Samuel Shamser Chand

Samuel Shamser Chand WELCOME TO THE
SAMUEL CHAND
OFFICIAL FACEBOOK PAGE
"SARVENT OF JESUS CHRIST"
"GRACEFUL MINISTRIES"

प्रिय मन्डली शैतान हमेसा हाम्रो मन भित्र जाने कोसिस गरिरहन्छ।
उ चाहान्छ की हामिले हाम्रो मन ठुलो ठुलो कुरामा लगाऔँ जस्तै अभिलाषा र घमन्डको कुराहरुले हाम्रो ह्दय भरियोस।
तर प्रिय परमेश्वर पिता चाहानुहुन्छ की हाम्रो मन नम्र हौस अरुको बारेमा चिन्तित हौस अनि जरुरतमन्द हरुको साथ जुडीरहनको लागि तैयार हौस।

16/01/2025

आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
यूहन्ना १:१

With Anju Panta – I'm on a streak! I've been a top fan for 4 months in a row. 🎉
15/01/2025

With Anju Panta – I'm on a streak! I've been a top fan for 4 months in a row. 🎉

येशूले भन्नुभयो,  "मलाई कसले छोयो?"  जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, "गुरुज्यू, भीड़ले तपाईंल...
01/11/2024

येशूले भन्नुभयो, "मलाई कसले छोयो?" जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, "गुरुज्यू, भीड़ले तपाईंलाई घेरेर ठेल्दैछन्।"
तर येशूले भन्नुभयो, "कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ।"
अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काम्दै आई र उहाँको सामुन्ने घोप्टो परी, र किन त्यसले उहाँलाई छोई, अनि कसरी तुरुन्तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई।
उहाँले त्यसलाई भन्नुभयो, "छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ।"
लूका ७:४५-४८

बाइबलका तत्कालीन पदहरू 👇Quick Reference Guide
13/08/2024

बाइबलका तत्कालीन पदहरू 👇
Quick Reference Guide

"यशैया अगमवक्ताले भनेझैँ, 'परमप्रभुको मार्ग तयार पार' भनी उजाड-स्थानमा कराउने एक व्यक्तिको म आवाज हुँ।" यूहन्ना १:२३
14/06/2024

"यशैया अगमवक्ताले भनेझैँ, 'परमप्रभुको मार्ग तयार पार' भनी उजाड-स्थानमा कराउने एक व्यक्तिको म आवाज हुँ।"
यूहन्ना १:२३

सजिलो जिन्दगीको लागि प्रार्थना नगर_गाह्रो जिन्दगी सहन सक्ने क्षमताको लागि प्रार्थना गर _         किनकि वचनले स्पष्ट सँग ...
08/05/2024

सजिलो जिन्दगीको लागि प्रार्थना नगर_
गाह्रो जिन्दगी सहन सक्ने क्षमताको लागि प्रार्थना गर _
किनकि वचनले स्पष्ट सँग मण्डलीलाई भन्नुहुन्छ मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ। उहाँले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि बनाइदिनुहुनेछ– यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।
-१ कोरिन्थी १०:१३

एक पटक दाउदका आफ्नोहरूले नै उनको साथ विस्वासघात गरे अनि उनको विरुधि बने तर.. परमेश्वरले दाउदको साथ छोडनु भएन उहाँ दाउद स...
15/04/2024

एक पटक दाउदका आफ्नोहरूले नै उनको साथ विस्वासघात गरे अनि उनको विरुधि बने तर.. परमेश्वरले दाउदको साथ छोडनु भएन उहाँ दाउद संग हुनुहुन्थ्यो।
प्रियहरु तपाई र मेरो अवस्था खराब किन नहोस परिस्थिति जस्तोसुकै किन नहोस परिस्थिति मुस्किल अवस्थामा किन नहोस आफ्नो परमेश्वर माथि आशा राख्नेवाला कहिल्यै एक्लो हुदैंन परमेश्वर हुनुहुन्छ जुन उसको हरेक अवस्थामा साथ खडा हुनुहुन्छ।
यसकारण परमेश्वरको वचनमा यसरी लेखिएको पाइन्छ।
परमप्रभु आफै तिम्रो अगि जानुहुन्‍छ र तिमीसित हुनुहुनेछ।
उहाँले तिमीलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।
नडराऊ, निरुत्‍साह नहोऊ।”
-व्यवस्था ३१:८
आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
रोमी १२:१२
सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।
१ थेसलोनिकी ५:१८
हल्लेलूयाह आमेन 🙇

