Mero Radio 105 MHZ

Mero Radio 105 MHZ मेरो रेडियो १०५ मेगाहर्ज ``आवाजको सहयात्री ´´ झापा अर्जुनधारा ८ शनिश्चरे बजार ,सातपत्रे ।धन्यवाद

योगेश पौडेल (प्रशिक्षार्थी पत्रकार )दानाबारी, मंसिर २९ | आपतकालीन अवस्थामा रगत खोजी कार्य गरी सहजीकरण गर्ने उत्कृष्ट रक्...
14/12/2024

योगेश पौडेल (प्रशिक्षार्थी पत्रकार )
दानाबारी, मंसिर २९ | आपतकालीन अवस्थामा रगत खोजी कार्य गरी सहजीकरण गर्ने उत्कृष्ट रक्तदाता स्वयंसेवकलाई नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाले सम्मान तथा अभिनन्दन गरेको छ ।

रेडक्रस झापा जिल्ला शाखाको आयोजना साथै झापा ब्लड डोनर सोसाइटी, दारी ग्याङ्ग र एम.आर.आर. ग्रुपको सहआयोजनामा मेचीनगर -१४, चारआलीमा शनिबार ११६ युवा स्वयंसेवक अभिनन्दित भएका हुन् ।

विभिन्न उपशाखाका पदाधिकारीहरूले स्वयंसेवकहरुलाई सम्मान तथा अभिनन्दन गरेका थिए ।

प्रज्वलाको २२औं वार्षिक साधारण सभा सम्पन्नशनिश्चरे, मङ्सिर २८। झापाको अर्जुनधारा ८ स्थित श्री प्रज्वला अपाङ्ग तथा महिला ...
13/12/2024

प्रज्वलाको २२औं वार्षिक साधारण सभा सम्पन्न

शनिश्चरे, मङ्सिर २८। झापाको अर्जुनधारा ८ स्थित श्री प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

अर्जुनधारा जलेश्वर धामको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका सहकारी शाखा प्रमुख राज विक्रम खड्का रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले आफू आबद्ध संस्थाको प्रगति प्रतिवेदन सदस्यहरूले अनिवार्य अध्ययन गरी संस्थाको वस्तुस्थितिका बारेमा स्पष्ट जानकार हुनुपर्नेमा जोड दिएका थिए| मन्तव्यकै क्रममा फरक प्रसङ्ग जोड्दै खड्काले अर्जुनधारा नगरपालिकाद्वारा सञ्चालित शनिश्चरे अस्पतालबाट उपलब्ध स्वास्थ्य सेवा लिन पनि सम्पूर्णमा अनुरोध गरेका छन्।

साधारण सभाको अवसरमा संस्थाले विगतमा गर्दै आएको विभिन्न सम्मान कार्यक्रमलाई पनि यस वर्ष पनि निरन्तरता दिइएको छ। जसमा जेष्ठ सदस्य सम्मान, उत्कृष्ट बालबचत सम्मान, असल बचतकर्ता, असल कारोबार सम्मान रहेको संस्थाकी व्यवस्थापक तुलसा कुँवरले जानकारी दिएकी छन्।

यस पटकको जेष्ठ सदस्य सम्मानमा भीममाया कार्की ,असल कारोबारतर्फ रिस्ता रिमाल (बुढाथोकी), असल बचतकर्ता तर्फ शान्ता खाती र उत्कृष्ट बाल बचतकर्ता तर्फ ग्रेस पौडेल ,सेरील पौडेल र सान्वी कार्की सम्मानित भएको व्यवस्थापक कुँवरले बताएकी छन्।

संस्थाका अध्यक्ष डिल्ली बहादुर घोर्सानेको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्षले औचित्य माथि प्रकाश , सभाध्यक्षले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

अर्जुनधारा नगरपालिका नगर सहकारी समन्वय समितिका अध्यक्ष कृष्ण प्रसाद चापागाईंको विशेष आतिथ्यता रहेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष रञ्जना कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक तुलसा कुँवरले गरेकी थिइन्।

योगेश पौडेल (प्रशिक्षार्थी पत्रकार )दानाबारी , मंसिर २५ | स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इला...
11/12/2024

योगेश पौडेल (प्रशिक्षार्थी पत्रकार )
दानाबारी , मंसिर २५ | स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको आयोजनामा प्रथम आमन्त्रित अन्तर क्याम्पस गोल्डकप इलाम सदरमुकामको ठूलो टुँडिखेलमा हुने भएको छ ।

इलामको खेल पर्यटनलाई विकास गर्दै खेलकुद र शिक्षालाई जोड्दै क्याम्पसमा पढ्ने गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि अक्षयकोष निर्माण गर्ने उदेश्य रहेको साथै युनियनको तर्फबाट केही सहुलियत उपलब्ध गराउने उद्देश्य उक्त प्रतियोगिताको आयोजना गरिएको युनियनका कोषाध्यक्ष बिशाल कार्कीले जानकारी दिएका छन् ।

