Sujit kapri

Sujit kapri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sujit kapri, Kathmandu.

11/01/2025

अध्यादेशमार्फत् सरकारले सुधार गर्न खोजेका कानुनी व्यवस्था -
१. सरकारको कामकाज सरल बनाउँदै एक साताभित्र निर्णय गर्नुपर्ने। यदि फाइल एक सातासम्म पनि अघि नबढेका खण्डमा कारबाहीको व्यवस्था गर्ने।
२. सेवा प्रवाहमा नागरिक एपको प्रयोग गर्ने गरी कानुनी व्यवस्था गर्ने।
३. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति १० वर्ष नेपाल बस्न निःशुल्क भिसा पाउने व्यवस्था गर्ने।
४. श्रमिकको अनिवार्य अवकाश उमेरहद ६० वर्ष बनाउने।
५. कसुरजन्य सम्पत्ति वा कसुरमा देखिएका साधन जफतमा सहजीकरण गर्ने।
६. फैसला कार्यान्वयनको तहमा सरकारवादी केही मुद्दाहरूमा मिलापत्र गर्ने व्यवस्था गर्ने, पीडितसँग मिलापत्र गरे दण्ड र जरिवाना माफी तथा रकम भराउने मौका दिने।
७. निवृत्तिभरण कोषमा शिक्षकलाई समावेश गर्ने ।
८. सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै जाने।
९. मुद्दा पुनरावेदन गर्दा तोकिएको पूरा बिगो, जरिमाना, धरौटी राख्न नसकेका खण्डमा थुनामा बस्नुपर्ने व्यवस्था परिवर्तन गर्दै धरौटीको १५ प्रतिशत मात्र सुरूमा राख्ने व्यवस्था गर्ने।
१०. योगमाया विश्वविद्यालय सञ्चालन गर्न कानुनमा संशोधन गर्ने।
११. नेपाली सूचना प्रविधिसम्बन्धी कम्पनीले विदेशमा लगानी गर्न, विदेशी बजारमा प्रतिस्पर्धा गर्दै स्वदेशमा आम्दानी ल्याउन पाउने व्यवस्था गर्ने। यस्ता कम्पनीलाई विदेशमा पनि शाखा खोल्न दिने व्यवस्था गर्ने।
१२. अनुसन्धान विभागले तीन करोड रुपैयाँसम्मको राजश्व विवाद, चुहावटबारे निर्णय गर्न सक्ने। राजश्व चुहावट मुद्दामा बिगो भराउन फैसला पर्खिनु नपर्ने, जरिमाना र बिगो तिरेका खण्डमा पनि मिलापत्र गर्न सक्ने व्यवस्था गर्ने।
१३. सरकारी ठेक्कामा विवाद देखिए ढिलाइ कम गर्न द्रुत मध्यस्थताको व्यवस्था।
१४. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने व्यवस्था गर्ने ।
१५ कम्पनीका कर्मचारीहरूले पाउने कर्मचारी सेयर बिक्रीसम्बन्धी सहज र स्पष्ट व्यवस्था गर्ने।
१६. सजिलै कम्पनी दर्ता गर्न सक्ने व्यवस्था मिलाउने। कम्पनी बन्द गर्दाका झन्झटिलो व्यवस्था अन्त्य गर्दै जाने। कारोबारबिनै बन्द हुन चाहेका कम्पनीलाई खारेज गर्दा जरिमाना छुट दिन सकिने।
१७. विशेष आर्थिक क्षेत्र (सेज) मा उत्पादनमुलक र सेवामुलक उद्योग स्थापना हुन सक्ने। (हाल उत्पादनमुलक उद्योगमात्रै सञ्चालन अनुमति रहेको।)

अङ्ग्रेजी नयाँ वर्ष २०२५ सालको सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना !
31/12/2024

अङ्ग्रेजी नयाँ वर्ष २०२५ सालको सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना !

