के छ खबर

के छ खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from के छ खबर, TV Channel, Kathmandu.

दुबईमा छतबाट लडेर मृत्यु भयो भनिएकी अर्घाखाँची पाणिनी गाउँपालिका ५ मैदानकी राधा घिमिरेको आफ्नै श्रीमानले हत्या गरेको खबर...
10/04/2024

दुबईमा छतबाट लडेर मृत्यु भयो भनिएकी अर्घाखाँची पाणिनी गाउँपालिका ५ मैदानकी राधा घिमिरेको आफ्नै श्रीमानले हत्या गरेको खबर प्राप्त भएको छ।

अत्यन्त दुखत खबर 🥲दैलेख जिल्ला भैरबी गाउँपालिका वडा नम्बर ६  तोरिमुलमा आज १७ गते का दिनमा परेको चट्याङ लागेर घाईते भएकी ...
30/03/2024

अत्यन्त दुखत खबर 🥲
दैलेख जिल्ला भैरबी गाउँपालिका वडा नम्बर ६ तोरिमुलमा आज १७ गते का दिनमा परेको चट्याङ लागेर घाईते भएकी वालिका उपचारको लागि प्रदेश अस्पताल लैजाने क्रममा बालिकाको मृत्यु भएको छ ।

जातीय विभेद विरूद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा रहेको चलचित्र ‘पुजार सार्की’का एक पात्र Paul Shah  अर्...
30/03/2024

जातीय विभेद विरूद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा रहेको चलचित्र ‘पुजार सार्की’का एक पात्र
Paul Shah अर्थात (मेघराज खत्री)
मेघराजको संघर्ष के कस्तो हो ? जान्न प्रतीक्षा गर्नुहोला 🙏

अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु !काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको...
30/03/2024

अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु !
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो ।ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन ।ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका-५ दक्षिणीकाली चोक निवासी दिपक बास्तोलाकी पत्नी, माईती चितवन टाढी भएकी अम्बिका बास...
29/03/2024

मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका-५ दक्षिणीकाली चोक निवासी दिपक बास्तोलाकी पत्नी, माईती चितवन टाढी भएकी अम्बिका बास्तोला विगत ३ दिनदेखि सम्पर्कबिहीन छिन्। उनलाई कतै कोही कसैले देख्नु/भेट्नु भएमा निम्न नम्बरमा खबर गरिदिनुहोला।
9845137999 कबिता सुवेदी
9845433874 दिपक बास्तोला
9845302884 दिपक दाहाल
9845105109 रुपक बास्तोला
(नोट: उनले लामो समयदेखि मानसिक समस्याका लागि औषधी सेवन गर्दै आएकी छन्)

धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् । प्रहरीका अनुसार श्रीमानले तत्कालै अस्पताल लग...
29/03/2024

धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् । प्रहरीका अनुसार श्रीमानले तत्कालै अस्पताल लगे पनि उनको मृत्यु भइसकेको पाइएको छ। पढ्नमा अब्बल उनले रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक ल्याएकी थिइन्। भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पनि उनले प्राप्त गर्न सफल भएकी थिइन्।

स्याङ्गजाको सौगात क्षेत्री र संगम क्षेत्रीले बुबाको किरिया बसेर एसईईको परीक्षा दिँदै छन्। शोक भएपनि उनिहरु उच्च मनोबलका ...
29/03/2024

स्याङ्गजाको सौगात क्षेत्री र संगम क्षेत्रीले बुबाको किरिया बसेर एसईईको परीक्षा दिँदै छन्। शोक भएपनि उनिहरु उच्च मनोबलका साथ परीक्षा दिइरहनुभएको भाईहरू प्रति नमन्। 😥🙏

एमाले निकट अनेरास्ववियुको स्थायी कमिटी सदस्य एवं विद्यार्थी नेता धनगढीकी राजमती उर्फ रक्षा बम काठमाण्डौँ तपोवन क्षेत्रबा...
27/03/2024

एमाले निकट अनेरास्ववियुको स्थायी कमिटी सदस्य एवं विद्यार्थी नेता धनगढीकी राजमती उर्फ रक्षा बम काठमाण्डौँ तपोवन क्षेत्रबाट मंगलबार पक्राउ परेकी छन्। बमविरुद्ध आपराधिक लाभ लगायत चोरीको समेत मुद्दा दायर भएको थियो।

वर्दगोरीया गॅाउपालीका वडा नम्वर २ कैलाली जरै ठाडा बस्नु हुने यी बुवाले भन्नू हुन्छ मलाई लाग्ने रोग त लागिहाल्यो नमर्दासम...
27/03/2024

