कला, यात्रा, साहित्य , संगीत
18/02/2024
15/02/2024
29/01/2024
29/01/2024
17/01/2024
15/01/2024
10/01/2024
10/01/2024
07/01/2024
24/12/2023
24/12/2023
21/12/2023
19/12/2023
17/12/2023
08/12/2023
04/12/2023
03/12/2023
02/12/2023
01/12/2023
01/12/2023
01/12/2023
01/12/2023
25/11/2023
25/11/2023
09/11/2023
08/11/2023
27/10/2023
Address
Kathmandu
44600
Telephone
Alerts
Be the first to know and let us send you an email when Ftv Story posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Business
Send a message to Ftv Story:
Videos
Sad news: Legendary Nepali Lok Singer/Actor Jayananda Lama is no more. He is a singer of Original "Kalkate Kaiyo" & so on. He also played in 50+ films like Chhaka Panja etc. 🌹 #हार्दिकश्रद्धाञ्जली
Legendary Nepali Lok Singer/Actor Jayananda Lama is no more. He is a singer of Original "Kalkate Kaiyo" & so on. He also played in 50+ films like Chhaka Panja etc. 🌹 #हार्दिकश्रद्धाञ्जली
प्रदेशको झरी-A poem by Shekhar Bikalp
प्रदेशको झरी -A poem by Shekhar Bikalp हामीलाई युटुबमा पनि हेर्न सक्नुहुन्छ:https://www.youtube.com/c/FtvStorynepal
छिमेकी, साँध र साग - मोहन सङ्ग्राम
छिमेकी, साँध र साग - मोहन सङ्ग्राम ---------------------------- घामले नदेखेको मौका छोपेर हरेक रातजसो मेरो छिमेकी हाम्रो साँधको ढुंगा अलिकती भित्र सार्छ र बिहानै एक मुठा साग लिएर घरमै आइपुग्छ भन्छ : साग खाने बानी गर्नोस् स्वास्थलाई राम्रो गर्छ । उसैले दिएको साग खाएर स्वस्थ भएका मेरा आँखाले हरेक बिहान नाप्छन्, मिचिएको जमिन तर आँखा बोल्दैनन् बोलेपनी सुस्तरी बोल्छन् छिमेकीले नसुन्नेगरी बहिरो छैन मेरो छिमेकी बरू हट्टाकट्टा छ म भन्दा सुनाउछ : साग खाएरै हो, म यस्तो भएको साग खाने बानी गर्नोस् स्वास्थ्यलाई राम्रो गर्छ । अझै पनि छ साग रोप्न पुग्ने जमिन मसँग नभएको त जाँगर मात्रै हो छन त इतिहास पनि छ छिमेकीको भन्दा गौरवमय हराउन लागेको बर्तमान मात्र हो बेपत्ता भएको भविष्य मात्र हो सम्झिन्छु हजुरबाको पालासम्म छिमेकीले पानी खाने कुवा हाम्रो थियो बाको पालासम्म आँपको रूख हाम्रो थियो अहिले त तुलसीको मठ आधा मेरो छ आधा उसको छ सब सम्झिने हो भने त बेस्सरी काँप्न थाल्छ शरिर चुकुल लगाएर कोठाभित्र एक्लै बर्बराउन थाल्छु - "त्यसले मेरो हजुरबाले खुकुरी देखाको बिर्सेजस्तो छ, त्यसले मेरा बाले तेरो साग चाहिदैन भनेको बिर्सेजस्तो छ," यत्तिले नपुगेपछी कोठाभित्रै अझ जोडले चिच्याउछु चिच्याईरहन्छु भोक नलाग्दासम्म भोक लागेपछि मात्र याद आउँछ फेरी पनि मेरो बारीमा साग छैन । हामीलाई युटुबमा पनि हेर्न सक्नुहुन्छ:https://www.youtube.com/c/FtvStorynepal
तिमि को हो - A poem by Nabin Pyassi
