Nepalcover

Nepalcover नेपाल कभर, सबैको खबर !

डडेल्धुरा:डडेल्धुराको आलितालमा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका ४ वर्षीय बालक विवेक विकको मृत्यु भएको छ। आलिताल-८ नजि...
08/05/2025

डडेल्धुरा:

डडेल्धुराको आलितालमा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका ४ वर्षीय बालक विवेक विकको मृत्यु भएको छ। आलिताल-८ नजिकै सडकमा हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिएको थियो।
उनलाई डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटो आलिताल-८ गोदाम नजिक बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टले बताए।
आलिताल गाउँपालिका-४ कैनघाडीका उनी गोदाम बजारबाट आमा ज्योती श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको थिए। ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनामा थप दुई जना घाइते भएका छन्।
घाइतेहरूको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ। अटो चालक भने अहिले फरार रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सुन्दर एवम अलौकिक पशुपति क्षेत्र
08/05/2025

सुन्दर एवम अलौकिक पशुपति क्षेत्र

कोशी प्रदेशका मन्त्री राईका विरुद्ध आफ्नै कार्यकर्ताको नाराबाजी
08/05/2025

कोशी प्रदेशका मन्त्री राईका विरुद्ध आफ्नै कार्यकर्ताको नाराबाजी

काठमाडौ :खोटाङ, २५ वैशाख ,कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आ....

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
08/05/2025

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् ....

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानूनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह
08/05/2025

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानूनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि ....

कोशी प्रदेशका मन्त्री राईका विरुद्ध आफ्नै कार्यकर्ता उत्रिए ।कडा सुरक्षा ब्यबस्था बीच कार्यक्रम स्थलमा पुगे ।काठमाडौ :खो...
08/05/2025

कोशी प्रदेशका मन्त्री राईका विरुद्ध आफ्नै कार्यकर्ता उत्रिए ।
कडा सुरक्षा ब्यबस्था बीच कार्यक्रम स्थलमा पुगे ।

काठमाडौ :खोटाङ, २५ वैशाख ,कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत भएका मन्त्री राईविरुद्ध आज गृह जिल्ला खोटाङस्थित साकेला गाउँपालिकामा आफ्नै कार्यकर्ताले नाराबाजी गरेर बिरोध जनाएका हुन् ।मन्त्री आफ्नो प्रचारबाजीमा उत्रिन र अनेक हतकण्डा अपनाउने ब्यक्ति समेत मानिन्छन् ।गतसालको बजेट आफुले बिनियोजन गरेको अफबाह फैलाएर जिल्लामा चर्चा कमाउनु उसको आफ्नै पारा हो।

नागरिक भेटघाट कार्यक्रम लिएर गृह जिल्ला खोटाङ आउनुभएका मन्त्री राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रम बिथोलेपछि प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेका छन् । मन्त्री राईको कार्यक्रम अवरोध गर्न साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राई आफै टोलीको नेतृत्व गर्दै कार्यक्रमस्थलमा खटिनुभएको छ ।

कार्यकर्ताको अवरोधले कार्यक्रम बिथोलिएपछि मन्त्री र गाउँपालिका प्रमुखबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिनुभएको छ । मन्त्री राईसँग आक्रोशित कार्यकर्ताहरुले आफूहरुको अगाडि मन्त्री र गाउँपालिका प्रमुखबीच वार्ता हुनुपर्नेभन्दै नाराबाजी गरिरहेका छन्।

मन्त्री राईलाई गाउँपालिका प्रमुख राईले आफ्नो कार्यालयमा कार्यक्रम गर्न नदिएपछि वडा नं.–३ खिदिमास्थित ढाँडेमा उक्त कार्यक्रम सारिएको जनाइएको छ । आफ्नै कार्यकर्ताले कार्यक्रम अवरोध गर्ने जानकारी पाएपछि मन्त्री राई सुरक्षाकर्मीको ठूलो सङ्ख्यासहित कार्यक्रमस्थल खिदिमा पुग्नुभएको जनाइएको छ।

मन्त्री राईले साकेला गाउँपालिकामा परेको योजनाहरु कटाएको तथा नयाँ योजना कुनै पनि नदिएको कार्यकर्ताहरुले आरोप लगाएका छन् । साकेला गाउँपालिका प्रमुख राईसमेत काँग्रेसबाटै निर्वाचित हुनुभएको हो ।मन्त्री राइले भने आफू खुसी योजना दिने ,आश्वासन दिने गरेका छन् ।


अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ
08/05/2025

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

धनुषा । प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट ब...

राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन
08/05/2025

राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

काठमाडौं । राजसंस्था पुनस्र्थपानका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश....

