हेर्नुहोस् ल 😊
हाम्रा केटाकेटी यति सम्म गर्छन😱
नसकिने भयो अहिलेका नानीबाबुहरुलाई 😜🤩
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औं शुभ जन्मोत्सव नोमाङ्गेना सेवा
माङ सवारको तयारी
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औं शुभ जन्मोत्सब तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङ्गेना महान सेवा समारोह रक्षा मन्त्री माननीय मानवीर खालिङ राई ज्यूको प्रमुख आतिथ्यमा समुद्घाटन हुने छ।
आत्मानन्द गोल्ड कप:-
आज भएको फाइनल खेलमा दूधे युवा क्लब झापाले, तिजोक युवा क्लब पाँचथरलाई ३-१ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो।
आत्मानन्द गोल्डकप- उपाधिका लागि साबिक विजेता तिजोकसँग दुधे भिड्दै।
भोलि सबैलाई निम्तो छ,आउनु होला सँगै फाइनल खेलको मज्जा लियौला....
साथै मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहको भव्य तयारी हुँदै....
पर्सी मंसीर १८ गते पनि माङसेबुङमा भेटौला.....
आत्मानन्द गोल्ड कप:
आज शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर फाइनलमा प्रवेश गरेको छ।
जितसँगै तिजोक पाँचथरले उपाधि भिडन्तमा दुधे झापासँग भेट पक्का गरेको छ ।
आत्मानन्द गोल्ड कप:
आज बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा सिरीजङगा स्पोर्टिङ क्लब, मोरङबिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा फाइनलमा प्रवेश गरेको छ।
आज बुधबार भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लव, दार्जिलिङ, भारतलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन तिजोक पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ ।
यो सँगै सेमिफाईनल समिकरण पुरा भएको छ ।सेमिफाईनल समिकरण पुरा भएसँगै भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछ । भोलि बिहिबार हुने पहिलो सेमिफाइनल खेल सिरीजङगा स्पोर्टिङ क्लब मोरङ र दुधे युथ क्लब झापा विच हुनेछ ।
आत्मानन्द गोल्ड कप:
आत्मा पवित्र खेलकुद समितिका उपाध्यक्ष मनोज सिवाकोटी सहयोग दाता ज्यूहरुलाई धन्यबाद ज्ञापन गर्नु हुँदै.....
आत्मानन्द गोल्ड कप: आज मंगलबार सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लब इलामलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै दुधे युवा क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।