Congratulations Janakpur bolts for winning first season of NPL❤️
21/12/2024

Congratulations Janakpur bolts for winning first season of NPL❤️

15/12/2024
पहिलो पटक समावेशी नेतृत्व स्थापित हुने गरि  नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानल
09/12/2024

पहिलो पटक समावेशी नेतृत्व स्थापित हुने गरि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानल

09/12/2024

नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवारको नामावली:
अध्यक्ष– निर्मला शर्मा
वरिष्ठ उपाध्यक्ष– दीपक आचार्य
महिला उपाध्यक्ष– नितु पण्डित
समावेशी उपाध्यक्ष– उमिदप्रसाद बागचन्द
महासचिव –रामप्रसाद दाहाल
सचिव खुल्ला– रमेश खतिवडा
सचिव महिला– सोनी शर्मा
सचिव आदिवासी जनजाति– सविन प्रियासन
सचिव मधेशी– अशोककुमार तिवारी
सचिव दलित– प्रकाश थौलाकोटी
सचिव एसोसिएट– बैकुण्ठराज पराजुली
कोषाध्यक्ष– रामकृष्ण ज्ञवाली
लेखा समिति संयोजक– केसी लामिछाने

खुल्ला सदस्य
रामेश्वर कार्की, छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, लवदेव ढुंगाना

कोशी प्रदेश सदस्य– कमलमणि रिमाल, शंकर खरेल
मधेस प्रदेश सदस्य– अच्युतम् कुमार सापकोटा, राजेश कर्ण
वागमती प्रदेश सदस्य– नवराज पथिक, नारायण अधिकारी
गण्डकी प्रदेश सदस्य– कृष्ण केसी, केवि राना
लुम्बिनी प्रदेश सदस्य– विकास बन्जाडे, रामराज पोखरेल
कर्णाली प्रदेश सदस्य– तुलाराम पाण्डे, नगेन्द्रप्रसाद उपाध्याय
सूदूरपश्चिम प्रदेश सदस्य– योगेन्द्रबहादुर बलायर, सुरेश पन्त
उपत्यका प्रदेश सदस्य– विनोदप्रसाद चौलागाई, पुस्करराज बुढाथोकी
प्रतिष्ठान प्रदेश सदस्य– नरेन्द्र मानन्धर, सविता शर्मा
संस्थागत सदस्य (एशोसिएट सदस्य)– पवित्रा मुडभरी, मुक्तिवावु रेग्मी
महिला सदस्य मधेसी– रुविकुमारी रौनियार
आदिवासी सदस्य – माला मालुङ्वा
खस आर्य – लिला शाह योगी
दलित सदस्य– सिकेन्द्र पासवन निर्बिरोध
दलित सदस्य महिला– निर्विरोध
आदिवासी जनजाति सदस्य– भरत जर्घामगर
आदिवासी जनजाति महिला– निर्विरोध
मधेसी सदस्य– राजकरण महतो
मधेसी महिला सदस्य– ललिता साह
अपाङ्गता भएका सदस्य– भूपराज बस्याल
अल्पसंख्यक सदस्य– लक्ष्मण थामी
लेखा समिति सदस्य– केशवप्रसाद वोहरा
लेखा समिति सदस्य (महिला) – रुक्मिणी पोखरेल

नेपालमा हालै सम्पन्न स्थानीय तहको उपचुनावको नतिजाले नेकपा (एमाले) लाई गम्भीर पुनर्मूल्यांकनको आवश्यकतामा पुर्‍याएको छ। उ...
09/12/2024

नेपालमा हालै सम्पन्न स्थानीय तहको उपचुनावको नतिजाले नेकपा (एमाले) लाई गम्भीर पुनर्मूल्यांकनको आवश्यकतामा पुर्‍याएको छ। उपचुनावलाई सामान्य प्रक्रिया मान्ने कतिपय नेताहरूको विचार विपरीत यो "मिनी जनमत"को रूपमा आएको छ, जसले एमालेको स्थानलाई तेस्रोमा धकेलेको छ। यसले एमालेको नीति, कार्यक्रम, र संगठनात्मक संरचनामा कमजोरी भएको देखाउँछ।

राजनीतिक दृष्टिकोण:

