Share Notification

Share Notification हजुरहरुको उज्जल भबिस्य हाम्रो कामना ?

29/09/2024

Naw a days Nepali share market 📉📈 Share bazar

18/09/2024

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार विन्दुसम्म पुगिसकेको बजार किन घटी रहेको छ भनेर प्रश्न गरेका छन् । अर्थमन्त्री पौडेलले बुधबार दिउँसो नेप्सेमा निरीक्षण गर्ने क्रममा उनले नेप्सेका अधिकारीहरुलाई ३ हजार विन्दुसम्म पुगिसकेको बजार किन घटी रहेको छ ? भनेर प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘२०/३० अर्बको कारोबार भइरहेको थियो किन ४/५ अर्बमा पुगेको छ । किन यस्तो ? गत वर्ष ५ अर्ब राजस्व संकलन गरेका थियौ । तर पछिल्लो बजारमा आएको सुधारले वर्षदिन भन्दा बढी राजस्व आएको छ। अहिले हामीले २ महिनामा ७ अर्ब राजस्व संकलन गरेका छौं ।’ पौडेलले भने, ‘३ हजार पुगेको बजार किन घटी रहेको छ । यो प्रश्नको जवाफ खोज्न आज नेप्सेमा आएको हु । यी प्रश्नको जवाफ म आफैसँग पनि खोज्छु । मेरा सचिवहरुसँग खोज्छु र नेप्सेको ब्यवस्थापनसँग समेत खोज्छु ।’

उनले नेप्सेका अधिकारीहरुलाई केही गलत तत्वले फैलाएको अफवाहको पछि लगानीकर्ता दौड्दा बजारमा कुनै कारण बिना नै गिरावट देखिएको बताए ।


अर्थमन्त्रीले सामाजिक सञ्जालमा गैरकानूनी ढंगले बजारलाई नकारात्मक प्रभाव पार्न र लगानीकर्ताको मनोबल गिराउन सक्रिय पात्र तथा समूहहरुलाई कडा कारवाही गर्ने चेतावनी समेत दिए ।

पौडेललले भनेका छन्,‘नेप्सेले पनि सामाजिक सञ्जालमा हुने यस्ता गतिविधिप्रति चासो बढाउनु पर्छ, ’ ,‘देशको अर्थतन्त्र र प्रमुख सूचकहरु सबै सकारात्मक हुँदाहुँदै बजार यसरी घटाइनु प्राकृतिक छैन । यसमा सरकारले छानबिन गर्नेछ

16/09/2024

हरेक कारोबारमा डीपी चार्ज तिर्नुपर्दा लगानीकर्ता वाक्क, खारेजीको माग प्रधानमन्त्री कार्यालयमl

हरेक कारोबारमा डीपी चार्ज तिर्नुपर्दा लगानीकर्ता वाक्क, खारेजीको माग प्रधानमन्त्री कार्यालयमा

काठमाण्डौ । बजारमा क्रियाशील सेयर लगानीकर्ताका चार संगठनले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारलाई ज्ञापनपत्र बुझाउँदै डीपी चार्ज, व्यक्तिगततर्फ सेयरकर्जाको सीमा खारेजी लगायतका १० बुँदे माग राखेका छन् ।
जनरल इन्भेष्टर एशोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्त रुपमा भदौ २८ गते शुक्रबार प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारलाई सम्बोधन गर्दै पूँजीबजार सुधार तथा विकासको विषयमा १० बुँदे मागसहितको ज्ञापनपत्र पेश गरेका हुन् ।

उनीहरुले १५ करोडसम्मको सेयरधितो कर्जाको सीमा खारेज हुनुपर्ने, सेयर कर्जामा लगाइएको १२५ को जोखिमभारलाई १०० प्रतिशतमा झार्नुपर्ने, धितोपत्र बोर्डमा बजार बुझेको र योग्य व्यक्तिलाई अध्यक्ष बनाइनुपर्ने, नेप्सेमा रणनीति साझेदार ल्याएर आधुनिक र प्रविधियुक्त पुनरसंरचना गरिनुपर्ने, सेयरका हरेक कारोबारमा लाग्ने हक हस्तान्तरण शुल्क(डीपी चार्ज) खारेज हुनुपर्ने, अन्य कमिसनका दरहरु समेत घटाइनुपर्ने, वैज्ञानिक ढंगको पूँजीगत लाभकरको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

लगानीकर्ताहरुले स्वतन्त्र पूँजीबजार सुधार आयोग गठन गरी ऐनहरुमा नीतिगत सुधारको आवश्यकता समेत औंल्याएका छन्।

गैरआवासीय नेपालीलाई बिना शर्त लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था हुनुपर्ने, नेप्सेले बजार पूँजीकरणमा प्रयोग गरिरहेको गणना विधि वैज्ञानिक नभएकोले त्यसलाई परिवर्तन गरिनुपर्ने लगातयका माग समेत ज्ञापनपत्रमा राखिएको छ ।

NLO
13/09/2024

NLO

13/09/2024

पावरको दुरुपयोग गर्दै जन्ता ठग्ने धनराज परिवार ! सहकारी ठगि!!!

12/09/2024

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

11/09/2024

मार्केटमा सप्लाई छैन भोल्युम पुरै सुकिसकेको अवस्था छ.... र ठूला खेलाडीहरू अझै अलिकति सस्तो पाउँछु कि भनेर मुख ताकेर बसेका छन्। अहिलेसम्म पनि होल्डमै हुनुहुन्छ भने अब नआत्तिनु होला Reversal नजिकै छ।👍🏻

11/09/2024

बजार घट्यो भनेर अतालिएर घाटामा सेयर बिक्रि नगर्नुहोस , हालको अबस्थामा धैर्यता नै जित हो।

09/09/2024

नेपाल राष्ट्र बैंकका अनुसार आधार दर साउनको तुलनामा भदौमा औसत ०.२५ प्रतिशतले घटेर ७.९२ प्रतिशतमा झरेको देखिन्छ ।


आधार दर कम भएसँगै कर्जाको ब्याजदर त कम भयो तर कर्जा प्रवाह भएन । बैंकहरुले आफूसँग भएको निक्षेप सस्तो ब्याजदरमै केन्द्रीय बैंकमा राखिरहेका छन् । अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने न्यून छ । बैंकहरुले निक्षेपको व्याजदर घटाउँदै आएका छन् । त्यसपछि आधारदर कम हुँदै गएको हो । अब बैंकबाट सस्तो व्याजदरमा ऋण पाउन सकिन्छ ।

कुन बैंकको आधार दर कति ?

केन्द्रीय बैंकको विवरणअनुसार यतिबेला आठ वटा वाणिज्य बैंकको आधार दर औसतभन्दा पनि कम छ । यी बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक र सानिमा बैंक रहेका छन् । अझ राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर त ७ प्रतिशतभन्दा पनि कम रहेको छ । यी बैंकहरुबाट ऋण लिँदा सस्तो ब्याज पर्ने निश्चित छ ।

२० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको छ । यस बैंकको भदौको आधार दर ६.२२ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यसको आधार दर ६.६६ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.६६ प्रतिशत , कृषि विकास बैंकको ७.९६ प्रतिशत, नबिल बैंकको ७.४२ प्रतिशत, एभरेष्ट बैंकको ७.२९ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ७.७७ प्रतिशत, सिद्धार्थ बैंकका ७.९३ प्रतिशतमा सीमित भएको छ । प्रभु बैंक ७.९५ प्रतिशत, एनएमबी बैंक ७.९८ प्रतिशत, सिटिजन्स बैंकको ८.४२ प्रतिशत, माछापुच्छ्रे बैंकको ८ प्रतिशत, नेपाल एसबिआइ बैंकको ८.११ प्रतिशत कायम भएको छ ।

यसैगरी लक्ष्मी सनराइज बैंकको ८.३९ प्रतिशत, हिमालयन बैंक ८.५३ प्रतिशत, प्राइम कमर्सियल बैंक ८.५७ प्रतिशत, कुमारी बैंक ८.९० प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंक ६.२२ प्रतिशत, एनआइसी एसिया बैंक ९.२२ प्रतिशत आधार दर कायम भएको छ ।

03/09/2024

साताको दोस्रो दिन सोमबार नेप्सेमा उछाल आएको छ। नेप्से ४.७२%, १२७.३२ अङ्कले बढेर २८२३.२५ मा बन्द भएको छ। कारोबार रकम पनि बढेर १३.१९ अर्ब पुगेको छ।

३०४ ओटा स्क्रिप्ट बढेका छन् भने जम्मा २३ ओटा स्क्रिप्ट घटेका छन्। घट्नेमा अधिकांस म्युचुअल फन्ड रहेका छन्। यसका साथै १५ ओटा स्क्रिप्ट सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी (NHPC), बेस्ट फाइनान्स कम्पनी (BFC), NLG इन्स्योरेन्स कम्पनी (NLG), सुपर माई हाइड्रोपावर (SMH), समृद्धि फाइनान्स कम्पनी (SFCL) लगायत छन्। त्यसैगरी सबैभन्दा गुमाउनेमा लक्ष्मी उन्नति कोष (LUK), माइखोला हाइड्रोपावर (MKHL) लगायत छन्। यस अघि नेप्से लगातार १ हप्ता सम्म घटेर २६९५ पुगेको थियो।

01/09/2024

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले साउन २७ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (भदौ १६ गते) अन्तिम म्याद रहेको छ। कम्पनीले चालू चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गरेको छ।

हालसम्मका बुलिस कम्पनिहरुको सुचि।
27/08/2024

हालसम्मका बुलिस कम्पनिहरुको सुचि।

फेरि आजपनि बिहानै दुखद घटना मुग्लिन नारायणगड सडक खन्डमा 🥹
25/08/2024

फेरि आजपनि बिहानै दुखद घटना मुग्लिन नारायणगड सडक खन्डमा 🥹

चितवनको घुमाउनेमा बस दुर्घटनाः घाइतेको संख्या १७ पुग्यो (बिबरणसहित) चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउन....

23/08/2024

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९९ हजार ६८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज (भदौ ७ गते) बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

https://youtu.be/eqxeDaTXArM?si=M_FoOcLa926RNxmJ
23/08/2024

https://youtu.be/eqxeDaTXArM?si=M_FoOcLa926RNxmJ

मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो, उद्धार जारीतनुहँ —तनुहँको आँबुखैरेनी गाउँपालिका-२ को ऐनापहरा नजिक मर्स्याङ्...

28/07/2024

NEPSE Trading halted for 20 minutes after a 4% increase in the first minute.

तपाइँहरुले भर्नु भयो त ?
21/07/2024

तपाइँहरुले भर्नु भयो त ?

17/07/2024

काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Share Notification posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share