Natraj Times

Natraj Times Online News Portal

राज्यमंत्री कार्की को एयरपोर्टमा भव्य स्वागतजनकपुरधाम ।नेपाल सरकारको वन तथा वातावरण राज्यमंत्री दिपक कार्की को जनकपुर एय...
12/04/2024

राज्यमंत्री कार्की को एयरपोर्टमा भव्य स्वागत
जनकपुरधाम ।
नेपाल सरकारको वन तथा वातावरण राज्यमंत्री दिपक कार्की को जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ।
राज्यमंत्रीको पदभार ग्रहण पश्चात पहिलो पटक आफ्नो गृह जिल्ला आएका मंत्री दिपक कार्कीलाई एयरपोर्टमा जसपाका नेता कार्यकर्ता हरुले भव्य स्वागत गरेहका हुन्।
एयरपोर्टबाट सीधा धनुषाधाम स्थित वनस्पति कार्यालय द्वारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका मंत्री कार्कीलाई परसुराम तलाऊमा रोकेर धनुषा क्षेत्र नं. १ का नेता कार्यकर्ता हरुले ४५ किलोको माला लगाएर स्वागत गरेका भिए ।
क्षेत्र नं.१ मा ४५ वटा वडा रहेको प्रतिकको रुपमा ४५ किलोको माला लगाइएको क्षेत्रिय अध्यक्ष विनोद यादवले बताए ।
राज्यमंत्री कार्की को ४,५ दिन सम्म गृह जिल्लामा वस्ने कार्यक्रम रहेको छ।

11/04/2024
चक्कु प्रहार गरी युवकको हत्या गर्ने मानिस पक्राउ
09/04/2024

चक्कु प्रहार गरी युवकको हत्या गर्ने मानिस पक्राउ

https://natrajtimes.com/news/3210/
09/04/2024

https://natrajtimes.com/news/3210/

काठमाडौँ , चैत २७ गते | राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्य....

https://natrajtimes.com/news/3208/
08/04/2024

https://natrajtimes.com/news/3208/

वीरगञ्ज, २६ चैत । वीरगञ्ज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल कलेजको प्रयोगशालामा ...

08/04/2024

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको सरँचिया कुट्टी नजिक विश्वकर्मा चोक स्थित एक २० बर्षिय युवकको हत्या भएको हो ।

07/04/2024
https://natrajtimes.com/news/3205/
06/04/2024

https://natrajtimes.com/news/3205/

सुनसरी| केही दिनदेखि तनावग्रस्त रहेको सुनसरीमा हिन्दु र मुसलमान समुदायबीच पाँच बुँदे सहमति भएको छ । सामाजिक सञ्ज...

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा तीब्र गतिमा भई रहेको सुधारहरू एक्कासी सरकार पुनर्गठन पछि अवरुद्ध हुदा निवर्तमान स्वास्...
01/04/2024

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा तीब्र गतिमा भई रहेको सुधारहरू एक्कासी सरकार पुनर्गठन पछि अवरुद्ध हुदा निवर्तमान स्वास्थ्य मन्त्री मा. वीरेन्द्र प्रसाद सिंह ले मुख्यमन्त्रीलाई वुझाए १२ बुँदे ध्यानाकर्षण पत्र।

पेट्रोलको मूल्य ४ रुपैयाँले बढयो
31/03/2024

पेट्रोलको मूल्य ४ रुपैयाँले बढयो

27/03/2024

होली विशेषNatraj Production

27/03/2024

होली विशेष

26/03/2024

जानकी मन्दिर जनकपुर धाम स सिधा प्रसारण

https://natrajtimes.com/news/3201/
26/03/2024

https://natrajtimes.com/news/3201/

ओखलढुङ्गा, चैत १३ गते । ओखलढुङ्गामा बलात्कारको झुटो आरोप लगाउने जाहेरीवाली महिलालाई कैद र जरिवानाको फैसला भएको .....

https://natrajtimes.com/news/3191/
24/03/2024

https://natrajtimes.com/news/3191/

काठमाडौं, चैत ११ गते । आइतबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बा...

https://natrajtimes.com/news/3188/
24/03/2024

https://natrajtimes.com/news/3188/

काठमाडौँ- नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्...

