Janakpurdham

Janakpurdham We focus mainly on holiday updates, essential information for citizens, entertainment, Photo Journal

24/11/2023
Palpa को सत्यावतीमा चिच्याएर बर माग्ने मेला हिजो देखि सुरु भएर यही ११ गतेसम्म लाग्ने भएको छ!❤️🙏
24/11/2023

Palpa को सत्यावतीमा चिच्याएर बर माग्ने मेला हिजो देखि सुरु भएर यही ११ गतेसम्म लाग्ने भएको छ!❤️🙏

 #तुलसी_विवाहहरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठ...
23/11/2023

#तुलसी_विवाह
हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो ।
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक
#वैदिकज्योतिष

आजको प्रश्न?
21/11/2023

आजको प्रश्न?

आज  #अक्षयनवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व मनाउन लागिएको हो । मिथिलामा धातृ न...
21/11/2023

आज #अक्षयनवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।

पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको छ।

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक
#वैदिकज्योतिष

हाम्रो परिवारको तर्फबाट सबैलाई छठ पर्वको शुभकामना ।छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि ...
19/11/2023

हाम्रो परिवारको तर्फबाट सबैलाई छठ पर्वको शुभकामना ।

छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरू दिने चलन रहेको छ । केराका घोगा, नरिवल, भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन पनि छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसाद स्वरुप घर लैजाने चलन छ ।

छठ पर्व चार दिनसम्म मनाइने चलन रहेको छ ।
यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।

 ाछठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलु...
18/11/2023


छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजकाे दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ ।

चार दिने छठ पर्वका पहिलो दिन हिजो वर्तालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका छन् । यसलाई छठ वर्तालुको भाषामा नहाय खाय भन्ने गरिएको छ । छठका वर्तालुले कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल पूर्णिमादेखि नै लसुन, प्याजलगायत तामसी खानेकुरा नखाई चोखो खाएर बस्ने व्रतविधि रहेको छ ।

छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ । छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा आइतबार नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।

कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको महाभारतलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ ।

यस अवसरमा सूर्यलाई विधिपूर्वक पूजा, आराधना गरेर अर्घ्य दिएमा मनोकामना पूरा हुनाका साथै छालाजन्य रोग पनि निको हुने विश्वास गरिन्छ ।

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक
#वैदिकज्योतिष

 ाय_खायसूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चारदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठको पहि...
17/11/2023

ाय_खाय
सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चारदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय रहेको छ । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको दोश्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । तेश्रो दिन आइतबार छठपर्वको मुख्यदिन रहेको छ । सो दिन अस्ताउँदो सूर्य एवं दिनानाथलाई पूजा सामग्री छठकिनारमा अघ्र्य दिइन्छ । चौथा दिने (सोमबार) बिहान उँदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुने छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल आदि देव सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ । अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवानलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#वैदिकज्योतिष

17/11/2023

मिटरब्याज नियन्त्रणको ‘साइड इफेक्ट’ : ऋण पाउनै गाह्रो

ऋण नपाएर चाडपर्व मनाउन, उपचार गर्न र विदेश जान सकस

Heartbreaking: पोखरा महानगरपालिकाको एउटा दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ भने उहाँहरुले विभिन्न ठाउँमा पुग...
17/11/2023

Heartbreaking: पोखरा महानगरपालिकाको एउटा दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ भने उहाँहरुले विभिन्न ठाउँमा पुगेर कलम, अगरबत्ती, कपुरलगायतका सामग्री बेचेर जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको छ । 💔

आज बिहान जनकपुरधाम उपमहानगरपालिका वार्ड न १ मिल्स एरिया चोक स्थित भवनमा ताल्चा तोडेर चोरी गरिरहेको अवस्थामा चोर पक्राउ ।...
17/11/2023

आज बिहान जनकपुरधाम उपमहानगरपालिका वार्ड न १ मिल्स एरिया चोक स्थित भवनमा ताल्चा तोडेर चोरी गरिरहेको अवस्थामा चोर पक्राउ । उक्त भवनमा एक सप्ताह पहिले पनि चोरी भएको हुदा घर धनी र प्रहरी सक्रिय भएका थिए ।

