Madan Khadayat

Madan Khadayat नमस्ते 🙏मेरो आधिकारिक फेसबुक पेजमा हार्दिक स्वागत छ।

10/01/2025
01/01/2025

यो नयाँ वर्ष हामीलाई स्वीकार छैन (कविता) Sudurpashim News, Nepal News

31/12/2024

यो नयाँ वर्ष हामीलाई स्वीकार छैन

🖋️मदन खडायत

यो नयाँ वर्ष हामीलाई स्वीकार छैन,
यो हाम्रो चाडपर्व होइन।
यो हाम्रो परम्परा होइन,
यो हाम्रो आचरण होइन।

धरती सुतिरहेको छ जाडोले,
आकाश कुहिरोले छोपिएको छ।
हावा हिउँको सिरेटोसँग,
सूर्यको ताप कमजोर छ।

सुनसान छ प्रकृतिको आँगन,
रङ्ग छैन, उत्साह छैन।
हरेक ठाउँ चिसोले ग्रस्त छ,
नयाँ वर्षको कुनै सजावट छैन।

वैशाख महिनाको प्रतिक्षा गर,
तिम्रो मनमा नयाँ सोच राख।
नयाँ वर्ष भन्न कुनै तर्क छ भने,
त्यसलाई बुझ्ने प्रयास गर।

प्रकृतिको उल्लास जाग्दैन,
जबसम्म फुल्दैन वसन्त ऋतु।
प्रकृतिको स्वरूप निखारिदेऊ,
फागुनको रङ्ग फैलिनदेऊ।

प्रकृति दुलही जस्तै सिंगारिनेछ,
जब प्रेम - ममता भर्नेछ।
शरद - वसन्तले धर्ती सजाउनेछन्,
घर-घर खुसीले भरिनेछ।

त्यसपछि वैशाख संक्रान्ति,
नयाँ वर्ष मनाइनेछ।
नेपालको पवित्र भूमि,
जसको गौरव गाइनेछ।

यथार्थ र प्रमाणले पुष्टि गर्नेछन्,
त्यो नयाँ वर्ष हामीलाई गौरवमय हुनेछ।
सनातन सभ्यता र संस्कृतिको,
गर्वको प्रतीक बन्नेछ।

अमूल्य सम्पदाको धनीहरूलाई,
अरूबाट कुनै ऋण चाहिँदैन।

त्यसैले, यो नयाँ वर्ष स्वीकार छैन,
यो हाम्रो पर्व होइन।
यो हाम्रो परम्परा होइन,
यो हाम्रो आचरण होइन।

उहाँलाई नेपालको प्रधानमन्त्री भएको देख्न चाहनुहुन्छ ?
29/12/2024

उहाँलाई नेपालको प्रधानमन्त्री भएको देख्न चाहनुहुन्छ ?

05/11/2024
Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
05/11/2024

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

25/10/2024

ज्ञानेन्द्र शाहीले मैदानमा उभिएर काम गर्ने, समाजमा प्रत्यक्ष रूपमा सुधार ल्याउने कर्मशील व्यक्तित्वको रूपमा छवि बनाएका छन्। उनी जनताको आवाजलाई वास्तविक क्रियाकलापमा परिणत गर्न खोजिरहेका छन्।
रवि लामिछानेले सञ्चार क्षेत्रबाट ठूलो प्रभाव पार्न सफल भए पनि, उनको छवि एक गफाडी व्यक्तिको रूपमा बसेको छ, जसले ठूलो आवाज उठाउँछ तर परिणाममा त्यति सन्तोषजनक छैन।

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ।
18/10/2024

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ।

22/05/2024

- यस देशमा सबैलाई बराबर कानून लाग्दैन।

- यस देशमा गरिव, धनी, उद्योगी व्यावसायी, प्रहरी, प्राध्यापक, पत्रकार, राजनीतिकर्मी, नाम लिँदै जानोस्, कोही पनि सुरक्षित छैन।

- यस देशको राजनीति पूर्णतः स्वार्थकेन्द्रीत, सत्ताकेन्द्रीत, धोकापूर्ण र प्रतिशोधपूर्ण छ। सम्पूर्ण समाजमा त्यसको घातक जालो फैलिएको छ। त्यो जालोमा समय परिस्थिति अनुसार जो पनि पर्न सक्छ।

- खासगरि राजनीतिसँग जोडिएका प्रमुख मुद्दाहरूको उठान र बैठान न्याय सम्पादन र राष्ट्र हितका लागि होइन स्वार्थशिद्धीका लागि हुने गर्छ।

- कोही पनि कसैको गिरफ्तारी र कसैमाथिको कारवाहीमा हाँस्नु पर्दैन। भोली हाँस्ने व्यक्ति स्वयं सिकार हुनसक्छ।

- गलत/सही आफ्नो ठाऊँमा होला तर कैलाश सिरोहियाको गिरफ्तारी सुशासनको खोजी होइन, प्रतिशोधको ज्वाला हो।

21/05/2024

कान्तिपुरको कार्यालयमा बुट बजारियो हैन् त रवि जी।
हिजो आफूलाई गिरफ्तार गर्दा त त्यस्तै भन्नु भा होइन ?

क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन्
15/05/2024

क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन्

Address

Bedkot
Kanchanpur
10400

Alerts

Be the first to know and let us send you an email when Madan Khadayat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madan Khadayat:

Videos

Share