वर्दगोरीया गॅाउपालीका वडा नम्वर २ कैलाली जरै ठाडा बस्नु हुने यी बुवाले भन्नू हुन्छ मलाई लाग्ने रोग त लागिहाल्यो नमर्दासम्म सजिलै दिशा पिसाब गर्ने एउटा ट्वाइलेट व्यवस्था गरिदिए सजिलो हुनेथ्यो मलाई घरदेखि जङ्गल जान धेरै समय लाग्छ भनेर गुनासो गर्नु भएको छ।

बच्चा भेटिएको सूचना.. कावासोती-2 नवलपुरमा (जैरा) घर बताउने (योनीस) नाम गरेका लगभग सात- आठ वर्षका एक बालक भेटिएका छन।रुदै...
26/03/2024

बच्चा भेटिएको सूचना..
कावासोती-2 नवलपुरमा (जैरा) घर बताउने (योनीस) नाम गरेका लगभग सात- आठ वर्षका एक बालक भेटिएका छन।रुदै आएका उनले हिजो मात्र गाऊबाट आफ्नो अंण्टिसंग आएको उनले बताएका छन।
अहिले कावासोती चौकीमा रहेका छन।
चिनेकोले कृपया कावासोती चौकीमा सम्पर्क गर्नुहोला।

25/03/2024

चिसापानीको कर्णाली पुलबाट १७ जनाले यसरी हाम फालेका थिए जसमध्ये १ जना वेपत्ता छन् ।

बागलुङ जिल्लाको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । पश्चिम रुकुमबाट काठमाण्डौका लागि हिँडेक...
18/03/2024

बागलुङ जिल्लाको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । पश्चिम रुकुमबाट काठमाण्डौका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको नीसखोला गाउँपालिका, ६ सीपमा दुर्घटना भएको हो ।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । घटनामा घाईतको उद्धारको काम चलिरहेको छ । घाईतेहरुको अबस्था गम्भिर रहेको घटनास्थलमा पुग्नुभएका प्रहरी सहायक निरीक्षक भोज बहादुर गुरुङले बताए । घटनाको थप बिबरण आउन बाँकी छ ।

Really Amazing: Huge Respect For this Art and Patriotism.🇳🇵🙏
17/03/2024

Really Amazing: Huge Respect For this Art and Patriotism.🇳🇵🙏

 #के_छ_खबर  #अपडेट चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा ए...
17/03/2024

#के_छ_खबर #अपडेट
चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार शनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किंदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो ।

अहिले भर्खरै आँबुखैरेनी चोकबाट अलिकति अगाडि पोखरा जाने बाटोमा मोटरसाइकल दुर्घटना भएको छ । उहाँहरुलाइ अहिले आँबुखैरेनी हस...
16/03/2024

अहिले भर्खरै आँबुखैरेनी चोकबाट अलिकति अगाडि पोखरा जाने बाटोमा मोटरसाइकल दुर्घटना भएको छ । उहाँहरुलाइ अहिले आँबुखैरेनी हस्पिटलमा लगिएको छ । उहाँहरुलाई चिन्नेहुनेले आफन्तकोमा खबर गरिदिनुहोला ।

सप्तरीको तिलाठीकोइलाडी गाउपालिका वडा नं 1 मा रहेको लचका नदीको पुलमा मोटर साइकल दुर्घटनामा परी एक अपरिचित युवाको घटना स्थ...
10/03/2024

सप्तरीको तिलाठीकोइलाडी गाउपालिका वडा नं 1 मा रहेको लचका नदीको पुलमा मोटर साइकल दुर्घटनामा परी एक अपरिचित युवाको घटना स्थलमै मृत्यु भएको छ ।
गाडी न: म प्र ३०६१ रहेको छ । कसैले चिन्नुहुन्छ भने खबर गरौं।

बिरक्त्त लाग्दो राजनितिमा आशा लाग्दो ब्यक्तित्वहरु, , ,  #जनताको आशा निराशामा नबदलियोस,  सफल कार्यकाल को शुभकामना ❤️उप प...
06/03/2024

बिरक्त्त लाग्दो राजनितिमा आशा लाग्दो ब्यक्तित्वहरु, , ,
#जनताको आशा निराशामा नबदलियोस, सफल कार्यकाल को शुभकामना ❤️
उप प्रधान तथा गृह: रवि लामिछाने
श्रम : डिपी अर्याल
शिक्षा: सुमना श्रेष्ठ
युवा तथा खेलकुद: विराज भक्त श्रेष्ठ