यस बर्ष कार्तिक ११ गत्ते लाग्ने खण्डग्रास चन्द्रग्रहन को सम्पुर्ण बिबरण।     #ज्योतिषबिबेक             #कुंडलीविश्लेषण  ...
25/10/2023

यस बर्ष कार्तिक ११ गत्ते लाग्ने खण्डग्रास चन्द्रग्रहन को सम्पुर्ण बिबरण।

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक
#वैदिकज्योतिष

 #पापांकुशा_एकादशीएकादशीहरूमा विशेष महत्व भएको अशोज शुक्ल एकादशी, पापांकुशा एकादशी हो । भगवान स्वरुप पदमनभको अर्चना गरिन...
25/10/2023

#पापांकुशा_एकादशी
एकादशीहरूमा विशेष महत्व भएको अशोज शुक्ल एकादशी, पापांकुशा एकादशी हो । भगवान स्वरुप पदमनभको अर्चना गरिने यस एकादशीलाई सबैभन्दा कठिन एकादशी पनि भनिन्छ । यस एकदाशीको व्रत बसेपछि यमलोकको यातना सहन गर्न नपर्ने मान्यता छ ।
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक
#वैदिकज्योतिष

Great 👍 जनकपुरस्थित राजदेवी मन्दिरमा श्रद्धालुको सुरक्षाका लागि CCTV क्यामेराबाट निगरानी गरिदैं ।
21/10/2023

Great 👍 जनकपुरस्थित राजदेवी मन्दिरमा श्रद्धालुको सुरक्षाका लागि CCTV क्यामेराबाट निगरानी गरिदैं ।

आजको राशिफल [२०८० असोज ६ गते]ज्यो. विवेक पाण्डेय  शनिबार, असोज ६, २०८०
23/09/2023

आजको राशिफल [२०८० असोज ६ गते]
ज्यो. विवेक पाण्डेय
शनिबार, असोज ६, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज चन्द्रमाको गोचर तपाईंको राशि मेषबाट आठौँ स्थानमा रहेको छ। महत्वपूर्ण काम गर्ने ....

आजको राशिफल(श्रावण २४ गते)जन्मकुण्डली र हस्तरेखा  परामर्शको लागी  #ज्योतिषगुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर...
09/08/2023

आजको राशिफल(श्रावण २४ गते)
जन्मकुण्डली र हस्तरेखा परामर्शको लागी #ज्योतिषगुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नु हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौं रहने भएकाले रहने भएकाल....

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले पिच रोड माथि घण्टी चिन्ह बनाएर प्रचार अभियान गरेको भेटेपछि भरतपुर म...
27/06/2023

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले पिच रोड माथि घण्टी चिन्ह बनाएर प्रचार अभियान गरेको भेटेपछि भरतपुर महानगरले सार्वजनिक सडकको आवागमनमा बाधा पुयाउने, सडक कुरूप बनाउने गरी पेन्टिङ गर्ने जस्तो कार्य कसैले पनि नगर्न भन्दै सूचना निकालेको छ ।

27/06/2023

काठमाडौं महानगरले " धुलो रहित काठमाडौं " बनाउनको लागि रु. १०० करोड बजेट छुट्टयाएको छ ।😲

 #आजको_राशिफल(असार १गत्ते)मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल ...
15/06/2023

#आजको_राशिफल(असार १गत्ते)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ ।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।



तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्नु पर्नेछ । बन्दव्यापार र व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिन सक्छ । पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने स्थगित गर्नु ठिक हुन्छ, किनकि आज साझेदारको भर पर्नु हुँदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि पारिवारिक वातावारणमा समय बित्न सक्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्। काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

#ज्योतिषबिबेक
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण #देउवाको_ज्योतिष #निधिकोज्योतिष
#राजाको_ज्योतिष
#वैदिकज्योतिष

 #जन्मकुण्डली हस्तरेखा आधारित सटिकसफल भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध  #ज्योतिषगुरु_...
27/05/2023

#जन्मकुण्डली हस्तरेखा आधारित सटिकसफल भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध #ज्योतिषगुरु_बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।

हातमा हुने चन्द्र पर्वत र विदेश जाने यात्रासँग एक रेखा जोडिएको हुन्छ । यो रेखा अगाडि बढ्नु भनेको #विदेश_यात्रा र प.....

