Voice of Itahari

Voice of Itahari We inform citizens about new events and information happening in the society.

इटहरीमा छठ पर्वको रौनक
07/11/2024

इटहरीमा छठ पर्वको रौनक

सुनसरी । इटहरीमा पनि आज भव्य रूपमा छठ पर्व मनाइएको छ । सूर्यको उपासना गरेर मनाइने छठ पर्व सुनसरीमा पनि मनाइएको हो .....

इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा पहिलो पटक बृहत रूपमा पुर्व विद्यार्थीहरुको भेला हुदैछ ।
06/10/2024

इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा पहिलो पटक बृहत रूपमा पुर्व विद्यार्थीहरुको भेला हुदैछ ।

इटहरी । इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई एकीकृ....

बाढिले डुबाएको सोलुखुम्बुको थामे गाउँको दृष्यहरु
16/08/2024

बाढिले डुबाएको सोलुखुम्बुको थामे गाउँको दृष्यहरु

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामे गाउँमा दुधकोशी नदीमा आएको भिषण बाढीले पुरै गाउँ डुबाएको छ । ए....

16/08/2024

सोलुखुम्बुमा आएको भिषण बाढि

भिडियो स्रोत : सामाजिक सञ्जाल

सोलुखुम्बुका खुम्बु क्षेत्रमा हिमताल फुटेको आशंका गरिएको छ । अहिलेसम्म दुईवटा होटल पूर्ण रुपमा बगाएको खवर आएको छ । मानवि...
16/08/2024

सोलुखुम्बुका खुम्बु क्षेत्रमा हिमताल फुटेको आशंका गरिएको छ ।
अहिलेसम्म दुईवटा होटल पूर्ण रुपमा बगाएको खवर आएको छ । मानविय क्षतिको विवरण आएको छैन ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।

समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरू त्रिभुवन विश्...
16/08/2024

समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरू त्रिभुवन विश्व विद्यालयको प्रशासन मै धर्ना बसेका छन् ।
ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको कारण बिहीबार देखि त्रिवि प्रशासनमा धर्नामा बसेका हुन् ।

सामुदायिक विद्यालयको नीति कार्यक्रम  इटहरीमा रहेको सामुदायिक राष्ट्रिय माध्यमिक विद्यालयले पहिलो पटक २०८१।०८२ को बार्षिक...
16/08/2024

सामुदायिक विद्यालयको नीति कार्यक्रम
इटहरीमा रहेको सामुदायिक राष्ट्रिय माध्यमिक विद्यालयले पहिलो पटक २०८१।०८२ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
भवन निर्माण, २ बस थप्ने, देखी स्मार्ट स्मार्ट विद्यालय स्मार्ट शिक्षक कार्यक्रम लागू गरिने छ ।
कार्यक्रमहरु सम्पन्न गर्न ७ करोड बजेट आवश्यक पर्ने उल्लेख छ ।
विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म पढाई हुन्छ । यहाँ १ हजार ८८१ जना विद्यार्थी अध्ययनरत छन् ।

इटहरीमा खुलेको नयाँ दर्शन मोबाइल पसलले पसल भ्रमण गर्ने ग्राहकलाई निःशुल्क एयर बड उपहार दिने आकर्षक अफर ल्याएको छ ।
14/08/2024

इटहरीमा खुलेको नयाँ दर्शन मोबाइल पसलले पसल भ्रमण गर्ने ग्राहकलाई निःशुल्क एयर बड उपहार दिने आकर्षक अफर ल्याएको छ ।

जागिर खुल्यो ...इटहरी उपमहानगरपालिकाले नर्सका लागि करारमा जागिर खुलाएको छ । इच्छुकहरुले आवेदन दिन सक्नुहुन्छ ।
14/08/2024

जागिर खुल्यो ...
इटहरी उपमहानगरपालिकाले नर्सका लागि करारमा जागिर खुलाएको छ । इच्छुकहरुले आवेदन दिन सक्नुहुन्छ ।

हर्क साम्पाङको अनौठो भाषाहर्क साम्पाङले तरहरा देखी तीनकुने सम्मको सडकलाई सहिद मार्ग नाम राख्न माग गरेका छन् । धेरै मोटरस...
14/08/2024

हर्क साम्पाङको अनौठो भाषा

हर्क साम्पाङले तरहरा देखी तीनकुने सम्मको सडकलाई सहिद मार्ग नाम राख्न माग गरेका छन् । धेरै मोटरसाइकल चालकको मृत्यु भएको र अहिले सम्म नबनेको भन्दै मृतकलाई क्षतिपूर्ति दिनुपर्ने र सडकको नाम सहिद मार्ग राख्नुपर्ने माग सहित संघिय भौतिक पूर्वाधार मन्त्रीलाई पत्र पठाएका छन् । पत्रमा प्रयोग गरिएको भाषालाई लिएर तिव्र चर्चा भइरहेको छ ।

कृपया ध्यान दिनुहोला । धर्यता र धार्मिक सहिष्णुता आजको आवश्यकता हो ।
14/08/2024

कृपया ध्यान दिनुहोला । धर्यता र धार्मिक सहिष्णुता आजको आवश्यकता हो ।

सूचना !सूचना !! सूचना !!
13/08/2024

सूचना !सूचना !! सूचना !!

बेलबारी नगरपालिका–३ करमडाँडामा आज बिहान जंगली हात्तीको बच्चा  मृत फेला परेको छ । हात्तीको बच्चा मारिएको हो कि, आफैं मरेक...
13/08/2024

बेलबारी नगरपालिका–३ करमडाँडामा आज बिहान जंगली हात्तीको बच्चा मृत फेला परेको छ । हात्तीको बच्चा मारिएको हो कि, आफैं मरेको हो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । ७ महिनामा मोरङमा तीन वटा जंगली हात्ती मृत फेला परिसकेका छन् ।

इटहरी उपमहानगरपालिका वडा नम्बर २  स्थित शान्तिनगरमा जंगली हात्तीले २ वटा घर भत्काएको छ । हात्तीको आक्रमणबाट मानविय क्षति...
13/08/2024

इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित शान्तिनगरमा जंगली हात्तीले २ वटा घर भत्काएको छ । हात्तीको आक्रमणबाट मानविय क्षति भने हुन पाएन ।

झापामा ५ बर्ष यता हात्तीको संख्यामा तेब्बरले वृद्धि भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार २०७५ स...
12/08/2024

झापामा ५ बर्ष यता हात्तीको संख्यामा तेब्बरले वृद्धि भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार २०७५ सालमा १०–१२ संख्यामा हात्ती रहेकामा अहिले ३० भन्दा धेरै पुगेको छ ।
भारतबाट आहारको खोजीमा आएका हात्ती यतै बस्न थालेको वन कार्यालयको भनाई छ ।

लोपोन्मुख एवं सङ्कटापन्न वन्यजन्तु टोकेसहित सुन्दरहरैँचा नगरपालिका–११ का ४० वर्षीय दीपककुमार चौधरी पक्राउ परेका हुन्। टो...
12/08/2024

लोपोन्मुख एवं सङ्कटापन्न वन्यजन्तु टोकेसहित सुन्दरहरैँचा नगरपालिका–११ का ४० वर्षीय दीपककुमार चौधरी पक्राउ परेका हुन्। टोकेलाई रंग फेर्ने छेपारो भनेर पनि चिन्ने गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा बिक्री हुने वन्यजन्तु विज्ञको भनाई छ । अनुसन्धान पछि टोकेलाई बनमा छाडिएको छ ।

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice of Itahari:

Videos

Share