसान सरकारले तोकेको मूल्यसँग असन्तुष्ट, नसच्याए आन्दोलनको चेतावनी
उखु उत्पादक किसानमाथि सरकारले अघिल्लाे साल गरेकाे गल्ति दाेहाेर्याइरहेकाे छ । हालसम्म उखुको समर्थन मूल्य नतोकिदिंदा बारा–पर्साका विभिन्न स्थानमा उखु खेती गरेका किसानहरु उधारोमा उखु बेच्नुपर्ने बाध्यतामा छन् ।
#Galaxy4K #GalaxyNewsReport
तेह्रथुममा कालो झण्डा छल्दै सभा गरेका एमाले अध्यक्ष ओलीले के भने ? | Galaxy News Report
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन् । तेह्रथुममा संकल्प यात्रा अन्तर्गतको सभालाई सम्बोधन गर्दै नेपाल मुलतः पहाडी देश भएपनि यसको उचित सदुपयोग गर्न नसकेको उनको भनाई थियो । कृषिको वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको उनको तर्क थियो । मंसिर १४ गतेबाट महाकालीदेखि मेचीसम्मकाे मध्यपहाडी यात्रामा निस्किएकाे एमालेकाे यात्रामा तेह्रथुममा पहिचानवादीहरूले शुक्रवार विराेध गर्दै कालाे झण्डा समेत देखाएका छन् । काेशी प्रदेशकाे नाम पहिचानकाे आधारमा राख्नुपर्ने माग गर्दै असन्तुष्ट पक्षले काेशी प्रदेशमा आन्दाेलन गरिरहेका छन् । पहिचानवादीहरुको विरोधकाबीच एमालेको संकल्प यात्रा जारी छ।
#Galaxy4K #GalaxyNewsReport
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत महोत्तरीको फैसलाविरुद्ध लोसपाद्वारा प्रदर्शन
जिल्ला अदालत महोत्तरीले गरेको एक फैसलामा असुन्तुष्टि जनाउदै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले महोत्तरी सदरमुकाममा प्रदर्शन गरेको छ । सात जनामाथि भएको जन्मकैदको फैसला पूर्वाग्रहपूर्ण रहेको ठहर गर्दै लोसपाको सडकमा उत्रिएको हो ।
#Galaxy4K #GalaxyNewsReport
तोकिएकै मितिमा महासमिति गर्न दबाब दिंदै आएका शेखर–गगन किन सफल भएनन् ?
कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक हुनु दुई दिन अघि सभापति शेरबहादुर देउवालाई दबाब दिने उद्देश्यका साथ महामन्त्री गगन थापासमेतलाई सहभागी बनाउँदै संस्थापनइतर समूहको बैठक बस्यो । बैठकले निर्धारित समयमै महासमिति बैठक डाक्न दबाब दिने निष्कर्ष निकाल्यो । यसका अलावा राष्ट्रिय सभाका लागि उम्मेदवार बनाउँदा पुराना दोहोरिन नदिने अनि मापदण्ड बनाउने निष्कर्ष निकालेको थियो । तर, पार्टी केन्द्रीय समिति र कार्यसम्पादनमासमेत दह्रो पकड बनाएका सभापति देउवालाई दबाब दिने उद्देश्य राखिए पनि उनीहरुले चाहेजस्तो केही परिवर्तन देखिएन । यसले सभापतिको विश्वासबेगर अघि बढ्न इतर पक्षलाई सहज छैन भन्ने सन्देश पनि दिएको छ ।
#Galaxy4K #GalaxyNewsReport
एउटा समूहलाई पोस्न स्टक एक्सचेन्ज लाइसेन्सः गगन थापा | Galaxy News Report
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले नेपाली नागरिक कुशासनबाट आजित बनेको बताएका छन् । शुक्रबार सञ्चार माध्यमसँगको कुराकानीमा महामन्त्री थापाले कुशासनबाट नागरिक आजित बनेरहेका बेला सरकारले एक समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिन नहुने बताए । उनले वर्तमान पुँजीबजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु पर्ने बताए ।
#Galaxy4K #GalaxyNewsReport
ग्यालेक्सी सम्पादकीय: न्यायाधीश महोदय ! ज्यानमारा उद्योगको पक्षपोषण किन ? | Galaxy Editorial
#Galaxy4k #GalaxyEditorial