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख  डा.राजेश अहिराज द्वारा रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाबाट सञ्चालित 'आकस्मिक रक्तद...
22/03/2024

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराज द्वारा रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाबाट सञ्चालित 'आकस्मिक रक्तदान कार्यक्रम'मा ४३ औँ पटक रक्तदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाबाट सञ्चालित 'आकस्मिक रक्तदान कार्यक्रम'मा शुक्रबार ४३ औँ पटक रक्तदान गर्नुभएको हो ।
नुवाकोट जस्तो पबित्र भुमिमा आएर रगत दिएर पबित्र कार्य गर्न पाएको भन्दै जीवनमा एकपटक रक्तदान गर्न सबैलाई अनुरोध समेत गर्नुभएको छ ।
आफुले २०६१ सालमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच दैनिक जसो दोहरो झडप भइरहेको अवस्थामा घाइतेलाई रक्तदान गरि शुरूवात गरिएको बताउनुभयो ।
जिल्ला तथा समाजका अगुवाले रक्तदान गर्दा सर्वसाधारणलाई राम्रो सन्देश जाने र उनीहरुलाई पनि रक्तदान गर्न प्रेरित हुने र रक्तदानले आफ्नो स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएको कारण झन्डै २० वर्ष अघिदेखि रक्तदान सुरु गरेको उँहाको भन्नुभयो ।

भँगहा नगरपालिका कार्यालयको प्रशासकिय भवनको शिलान्यास कार्यक्रम सम्पन्न
17/03/2024

भँगहा नगरपालिका कार्यालयको प्रशासकिय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

17/03/2024

Tata paints Cricket प्रतियोगितामा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल ज्यु

मैत्रीपूर्ण क्रिकेट खेलमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय मुक्ति क्रान्ति विजयीजनकपुरधाम/चैत ३ गते । जनकपुरधाम स्थित ब...
17/03/2024

मैत्रीपूर्ण क्रिकेट खेलमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय मुक्ति क्रान्ति विजयी

जनकपुरधाम/चैत ३ गते । जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेकपा माओवादी केन्द्र विजय भएको छ भने राजदेवी युवा कमिटी र राष्ट्रिय मुक्ति क्रान्ति बीच भएको खेलमा राष्ट्रिय मुक्ति क्रान्ति विजयी भएको छ।

शनिबार रंङ्गभूमि मैदान बाह्रबिघामा भएको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो । जसमा नेकपा माओवादी केन्द्रले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। नेकपा माओवादी केन्द्रका खेलाडीहरुले ब्याटिङ गर्दै ११.४ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो ।

नेकपा माओवादी केन्द्रको तर्फवाट ब्याटिङ गरेको खेलाडीहरु मध्ये मुदिनले सर्वाधिक २२ रन बनाए भने रजकले २० रन बनाए ।

जवाफमा ब्याटिङ्ग गर्न आएको नेकपा एकीकृत समाजवादी पार्टीको टिमले ८.५ ओभरमा सबै विकेट गुमाउँदै ३३ रन मात्र बनाउन सक्यो र उक्त खेल नेकपा माओवादी केन्द्रले ५८ रनले जित्न सफल भयो। नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट गणेशले ९ रन बनाएको थियो । माओवादी केन्द्र पार्टीको तर्फ बाट बलिङ गरेको मध्ये अविजितले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट प्रशान्तले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। उक्त खेलमा माओवादी केन्द्रको तर्फबाट अविजित म्यान अफ द म्याच भए ।