For religion: वीरगन्जको महावीर स्थान नजिकै सनातन धर्म प्रति आस्था राख्दै हरेक मङ्गलवार बिहान युवाहरूले सामूहिक हनुमान चा...
10/05/2023

For religion: वीरगन्जको महावीर स्थान नजिकै सनातन धर्म प्रति आस्था राख्दै हरेक मङ्गलवार बिहान युवाहरूले सामूहिक हनुमान चालिसाको पाठ गर्दै आएका छन्।

10/05/2023

नक्कली शरणार्थी प्रकरण:
बालकृष्ण पक्राउपछि मञ्जु खाँण सम्पर्कविहीन, उनको मोबाइल अफ छ ।

10/05/2023

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतको अनुमति ।

Flash News :-पृथ्वी राजमार्गकाे धार्केमा हिजाे विहानबाट अस्थाई रूपमा सञ्चालन आएको सडक पुन: अबरुद्ध भएको छ !
03/05/2023

Flash News :-
पृथ्वी राजमार्गकाे धार्केमा हिजाे विहानबाट अस्थाई रूपमा सञ्चालन आएको सडक पुन: अबरुद्ध भएको छ !

 #सीतानवमी हिन्दू धर्म का महत्वपूर्ण दिन है। इस दिन को देवी सीता की जन्मदिवस के रूप में मनाया जाता है। विवाहित महिलाएं स...
28/04/2023

#सीतानवमी हिन्दू धर्म का महत्वपूर्ण दिन है। इस दिन को देवी सीता की जन्मदिवस के रूप में मनाया जाता है। विवाहित महिलाएं सीता नवमी के दिन व्रत रखती हैं और अपने पति की लंबी उम्र की कामना करती हैं। सीता नवमी को सीता जयंती और जानकी नवमी भी कहा जाता है। सीता जयंती वैशाख मास के शुक्ल पक्ष की नवमी तिथि के दिन मनाई जाती है।

ऐसा माना जाता है कि मंगलवार के दिन पुष्य नक्षत्र में माता सीता का जन्म हुआ था। देवी सीता का विवाह भगवान राम से हुआ था। भगवान राम का जन्म भी चैत्र माह के शुक्ल पक्ष के दौरान नवमी तिथि को हुआ था। हिंदू कैलेंडर में सीता जन्मदिवस रामनवमी के एक महीने के बाद आती है।

देवी सीता, मिथिला के राजा जनक की दत्तक पुत्री थीं। इसलिए इस दिन को जानकी नवमी के नाम से भी जाना जाता है। हिंदू पौराणिक कथाओं के अनुसार, जब राजा जनक यज्ञ करने के लिए भूमि की जुताई कर रहे थे, तो उन्हें सोने के ताबूत में एक बच्ची मिली। एक जुताई वाली भूमि को ‘सीता’ कहा जाता था इसलिए राजा जनक ने बच्ची का नाम सीता रखा।

सीता नवमी के दिन पूरे देश में भगवान राम और जानकी मंदिरों में विशेष पूजा व अनुष्ठान किया जाता है। मंदिरों को फूलों व लाइटों से सजाया जाता है। रामायण के पाठ बाद भजन कार्यक्रम भी विभिन्न स्थानों पर आयोजित किए जाते हैं। कुछ मंदिर द्वारा राम रथ यात्रा निकालते हैं और ’जय सिया राम’ का जाप करते हैं और पूरे रास्ते भक्ति गीत गाते हैं।

सीता नवमी पूजा
सीता नवमी के दिन देवी सीता की पूजा कि जाती है। इस वैवाहित महिलायें इस दिन व्रत करती है और अपने पति की लंबी उम्र की कामना करती है। ऐसा माना जाता है कि सीता नवमी व्रत करने से व्यक्ति में शील, मातृत्व, त्याग और समर्पण जैसे गुण आते हैं। सीता और भगवान राम की एक साथ पूजा करने से वैवाहिक जीवन में सुख-शांति बनी रहती है।

