14/07/2024
टपरी र माटोको डल्ला मिल्ने साथी रहेछन् । दुवैले आपसी फाइदाको लागि सहकार्य गर्ने निधो गरेर मित लगाए छन् । हावा हुरी चल्दा माटोको डल्लाले टपरीलाई थिचेर बचाउँदो रहेछ । पानी पर्दा टपरीले माटोको डल्लालाई छोपेर बचाउँदो रहेछ । एकदिन त हावा हुरी र पानी एकैपटक परेछ । बिचरा टपरीलाई हावाले उडाएर लग्यो र पानीले माटोको डल्लो पग्लिएर बग्यो । कताको मितेरी, कताको सहकार्य । टपरी कता उड्यो, डल्ला कता भासियो । कथा समाप्त !
श्रोत :- राजीव खत्री