ताजा नतिजाले एमालेको जनाधारमा गिरावट आएको स्पष्ट संकेत दिएको छ। सन् २०७४ को निर्वाचनमा ३५% मत ल्याउने एमालेले २०७९ मा २६% मा झरेको थियो भने अहिले २१% मा खुम्चिएको छ। यसले पार्टीको लोकप्रियता घट्दै गएको देखाउँछ।
एमालेले परम्परागत जनाधार गुमाएको, विशेष गरी युवापंक्ति र मध्यम वर्गका मतदातामा, देखिन्छ। यो वर्ग "स्वतन्त्र" र नयाँ राजनीतिक शक्तिहरूप्रति आकर्षित भएको छ। ताजा चुनावमा स्वतन्त्र उम्मेदवारहरूले २३% मत ल्याएर बलियो उपस्थिति देखाएका छन्। यसले स्थापित पार्टीहरूलाई चुनौती दिएको छ।

एमालेले स्थानीय तहमा राम्रो काम नगरेको, जनताको आवश्यकता बुझ्न नसकेको र टिकट वितरणमा विभेदपूर्ण नीति अपनाएको आरोप धेरै छ। जनताको वहुदलिय जनवाद (जवज) को आधारमा पार्टीले भनेको "पटकपटक जित्ने" नीति व्यवहारमा लागू हुन सकेन।

आर्थिक दृष्टिकोण:

ताजा निर्वाचनको नतिजालाई आर्थिक रूपमा विश्लेषण गर्दा, जनताको असन्तुष्टि धेरै हदसम्म स्थानीय सरकारहरूको असफलतासँग जोडिएको छ। स्थानीय तहहरूमा विकास खर्चको सही व्यवस्थापन नहुनु, रोजगारका अवसरको कमी, र महँगीले जनतालाई निराश बनाएको छ।
नेपाली कांग्रेस र अन्य प्रतिस्पर्धी पार्टीहरूले केही हदसम्म स्थानीय मुद्दामा राम्रो काम गरेका छन्। एमालेले आर्थिक कार्यक्रम र नीति निर्माणमा स्पष्टता दिन सकेको देखिँदैन।

एमालेलाई गर्नुपर्ने सुधारहरू:

१. संगठनात्मक पुनरावलोकन:
- स्थानीयस्तरमा पार्टीको कमजोरीको पहिचान गरी तिनलाई सुधार गर्नुपर्नेछ।
- टिकट वितरण र नेतृत्व छनोटमा स्थानीय जनताको चाहना प्राथमिकतामा राख्नुपर्ने हुन्छ।

२. जनतासँग पुनः जोडिने प्रयास:
- युवापंक्तिलाई लक्षित गरी रोजगार, शिक्षामा सुधार र उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन आवश्यक छ।
- स्थानीय सरकारहरूलाई जवाफदेही बनाउन र सेवा प्रवाह सुधार गर्न दबाब दिनुपर्नेछ।

३. नीति र विचारधाराको पुनर्मूल्यांकन:
- जवजको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै क्रान्तिकारी सुधारको अभ्यास गर्नुपर्नेछ।
- पार्टीभित्रको गुटबन्दी र आन्तरिक विवादलाई अन्त्य गर्न जरुरी छ।

४.नयाँ प्रविधिको उपयोग:
- डिजिटल प्रविधिको प्रयोग गरेर मतदातासँग प्रत्यक्ष संवाद कायम गर्नुपर्नेछ।
- सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गरेर युवापुस्तामा आफ्नो पहुँच बढाउनुपर्नेछ।

ताजा निर्वाचनको नतिजा एमालेका लागि चेतावनी हो। यो पार्टीले आफ्नो विगतको जीतमा मात्रै भर पर्न सक्दैन। वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक विश्लेषण गरी भविष्यको रणनीति तय गर्नुपर्छ।
पार्टीले आफ्नो कमजोरी सुधार्न, नयाँ विचारधारा र योजनासहित अगाडि बढ्न सके मात्रै पुनः जनताको विश्वास जित्न सक्छ। यदि यसमा चुक्छ भने, नयाँ राजनीतिक शक्तिहरूले अझै बलियो रूपमा स्थापित हुने सम्भावना छ।

अबको समय जनताको भावना बुझेर, सेवा र विकासमा केन्द्रित हुने हो भने मात्र पार्टीले आफ्नो पुरानो स्थान फर्काउन सक्छ। एमालेले यही आधारमा गहिरो समीक्षा र सुधार गर्न जरुरी छ।