मेरो शरीरमा प्राण रहुञ्जेल, र परमेश्वरको सास मेरो नाकमा रहुञ्जेल, कुनै पनि असत्य वचन मेरो मुखबाट निस्कनेछैन, अनि मेरो जि...
08/04/2024

मेरो शरीरमा प्राण रहुञ्जेल, र परमेश्वरको सास मेरो नाकमा रहुञ्जेल, कुनै पनि असत्य वचन मेरो मुखबाट निस्कनेछैन, अनि मेरो जिब्रोले कुनै झूट बोल्नेछैन।
अय्यूब २७:३_४
゚viral

08/03/2024
"परमेश्वरले हाम्रो गल्तिहरू लाई बिर्सिएर आशिषमा परिवर्तन गरिदिनुहुनेछ"----कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्य...
07/03/2024

"परमेश्वरले हाम्रो गल्तिहरू लाई बिर्सिएर आशिषमा परिवर्तन गरिदिनुहुनेछ"
----
कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
हितोपदेश -१४:१२
_____
आज यो भागदौड़ले भरीएको ज़िन्दगीमा हरेक मानिस हरेक दिन अपठ्यारो परिस्थितिमा पारिरहेको छ।
अनि यसको परिणामस्वरूप मानिसले नजाने कति गल्तिहरू गरि पठाउँछ जसको नतिजा गल्ति हो।
आजको यो दौरानमा गल्ती हुन स्वभाविकनै हो तर आफ्नो गल्तीको पर्ति आफ्नो अंदाज कस्तो छ?
यो सबै महत्वपूर्ण कुरा हो__ के हामी आफ्नो गल्तीलाई नजर अंदाज गरेका छौँ वा उस्लाई लुकाने प्रयास गरेका छौँ वा फेरी त्यो देखि भागिरहेका छौँ वा हामी त्यसलाई सुधार गर्दैछौँ र उनको लाई पर्मेश्वरसंग क्षमा माग्दै छौँ?
बाइबलले भन्दछ आफ्नो पाप लुकाएर राख्नेको उन्नति हुदैंन।
यदि हामी आफ्नो गल्तीलाई लुकाएका छौँ वा भागिरहेका छौँ भने हामी गल्ती गरिरहेका छौँ अनि आफ्नो जिवनमा मुस्किल अवस्था लाई बुलवा दि रहेका छौँ।
यदि हामी क्षमा अनि साँचो पश्चाताप द्वारा आफ्नो गल्तीलाई सुधार गर्दैनौं भने गल्ती तर्फबाट जाँदैछौं।
जस्को परिणाम हामिलाई जीवनमा देख्न पर्नेछ।
किनकी गुनाह को कारण हामी परमेश्वर देखिन दिनको दिन टाढा हुन्छौँ।
अनि पर्मेश्वरको आशिष बाट बचिंत हुन्छौँ।
जस्तो हामी आफ्नो गल्ती संग गर्छौँ त्यस्तै हामी आफ्नो जीवनको पापको साथ पनि गर्छौँ।
तर परमेश्वर जुन हामी सबैको सृष्टिकर्ता हुनुहुन्छ।
हामी सबैको भित्र बाहिर बाट सबै जान्नुहुन्छ हाम्रो गल्तिहरू अनि गुनाहको कारण हामीलाई छोडन चाहनुहुन्न तर चाहानुहुन्छ कि हामिलाई सुधारन अनि पापको परिणाम बाट बचाएर राम्रो अनि असल बनाउन चाहनुहुन्छ।
यस्को एउटा उदाहरण हामी प्रभु येशूको चेला पत्रुसको जीवन बाट थाहा गर्न सक्छौँ।
जब प्रभु येशूले आफ्नो मृत्युपछि को बिषयमा आफ्नो चेलाहरु संग कुरा गर्नुभयो तब पत्रुसले उहाँ पर्ति आफ्नो समर्पण तथा इमान्दारीको ठुलो ठुलो दावा गरे तर केही समयपछि जब प्रभु येशूलाई क्रूसमा चढाउँदा पकडमा पर्नुभयो तब पत्रुसले भयभित भएर तीनपल्ट सम्म येशूलाई चिन्न बाट इनकार गरिदियो।
तर आफ्नो मृत्युपछि को पुनरुत्थानको पस्चात प्रभु येशूले पत्रुसको दोषपूर्ण अतितको वावजुद तीनपल्ट आफ्नो आउने अनुयायीहरूको रेखदेख गर्ने जिम्मेवारी दिनुभयो।
यूहन्ना २१:१५_१७
प्रियहरु यदि तपाईंले पनि कुनै यस्तै भुल गर्नुभएको छ जुन तपाईंलाई अपरिवर्तनीय लाग्छ जस्को दुषपरिणाम तपाइलाई परेशान गर्दछ भने त्यसलाई सुधार गर्नुको लागि बिना कुनै संकोच गरिकन आफ्नो त्यो भुललाई अनि उसको दुषपरिणाम लाई प्रभु यीशुको अगाडि स्विकार गरेर उहाँको हातमा सुम्पिदिनु होस।
प्रभु येशू हाम्रो ठुलो भुललाई पनि ठुलो भलाईमा परिणत गर्नुहुन्छ।
किनभने उहाँको वचनमा यसरी लेखिएको पाइन्छ।
विलाप ५:२१ हे परमप्रभु, हामीलाई आफूतिर फर्काउनुहोस्, र हामी फर्किऔं। हाम्रा दिन तादिका दिनझैँ बनाइदिनुहोस हल्लेलूयाह आमेन 🙇

