Nepal online khabar

Nepal online khabar support

२८ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्‍याएको छ । तर घटना...
12/07/2024

२८ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्‍याएको छ । तर घटना भएको २० घन्टा भइसक्दा न बस भेटिएको छ, न त्यसमा सवार कम्तीमा ४८ यात्रुको उद्दार हुन सकेको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले गयो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुल्यो ।

बस व्यवसायी कम्पनीमा दर्ता भएको यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन ।

बसमा रहेका तीन जना नदीमा पौडिएर बाच्न सफल भए । उनीहरूले दिएको सूचनाका आधारमा बिहानैदेखि सुरक्षाकर्मीहरूको टोलीले उद्दार कार्य थालेका थिए । साँझसम्म पनि केही पत्ता लगेन । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार साँझ करिब ६ बजे उद्दार कार्य स्थगित भयो ।

उद्धार टोलीले अब भोलि बिहानबाट ८ बजेपछि मात्रै खोजी कार्य सुरु गर्ने छ । ‘नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा जोखिम पनि हुने भयो’, डीआईजी न्यौपानेले भने, ‘घटनास्थलबाट ३–४ किलोमिटर वरपरसम्म खोज्दा पनि भेटिएन । त्यहाँ खटिएका सबै उद्धार टोली फर्किइसकेका छन् ।’

निरन्तरको वर्षा र ठाउँठाउँमा खसेको पहिरोले बेपत्ता बस र यात्रु खोज्न हिँडेका गोताखोरसहितको सुरक्षाकर्मीलाई पनि घटनास्थल पुग्नै हम्मेहम्मे परेको थियो ।

न्यौपानेका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो । हराएको बस खोज्न रड, चुम्बक पनि प्रयोग गरिएको थियो । तर साँझसम्म बसको पर्दा जस्तो देखिने कपडा बाहेक केही भेटिएको छैन ।

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना भएर त्रिशूलीमा बस खसेको यो पहिलो पटक होइन, यसअघि पनि पटकपटक त्रिशूली किनारमै धैरे दुर्घटना भइरहन्छन् । सशस्त्रका १२ जना गोताखोरसहित ७० जना, नेपाली सेनामा ५ जनासहित ७४ वटा नेपाली सेना, नेपाल प्रहरीलगायतको ठूलो टोली बिहानैबाट त्रिशूलीमा बेपत्ता बस खोजी कार्यमा लागे पनि फेला पर्न सकेन ।

०७२ असोज ९ गते मा पनि तत्कालीन खिलराज रेग्मी सरकारको पालामा गृह मन्त्रालय सम्हालेका पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे सवार कार पनि सोही सडकखण्डकै घोप्टेभीरमा दुर्घटना भएको थियो । उनी सवार कार त्रिशूलीमा खस्दा ३ जनाको मृत्यु भएको थियो । उनको अवस्था हालसम्म अज्ञात छ ।

सुरक्षा निकायका उद्धार टोलीका सदस्यहरू भने विपद् उद्धारमा स्रोत र साधनको कमी नभएको दाबी गर्छन् । उद्धारमा संलग्न सदस्यका अनुसार दुर्घटना भएकै ठाउँमा बढी गहिरो र तेज बहाव भएकाले पनि समस्या भएको हो ।

शसस्त्र प्रहरीका प्रवक्ता न्यौपानेका अनुसार शुक्रबार चितवन त्रिशूलीमा भएको घटना उद्धार ढिलाइ हुनुको प्रमुख कारण नै वर्षात् र नदीको उच्च बहाव हो ।

आफूहरूसँग उद्धारका लागि आफूहरूसँग पर्याप्त स्रोत र साधन भए पनि निरन्तर वर्षा र नदीको बहाव नघट्दा समस्या भएको हो । ‘हामीसँग तालिमप्राप्त गोताखोर, मोटरबोटदेखि सबै पर्याप्त स्रोत र साधन छन् । सबैको उच्चतम् प्रयोग गरेरै खोजिएको हो’, न्यौपाने भन्छन्, ‘आजचाहिँ पानी धमिलो र निरन्तर वर्षाले गर्दा केही अवरोध भएको हो । अरु समस्या होइन ।’

विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिन्टारका एसपी जनक पुरी पनि यसअघि पनि उच्च बहाव र धमिलो पानी भएका ठाउँमा आफूहरूले सफलता हासिल गर्दै आएको बताउँछन् । ‘योभन्दा ठूला र गहिरा नदीमा पनि हामीसँग भएका इक्वेप्मेन्टले सफलता पाएका हौं’, उनले भने, ‘तर, आज बहाव धेरै थियो । गोताखोरले प्रयोग भएका डोरी पनि धमिलो पानीमा कतिबेला ढुंगाले काट्छ भन्ने रिस्क पनि हुन्छ । त्यही भएर रोकिनुपर्‍यो ।’

एसपीका पुरीका अनुसार नेपाली गोताखोरले प्रयोग गर्ने डोरीले १० टनसम्मको बहाव धान्ने क्षमता राख्दछन् । भन्छन््, ‘विश्वव्यापी रुपमा प्रयोग हुने मोप त्यही हो । त्यसबाहेक हामीसँग इक्वेप्मेन्ट भएन, जनशक्ति भएन भन्नेचाहिँ होइन ।’

असुरक्षित छन् सडक पनि

विदेशी दातृ निकायको सहयोगमा अर्बौं रुपैयाँ लगानीमा सडक बनाउने तर, सडक सुरक्षामा ध्यान नदिँदा नेपालले ठूलो क्षति व्यहोर्दै आइरहेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड त्यसैको एउटा उदाहरण हो । जुन सडकका कारण पूर्वपश्चिमबाट आउने यात्रु तथा मालबाहक सवारी साधनले क्षति र हैरानी खेप्नु परिरहेको छ ।

विश्व बैंक (एडीबी)को करिब ३ अर्ब रुपैयाँ सहयोगमा बनेकोे यो सडकखण्डमा सामान्य वर्षात्को बेलामा मात्रै होइन, सुख्खा पहिरोले पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । ५ वर्षअघि डेडिकेटेड २ लेनमा विस्तार गरेसँगै बर्सेनि ठाउँठाउँमा पहिरो जान रोकिएको छैन । पहिरो रोक्नै करोडौं खर्च भएको छ तर, उपलब्धी भने शून्यजस्तै छ ।

यो सडकखण्डमा बर्सेनि ज्यानै जाने गरी दर्जनौं दुर्घटना भइरहन्छन्, तर सरोकारवाला निकायको अझै चेत खुलेको छैन । यो सडकखण्डमा सडक सुरक्षाका विधि पनि अपनाइएका छैनन् । पटकपटक पहिरो झर्ने ठाउँमासमेत कुनै चेतावनी संकेत देखिँदैन ।

सिमलतालमा दुर्घटना भएपछिमात्रै गृहमन्त्रालयले पहिरो जाने तथा डुबान हुन सक्ने सम्भावित र जोखिमयुक्त ठाउँमा जोखिमका संकेत राख्ने निर्णय गरेको छ । सम्भावित जोखिमयुक्त ती ठाउँमा सडक विभाग र ट्राफिक प्रहरीले संकेत राख्नेछन् ।

सडक डिभिजन, भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा यो सडक खण्डभएर दैनिक १२ हजार सवारी साधन गुड्ने बताउँछन् । पहिरो खसेर बाटो पूर्ण रुपमा बन्द भएको यो वर्षमा मात्रै चौंथो पटक हो ।

विकास खोज्ने तर, वैज्ञानिक अध्ययनबिना नै पूर्वाधार निर्माण गर्दा क्षति व्यहोर्नुपरिरहेको विज्ञहरूको मत छ । सडक सुरक्षाविद् पदमबहादुर शाही सडक पूर्वाधार निर्माणमा पर्याप्त अध्ययन नै नभएको बताउँछन् । ‘धेरै ठाउँमा माथिबाट खसेको पहिरोले सडक सुरक्षालाई असर पारिरहेको देखिन्छ । यसका लागि ठूलो अध्ययनअनुसन्धानको आवश्यकता छ’, उनी भन्छन् ।

सडक विभागका पूर्वमहानिर्देशक शिव नेपाल पछिल्लो समय तीनै तहका सरकारबीच विकासका नाममा नयाँ सडक बनाउने प्रतिस्पर्धा चल्दा विपत्ति भोग्नु परिरहेको बताउँछन् । भएका सडक स्तरोन्नति र मर्मतमा लगानीभन्दा नयाँ बाटो बनाउनेमा तीनै तहको सरकारको ध्यान बढी केन्द्रित रहेको सुनाउँछन् ।