08/05/2025

काठमाडौं : भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने बताएका छन्। इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले यस्तो बताएका हुन्।

भारत–इरान मैत्री सन्धिको ७५ औं वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची भारत भ्रमणमा छन्। जयशंकरले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिए।

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको बारेमा इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने,‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो।’

भारतीय विदेशमन्त्रीले २२ अप्रिलमा पहलगाम आक्रमणपछि भारतले मे ७ मा आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गर्दै सीमापार आक्रमण गरेको बताए।

जयशंकरले भने,‘हामी तनाव बढाउन चाहँदैनौं, तर हामीविरुद्ध सैन्य कारबाही गरियो भने कडा प्रतिक्रिया दिनेछौं भन्नेमा कुनै शंका छैन।’
जयशंकरले छिमेकी र नजिकको साझेदारको रूपमा परिस्थितिबारे राम्ररी जानकार हुनु इरानलाई महत्त्वपूर्ण रहेको बताए।

08/05/2025

भारतको पञ्जाब प्रान्तको भटिन्डा जिल्लाको अकालिया कन्ला गाउँमा रहेको गहुँको खेतमा बुधबार (७ मे) राति एउटा अज्ञात विमान दुर्घटनाग्रस्त भएको छ ।
विमान दुर्घटनाका कारण एक स्थानीयको घटनास्थलमै मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

घाइतेहरूको भटिन्डाकै जिल्ला अस्पतालमा उपचार भइरहेको द वायरले उल्लेख गरेको छ । हालसम्म दुर्घटना वा विमानबारे कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । भारतको रक्षा मन्त्रालय, भारतीय वायु सेना तथा भारतीय सेनाले हालसम्म दुर्घटनाबारे कुनै पनि विज्ञप्ति सार्वजनिक गरेका छैनन् ।

जबकि, दुर्घटनास्थललाई रक्षा अधिकारी तथा सुरक्षा एजेन्सीहरूले सिल गरिसकेका छन् । यो दुर्घटना गत राति १ बजेर ३० मिनेटमा भएको थियो । यो समय भारतले पाकिस्तानविरुद्ध चलाएको ‘अपरेसन सिन्दूर’ को समयसँग जुध्न जान्छ ।

पाकिस्तानले भारतको पाँच लडाकु विमान खसालेको दाबी गरिरहँदा भारतको पञ्जाबमा रहेको भटिन्डामा विमान दुर्घटना भएको समाचार आएको हो । विमान दुर्घटना हुनासाथ निन्द्रामा मस्त गाउँका सामान्य किसानहरू आतंकित भएको समाचारमा उल्लेख गरिएको छ ।

मृतक भारतीय नागरिकको पहिचान गोविन्दका रूपमा गरिएको छ । उनी हरियाणा चरखी दादरीका खेतीहर मजदुर हुन् । घटनास्थलमा सबैभन्दा पहिले पुगेका उनले भिडियो बनाइरहेका थिए । त्यति नै वेला विमानमा विस्फोट भयो र उनको घटनास्थलमै ज्यान गएको स्थानीय जसपाल सिंह (सुरक्षाका कारण नाम परिवर्तित) ले द वायरलाई बताए ।

विमान दुर्घटना भएपछि २ बजेर १५ मिनेटमा दुर्घटनास्थलमा सुरक्षाकर्मीहरू पुगेका थिए । दुर्घटनामा घाइते हुनेहरूको भने स्थानीय जिल्ला अस्पतालमा उपचार चलिरहेको छ ।

विमानमा रहेका पाइलटको अवस्थाबारे जानकारी लिन खोज्दा स्थानीय जसपाल सिंहले विमानमा आफूहरूले पाइलट नदेखेकाले सम्भवतः उनीहरू सकुशल रहेको बताए । ‘हामी आई पुग्दा यहाँ कोही पनि थिएन, त्यसैले पाइलटहरू पहिले नै सुरक्षित ढंगले कतै अवतरण भएको हुन सक्छन्,’ उनले भने ।

विमानको अर्को भाग भने पाँच किलोमिटर पर गाउँको अर्को किनारमा खसेको समेत स्थानीयले बताएका छन् । तर, यसबारेमा भने भटिन्डाका वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) अमनीत कोन्डले यसबारे केही पनि बताउन चाहेनन् । तर, प्रहरीका प्रवक्ता वरिष्ठ कान्स्टेबल मालविन्दर सिंहले भने गत राति १ बजेर ३० मिनेटमा विमान दुर्घटना भएको पुष्टि गरे पनि थप जानकारी आफूलाई पनि थाहा नभएकाले बोल्न नमिल्ने बताए ।

‘दुर्घटनाबारे भारतीय वायु सेवा तथा भारतीय सेनाका तर्फबाट कुनै जानकारी नआएकाले मैले केही आधिकारिक सूचना दिन मिल्दैन’, उनले भने ।

08/05/2025

भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ

काठमाडौं । पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ । जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएको र ५० बढी घाइते भएको घटनालगत्तै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्ट जारी गरेको हो ।

सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईको हवाला दिँदै टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

पाकिस्तानले जवाफी कारवाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै तीन तिरैबाट हाई अलर्ट रहनु परेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । उता, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाममा भएको हत्यापछि पाकिस्तानलाई भारतीय आक्रमणको जवाफ दिएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले भारतीय फाइटर विमान खसालेको कुरा दिल्ली आफैंले पुष्टि गरेको उल्लेख गर्दै, ‘यो हाम्रोतर्फबाट जवाफ थियो’ भनी अभिव्यक्ति दिएका हुन् । भारतले बुधबार राती गरेको क्षेप्यास्त्रसहितको हवाई आक्रमण हालै पहलगाममा भारतीय पर्यटकको क्रूरतापूर्वक गरेको आमहत्याको जवाफ भएको बताइरहँदा इस्लामावादले भने त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

Address

Kathmandu/10, Narayaneshwar Marg
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepalcover posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalcover:

Share