स्वर्गको राज्य बहुमुल्य मोति जस्तै भाग २__मुक्ति पाप क्षमा केवल येशू ख्रीष्ट द्वारा प्राप्त गर्न सकिन्छ।________अरू कसैम...
02/03/2024

स्वर्गको राज्य बहुमुल्य मोति जस्तै
भाग २
__
मुक्ति पाप क्षमा केवल येशू ख्रीष्ट द्वारा प्राप्त गर्न सकिन्छ।
________
अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।"
प्रेरित ४:१२
प्रियहरु यदि तपाईं मात्र बाहिरी कर्मकाण्ड गर्नुहुन्छ र तपाईको ह्रदय परमेश्वर देखिन टाढा छ भने तपाई आफ्नो गन्तव्य सम्म पुग्न सक्नुहुन्न।
धेरै मानिसहरू चर्च जान्छन सबै नियमलाई पालना गर्छन सबै रितिरिवाज लाई पुरा गर्छन तर उनिहरु परमेश्वरका संनतान होइनन।
यो कुरालाई येशू ख्रीष्टले Command गरेर यसरी भन्नुभयो।
जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।
यूहन्ना १:१२

फेरी यहाँनिर प्रश्र आउन सक्छ त्यसो भए स्वर्गको राज्यमा को जान्छत?
यो कुरालाई पनि येशू ख्रीष्टले Clear पार्नुभएको छ।
"मलाई 'प्रभु, प्रभु' भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
मत्ति ७:२१

प्रियहरु यदि तपाईं स्वर्ग जान चाहानुहुन्छ भने तपाईलाई पर्मेश्वरको संनतान बन्नु आवश्यकता छ तब मात्र तपाई स्वर्गको राज्यमा प्रवेश गर्नुहुनेछ।
स्वर्गको राज्य त्यो बहुमुल्य मोति जस्तै हो उसलाई पाउनको निमित्त तपाइलाई सबैथोक दाउमा लगाउन परेतापनि पुरा कोसिस गर्न आवश्यक छ।
तपाइलाई प्रभु येशु कहाँ आएर पापको क्षमा माग्न आवश्यकता छ।
आफ्नो पापबाट पश्चाताप गर्नको आवश्यकता छ।
पश्चातापले भरिएको ह्रदयले तबसम्म प्राथना गर्नुहोस जबसम्म तपाईको जीवनमा बदलाव आउँदैन।
अनि तपाईलाई पुरा थाहा नहुँदा सम्म कि येशू ख्रीष्ट द्वारा पापको क्षमा मिल्यो।
एक पटक जब तपाईंले पापको क्षमा प्राप्त गर्नुहुन्छ तो फेरी पापमा जीवन यापन नगर्नुहोस।
पवित्र जीवन यापन गर्नुहोस।
पवित्र जीवन यापन गर्नकोलागी प्रभु येशू संग मदत माग्नुहोस।
तपाई यसरी भन्नुहोस।
प्रभु येशू कृपया मलाइ क्षमा गर्नुहोस अनि मेरा पापलाई बिर्सिनु होस।
मैले यस्ता कार्यहरू गरेको छु जुन तपाईको नजरमा घृणित छन।
मैले यस्ता कुराहरु बोले जुन खराब हुन।
मेरा बिचारहरु राम्रा छैनन।
कृपया मलाई क्षमा गर्नुहोस अनि अनंत जीवन दिनुहोस।
म वादा गर्दछु की अब उप्रान्त पवित्र जीवन जिउनेछु।
किनभने तपाईले यसरी भन्नुभएको छ।
तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर, पवित्र छु।
हल्लेलूयाह आमेन 🙇
゚viral

