The Nepal Media

The Nepal Media Media/News company News and media website · Media/news company · Newspaper

अक्षय-टाइगरकाे बडे मियाँ छोटे मिया, हिरो भन्दा भिलेन आकर्षक३० चैत , मुम्बई । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे ...
12/04/2024

अक्षय-टाइगरकाे बडे मियाँ छोटे मिया, हिरो भन्दा भिलेन आकर्षक

३० चैत , मुम्बई । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ रिलिज भएको छ ।

एक्सन ड्रामा आधारित यो फिल्मको लम्बाइ दुई घण्टा ४४ मिनेट छ । धेरै भारतीय समिक्षकले यो फिल्मलाइ ५ मध्ये ४ स्टार रेटिङ दिएका छन् ।

फिल्मको कथाः
देशमा ठुलो विपत्ति आउन लागेको छ । देशका शत्रु पृथ्वीराज सुकुमारन (कबिर) ले एआईको सहयोगमा भारतमाथि ठूलो हमला गर्न लागेका छन् । देशको सेना र गुप्तचर निकायसँग यो समस्या समाधान गर्न तीन दिन मात्रै रहेको अवस्था छ ।

यस्तो अवस्थामा भारतीय सेनाले आफ्ना दुई पुराना अफिसर फिरोज (अक्षय कुमार) र राकेश (टाइगर श्राफ) लाई सम्झन्छ। ती दुवैलाई कबीरको नराम्रो योजना अन्त्य गर्न पठाइन्छ। उनीहरु दुवैलाई यस मिसनमा मानुषी छिल्लर (मिशा) र अलाया एफ अर्थात् पामले सहयोग गर्छन ।

जब कबीरले राकेश र फिरोजलाई भेट्छन्, उनीहरू दुवै छक्क पर्छन्। राकेश र फिरोज फ्ल्यास ब्याकमा जान्छन्। कबीर कुनै समय भारतीय सेनामा पनि आबद्ध थिए, जो फिरोज र राकेशको असल साथी हुन्छन । अब के भयो त्यो आफ्नै देश र आफ्नै जनताको दुश्मन बन्यो, त्यसका लागि फिल्म हेर्नुपर्नेछ ।

कलाकारको अभिनयः
यसमा कुनै शंका छैन कि अक्षय कुमार र टाइगर श्राफ दुबैले आफ्नो भूमिकामा प्रभाव पारेका छन्। दुवै कलाकारले निकै कठिन एक्शन सिक्वेन्स निकै सहजताका साथ गरेका छन् । खासगरी टाइगर बढी लचिलो देखिन्छन् । बीचमा अक्षयको कमिक टाइमिङ हास्यास्पद देखिन्छ। मानुषी छिल्लर पनि राम्रो देखिएकी छिन् । अलाया एफले अलि बढी अभिनय गरेको देखियो ।

रोनित रोयले पनि सिनियर आर्मी अफिसरको भूमिकामा राम्रो काम गरेका छन् । तर यी सबै बाहेक पृथ्वीराज सुकुमारन उत्कृष्ट देखिएका छन् । एक हिसाबले उनी अचम्मको तत्वको रुपमा देखा परेका छन् । तपाइ अक्षय र टाइगरको नाममा फिल्म हेर्न हुनेछ तर थिएटरबाट निस्कँदा सुकुमारनको कुरा गरेर फर्कनुहुनेछ ।

आइपिएलमा आज लखनउ र दिल्लीको भिडन्त३० चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज लखनउ स...
12/04/2024

आइपिएलमा आज लखनउ र दिल्लीको भिडन्त

३० चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज लखनउ सुपर जाइन्ट र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म लखनउले ४ खेलमा ३ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी दिल्लीले भने अहिलेसम्म खेलेका ५ खेलमा एक जित मात्र हासिल गरेको छ भने ४ खेलमा हार बेहोरीसकेको छ ।

यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने छैनन् । उनी इन्जुरीका कारण पछिल्लो खेलमा एक ओभर बलिङ गरेर मैदान छोडेका थिए । उनी केहि दिनपछि मात्र मैदानमा फर्किने बताइएको छ । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए । उनले यस आइपिएलमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् ।

त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै२९ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्ब...
11/04/2024

आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

२९ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैँछ ।

मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ : ४५ बजेदेखि खेल शुरु हुने छ ।