त्यस्तै अर्को खेल राजदेवी युवा कमिटी र राष्ट्रिय मुक्ति क्रान्ति बीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो । राजदेवी युवा कमिटीले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। राजदेवी युवा कमिटीका खेलाडीहरुले ब्याटिङ गर्दै ११.५ ओभरमा अल आउट हुदै ६८ रन बनाएको थियो ।

राजदेवी युवा कमिटीको तर्फवाट ब्याटिङ गरेको खेलाडीहरु मध्ये अन्कितले सर्वाधिक २६ रन बनाएको थियो। राष्ट्रिय मुक्ति क्रान्तिको तर्फ बाट बलिङ गरेको लालुले ४ विकेट लिन सफल भए।

जवाफमा ब्याटिङ्ग गर्न आएको राष्ट्रिय मुक्ति क्रान्तिको टिमले ७ ओभरमा २ विकेट गुमाउँदै ७४ रन बनाउदै ८ विकेटले खेल जित्न सफल भयो। राष्ट्रिय मुक्ति क्रान्तिको तर्फबाट लालुले ४७ रन बनाएको थियो । राजदेवी युवा कमिटीको तर्फ बाट बलिङ गरेको मध्ये मुकेशले २ विकेट लिएको थियो । उक्त खेलमा राष्ट्रिय मुक्ति क्रान्तिको तर्फबाट खेलेको लालु म्यान अफ द म्याच भए ।

जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा जनकपुरधामको बाह्रबिघा मैदानमा भईरहेको टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिताको सेमिफाइनल र फाईनल खेलको बीचमा रहेको खाली समयमा मैत्रीपुर्ण खेल खेल्न यस प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले विभिन्न संघ संस्थालाई आग्रह गर्दा युवा राजनीतिकर्मीहरु स्व स्फुर्त रुपमा मैत्रीपुर्ण खेल खेलेका थिए ।

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भोलि आइतबार पहिलो समिफाइनल राराब कॉलेज भर्सेज धनुषा साइन्स कॉलेज र दोस्रो सेमिफाइनल मोनास्टिक भर्सेज बि.पी. मेमोरियल कॉलेजको खेल हुनेछ ।

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : मोडेल मल्टिपल कॉलेज र मोनास्टिक कॉलेज विजयजनकपुरधाम/फागुन ३० ग...
14/03/2024

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : मोडेल मल्टिपल कॉलेज र मोनास्टिक कॉलेज विजय
जनकपुरधाम/फागुन ३० गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मोडेल मल्टिपल कॉलेज र मोनास्टिक कॉलेज विजय भएका छन ।

पहिलो खेल राराव कॉलेज र मोडेल कॉलेज बीच भएको थियो जसमा राराव कॉलेजले टस जितेर पहिला ब्याटिङको गरेको थियो । ब्याटिङ सुरु गरेको राराव कॉलेजका खेलाडीहरु १९.२ ओभरमा ऑलआउट हुँदै १०१ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १०२ रनको लक्ष्य दिएको थियो । राराव कॉलेजको टिमका लागि अकबर अलिले ३१ रनको योगदान दिएको थियो ।

मोडेल कॉलेजको तर्फबाट लागि बलिङ गरेका अमित कुमार मण्डलले ४ ओवेरमा १९ रन खर्चेर ५ विकेट लिन सफल भएको थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका मोडेल कॉलेजका ब्याट्सम्यानहरु ८ विकेट गुमाएर १०२ रन बनाउन सफल भयो र उक्त खेल २ विकेटले जित्न सफल भयो। मोडेल कॉलेजका खेलाडीहरु मध्ये सायमोनले १० रन र समसादले २८ रन बनाएका थिए । राराव कॉलेजको टिमका लागि बलिङ गरेका अंकित सिंह राजपूतले २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच मोडेल कॉलेजको खेलाडी अमित कुमार मण्डल भएको थियो। यस खेलको म्यान अफ द म्याचको उपाधी घर जनकपुरधाम घर जग्गा व्यवसायी संघको अध्यक्ष रन्जित कुमार पजियार द्वारा प्रदान गरिएको थियो ।