#ज्योतिषबिबेक
#कुंडलीविश्लेषण
#कुंडलीविश्लेषण #देउवाको_ज्योतिष #निधिकोज्योतिष
#राजाको_ज्योतिष
#वैदिकज्योतिष

 #आजको_राशिफल(वैशाख १५) #मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज व्यापार व्यवसायमा लगानी गर्नका लाग...
28/04/2023

#आजको_राशिफल(वैशाख १५)
#मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका आज व्यापार व्यवसायमा लगानी गर्नका लागि उचित समय छैन। आर्थिक व्यवस्थापनका कामहरुमा समस्या आउन सक्छन्। अवसरवादीहरूले काम बिगार्न सक्छन् । पढाई लेखाईमा पनि आजको दिनमा उचित प्रगति नहुन सक्छ । प्रेममा अविश्वास हुन सक्ने र पारिवारिक जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।

nabilbank


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन्।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय त्यत्ति शुभ छैन । साथीभाई तथा आफन्तको आवश्यकतामा उचित सहयोग प्राप्त नहुन सक्छ । व्यापार व्यवसायमा उचित समय दिन नसक्नाले त्यसबाट नाफा नहोला । पारिवारिक जीवनमा असमझदारी बढ्न सक्ने भएकाले राम्रो वातावरण बनाउने प्रयास गर्नुपर्ला। विद्यार्थीले पनि पढाई अलिक ध्यान दिनुपर्नेछ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज समय निकै महत्वपूर्ण छ । आफन्त तथा साथीभाईको सहयोग प्राप्त हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।। प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेको छ । विद्यार्थीको पढाईमा पनि सफलता मिल्ने समय रहको छ।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आज समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज विजय हुन कठिन रहेको छ । व्यापार व्यवसायमा गरिएको लगानिबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय खर्चिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी राम्रो आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा सोचे जस्तै प्रगति हुनेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ। व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुशियाली छाउनेछ ।





तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ। गोचरमा तपाईंको राशिबाट दशौँ चन्द्रमा रहेकाले आज काममा पदोन्नति वा जिम्मेवारी बढ्नुका साथै पुरस्कार पनि प्राप्त हुन सक्छ । व्यवसाय गर्नेहरुले आफ्नो व्यवसाय बढाउने र राम्रो नाफा आर्जन गर्न सक्ने छन्। कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ । पढाई, प्रेम तथा पारिवारिक क्षेत्र आज राम्रो रहन सक्नेछ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य रहेको छ । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुन सक्छ। स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक समस्या हुन सक्छ । मानसम्मान तथा प्रतिष्ठामा कमी आउँन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय त्यति राम्रो रहने छैन । पढाईको क्षेत्र कमजोर रहन सक्छ। गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ र जसको कारणले आर्थिक समस्या हुन सक्छ। व्यवसायमा गरिएको लगानीले पनि उचित प्रतिफल नदिन सक्छ। पारिवारिक जीवनमा अविश्वासको वातावरण सिर्जना हुन सक्छ।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत बढ्नेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ। शेयर बजार तथा अन्य लगानीको लागि पनि आज राम्रो समय रहेको छ। छोटो यात्रा हुन सक्ने योग पनि देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज दिन तथा समय राम्रो रहेको छ। धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दु:खी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

20/04/2023

आज त फेसबुकबाट धेरै जनाले
हुनेवाला सासू आमा देख्नुभयो होला नि 🤔😂

२०८० साल  #बैशाख ७ गते लाग्ने  #सुर्यग्रहन नेपालमा नदेखिने भयेकाले यस्को कुनै दोष लाग्ने छैन र सुर्यग्रहन मा गर्भबतीले अ...
19/04/2023

२०८० साल #बैशाख ७ गते लाग्ने #सुर्यग्रहन नेपालमा नदेखिने भयेकाले यस्को कुनै दोष लाग्ने छैन र सुर्यग्रहन मा गर्भबतीले अपनाउने कुनै सतर्कता अपनाउनु आवश्यक छैन।