स्वर्गको राज्य बहुमुल्य मोति जस्तै--- "फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो।   त्यसले एउटा बहुमू...
01/03/2024

स्वर्गको राज्य बहुमुल्य मोति जस्तै
---
"फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो।
त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो।
मत्ति १३:४५-४६
________
प्रियहरु हामी सबै यो पृथ्वीमा एउटा यात्रामा छौँ।
हामी सबैले यात्रा गरिरहेका छौँ।
हामिलाई आफुले आफैलाई प्रश्न गर्नुपर्छ कि हाम्रो लक्ष्य के हो?
बाइबलले भन्दछ की मनुष्यको आम्मा मृत्यु पश्चात दुई स्थानमध्ये एउटामा जान्छ।
यो या त स्वर्गमा या त नर्गमा।
तपाई आफ्नो अनंत काल कहाँ बिताउन चाहानुहुन्छ?
तपाईलाई आफैसँग सोध्न आवश्यक छ।
हर कसैले स्वर्ग जान चाहन्छ तर यो कुरामा निर्भर गर्दछ की तपाई यो संसारमा के गर्दै हुनुहुन्छ।

१. यदि तपाईं केहि गर्नु हुँदैन भने तपाई नर्गको आगोमा नष्ट हुनुहुनेछ।
यदि तपाईं मात्र आफ्नो जीवन त्यस्तै बिताउनुभएको छ जस्तो अरु हरकसैले गरिरहेको छ।
बिहान उठेयो खाना खायो काममा गयो फेरि खाना खायो अनि सुत्यो।
यदि तपाइँसँग कुनै लक्ष्य छैन भने तपाईलाई आफ्नो आत्माको चिन्ता लाग्दैन भने तपाई स्वर्गको राज्यमा प्रवेश गर्नुहुनेछैन।

२. यदि तपाईं गलत गाडिमा सवार गर्नुभयो भने आफ्नो गन्तव्य सम्म पुग्न सक्नुहुन्न।
जसरी सबैको हवाई जहाज अमेरिका जाँदैन त्यसरीनै सबै बाटोहरुले स्वर्गको तर्फ लग्दैन।
प्रभु येशूले दावी गरेर भन्नुभयोकी उहाँ मात्र एक स्वर्गको बाटो हुनुहुन्छ।
उहाँ बाहेक अरू कुनै बाटो छैन।
येशूले तिनलाई भन्नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
- यूहन्ना १४:६
हल्लेलूयाह ___

゚viral

'लड्नुभयो ? उठ्नुहोस, फेरि दौडनुहोस् र जित्नुहोस ।' एउटा गाउँका २ जना बच्चाहरू खेल्दै खेल्दै निकै परसम्म पुगेछन् । जाँदा...
25/02/2024

'लड्नुभयो ? उठ्नुहोस, फेरि दौडनुहोस् र जित्नुहोस ।'