नारायणगढ–मुग्लिन सडकमा पहिरो सम्भावित ३६ सम्भावित ठाउँका धरातल स्थीर हुने गरी योजना सुरु गरे पनि पछि निरन्तरता नपाएको नेपाल बताउँछन् । ‘केही समय काम पनि भएको थियो । तर, पछि रोकियो, अहिले धेरै पहिरो नयाँ ठाउँमा सिर्जना भएको देखिन्छ’, उनले भने, ‘त्यसलाई पुनः अध्ययन गरेर योजनालाई अगाडि बढाउनुपर्छ ।’

नारायणगढ–मुग्लिन सडकखण्ड र वीपी राजमार्गमा सम्भावित घटनाबारे जानकारी दिन ७० सालतिरै डिजिटल सूचना बोर्ड राखिएको पनि नेपालले बताए । ‘जापानिजले बनाइदिएको उक्त प्रविधि उनीहरू गएसँगै बन्द हुन पुग्यो । मर्मत गर्न न लगानी गर्न सक्यौं, न जनशक्ति नै भए’, उनले भने, ‘त्यो प्रविधि अहिले चल्छ कि चल्दैन थाहा छैन ।’

रात्रिकालीन सवारीमा रोक

वर्षात्‌ले दुर्घटना बढ्न थालेपछि मुग्लिन–नारायणगढ सडकखण्डसहित ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने सरकारले निर्णय गरेको छ ।

शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसाल बताउँछन् ।

तर, सडक सुरक्षा व्यवस्थापनमा ध्यान दिनुको साटो सरकारले रात्रिकालीन गाडी चलाउनै रोक्ने नीति लिएपछि सरोकारवालाले भने असन्तुष्टि पोखेका छन् । यातायात व्यवसायी, सरक्षाकर्मी भने रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुमात्रै समस्याको समाधान नहुने बरु सडक सुरक्षामा ध्यान दिन सुझाएका छन् ।

‘सेवा रोकिँदा घाटा पूर्ति कसले गरिदिने ? कुनैकुनै ठाउँमा परिस्थितिवश बन्द गर्नुपर्ने त होला ! तर, ठप्पै पार्ने गर्नुहुँदैन’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन् ।

नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा पनि बर्खायामभरिकै लागि भनेर रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनु उचित नहुने बताउँछन् । सुरक्षाको हिसाबले केही दिन वा समय रोक लगाउनु ठिकै भए पनि लामो समयसम्मका लागि सेवा नै रोक्नु उचित नहुने उनको तर्क छ ।

‘मोन्छेको मुभमेन्ट नै रोक्ने, तँ हिँड्न पाउँदैनस् भनेर राज्यले भन्न मिल्दैन । बाढी पहिरोका कारण तत्कालका लागि २/४ घण्टा वा एक/दुई दिन रोक्न कुनै निर्णय पनि गर्नु पर्दैन’, पूर्वएआईजी शर्माले भने, ‘तर सधैंका लागि रोक्नु जायज होइन ।’

त्रिशूली नदी बेपत्ता
लेखकको बारेमा

विकास रोकामगर
लेखकबाट थप


नारायण अधिकारी
अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया
भर्खरै पुराना लोकप्रिय
Please write your comment..
प्रतिक्रिया दिनुहोस्

HOT PROPERTIES

सम्बन्धित खबर
त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला
त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला
त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द
त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो
तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा निर्माण भयो पक्की पुल
तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा निर्माण भयो पक्की पुल
त्रिशूलीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी
त्रिशूलीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी
त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना, गोताखोरको टोलीले खोज्दै
त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना, गोताखोरको टोलीले खोज्दै

ट्रेन्डिङ

गौर जाँदै गरेको गणपति डिलक्स बसमा काठमाडौंबाट चढेका थिए २७ यात्रु (नामसहित)

बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

अपडेट : चितवनको पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशंका, करिब ६० बढी यात्रु बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

