25/09/2021
नेपाल लगायत मात्र ५ निम्न विकसित देशहरुमा crypto currency (जस्तै Bitcoin) illegal छ, यसैले पुष्टि गर्छ कि नेपालमा policy वनाउने गोवर गडेसहरुले यसको महत्व बुझ्न सकिरहेका छैनन् । cryptocurrency आधुनिक युगको सबैभन्दा ठूलो आविष्कार मान्न सकिन्छ तर नेपालमा यसको महत्वको बारेमा अझै बुझाउन जरुरी छ । विशेषतह, नेपाल जस्तो बिधुतमा सम्भावना भएको देशका लागि त झनै महत्वपूर्ण छ। cryptocurrency को प्रयोगले ठूला bank हरूको अपरिहार्यतालाई समाप्त गरिदिनेछ र monetary inflation (सरकारद्वारा जनताहरुमा गरिने चोरी ) लाई पनि control गर्नेछ । Blockchain technology र sha256 algorithm ले cryptocurrency lai सुरक्षित गरेको हुन्छ, र अबको 10 वर्षमा यसको प्रयोग नितान्त रुपमा हरेक मान्छेले गर्नेछन् । यो प्रविधिलाई नअगाल्ने देशहरु स्वतह पछाडि पर्नेछन् ।
१. यस बाट ब्यक्तिलाई कसरी फाइदाहरु हुन्छ र देश लाई कसरी फाइदा हुन्छ ?
sha256 algorithm ले आफ्नो धनराशीको सुरक्षा गर्न, एक ठाउँबाट अर्को ठाउँमा अतिनै कम सुल्कमा र कुनै तेस्रो Party को हस्तक्षप बिना पैसा पठाउन, monetary inflation बाट बच्न , र महंगो banking प्रणालीबाट छुटकारा पाउन ।
२. यसबाट देशलाई हुने बेफाइदाहरु के के छन् ?
यसबाट जनतालाई फाइदा हुन्छ, सरकारलाई घाटा हुन्छ ( किनकी सरकारले मनलागी पैसा छाप्न पाउने छैन ) । हरेक देशमा सरकारले मनपरी पैसा छाप्ने र मौद्रिक अवमूल्यन गराउने प्रथा बन्द हुनेछ ।
३. यसलाई चलाएर माइनिङ्ग गर्दा कति मेघावाट सम्म बिद्युत खपत हुन्छ होला?
यो cryptocurrency ko तत्कालको मूल्यमा भर पर्ने कुरा हो । जति धेरै mining pool सञ्चालनमा हुन्छन त्यति नै धेरै विद्युत खपत हुन्छ । यो supply demand को सिद्धान्तमा आधारित हुन्छ । अथार्त बिटकोइनको मूल्य जति धेरै बढ्यो त्यतिनै बढी बिजुली खपत हुन्छ, त्यसले पनि यसको मूल्य निर्धारित गर्दछ । यो भन्दैगर्दा यसले खपत गर्ने बिजुली अहिलेका banking प्रणालीले खपत गर्ने बिजुली भन्दा निकै कम हुनेछ ।
४. यसले देशमा कस्तो र कति सम्म रोजगारी सिर्जना गर्न सक्छ?
यति बुझौं कि यो आधुनिक बैंकिङ प्रणाली हो, modern economy हो । यसलाई नअगाल्ने देशहरु स्वतह पछाडि पर्नेछन् ।
५. यसलाई संचालन गर्न सरकारले के के गर्नु पर्ला ?
यसलाई सरकारले सञ्चालन गर्ने हैन बरु यसले सरकारको अस्तित्वलाई न्युन र big banks को अस्तित्वलाई समाप्त पार्ने छ ।यो जनता बाट (किनकी जो कोही ले यसलाई mine र यसको node संचालन गर्न सक्छ) संचालित हुन्छ, हरेक देशका जनताहरुबाट संचालित हुन्छ ।
Via: Achal Neupane