एउटा गाउँका २ जना बच्चाहरू खेल्दै खेल्दै निकै परसम्म पुगेछन् । जाँदाजाँदै गाउँबाट निकै टाढा जंगल नजिकै एउटा इनार फेला परेछ, बच्चाहरू त्यहीँ इनारको वरिपरी खेल्न थालेछन् । उनीहरूको उमेर ७ वर्ष र १२ वर्ष रहेछ । खेल्दाखेल्दै ठुलोचाहिँ बच्चा अचानक इनारभित्र खसेछ । भित्रबाट उ जोडजोडले चिच्याउन थालेछ । ७ वर्षको सानो बच्चालाई के गर्ने के गर्ने भएछ । उसले इनारबाट केही पर डोरीले बाँधेर राखिएको एउटा बाल्टिन देखेछ । त्यस बच्चाले दुगुरेर त्यो डोरीसहितको बाल्टिन ल्याएछ । उसले डोरीको टुप्पो समातेर बाल्टिन इनारमाफालेछ र ठुलो मेहनतले १२ वर्षे बालकलाई बाहिर तानेछ । बाहिर आएपछि उनीहरूले अंकमाल गरेछन् र हतारहतार गाउँमागएर सबैलाई इतिवृत्तान्त सुनाएछन् । अचम्मको कुरा त के भने कसैले पनि उनीहरूको कुरा पत्याएनछन् । ७ वर्षको बालक जससँग एक बाल्टिन पानी निकाल्ने बल त छैन, उसले कसरी यति ठुलो मान्छेलाई तान्न सक्छ ? यो प्रश्नले गर्दा कसैलेपनि उनीहरूको कुरा पत्याएनछन् । तर बालकहरूले धेरैपटक निश्चयताका साथ् यो कुरा भनिसकेपछि कुरा के रहेछ त भनेर गाउँलेहरूले सानोचाहिँ बालकलाई सोधेछन्ः “त्यसो भए ल भन् तैंले कसरी यति ठुलो कामगर्न सकिस् ?” बालकले जवाफ दिएछः “दाइ इनारमा परेपछि सहायतागर्ने कोही मान्छे छ कि भनेर मैले चारैतिर हेरें, तर कोहीथिएन, त्यसपछी मैले नजिकैको डोरीसहितको बाल्टिन उठाएर उहाँलाई निकाल्न सकें किनकि त्यहाँ “तैंले यति ठूलो मान्छेलाई तान्न सक्दैनस्” भनेर मलाई भन्ने कोहीपनि थिएन ।” धेरैपटक हामी हाम्रो क्षमतानिर्धारण गर्ने अधिकार मानिसहरूका अनेक आवाजलाई सुम्पन्छौँ । “तैंले गर्न सक्दैनस् ” भन्ने आवाज हाम्रो वरिपरी चारैतिर हरघडी गुन्जिराखेको हुन्छ । परमेश्वर भन्नुहुन्छ, “तँ गर्न सक्छस्”, सैतानले भन्छ, “तैंले केही जानेको छैनस्, पढेको पनि छैनस्, बोल्न पनि जान्दैनस्, त्यसैले तैंले केहीगर्न सक्दैनस् ।” दुःखको कुरा धेरैपटक हामीले अन्जानमै आफुलाई परमेश्वरको नभएर सैतानको आवाज सुन्ने बनाइराखेका हुन्छौं, अनि पुर्पुरोमा हात राख्दै भन्छौं, “म केहीगर्न सक्दिनँ ।” परमेश्वरले हामीमा राखिदिनुभएको अपार सम्भावनाहरू बारे हामी बेखबर रहन्छौं । उहाँ त त्यही परमेश्वर हुनुहुन्छ, जसले गोठालो दाउदलाई राजा चुन्नुभएको थियो । दास दानियललाई बडाहाकिम बनाउनुभएको थियो । निश्चय नै उहाँले हामी हरेकबाट महान ठानिएका कामहरू गर्न सक्नुहुन्छ । दुनिँयाले तँ यो कामको लागि योग्य छैनस् भनेको भएपनि वा उक्त काममा हजारौं पटक असफलता हात लागेपनि हामीले हरेस खानुहुँदैन । राम्ररी कान सुन्न नसक्ने ४ वर्षे बालक विद्यालयबाट घर फर्कंदा हातमा एउटा चिठी लिएर आयो । त्यो चिठी उसकी शिक्षिकाले उसकी आमालाई लेखेकीथिइन् । जहाँ यसरी लेखिएको थियो, “तपाईंको छोरालाई कुनै पनि कुरा सिकाउन निकै गाह्रो छ, उसले सिक्नै सक्दैन ।” चिठी पढिसकेकी आमालाई ४ वर्षे बालकले सोध्यो, “आमा, त्यो चिठीमा के लेखेको रैछ ?” आमाले बालकलाई गालीगर्नुको