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देव...
01/07/2023

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या ।

रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ ।

कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् ।

सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद   बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात ...
01/07/2023

सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद

बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन ।

छ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । यस पटक भने कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्दै आएका थिए ।

गोरखाबाट करिब ५४ केजीको टल्कने ढुङ्गा बरामदगोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित स...
01/07/2023

गोरखाबाट करिब ५४ केजीको टल्कने ढुङ्गा बरामद

गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

“‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर ल्याएको छ”, उनले भने, “ढुङ्गा पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढङ्गबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याइएको हो,

माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले...
30/06/2023

माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् ।

आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका हुन् ।

शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर पुगेका दुवै नेताहरु भरतपुर विमानस्थलमा भेटिएका थिए ।

A2Z_4K

राेजगारीकाे क्रममा मलेसियामा मृत्युु भएका जुम्लाका मयलाल परियारको शव आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...
30/06/2023

राेजगारीकाे क्रममा मलेसियामा मृत्युु भएका जुम्लाका मयलाल परियारको शव आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने भएको छ ।

मलेसिया स्थित राजदुत डिल्ली पाैडेल, रास्वपा सभापति रवि लामिछाने , सहयोगमा उनको शव ल्याउन लागिएको छ ।

"जे छु म खुसी छु ! मलाई युरोप अमेरिकाको सपना देख्नु पर्छ !  मेरो देशलाई फुलाउन फलाउन कहिले धुलम्य त कहिले हिलाम्य बन्नमा...
30/06/2023

"जे छु म खुसी छु ! मलाई युरोप अमेरिकाको सपना देख्नु पर्छ ! मेरो देशलाई फुलाउन फलाउन कहिले धुलम्य त कहिले हिलाम्य बन्नमा अत्यन्तै गर्व लाग्छ मलाई ! म खुसी छु !" -

नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह । हिजो दिउसो देखि अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडक ...
30/06/2023

नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह ।

हिजो दिउसो देखि अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। ईच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पूलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि पहिरो हटाउन नसकिएको हो। अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

बिहीबार (हिजो) दिउँसो साढे १ बजे निरन्तर सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक अबरुद्ध छ। यहाँ हिजो बिहान साढे ९ बजे सुख्खा पहिरो खसेको थियो।

“मानो रोपेर मुरी फलाउने” असार १५ को दिन मिठो दही चिउरा खाँदै वर्षाको खुशियाली मनाऔं 🌾सम्पूर्ण नेपालीलाई असार १५ को धेरै ...
30/06/2023

“मानो रोपेर मुरी फलाउने” असार १५ को दिन मिठो दही चिउरा खाँदै वर्षाको खुशियाली मनाऔं 🌾
सम्पूर्ण नेपालीलाई असार १५ को धेरै शुभकामना ।

कोशी प्रदेशले हालै आएको बाढी-पहिरोमा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका  लागि रु ५० हजार...
20/06/2023

कोशी प्रदेशले हालै आएको बाढी-पहिरोमा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका लागि रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ ।

20/06/2023

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने व्यक्तिहरूविरूद्धको मुद्दा फिर्ता गरेपछि काठमाडौंमा प्रदर्शन भएको छ। मंगलबार बृहत् नागरिक आन्दोलनले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हो।

यस्तो गर्मीमा AC वाला रुममा घुम्ने कुर्सीमा बस्न छोडेर यसरी खोलाहरुमा गएर जनतासंग काम गर्दै आराम गर्छन् अचम्मका जनताका म...
15/06/2023

यस्तो गर्मीमा AC वाला रुममा घुम्ने कुर्सीमा बस्न छोडेर यसरी खोलाहरुमा गएर जनतासंग काम गर्दै आराम गर्छन् अचम्मका जनताका मेयर हर्क साम्पाङ ।❤️❤️🙏💕

15/06/2023

श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए ।

काठमाडौ महानगरले भारत बाट आयत हुने तरकारी लाई रोक लगाउदै गाउँ गाउँमा उत्पादन हुने तरकारीको प्रयोगलाई प्राथमिकता दिने निर...
14/06/2023

काठमाडौ महानगरले भारत बाट आयत हुने तरकारी लाई रोक लगाउदै गाउँ गाउँमा उत्पादन हुने तरकारीको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when के छ खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to के छ खबर:

Videos

Share

Category


Other TV Channels in Kathmandu

Show All

You may also like