जारी आइपिएलमा शुरुवाती तीन खेल हारेको मुम्बई इण्डियन्सले पछिल्लो खेलमा जित हासिल गरेर विजयी लयमा फर्किने प्रयास गरेको छ । मुम्बईले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म ५ खेलमा केवल एक खेल जितेको छ भने चार खेलमा हार बेहोरेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।

प्रतिनिधिसभाको अवरोध छिटै अन्त्य हुन्छ- प्रधानमन्त्री२९ चैत्र, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रति...
11/04/2024

प्रतिनिधिसभाको अवरोध छिटै अन्त्य हुन्छ- प्रधानमन्त्री

२९ चैत्र, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् ।

विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

“अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन”, प्रधानमन्त्री प्रचण्डले भने, “मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।”

प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।” उनले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने स्पष्ट पारे ।

बागमतीका मेयर थापाविरुद्ध मुद्धा दायरद नेपाल मिडिया   २९ चैत्र २०८०,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाह...
11/04/2024

बागमतीका मेयर थापाविरुद्ध मुद्धा दायर
द नेपाल मिडिया २९ चैत्र २०८०,

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले मेयर थापाले ५ करोड ३३ लाख भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले २०७४ देखि २०७९ सम्म मेयर थापाको कुल १३ करोड २० लाखको सम्पत्ति देखिएको, जसमा ७ करोड ८६ लाख बराबरको सम्पत्तिको मात्र स्रोत भेटिएको भन्दै उनको ५ करोड ३३ लाख बराबरको सम्पत्ति गरिकानुनी रहेको ठहर गर्दै मुद्धा दायर गरिएको जानकारी दिएको छ ।

सुरक्षा अधिकारीको सरुवा कारबाही होइन – गृहमन्त्री लामिछानेजनकपुरधाम । मधेश प्रदेशमा पुगेका उपप्रधान एवं गृहमन्त्री रवि ल...
11/04/2024

सुरक्षा अधिकारीको सरुवा कारबाही होइन – गृहमन्त्री लामिछाने

जनकपुरधाम । मधेश प्रदेशमा पुगेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा अधिकारीको सरुवालाई कारबाहीको रुपमा लिन नहुने बताएका छन् ।

गृहमन्त्री लामिछानेले भने, ‘जो जहाँ गए पनि परफमेन्स राम्रो होस् । त्यहाँका नागरिकलाई सुरक्षा दिइयोस् । नागरिकले सुरक्षा महसुस गर्न पाऊन् । गुण्डागर्दी नियन्त्रण होस् । भ्रष्टाचार अन्त्य होस् । प्राकृतिक स्रोतसाधनको दोहन बन्द गरियोस् । बोर्डरमा हुने गरेको अवैध गतिविधि नियन्त्रण गर्न सकियोस् । यो उद्देश्यका लागि सरुवा गरिने हुनाले कारबाहीको रुपमा लिनुहुँदैन ।’

जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै उनले काठमाडौंमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् ।

उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा ढुंगामुढा गर्ने जस्ता परिस्थिति सृजना भएपछि नियन्त्रणमा लिने क्रममा त्यस्तो मेजर घटना देखिएको छैन । यद्यपि सुरक्षित गर्नुपर्दा घटना भइ नै हाल्छ । त्यसलाई सुधार्न सकिन्छ ।’

गृहमन्त्री लामिछानेले प्रहरी समायोजनको ड्राफ्टमा काम भइरहेको पनि बताए ।

प्रहरी समायोजनको ड्राफ्टमा त्रुटि रहेको संकेत गर्दै उनले भने, ‘मैले गृह मन्त्रालय सम्हालेपछि प्रहरी समायोजनको ड्राफ्टमा बृहत छलफल ग¥यौं । मैले स्पष्ट भन्नुपर्दा त्यसमा काम गर्नुपर्ने थुप्रै ठाउँहरु छन् ।’

गृहमन्त्री लामिछानेले मुख्यमन्त्रीहरुलाई समेत प्रहरी समायोजनमा गर्नुपर्ने कामहरुबारे बताएको भन्दै त्यसलाई निरन्तर रुपमा अगाडि बढाउने विषयमा छलफल चलिरहेको बताए ।

सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘प्रहरी समायोजन कहिलेसम्म गरिहाल्ने भन्ने कुरा ठ्याक्कै भन्न सकिँदैन । प्रधानमन्त्रीज्यूको प्राथमिकताको विषय हो । त्यसैले पनि विनाकारण अलमल्याउनुपर्ने कुरा त छैन । तर, हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । हतार गरेर अधुरो गर्नुभन्दा पनि त्यसलाई सही ढंगले अध्ययन गरेर गर्ने हो ।’

गृहमन्त्री लामिछानेले सुरक्षाको दृष्टिले तुलनात्मक रुपमा मधेश प्रदेशमा समस्या रहेको भन्दै समाधान गर्न सामूहिक छलफल गरेको जानकारी गराए ।

मुस्लीम समुदाय ईद मनाउदै२९ चैत, रौतहट । मुस्लीम धर्मावलम्बिहरुको ठूलो चाड ईद आज हर्षौल्लास पूर्वक रौतहटमा मनाइदै छ । देश...
11/04/2024

मुस्लीम समुदाय ईद मनाउदै

२९ चैत, रौतहट । मुस्लीम धर्मावलम्बिहरुको ठूलो चाड ईद आज हर्षौल्लास पूर्वक रौतहटमा मनाइदै छ । देश भरिका मुस्लीम समुदायहरुले यस पर्वलाई आफ्नो प्रमुख पर्वको रुपमा मनाउने गर्दछन ।

एक (रमजान) महिनाको व्रत पछि आज मुस्लीम समुदायका पुरुषहरु एकै ठाँउमा भेला भई नमाज पढे पछि, एक अर्कालाई अंकमाल गरि शुभकामना आदान प्रदान गरि मिठा परिकारहरु खाएर यो चाड मनाइ रहेका छन ।

मुस्लीमा क्यालेन्डर अनुसार रमजान महिना भरिको रोजा (व्रत) पछि को अल्लाहको प्रार्थना पूरा गरि एकअर्का, नातेदार तथा ईष्ट मित्रको घरमा गएर आजको खास परिकार सेवई खादै रौतहटका मुस्लीम समुदाय खुशीका साथ यो पर्व मनाउदै छन । सदरमुकाम गौरमा रहेका इदगाह तथा मस्जीदहरु, राजपुर, भगवानपुर, भेडियाही लगायतका दर्जनौ मस्जीदहरुमा मुस्लीम समुदायले इदको नमाज पूरा गरेका छन ।

मुस्लीम धर्मका अनुसार अल्लाहको आदेशमा परापूर्वकाल देखी नै १२ वर्ष भन्दा बढीका सबै मुस्लीम पुरुष तथा महिलाहरुले रमजानको महिना भरि सूर्योदय देखी सूर्यास्त नभएसम्म पानि समेत नखाएर व्रत गर्ने गर्छन । आज इदको दिन गरीब, अनाथ तथा असहायहरु पनि कोही भोको नरहुन भनेर दान दिएर मिठो परिकार खुवाइने प्रचलन यो समुदायमा रहेको छ ।

भोलि सर्वजनिक बिदा
10/04/2024

भोलि सर्वजनिक बिदा

राप्रपाको प्रदर्शनमा झडप  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्र्द्र...
09/04/2024

राप्रपाको प्रदर्शनमा झडप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्र्द्रकाली क्षेत्र तनावग्रस्त बनेको छ ।

भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ ।

प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई भद्रकालीतर्फ फिर्ता गरेको छ ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु२७ चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी ...
09/04/2024

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

२७ चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।

मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।

यसैगरी भारतको हिन्दुस्तान टाइम्सले सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको जनाएको छ । भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।

वेस्ट इण्डिज टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्नेकाठमाडौं, २७ चैत । वेस्ट इण्डिज ए टिम नेपाल टुरमा आउने ...
09/04/2024

वेस्ट इण्डिज टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने

काठमाडौं, २७ चैत । वेस्ट इण्डिज ए टिम नेपाल टुरमा आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ ।

यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ ।

टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारीमा रहेको छ ।

केजरीवालको गिरफ्तारी मामिलामा अदालतले आज फैसला सुनाउनेनयाँदिल्ली, २७ चैत । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको ...
09/04/2024

केजरीवालको गिरफ्तारी मामिलामा अदालतले आज फैसला सुनाउने

नयाँदिल्ली, २७ चैत । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ ।

मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन्। आफ्नो गिरफ्तारीसँगै केजरीवालले ईडीको हिरासतमा राख्ने आदेशलाई पनि चुनौती दिएका छन्।