सट्टा मायालु स्वरमा भनिन्, “तपाईंको छोरा निकै असल र सिक्न सक्ने क्षमताको छ, उसले भविष्यमा निकै राम्रो गर्न सक्छ भनेर लेखिएको छ बाबु ।” भोलीपल्ट आमाले शिक्षिकाको पत्रको जवाफ लेखेर पठाइन्, “मेरो सिक्न नसक्ने छैन, उसले सिक्न सक्छ र अब उप्रान्त म आफैले उसलाई सिकाउनेछु ।” त्यसपछि आमाले बालकलाई विद्यालय पठाउन छाडिन् र आफैले सिकाउन थालिन् । बालक ठूलो भयो र विश्व हल्लायो । बिजुलीको चिमलगायत् १०९३ वटा आविष्कारहरू गरेर मानव इतिहासलाई सबैभन्दा धेरै आविष्कारहरू दिने व्यक्ति बन्नपुग्यो । जम्मा ३ महिना विद्यालयगएको उक्त व्यक्तिको नाम होः थोमस एल्वा एडिसन । विद्युतीय चिम बनाउने काममा हजारौं पटकसम्म असफलभएका एडिसनले हार खाएनन्, अन्ततःउनले विद्युतीयचिम बनाएर त्यसबाट प्रकाश उत्पादन गराएरै छाडे । एउटा मानिस जसलाई कुनै प्रतिभा नभएको व्यक्तिभनेर थुप्रै पत्रिकाका सम्पादकहरूले आफुसँग काम गराउन अस्वीकार गरेथे, उही व्यक्ति एकदिन संसारकै चर्चित एनिमेटर बन्न सफलभए । बिश्वबिख्यात डिस्नी कम्पनीका मालिक, मिक्कीमाउस लगायतका अरू थुप्रै चर्चित कार्टुनहरूका सिर्जना गर्ने व्यक्ति बन्न पुगे । उनको नाम होः वाल्ट डिस्नी । एउटा मानिस जसले २१ बर्षकै उमेरमा व्यापारमा ठूलो घाटा खाए र पूर्णतःअसफल भए । २६ बर्षको उमेरमा उनकी प्रेमिका मरिन् र २७ बर्षमा उनको नर्भस ब्रेकडाउन भयो । त्यसपछि उनले लडेका ८ वटा चुनावमा उनीहारे तर नबौं पटकको चुनावमार्फत् उनी अमेरिकाका सोह्रौं राष्ट्रपति बन्न सफलभए । उनको नाम होःअब्राहाम लिंकन । अर्को एउटा मानिस जो अहिले यो पढ्दैछ, आफैलाई हेरेर कहिलेकहीँ उ असन्तुष्ट हुन्छ, यस्तो सोच्छ कि मैले केहीगर्न सक्दिनँ, जतिगर्न खोजेपनि केहीकाम बन्दैन, सधैं असफलतामात्रै हात लाग्छ । पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको छः “आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिन ुहुनेछ ।” हितोपदेश ३ः६ “हेर, म एउटा नयाँ कुरो गर्दैछु ! त्यो अब हुन आउँछ । के तिमीहरू त्यो देख्दैनौ ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु ।” यशैया ४३:१९ परमेश्वरले तपाईंको जीवनमा उदेकका कामहरू गर्दै हुनुहुन्छ । यो हुँदैन, म सक्दिनँ, म जान्दिनँ, म कमजोर छु, म गरिब छु, मैले धेरै पढेको छैन भनेर उहाँको कामलाई नछेक्नुहोस् । - #जगदीशपोखरेल


प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूका नि...
14/02/2024

प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूका निम्ति आफ्नो प्राण दिनुपर्छ।
१ यूहन्ना ३:१६
किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो।
रोमी ५:६
अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
१ कोरिन्थी १३:१३

Thank you Jesus for loving all the people of the world 🌹🌹

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Samuel Shamser Chand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samuel Shamser Chand:

Share