त्यस्तै दोस्रो खेल मोनास्टिक कॉलेज र सिद्दार्थ कॉलेज बीच भएको थियो जसमा सिद्दार्थ कॉलेजले टस जितेर पहिला ब्याटिङगको रोजेको थियो। ब्याटिङ सुरु गरेको सिद्दार्थ कॉलेजका खेलाडीहरु १७ ओभरमा अल आउट भएर ६६ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ६७ रनको लक्ष्य दिएको थियो । शिद्दार्थ कॉलेजको टिमका लागि आयुसले १६ रन रनको योगदान दिएको थियो । मोनास्टिक कॉलेजको तर्फबाट लागि बलिङ गरेका विक्रान्तले ३ विकेट लिन सफल भएको थियो ।

खेलमा जवाफि ब्याटिङका लागि आएका मोनास्टिक कॉलेजका खेलाडीहरु २ विकेटको क्षतिमा सजिलै ७१ रन बनाउदै खेल ८ विकेटले जित्न सफल भयो । मोनास्टिक कॉलेजका खेलाडीहरु मध्ये रन्जित यादवले ३८ रन र विक्रान्तले २२ रनको योगदान दिएको थियो । सिद्दार्थ कॉलेजको आयुसले २ विकेट लिन सफल भएको थियो। यस खेलको म्यान अफ दी म्याच मोनास्टिक कॉलेजको खेलाडी विक्रान्त भएको थियो।यस खेलको म्यान अफ द म्याचको उपाधी रामानन्द युवा क्लबको अध्यक्ष आशुतोष झा र निवर्तमान अध्यक्ष मनमोहन झा द्वारा प्रदान गरिएको थियो ।

प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। ।

मुखियापट्टी मुशहरनिया गाउँपालिकाका सीमा भित्र अब फ्री वाईफाई ।
11/03/2024

मुखियापट्टी मुशहरनिया गाउँपालिकाका सीमा भित्र अब फ्री वाईफाई ।

11/03/2024

2nd inter college cricket championship opening ceremony

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराव र मोनास्टिक क्याम्पस विजयजनकपुरधाम/फागुन २७ गते । जनकपुर...
11/03/2024

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराव र मोनास्टिक क्याम्पस विजय

जनकपुरधाम/फागुन २७ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा राराव र मोनास्टिक क्याम्पस विजय भएका छन ।

आजको पहिलो खेल राराव क्याम्पस र मिट क्याम्पस बीच भएको थियो जसमा राराव क्याम्पस ले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङ सुरु गरेको राराव क्याम्पसका खेलाडीहरु २० ओभरमा २ विकेट गुमाएर २४८ रनको बिशाल योगफल बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि २४९ रनको बिशाल लक्ष्य दिएको थियो । राराव क्याम्पसको टिमका लागि अलि अकबरले ५४ बलमा ११८ रन र रामबाब यादवले ३१ बलमा ५६ रनको योगदान दिएको थियो ।

मिट क्याम्पसको तर्फबाट लागि बलिङ गरेका सौरभ झाले २ ओभरमा ३३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका मिट क्याम्पसका ब्याट्सम्यानहरु राराव क्याम्पसको बलिङ सामु खासै राम्रो चल्न सकेन जसले गर्दा १९ ओभरमा अल आउट हुदै १०८ रन मात्र बनाउन सक्यो र उक्त खेल राराव क्याम्पसले १४० रनको बिशाल अन्तरले खेल जित्न सफल भयो। मिट क्याम्पसका खेलाडीहरु मध्ये कृष्ण देवले ३४ रन बनाएको थियो । राराव क्याम्पसको टिमका लागि बलिङ गरेका चन्दन यादवले ३ विकेट लिएको थियो । यस खेलको म्यान अफ दी म्याच राराव क्याम्पसको खेलाडी अलि अकवर भएको थियो।