अदालतको वेवसाइटमा उपलब्ध जानकारी अनुसार न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले आज दिउँसो २ः३० बजे फैसला दिनेछ । यसअघि गत अप्रिल ३ मा न्यायाधीश शर्माले दुवै पक्षको करिब चार घण्टासम्म सुनुवाइ गरेपछि आफ्नो निर्णय सुरक्षित राखेका थिए ।

रुस एभिन्यू अदालतमा मार्च २८ मा भएको सुनुवाइ पछि अरविन्द केजरीवालको रिमाण्ड चार दिन अर्थात् अप्रिल १ सम्म बढाइएको थियो । अप्रिल १ मा ईडीले मुख्यमन्त्रीलाई न्यायिक हिरासतमा पठाउन अदालतमा माग गरेको थियो। त्यसपछि उनलाई १५ अप्रिलसम्म तिहाड जेल पठाइएको थियो ।

केजरीवालभन्दा पहिले पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, पूर्वमन्त्री सत्येन्द्र जैन र राज्यसभा सांसद सञ्जय सिंह पनि मदिरा नीति मुद्दामा पक्राउ परेका छन् । तर, यस मुद्दामा सञ्जय सिंहले सर्वोच्च अदालतबाट जमानत पाएका छन् ।

अर्को मामलामा, सञ्जय सिंह र अरविन्द केजरीवालले राहत पाउन सकेनन्। वास्तवमा, गुजरात विश्वविद्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्रीमा गरेको कथित टिप्पणीको लागि दुबै आपका नेताहरू विरुद्ध आपराधिक मानहानि मुद्दा दायर गरेको छ।

मुद्दामा अदालतले दुवै नेतालाई बोलाएको छ । यो सामना रद्द गर्न उनले गुजरात उच्च अदालतमा याचिका दायर गरेका थिए, जुन खारेज भएको थियो। यसपछि सञ्जय सिंह ८ अप्रिलमा सर्वोच्च अदालत पुगेका थिए । त्यहाँ पनि उनको निवेदन खारेज भएको थियो ।

रौतहटमा आगलागी, १० लाख भन्दा बढीको क्षती२७ चैत, रौतहट। गएराति रौतहटमा आगलागी हुदा तीन घरगोठ जलेर नष्ट भएको छ ।रौतहटको ईश...
09/04/2024

रौतहटमा आगलागी, १० लाख भन्दा बढीको क्षती

२७ चैत, रौतहट। गएराति रौतहटमा आगलागी हुदा तीन घरगोठ जलेर नष्ट भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका ८ मंसरी टोलमा मध्यरातको समयमा आगलागी हुदा स्थानिय बलिराम मिश्र, कृष्ण मिश्रा र उदय मिश्राको घरगोठ खरानी भएको छ । आगलागीमा परेर ७ वटा चौपायाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

राति झण्डै १२ बजेको समयमा स्थानिय बलिराम मिश्रको गोठमा बालेको घुरबाट आगो सल्कीएको प्रहरीले जनाएको छ । गोठमा आगलागी भएको केही समयमै संगै रहेका तिनवटै घरमा आगो फैलिएको थियो । आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।

आगलागि भएको खबर पाउना साथ प्रहरी चौकी रामपुर खापका सुरक्षाकर्मी , बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरी तथा स्थानियको सहयोगमा १ बजे तिर आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एलिजा गिरीले बताइन । आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

हतियार सहित नेपाल प्रवेश गरेर लुटपाट गर्ने पक्राउ  ३ चैत्र, रौतहट । रौतहटको परोहा नगरपालिका वडा नं. ९ खाप चोकमा रहेका शि...
16/03/2024

हतियार सहित नेपाल प्रवेश गरेर लुटपाट गर्ने पक्राउ

३ चैत्र, रौतहट । रौतहटको परोहा नगरपालिका वडा नं. ९ खाप चोकमा रहेका शिव मनी ट्रान्सफरमा गोलि प्रहार गरी रकम लुटपाट गर्ने ३ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

घटनामा संलग्न भारत विहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्ला चिरैया थाना अन्तर्गतको दिपही गाउँका १९ बर्षिय मुनिष भन्ने मुनिफ कुमार यादव, सोही स्थानका १८ बर्षिय राधा भन्ने राजकुमार पासवान र २० बर्षिय चुनु कुमार सिंह भन्ने चन्द्रभान सिंहलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