09/12/2024

मेरिटोक्रेसीका नाममा भइरहेको भद्दा नाटकः
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरियो । जबकी त्यतिवेलाको सत्ताको नेतृत्व गरिरहेको माओवादीले आफु निकट व्यक्तिलाई भीसी बनाउने गरी प्रकृया अघि वढायो । सोही अनुसार माओवादी निकटका चित्रवहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्वरमा सिफारिस गरिए । योजना अनुरुप २ नम्वरमा रहेका बराल भीसी बनाइए । सोही समयमा पूर्वान्चल विश्वविद्यालयमा पनि भीसी बनाईयो । त्यहाँ पनि सोही अनुसारको प्रकृयाबाट सत्ता निकट व्यक्ति भीसी चुनिए । अनि त्यस चयनलाई पनि भनियो मेरिटोक्रेसी ।
यतिवेला त्रिभुवन विश्वविद्यालयका भीसी केशरजंग बराल मेरिटोक्रेसीका नाममा सोही समयको सत्ता गठवन्धनलाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन योजनामा तल्लिन छन् । त्यसलाई उनले मेरिट्रोकेसीको जामा लगाई दिएका छन् । अनि त्यही नाटकलाई उनी निकटका माओवादी समर्थकहरु धुवाधार रुपमा पक्षपोषण र प्रशंशा गरिरहेका छन् ।
के साच्चै त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीमा हिड्न चाहेको भए उनले छनौट कमिटीमा कस्लाई राख्ने भन्ने कुरामा कुनै चासो वा हस्तक्षेप गर्ने थिएनन् । प्राज्ञिक नेतृत्व जिम्मेवारीमा रहेका रेक्टरलाई छनौटको नेतृत्व दिन सक्थे । वा प्राज्ञहरुको रोष्टर तयार गरेर लट्रिका आधारमा छनौट समितिका सदस्य चयन गर्न सक्दथे । तर उनले त्यो दुबै काम गरेनन् । आफूले चाहेको व्यक्ति छनौट हुनेगरी छनौट समिति गठन गरे । सोही अनुसार छनौटका मापदण्ड तयार गर्न लगाए ।
विश्वविद्यालयमा एउटा निश्चित बैचारिक समुहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मंचन गरिरहेका छन् । यस प्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि वढ्ने होइन झन धरासाही हुनेछ ।
त्यसैले मेरिटोक्रेसीका नाममा गरिएको भद्दा नाटक बन्द गरौं ! सम्पूर्ण कामलाई खुला र पारदर्शी ढंगले विश्वविद्यालयको दिर्घकालिन हितलाई ध्यानमा राखेर अघि बढाऔं !!

-Shankar Pokhrel

05/12/2024

नेपालले छिमेकी मुलुकसंगको कनेक्टीभिटीमा फड्को मार्दैछ :
१. सडक संन्जाल:
क) दक्षिणतर्फ भारतसँग बिरगंज, बिराटनगर, भैरहवा र कञ्चनपुरमा Integrated Check Posts निर्माण र सञ्चालन
ख) उत्तरतर्फ चीनसँग तातोपानी, रसुवागढी, कोरला, हिल्सा र किमाथाङ्कामा सडक सञ्जाल र ड्राईपोर्टहरु (कतिपय प्रस्तावित) को निर्माण र सञ्चालन
२. अन्तरदेशीय प्रसारण लाइन:
क) दक्षिणतर्फ भारतसँग ढल्केबर - मुज्जफरपुर र बुटवल - गोरखपुर अन्तर देशीय प्रसारण लाइनको निर्माण र संचालन गरेर
ख) उत्तरतर्फ चीनसँग प्रस्तावित रसुवा - केरूङ र किमाथाङ्काको अन्तर्देशीय प्रसारण लाइनको निर्माण सम्पन्न गरेर
३. रेल्वे सञ्जाल (प्रस्तावित):
क) काठमाडौँ - रक्सोल रेल्वे निर्माण सम्पन्न गरेर
ख) काठमाडौँ - केरुङ रेल्वे निर्माण र संचालन गरेर
यसका अलावा सञ्चालनमा रहेको हवाई यातायातको बिस्तार, भरपर्दो संचारको संजाल निर्माणले विश्वकै धेरै जनसङ्ख्या र उदीयमान अर्थतन्त्रसँग जोडिदै नेपालले आगामी दशकमा विकासको गतिमा फड्को मार्नका लागि आधार निर्माण गरेको छ । हामी सबैलाई शुभकामना !