A poem by Nabin Pyassi. हामीलाई युटुबमा पनि हेर्न सक्नुहुन्छ:https://www.youtube.com/c/FtvStorynepal
हजारौं योनिको कारागार A Poem By Anamol Kandel
हजारौं योनिको कारागार-अनमोल कंडेल ••••••••••••••••••••••••••••• यशोधरा! मलाइ थाहा छ , छ्टपटिएको छ तिम्रो हृदय, जति छ्ट्पटिएको छु म, यो भव्य राजदरबारको परिसर भित्र । प्रिया ! तिम्रो सौम्य हातहरु , निकै छोटा रहेछ्न् मान्छेका दुखभन्दा, राहुलका यि निर्दोष आखाँहरु, साना रहेछ्न् मान्छेका व्यवधानहरुभन्दा, जस्तो गुलाम हो छ्न्न यो दरवारको , उस्तै गुलाम रहेछौ हामी पनि यो मायाको । गोपि ! थाहा छ तिम्रो आसुँ बनेर बाच्नेछ , मेरो सहृदयता र प्रेम , तर म चाहन्छु , मुक्तीको बाटो बनेर सदियौं बाचोस् , तिम्रो र मेरो समर्पण । अज्ञानताको अध्यारोले , छोपेको छ म भित्रको उज्यालो , नत्र किन भयभित छ मेरो यो सानो मुटु ? किन क्रोधित छन् मान्छेका अनुहारहरु ? किन घृणाले पुलकित छ यो अपराधी मस्तिष्क ? किन जम्छ अहंकार बरफझै यि छातिमा ? मेरो अर्धाङ्गिनी , म त अनवीज्ञ छु , तिम्रो कोमल यौनकुण्डमा हामफाल्ने , कुन रुप हो यो सिद्धार्थको ? मैले अनुहार नजानेको मेरो आमाको शरिरलाइ किन निल्यो आगोले बेरेहमसँग ? कस्ले बेर्यो यो धर्मको धागोले मान्छेलाइ ? किन बनायो मान्छेले यो आत्मा भन्ने सत्ता? मँ माटो मात्र हुँ कि, वा हुँ त्यो भन्दा पर पनि केहि ? जलेर यि प्रश्नका अग्निकुण्डमा , खरानी भएको छ यो राजकुमार , त्यसैले साहेबा, तिम्रो न्यानो काखमा तपाएर यो बालक, प्रवेश गर्दै छु म चिसो अरण्यभूमी, यता प्रेमको तपस्या गर्नु तिम्ले , उता सत्यको तपस्या गर्नेछु म । गोपि! जानाजान गुमाएर सबैथोक , म हिड्दैछु अब खोज्न सबथोक , त्यागेर यो सुखशयलको जिवन , म हिड्दैछु अब खोज्न सुख , मेरो अभावलाइ कत्तिनी , फितलो नसम्झनु है तिमि, म त जादैछु , मान्छेहरुलाइ मुक्त गर्न , यो हजारौं यौनीको कारागारबाट (गृहत्याग गर्ने रात; सिद्दार्थ गौतम) हामीलाई युटुबमा पनि हेर्न सक्नुहुन्छ:https://www.youtube.com/c/FtvStorynepal
सिसा A poem by Bishnu Sannyas
***सिसा*** -बिष्णु सन्न्यास लगेर माटाेकाे भित्तामा ताँस या मार्वलकाे चिल्लाे छातिमा सिसा सिसा न हाे एक दिन फुटिजान्छ निधारमा सँसारकाे सवैभन्दा महङ्गाे फूलकाे स्टिकर ताँसिदेऊ या छेउमै झुन्ड्याइदेउ सुरक्षाकाे एक धारिलाे तरवार सिसा सिसा न हाे एक दिन आफै फुटिजान्छ हत्केलामा थम्याईदेउ कुनै कालजयी गीतकाे एक टुक्रा पङ्ति या राखिदेउ सिरानिमै भगवानहरूले तथास्तु भन्दै गरेकाे तस्विर सिसा सिसा न हाे एक दिन त्याे फुटिजान्छ सिसा जाे बाँचुन्जेल प्रखिबस्छ प्रत्येक विहान उदाएर फेरि साँझमा अस्ताईजाने घामकाे अनुहार सिसा जाे बाँचुन्जेल हेरिबस्छ आकाशकाे छातिवाट मृत्यूकाे गीतगाउँदै बगरमा खसिरहने दुस्मन असिनाकाे नृत्य सिसा जाे बाँचुन्जेल काेरिबस्छ साँझकाे हरेक पन्नामा आफ्नै आयुकाे असुरक्षित दैनिकी श्रदा गरेर कुनै सुनकाे धराजकाे ताँसिदेउ या राखिदेउ प्रेमपुर्वक मन्दिरकाे कुनै शान्त झ्यालमा सिसा सिसा न हाे जति सझाए पनि आखिर त्याे फुटिजान्छ सिसाकाे याे कथा लेखिरहँदा अचेल याे समयले मेराे नाम नै सिसा राखिदिएकाे छ । हामीलाई युटुबमा पनि हेर्न सक्नुहुन्छ:https://www.youtube.com/c/FtvStorynepal
सपनाको कुरा - उपेन्द्र सुब्बा
हिजो राती सपनामा तागेरानिवाफुङ्माङ आएर यसो भनिन्- ल कान्छा जे छोइस् तेरो भो । तब मैले माटो छोएँ, ढुङ्गा छोएँ, हावा छोएँ, पानी छोएँ, खोला छोएँ, आगो छोएँ....... सप्पैसप्पै मेरो भयो । र स्वयम् लाई छुन खोज्दा बिम्झिएँ बाँकी रात निन्द्रा लागेन छुकछुक् लागिरह्यो ..... तिमीलाई छुनु थियो, कसो छोइनँ । (नोट:- तागेरानिवाफुङ्माङ- लिम्बु जातीमा स्वयम्भू, सर्वव्यापी, निराकार र निर्गन भन्ने बुझिन्छ ।) Camera/Edit/:Sagar Lamichhane Magar हामीलाई युटुबमा पनि हेर्न सक्नुहुन्छ:https://www.youtube.com/c/FtvStorynepal
घ्याब्रे-गुरुङ्गको मृत्युसस्कारमा नाचिने नाच
घ्याब्रे गुरुङ्गहरुको मृत्युसस्कारमा नाचिने नाच हो । मृत्तकको आत्मा मृत्युलोकबाट स्वर्गलोकमा जादा बाटोमा भुतप्रेतले दुख दिने जान नदिने हुदा ति भुत प्रेतलाई भगाउनका लागि यो नाच नाचिन्छ । नाचेपछि सजिलै मृतकको आत्मा स्वर्गलोक पुग्ने बिस्वास गरिन्छ । यस नाच र नाच्दा बजाउने बाजाको ध्वनिमा दैविक शक्ति रहेको बिस्वास गरिन्छ । बिभिन्न ठाउँमा गुरुङ्गहरुको मृत्युसस्कारको बेला नाच्ने गरेता पनि एक ठाउँमा नाचिने नाच अर्को ठाउँमा मिल्दैन,नाच फरक भएपनि नाचले बुझाउने सार भने एउटै हुन्छ । Camera/Edit/:Sagar Lamichhane Magar हामीलाई युटुबमा पनि हेर्न सक्नुहुन्छ:https://www.youtube.com/c/FtvStorynepal
❣️ म त्यहि हु तिमीले बिर्सी गएको मानिस -A Poem By Heman Yatri
❣️ म त्यहि हु तिमीले बिर्सी गएको मानिस -कवि हेमन यात्री
चिच्याएर वर माग्न पर्ने पाल्पाको अनौठो सत्यवती बजैको मन्दिर | Palpa Satyawati Mandir Documentry
This is a documentry video of Satyawati Mandir, situated at Palpa, koldanda. A place where people shout loudly to fulfill their wishes. Here is the story behind it's myth. Camera/Edit/:Sagar Lamichhane Magar #VisitNepal2020 #VisitPalpa #Ftvstory हामीलाई युटुबमा पनि हेर्न सक्नुहुन्छ:https://www.youtube.com/c/FtvStorynepal
Shortcuts
Category
Pashupati
Visit Nepal 2020:रंगरोगनले चिटिक्क बन्दै पशुपति क्षेत्र
Nearby media companies
-
Bardiya
-
Nepalgunj Khajura
-
Delhi
-
Darchula
-
44600
-
Sunbarshi
-
Dharan, Dharan
Other Video Creators in Kathmandu
-
kathmandu
-
Bafal
-
kathmandu
-
45800
-
Pali
-
Butwal
-
Jumla
-
2222
-
������
-
Gaushala