घटना पश्चात प्रहरी तथा स्थानियको सहकार्यमा तिनै जनालाई तत्कालनै पक्राउ गरि लुटीएको एक लाख २५ हजार रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले बताए ।

हतियार सहित सजिलै नेपाल छिरेका थिए भारतीय लुटेरा

परोहा नगरपालिका वडा नम्वर ९ स्थित खाप चोकमा २६ बर्षिय नितेस साहले संचालन गरेको शिव मनी ट्रान्सफरको रेकि लुटेराहरुले तिन महिना पहिले देखीनै गरेका थिए ।

बिहारको चैनपुरबाट विआर ०६ सीएल ९७९६ मोटरसाइकल चढेर हतियार सहित नेपाल भित्रिएका उनीहरुले एक थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा प्रयोग हुने ८ एमएम कैलिवर भएको गोली १ थान, ७.६२ एमएम को गोली लाग्ने अर्ध स्वचालित पेस्तोल १ थान र सोमा लाग्ने म्याग्जीन सहित ५ राउण्ड गोली राउण्ड गोलि भिरेर मुनिफ कुमार यादव र चन्द्रभान सिंह मनी ट्रान्सफर रहेको भवनमा पुगेका थिए भने अर्का लुटेरा राजकुमार खालि हात भित्र पसेका थिए ।

स्वचालित पेस्तोल र कटुवा बोकेर आएका तिन जना भारतीय अपराधीहरुले काउन्टरमा बसेका संचालक साहलाइ गन प्वाइन्टमा लिएर भएको रकम लिएर निस्कने क्रममा संचालक साहले प्रतिकार गर्न खोजे पछि उनको कञ्चटमा गोलि प्रहार गरी मोटरसाइकलमा भागेका थिए ।

चन्द्रभान सिंहले यस अघि भारतमै एक बैंक लुटेका थिए । जमानतमा बाहिर रहेका उनी गोवाको एक क्लबमा सुरक्षागार्डका रुपमा काम गर्दथे ।

खुला सिमानाले सुरक्षा चुनौती : एसपी श्रेष्ठ

दिनदहाडै भारतबाट हतियार सहित नेपाल प्रवेश गरेर गोलि प्रहार गरी लुटपाट भएको घटना पछि सिमाक्षेत्रमा रहेको सहकारी तथा मनी ट्रान्सफर जस्ता वितिय कारोवार गर्ने मात्रै होइन व्यापारीमा पनि त्राश उत्पन्न भएको छ ।

खुला सिमानाका कारण अपराधीहरु सहजै एक देशबाट अर्को देशमा घटना घटाएर फरार हुने भएकोले सुरक्षा चुनौती उच्च रहेको छ । “खुल्ला सिमानाका कारण कुन व्यक्ति कहाँबाट नेपाल प्रवेश गर्छ भन्ने गाह्रो छ ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक महेन्द्र श्रेष्ठले भने “भौगोलिक अवश्थाका कारण र सुरक्षा युनिट नभएको ठाँउबाट छलेर यस्ता अपराधीहरु नेपाल तर्फ प्रवेश गरेको देखिन्छ ।”

नेपाल प्रहरी र सशस्त्र प्रहरीबल दुवैले सिमाक्षेत्रमा निगरानी तथा सुरक्षा सर्तकता बढाएको उनले बताए । “हिजोको घटना दुःखद थियो तर हामीले तत्कालनै प्रहरी परिचालन गरेर घटनामा संलग्न सबैलाई पक्राउ गरेका छौं ।” उपरिक्षक श्रेष्ठले भने “स्थानिय जनता तथा सुरक्षाकर्मी दुवैको सहयोगमा लुटपाटमा संलग्नलाई पक्राउ गरेर कानूनी कारवाही अगाडी बढाएका छौं ।”

घटनामा घाइते भएका नितेश साहलाई थप उपचारका लागि वीरगंजबाट काठमाण्डौं पठाइएको उनले बताए ।

मौलापुरमा गुञ्जिए बलिउड अभिनेता गोविन्दा (फोटो फिचर)
08/03/2024

मौलापुरमा गुञ्जिए बलिउड अभिनेता गोविन्दा (फोटो फिचर)