चुम्बकले खोज्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका बस

चितवन पहिरो : बेपत्ता बस र यात्रु खोज्न गोताखोर परिचालन

मंसिरमा विवाह गर्दै रमेश उप्रेती, भन्छन् : परिवारको प्रेसरपछि तयार भएँ

त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो

भैरहवा विमानस्थलको रनवेमा बुद्धको जहाज चिप्लियो, सबै सकुशल
Advertisment
सिफारिस
सातबुँदे सहमति किन अझै गुपचुप ?
सातबुँदे सहमति किन अझै गुपचुप ?
माधव नेपाल फेरि पनि प्रचण्डकै सारथि
माधव नेपाल फेरि पनि प्रचण्डकै सारथि
एजेण्डाले कुरिरहेको माओवादी
एजेण्डाले कुरिरहेको माओवादी
म्यानपावरले श्रमिकसँग असुल्ने शुल्क बढाउने तयारीमा थिए श्रममन्त्री
म्यानपावरले श्रमिकसँग असुल्ने शुल्क बढाउने तयारीमा थिए श्रममन्त्री
धेरै कमेन्ट गरिएका
२४
प्रचण्ड पतनको पराकाष्ठा
१८
‘एमालेले विश्वासघात गर्‍यो, हामी विकल्पमा जान्छौं’
१७
प्रधानमन्त्रीले विश्वासको मत लिँदै LIVE
१४
म्यानपावरले श्रमिकसँग असुल्ने शुल्क बढाउने तयारीमा थिए श्रममन्त्री
१४
सहकारी ठगी र पासपोर्टबारे रविमाथि छानबिन होस् : मुकुल ढकाल
लोकप्रिय
२४ घण्टा
यो साता
यो महिना

गौर जाँदै गरेको गणपति डिलक्स बसमा काठमाडौंबाट चढेका थिए २७ यात्रु (नामसहित)

बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

अपडेट : चितवनको पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशंका, करिब ६० बढी यात्रु बेपत्ता

गगन सरकारमा नजाने, प्रकाशमानको सम्भावना

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

चुम्बकले खोज्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका बस

चितवन पहिरो : बेपत्ता बस र यात्रु खोज्न गोताखोर परिचालन

मंसिरमा विवाह गर्दै रमेश उप्रेती, भन्छन् : परिवारको प्रेसरपछि तयार भएँ
छुटाउनुभयो कि ?
एमालेले कुर्नु नपरेको ०८४
एमालेले कुर्नु नपरेको ०८४
एजेण्डाले कुरिरहेको माओवादी
एजेण्डाले कुरिरहेको माओवादी
किन भेटिँदैन तस्करी गरेर नेपाल ल्याएको सुन ?
किन भेटिँदैन तस्करी गरेर नेपाल ल्याएको सुन ?
विपद्ले छोपेपछि जल तथा मौसम नीति बनाउने विमर्श
विपद्ले छोपेपछि जल तथा मौसम नीति बनाउने विमर्श

Big Breaking News: Finally Class 12 results has been published!!
15/08/2023

Big Breaking News: Finally Class 12 results has been published!!

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । बोर्डले नतिजा सार्वजनिक ग...
15/08/2023

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसाे बोर्ड बैठक बोलाएको छ ।

Dear SEE Students: तपाईंको नतिजाको Grading system यस्तो रहनेछ ! कुनै पनि विद्यार्थी फेल हुने छैन !! Class 11 मा पढ्न पाउ...
04/07/2023

Dear SEE Students: तपाईंको नतिजाको Grading system यस्तो रहनेछ ! कुनै पनि विद्यार्थी फेल हुने छैन !! Class 11 मा पढ्न पाउनु हुनेछ ।❤️🙏

Dear SEE Students आत्तिनु पर्दैन, धैर्यताका साथ प्रतीक्षा गर्नुस् । सम्भव: नतिजा अबको एक हप्ता भित्रमा प्रकाशित हुन्छ ! ...
30/06/2023

Dear SEE Students आत्तिनु पर्दैन, धैर्यताका साथ प्रतीक्षा गर्नुस् । सम्भव: नतिजा अबको एक हप्ता भित्रमा प्रकाशित हुन्छ ! Grading system लाई लिएर धेरै जनाले SMS छोड्नु भएको छ! तर NEB ले अहिलेसम्म त्यसको टुंगो लगाएको छैन । विगतको वर्षलाई हेर्ने हो भने समग्रमा विद्यार्थीहरुको नतिजा नराम्रो रहेको अवस्थामा NG system लागु हुने छैन । ढुक्क हुनुस् ! शुभकामना !❤️🙏

Address

Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share