पुषको ६ गते देखि १३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महेन्द्ररत्न बहुमुखी क्याम्पस (इलाम), पृथ्वीनारायण क्याम्पस (पोखरा), पाटन बहुमुखी क्याम्पस (ललितपुर), धनकुटा बहुमुखी क्याम्पस (धनकुटा), गौरादह कृषि क्याम्पस (झापा), पाथीभरा बहुमुखी क्याम्पस (ताप्लेजुङ), मेची बहुमुखी क्याम्पस (झापा) र बुटवल बहुमुखी क्याम्पस (बुटवल) गरी ८ टिम सहभागी हुने कार्कीले बताएका छन् ।
उक्त खेलको प्रथम पुरस्कार दुई लाख रुपैयाँ र दोस्रो पुरस्कार एक लाख रुपैयाँ रहेको उनलेे जानकारी दिएका छन् ।

05/12/2024

अर्जुनधारामा घरबाटै मोबाइल चोरी ।। शंकास्पद व्यक्ति सीसीटिभी क्यामरामा कैद

अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका वार्ड नं ८ स्थित जलेश्वर पेट्रोल पम्प नजिकैको एक घरबाट मोबाइल चोरी भएको छ्।

पम्प छेउको अटो ग्यारेज भएको घरबाट आज (बिहीबार )बिहान ६:०० देखि ७:३० बजेको समयमा प्रमोद घिमिरे र रोशन उप्रेतीको क्रमश: techno spark 6 go र infinix smartphone घरबाटै चोरी भएको बताइएको छ।

घर बाहिरको गेटको छेउको सीसी क्यामेरामा शंकास्पद व्यक्ति मात्र घरभित्र छिरेको र निस्केको समेत देखिएको छ। मोबाइल धनीले त्यही व्यक्तिले चोरी गरेको आशंका गरेका छन् ।

कोही कसैले भिडियोमा देखिएको व्यक्तिलाई चिनेको भएमा वा कतै माथी उल्लेखित मोबाइल बिक्री गर्न आएमा तलको सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
सम्पर्क नं: समिर आचार्य 9816988568
: प्रभा घिमिरे 9824922366
: अनुज ढकाल 986-2686877
9813943044

पवन गजुरेल (प्रशिक्षार्थी पत्रकार )मंगलबारे,मंसिर १९। इलामको देउमाइ नगरपालिका वडा न.४ भानुभक्त माविको खेलमैदान छात्रावास...
04/12/2024

पवन गजुरेल (प्रशिक्षार्थी पत्रकार )
मंगलबारे,मंसिर १९। इलामको देउमाइ नगरपालिका वडा न.४ भानुभक्त माविको खेलमैदान छात्रावासमा पौष १ गतेबाट ६ गतेसम्म वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ।

नेपाल तरुण दल देउमाइ नगर कार्यसमितिको आयोजनामा हुन गइरहेको उक्त खेलकुद युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको तरुण दल नगर कार्यसमितिका अध्यक्ष बिमल काजी खम्बुले जानकारी दिएका छन् ।

२०८० सालबाट खेलकुद प्रतियोगिता गराउँदै आएको तरुण दलले ९ वटा वडाका ९ टीमलाई खेलमा समावेश गराउने उनले बताएका छन् ।
१ गतेबाट ६ गते सम्म सञ्चालन हुने उक्त खेलको प्रथम पुरस्कार ५५ हजार ५००, दोस्रो पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको उनले जानकारी दिएका छन। विधागत तर्फबाट समेत खेलाडीलाई हौसला स्वरुप पुरस्कार प्रदान गरिने अध्यक्ष खम्बुले जानकारी दिएका छन् ।

दुर्घटना ! झापाको बिर्तामोड शनिस्चरे रोडमा एक जना बाइकलाई मोटरसाइकलले ठक्कर दिएको छ । उक्त बाइक सरकारी नम्बर प्लेटको रहे...
04/12/2024

दुर्घटना !
झापाको बिर्तामोड शनिस्चरे रोडमा एक जना बाइकलाई मोटरसाइकलले ठक्कर दिएको छ । उक्त बाइक सरकारी नम्बर प्लेटको रहेको जनाइएको छ ।

पवन गजुरेल (प्रशिक्षार्थी पत्रकार )मंगलबारे,मंसिर १९ । झापाको कचनकवल गाउँपालिका - ६ स्थित रामजानकी तथा रामेश्वर शिव मन्द...
04/12/2024

पवन गजुरेल (प्रशिक्षार्थी पत्रकार )
मंगलबारे,मंसिर १९ । झापाको कचनकवल गाउँपालिका - ६ स्थित रामजानकी तथा रामेश्वर शिव मन्दिरमा बुधबारदेखि ७ दिने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ ।

जीर्ण अवस्थामा रहेको रामजानकी तथा रामेश्वर शिव मन्दिरको स्तरोन्नति ,गुरुकुल व्यवस्थापन ,सामुदायिक भवन निर्माण,पितृमोक्ष तथा शान्तिको कामनाका साथ उक्त महायज्ञको आयोजना गरिएको मन्दिर कार्यसमिति सदस्य नारायण नेपालले जानकारी दिएका छन्