Finally done !Nepal & China signed on Belt & Road Initiative (BRI) Framework today in Beijing.
04/12/2024

Finally done !
Nepal & China signed on Belt & Road Initiative (BRI) Framework today in Beijing.

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर  बेइजिङ, चीन १८ मङ्सिर : नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय व...
03/12/2024

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर
बेइजिङ, चीन १८ मङ्सिर : नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
बहुप्रतिक्षित BRI सम्झौता हुदै ऐतिहासिक दिन आज । यो सम्झौताले
- नेपाललाई विश्वको दोश्रो ठूलो (पहिलो उन्मुख) अर्थतन्त्र चीन र चीनमार्फत युरोप तथा उत्तर पूर्वी एशियामा सहज पहुँज,
- ल्याण्डलक्ड नेपाल ल्याण्डलिंण्ड,
- एकल केन्द्रीत (आश्रित) नेपाली अर्थतन्त्र बहुकेन्द्रीत,
- नाकाबन्दी शब्दकोषमा सिमित,
- पर्यटनमा कायापलट, ....... कालान्तरमा
'समृद्ध नेपाल, सुखी नेपाली' ।

नर्सिंग संघको निर्वाचन हुदैछ ।मतदान योग्य उम्मेदवारहरु उठ्नु भएको छ ।भारी मतले विजयी वनाऔं ।
28/11/2024

नर्सिंग संघको निर्वाचन हुदैछ ।
मतदान योग्य उम्मेदवारहरु उठ्नु भएको छ ।
भारी मतले विजयी वनाऔं ।

मंसिर ७ गते काठमाडौं,दरबारमार्ग जाओैं !राजनीतिक षडयन्त्र र अराजकता विरूद्द जागरण सभामा सहभागी बनौं !!
21/11/2024

मंसिर ७ गते काठमाडौं,दरबारमार्ग जाओैं !
राजनीतिक षडयन्त्र र अराजकता विरूद्द जागरण सभामा सहभागी बनौं !!

मंसिर ७ गतेको " जागरण सभा " किन
17/11/2024

मंसिर ७ गतेको " जागरण सभा " किन

गणतन्त्र जनसम्प्रभुताको शासन व्यवस्था हो,संघियता र समावेशीता नेपाली समाजको मौलिक विशेषता हो,लोकतन्त्र बलिदानीपूर्ण संघर्...
13/11/2024

गणतन्त्र जनसम्प्रभुताको शासन व्यवस्था हो,
संघियता र समावेशीता नेपाली समाजको मौलिक विशेषता हो,
लोकतन्त्र बलिदानीपूर्ण संघर्षले स्थापित गरेको गौरवपूर्ण जीवन पद्धती हो ।
संघिय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने सबै प्रकारका अराजकता हामीलाई अस्विकार्य छ ।
प्रतिगमन घृणायोग्य छ । राजनीतिक अस्थिरता हाम्रो समाजको विकास र समृद्धिको वाधक बनेको छ ।
आउनुहोस् सुशासन, विकास र समृद्धिका लागि
संवैधानिक,कानूनी र संरचनागत सुधारको माध्यमवाट राजनीतिक स्थायित्वको आधार निर्माण गर्ने संकल्प यात्रामा सहभागी बनौ ।
आजका सबै समस्याको समाधान संघिय लोकतान्त्रिक गणतन्त्र भित्रै सम्भव छ ।
कुनै प्रकारको अधिनायकवाद, पपुलिज्म र अराजकता समस्याको समाधान होइन र हुन सक्तैन ।
त्यसैले
मंसिर ७ गते काठमाडौंमा हुने जागरण सभामा सहभागी बनौ ।
निरासा चिर्दै आशा जगाउने संकल्प र सन्देश सुनौ, हुदै गरेका राम्रा कामका वारेमा र भविष्यको योजनाका वारेमा जानकारी प्राप्त गरौ ।
राष्ट्र र जनताको हितका पक्षमा सकारात्मक सन्देश प्रवाह गरौ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sujit kapri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share