सलहेश फुलबारी सिरहा जिल्ला को सिस्वानी गाउँमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो।करिब नौ बिघामा फैलिएको सो फुलबारी दुसाध...
13/04/2023

सलहेश फुलबारी सिरहा जिल्ला को सिस्वानी गाउँमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो।करिब नौ बिघामा फैलिएको सो फुलबारी दुसाध जातीका इष्ट देवता राजा सलहेश को फुलबारीको रुपमा प्रसिद्ध रहेको छ।
फुलबारी को मध्य भागमा रहेका हराम नाउँको रुखको हाँगामा प्रत्येक नयाँ बर्ष (बैशाख १गते)पहिलो दिन एकबिहानै एकदिनका लागि माला अकारको सेतो फुल फुल्ने गरेका छन,अचम्म के छ भने साँझपख फुल अोलाएर जान्छन् ।
हराम को रुख नजिकै(अमरपति)राजा सलहेश तथा प्रेमी मालिनीको मन्दिर (गहबर)छन,गहबरमा सलहेश र मालिनी को भव्य मुर्ति रहेको छ,युवा युवतीले फुल लाई साक्षी सम्झी प्रण्यसुत्रमा बाधिने गर्द्छ।सलहेश गहबरमा प्रेम भक्तीले पुजा पाठ गर्दा नि:सन्तान महिलालाई सन्तान हुने धार्मिक विश्वास रहेका छन।
सलहेश गाथामा बर्णण गरिए अनुसार राजा सलहेशले एकै दिनमा मानिकदहमा,स्नान ,फुलबारी मा फुल टिप्ने सिलहट अखाडा मा कुस्ती खेल्ने तथा कुलदेवीका पुजा गरि कञ्चनगढमा जनता का पिरमार्का सुने गर्द्थे ,राजा सलहेशको जीवन सँग जोडिएका ऐतिहासिक ठाउँ हरुमा सिरहा जिल्ला को जनजिवन सँग गहिरो समबन्ध राख्दछ ।
राजा सलहेश र मालिनी को बिच प्रेमगाथामा अधारित सलहेश फुलबारी भव्य मेलामा बिषेशगरी भारत बिहारका ,पश्चिम बंगाल ,नेपाल को सिरहा ,सप्तरी ,उदयपुर,धनुषा ,महोतरी,बारा,पर्सा लगायत ईत्यादी जिल्ला बाट हजारौं लाखौं का संख्यामा भक्तजनहरु अाउने गर्द्छ्न।
यही अाउदो २०८० बैशाख १गते शुक्रबार नयाँ बर्ष एवं सलहेश फुलबारी मेला को उपलक्ष्य मा तपाईं हरु लाई हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु।

Get your answer Through your Handlines.For appointment Whatsapp:-9812005378Famous
08/04/2023

Get your answer Through your Handlines.
For appointment Whatsapp:-9812005378
Famous

 #कामदा_एकादशीको चर्चा महाभारतको परिवेशबाट कामदा एकादशीको चर्चा महाभारतको परिवेशबाट उक्काउन चाहन्छु ।एक दिन राजा युधिष्ठ...
01/04/2023