त्यस्तै दोस्रो खेल धनुषा साईन्स क्याम्पस र मोनास्टिक क्याम्पस बीच भएको थियो जसमा धनुषा साईन्स क्याम्पसले टस जितेर ब्याटिङग रोजेको थियो। ब्याटिङ सुरु गरेको धनुषा साईन्स क्याम्पसका खेलाडीहरु १६.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ५३ रनको लक्ष्य दिएको थियो । धनुषा साईन्स क्याम्पसको टिमका लागि बिनेशले १६ बलमा २२ रनको योगदान दिएको थियो । मोनास्टिक क्याम्पसको तर्फबाट लागि बलिङ गरेका रोहित महतोले ४ ओभरमा ३ मेडन दिदै २ रन खर्चेर ४ विकेट र आयन अक्रमले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि आएका मोनास्टिक क्याम्पसका खेलाडीहरु ९.१ ओभरमा २ विकेटको क्षतिमा सजिलै ५३ रन बनाउन सफल भयो र खेल मोनास्टिक क्याम्पसले ८ विकेटले जित्यो । मोनास्टिक क्याम्पसका खेलाडीहरु मध्ये आयम अक्रमले २३ बलमा २१ रन बनाए भने बिक्रान्त यादवले २३ बलमा २१ रन बनाए । धनुषा साईन्स क्याम्पसको टिमको लागि बलिङ गरेका मनोज र विकाशले १/१ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच मोनास्टिक क्याम्पसका खेलाडी रोहित महतो भएका थिए।

प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। ।

10/03/2024

जनकपुरधाम उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष मनिष रमण साह

09/03/2024

समुदघाटन समारोह Tata Paints 2nd inter college क्रिकेट खेल ज.उ.वा.सँघका उपाध्यक्ष अम्भु प्रसाद साहको अध्यक्षता र उधोग वाणिज्य तथा पर्यटन मन्त्री मा सुनिता यादव ज्युको प्रमुख आतिथ्यमा वि.अ मनिष रमण साह लगायतका अतिथिहरुको उपस्थितमा आज सुरुवात भएको छ ।

जनकपुरधाममा दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८० सुरु, उद्घाटन खेलमा वि.पी. मेमोरियल विजयीजनकपुरधाम/फागुन २६ गते। ...
09/03/2024

जनकपुरधाममा दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८० सुरु, उद्घाटन खेलमा वि.पी. मेमोरियल विजयी

जनकपुरधाम/फागुन २६ गते। जनकपुरधाममा शनिवार दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । दोस्रो इन्टर स्कुल कृकेट प्रतियोगिता भव्यताका सफल गर्दै हप्ता दिन पछि रंगभुमी मैदान बाह्रविघामा सुरु भएको क्रिकेट प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवले गरेकी छन् । रंगभुमी मैदान बाह्रबिघामा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले ब्याटिङ र पत्रकार स्मृति झाले बलिङ गर्दै उद्घाटन गरेका छन् । महाशिवरात्री तथा नारी दिवसको भोलिपल्ट गरेर महिलाको सम्मान तथा जनकपुरधाममा महिला कृकेटलाइ बढाउन उद्येश्यले महिला द्वारा बैटिङ्ग र बलिङ्ग गर्दै प्रतियोगिताको समुदघाटन गरिएको छ।

खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री यादवले खेलाडीहरुलाई क्रिकेट खेल जगतमा आफ्नो छबि बनाउन र सफलहुनको लागि कोशिस गर्न सुझाव दिएका छन । वहाले मधेश प्रदेश क्रिकेट सहित अन्य खेलहरुमा अगाडी आईरहेको र खेलाडीहरुलाइ आगामी दिनमा अगाडी बढन धेरै सम्भावना रहेको बताउनु भयो। साथै यस्तो आयोजकले प्रतियोगिताहरुको आयोजना गरेर खेलाडिहरुलाई प्रोत्साहन र उर्जावान बनाईरहेको बताएको छन्। अहिलेको युवा पुस्ता खेलमा व्यस्त रहदा लागुऔषध तिर ध्यान नपुग्ने र युवाहरको भोलिको भविश्य उज्वल रहने बताइन ।