मन्दिरका अध्यक्ष नरबहादुर कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले गरेका थिए ।

मंसिर २३ गते सम्म सञ्चालन हुने महायज्ञक‍ो प्रमुख वाचक पं माधव चरण खनाल र उपवाचक पं आशिष खनाल रहेका छन् ।

मन्दिर कार्यसमिति सचिव तोयानाथ खनालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य नारायण नेपालले गरेको थिए।

पवन गजुरेल (प्रशिक्षार्थी पत्रकार )मंगलबारे, मंसिर १८ । झापाको शिवसताक्षी - १० स्थित शिव सताक्षी धाममा सोमबारबाट शिव यज्...
03/12/2024

पवन गजुरेल (प्रशिक्षार्थी पत्रकार )
मंगलबारे, मंसिर १८ । झापाको शिवसताक्षी - १० स्थित शिव सताक्षी धाममा सोमबारबाट शिव यज्ञ प्रारम्भ भएको छ ।

आन्तरिक पर्यटन प्रबर्द्धन ,धर्म प्रचार,पितृ मोक्ष साथै गौ रक्षाको उद्देश्यले शिव यज्ञ आयोजना गरिएको शिवसताक्षी धाम व्यवस्थापन समितिका अध्यक्ष प्रसाद सुब्बाले जानकारी दिएका छन् ।

धामका संस्थापक अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजको अध्यक्षतामा आयोजित उक्त शिव यज्ञको उद्घाटन प्रमुख अतिथि जगत गुरु बाल शन्त मोहन चरण देवचार्यले नेपालको पहिलो रुद्राक्ष बाट निर्मित शिव लिङ्गको पुजा गरेर गरेका थिए ।

यही मंसिर १४ गतेबाट २४ गते सम्म आयोजना हुने उक्त यज्ञको प्रमुख वाचक शंकराचार्य विद्या पीठका प्र.अ लक्ष्मीप्रसाद खतिवडा र उपवाचक पं मदन मोहन अधिकारी रहेने धाम समितिले जनाएको छ ।
धामका आन्तरिक व्यवस्थापन समिति सदस्य गुरु घनश्याम अधिकारीले स्वागत गरेको उक्त यज्ञको सञ्चालन घनश्याम गुरागाईँले गरेका थिए ।

इलाम सरसफाइको ६६ औं सप्ताह सम्पन्न योगेश पौडेल (प्रशिक्षार्थी पत्रकार )दानाबारी , मंसिर १७ |  स्वतन्त्र युवा समुहले इलाम...
02/12/2024

इलाम सरसफाइको ६६ औं सप्ताह सम्पन्न

योगेश पौडेल (प्रशिक्षार्थी पत्रकार )
दानाबारी , मंसिर १७ | स्वतन्त्र युवा समुहले इलाम सरसफाइको ६६ औं सप्ताह शनिबार सम्पन्न गरेको छ ।

सभ्य, सफा एवम् सुसंस्कृत इलामको निर्माणमा एउटा ईँटा थप्ने उद्देश्यका साथ इलामका युवाले सुरु गरेको सरसफाइ अभियानले शनिबार ६६ औं सप्ताह पुरा गरेको हो।

इलामेली युवाले सुरु गरेको उक्त अभियानले प्रत्येक हप्ताको शनिबार बिहान इलामका पर्यटकीय तथा सार्वजनिक स्थलमा भएको फोहोरलाई भेला गरेर व्यवस्थापनका लागि पठाउने गरेको समुहका अभियन्ता बिष्णु खतिवडाले जानकारी दिएका छन् ।

समुहका अभियन्ता खतिवडाले पर्यटकीय साथै सार्वजनिक स्थललाई संरक्षण र सफा गर्दै सुन्दर इलाम बनाउने हेतुले उक्त अभियान चलाएको बताएका हुन् ।
सुरुवाती समयमा खासै सहयोग नभए पनि अहिले क्रमशः विभिन्न व्यक्ति र संघ संस्थाबाट सरसफाइमा सहभागी हुने र आवश्यक पर्ने सामग्री उपलब्ध गराउने क्रम बढेको खतिवडाले जानकारी दिएका छन् ।

प्रशिक्षार्थीहरुको प्रयास । बधाई अनि शुभकामना  ।
29/11/2024

प्रशिक्षार्थीहरुको प्रयास ।

बधाई अनि शुभकामना ।

बाटो हिंड्दा एस्सो विचार गर्नुहोस् है☺️फारम भर्ने अन्तिम मिति यही मंसिर ५ गते  #मेरो_आवाज_A_7Days_Training_session
19/11/2024

बाटो हिंड्दा एस्सो विचार गर्नुहोस् है☺️

फारम भर्ने अन्तिम मिति यही मंसिर ५ गते

#मेरो_आवाज_A_7Days_Training_session


Address

Jhapa District
57205

Alerts

Be the first to know and let us send you an email when Mero Radio 105 MHZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share