#कामदा_एकादशीको चर्चा महाभारतको परिवेशबाट कामदा एकादशीको चर्चा महाभारतको परिवेशबाट उक्काउन चाहन्छु ।एक दिन राजा युधिष्ठिरले भगवान् कृष्णसँग सोधेँ, ‘हे कृष्ण, चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीका बारेमा वृत्तान्त बताइदिनुहोस् ।
युधिष्ठिरको प्रश्न सुनेपछि भगवान् कृष्ण भन्नुहुन्छ, ‘एक दिन रत्नपुर नामको सुन्दर ठाउँ जहाँ एउटा विशाल सुनको महल थियो । त्यही ठाउँमा एउटा नाग लोक थियो, जहाँ भयङ्कर नागहरू बस्दथे । त्यो सुनको महलमा त्यस बेला क्रूर पुण्डरीक नामक राजाले राज गर्थे । राजा पुण्डरीकको सभामा केही गन्धर्वले गाउँथे भने केही अप्सराले नृत्य गर्थे । त्यही गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउँथे । ललित र ललिताको प्रेम निक्कै चरम अवस्थामा थियो । तर, एक दिन गन्धर्व ललितले राजासामु आफ्नो गीत गाउँदै गर्दा आफ्नो प्रेमिका ललितालाई सम्झन पुग्दा आफ्नो सुर र ताल बिगार्न पुग्छन् । सभामा भएका नागहरूले ललितले आफ्नो प्रस्तुति बिगारेको कुरा राजासमक्ष सुनाइदिए । त्यसपछि क्रूर राजाले ललितलाई त्यो गल्तीका लागि राक्षस हुने सराप दिए । सराप पाएपछि ललितको अनुहारमा भयङ्कर परिवर्तन आयो । उनको रूप राक्षसमा परिवर्तन हुन थाल्यो । आफ्नो प्रेमीको त्यो विकराल रूप देखेर दुखित ललिता एक दिन घुम्दै एक जना ऋषि कहाँ पुगिन् । त्यहाँ ललिताले ऋषिलाई आफूमा परेको समस्या व्याख्या गरिन् । तिनै ऋषिले ललितालाई चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीको व्रत बस्ने सल्लाह दिन्छन् ।

ललिताले चोखो नितो गरेर श्रद्धापूर्वक कामदा एकादशीको व्रत बस्छिन् । यसबाट कमाएको पुण्य आफ्नो प्रेमी ललितका लागि अर्पिन्छिन् । नभन्दै ललितको पिसाचरुपको नाश हुन्छ ।’

त्यही बेलादेखि कामदा एकादशीको महत्त्व रहन गएको हो ।

चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो भएर श्रद्धापूर्वक व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ ।

कामदा एकादशीमा सबैको भलो होस् ।
#ज्योतिषबिबेक
#कुंडलीविश्लेषण
#कुंडलीविश्लेषण #देउवाको_ज्योतिष #निधिकोज्योतिष
#राजाको_ज्योतिष
#वैदिकज्योतिष

 #चैत्र_नवरात्री_घटस्थापनाघटस्थापनाको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो...
21/03/2023

#चैत्र_नवरात्री_घटस्थापना
घटस्थापनाको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी(देवताको आवाहन पनि गरिन्छ ।

यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

माता भगवतीलाई पनि मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको निम्ति जमरा उमार्ने प्रचलन प्रारंभ भएको हो ।

घरको पुजाकोठा या अन्य पवित्र स्थानमा माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको प्रतिमूर्ति (प्रतिमा) स्थापित गरी घडाको वरिपरि जौ पनि छरिन्छ ।

अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचार अथवा षोडशोपचारले पूजाआजा गरिन्छ । कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनादेखि घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

घटस्थापनाको बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमाथि जौ छरिन्छ ।

यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर भगवती दुर्गाको प्रिय वस्तु भएकोले जौ छरी भगवती दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा ग्रहण गरिन्छ ।

लिपपोत गरी चोख्याइएको शुद्ध स्थान अथवा मंदिरमा घटस्थापना गर्नुपर्छ । प्रारंभमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आवाहन गर्न जौ, गहुँ आदि छरी त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गर्नुपर्छ ।

थालीमा देवीयन्त्र वा अष्टदलकमल बनाई दुर्गायन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित भगवती दुर्गाको पूजा प्रारम्भ गर्नुपर्छ ।

यसै विधिलाई घटस्थापना भनिन्छ । यसपछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने गरिन्छ । यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवीभागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ ।

नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शन आदि गरिन्छ । यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ ।

पुरुषहरुले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । तइसैल्े धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ ।

आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ ।
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#ज्योतिषबिबेक #कुंडलीविश्लेषण

#ज्योतिषबिबेक #कुंडलीविश्लेषण
#वैदिकज्योतिष

Address

Janakpurdham 7
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Janakpurdham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

Nearby media companies