जनकपुरधामको बाह्रबिघा रंगभूमि मैदानमा सुरु भएको प्रतियोगिता जनकपुर स्पोर्ट्स क्लब र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। चैत १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले जानकारी दिए । आजको उद्घाटन कार्यक्रमको अध्यक्षता यस प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव,अतिथिहरुमा जनकपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष मनिष रमण,जनकपुरधाम उपमहानगरपालिका वडा न.- १६ का वडा अध्यक्ष रामचन्द्र पजियार,राराव क्याम्पसका स्व.वि.यु सभापति मनिष कुमार यादव, पत्रकार स्मृति मिश्र, पुरन गुप्ता, सुभाष कर्ण, अनितेश यादव पत्रकार गिरिजानन्द साह र प्रतियोगितामा सहभागी रहेको ८ वटै टिमको क्याप्टेनहरुको उपस्थिति रहेका थिए।

उद्घाटन खेलमा वि.पी. मेमोरियल विजय भएको छ । शनिवार भएको खेलमा मोडेल क्याम्पस क्रिकेट टिमलाई ३ विकेटले हराउँदै वि.पी. मेमोरियल विजयी भएको हो । खेलमा मोडेल क्याम्पसले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ब्याटिङ सुरु गरेको मोडेल क्याम्पसका खेलाडीहरु १९.३ ओभरमा अल आउट हुदै ११२ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ११३ रनको लक्ष्य दिएको थियो । मोडेल क्याम्पसको टिमका लागि सायमोन रोय ले ३२ बलमा ४३ रन र राहुल मण्डलले ४६ बलमा २६ रनको योगदान दिएको थियो । वि.पी. मेमोरियल तर्फबाट बलिङ गरेका सर्फारक खानले २ विकेट,सुमित सिंहले २ विकेट,अखिलेश ठाकुरले २ विकेट,राजेश ठाकुरले २ विकेट र बिशाल रोयले २ विकेट विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि वि.पी. मेमोरियलका खेलाडीहरु १८.३ ओभरमा ७ विकेटको क्षतिमा ११६ रन बनाएर ३ विकेटको खेल जित्न सफल भयो। वि.पी. मेमोरियलका खेलाडीहरु मध्ये अखिलेश ठाकुरले ३२ बलमा ३९ रन बनाए भने र राम किशोरले १६ बलमा १७ रन बनाए । मोडेल क्याम्पसको टिमका लागि बलिङ गरेका केशव यादवले २ विकेट र अमित मण्डलले २ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दी म्याच वि.पी. मेमोरियलका खेलाडी अखिलेश ठाकुर भएका थिए। जसले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए भने ब्याटिङ गर्दा ३३ बलमा ३२ रन बनाएको थियो। खेलको म्यान अफ दि म्याच गिता गिफ्ट हाउसका संचालक युवा व्यवसायी श्री श्याम साह ज्यु द्वारा प्रदान गरिएको थियो जसले प्रतियोगिता भर सबै खेलको म्यान अफ दि म्याच ट्रफी स्पोन्सर गरेका छन !

Address

Ramanand Chowk
Janakpur

Opening Hours

Monday 09:30 - 21:00
Tuesday 09:30 - 21:00
Wednesday 09:30 - 21:00
Thursday 09:30 - 21:00
Friday 09:30 - 21:00
Saturday 09:30 - 21:00
Sunday 09:30 - 21:00

Telephone

+9779819812471

Alerts

Be the first to know and let us send you an email when Natraj Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Natraj Times:

Videos

Share

Nearby media companies