मौलापुरमा गुञ्जिए बलिउड अभिनेता गोविन्दा २५ फागुन, रौतहट । रौतहटको मौलापुरमा आज बाट मधानी महोत्सव शुरु भएको छ । महोत्सवक...
08/03/2024

मौलापुरमा गुञ्जिए बलिउड अभिनेता गोविन्दा

२५ फागुन, रौतहट । रौतहटको मौलापुरमा आज बाट मधानी महोत्सव शुरु भएको छ । महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोबिन्दाले कार्यक्रम प्रस्तुत गरेका छन ।

मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा सहभागी हुन हिन्दी चलचित्रका सुपरस्टार अभिनेता गोबिन्दा रौतहट आएका हुन । सीमावर्ती विहारको पटना हुँदै नेपाल आएका उनले महोत्सवमा मनोरञ्जन प्रदान गरे ।

नगरपालिकालाई विश्व सम्पदा स्थलको रुपमा विकास गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा गोविन्दा विशेष पाहुनाका रुपमा सहभागी थिए । उनले त्यहाँ आफू अभिनित चर्चित बलिउड फिल्मका गीत गाए, नाचे र संस्कृतका श्लोक पनि पाठ गरे । उनको प्रस्तुती हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक आएका छन ।

रौतहट आउन पाउदा आफुलाई खुशी लागेको बताउदै उनले नेपाल र नेपाली दर्शकहरुको माया आफुले सदैव पाएको बताए । पानी, बिजुली र जमिनको कर नलिने, स्कुल जाने किशोरीलाई साइकल र ल्यापटप दिने तथा विवाहमा केटीलाई आर्थिक सहायता प्रदान गर्ने नगरपालिकाको कामको गोविन्दाले प्रशंसा गरे । उनले नगरप्रमुख रीनाकुमारी साहलाई उक्त अवसरमा यो जनमुखी कार्यका लागि बधाई तथा शुभकामना समेत दिए । दुई हजार वर्ष पुरानो मानिने मधानीलाई विश्व सम्पदाको रुपमा विकास गर्ने कार्यमा आफूले सघाउने वचन सेत गोविन्दाले दिए ।

नेपाल सरकारको पर्र्यटकिय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेब मन्दीरको प्राङ्गणमा आजबाट मधानी महोत्सव शुरु भएको हो ।

मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दीरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात सो स्थानमा मधानी महायज्ञको शुरुवात गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको टोलिले सो स्थानमा उत्खनन गरेको थियो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा शुरु भएको सो कार्यक्रममा नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरुको उपस्थीति रहेको छ ।

मधानी बिशेष पुजा समारोह भव्य रूपमा सम्पन्न२४ फागुन, रौतहट । आज मौलापुरमा मधानी बिशेष पुजा समारोह भव्य रूपमा सम्पन्न भएको...
07/03/2024

मधानी बिशेष पुजा समारोह भव्य रूपमा सम्पन्न

२४ फागुन, रौतहट । आज मौलापुरमा मधानी बिशेष पुजा समारोह भव्य रूपमा सम्पन्न भएकोछ ।

भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको यस बिशेष पुजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोचरण गर्नु भएको थियो भन्ने बाबाधामको पुजारीहरुले बिशेष पुजा गराउनु भएको थियो ।

मौलापुर नगरप्रमुख रीना कुमारी साहको अध्यक्षता एवं मधेश प्रदेशको सभामुख मा. रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा बिभिन्न शिव मण्डलीहरुले बिशेष कला प्रस्तुति गरिएका थिए

जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं : ओली   द नेपाल मिडिया   २१ फाल्गुन २०८०, सोमबार १४:२५  facebook sharing ...
04/03/2024

जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं : ओली
द नेपाल मिडिया २१ फाल्गुन २०८०, सोमबार १४:२५
facebook sharing button Sharetwitter sharing button Tweetmessenger sharing button Sharewhatsapp sharing button Sharesharethis sharing button Share

२१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका निम्ति देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो फेरबदल भएको उल्लेख गरे । यथास्थितिको अन्त्य र अग्रगमनका निम्ति देशमा परिवर्तन आवश्यक भएको उनले बताए ।

अध्यक्ष ओलीले भने, “अहिलेको भताभुंग अवस्थाबाट मुलुकले, आंशिक रूपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ । तर, जेसुकै परिवर्तन भए पनि हामी ‘मिसन–२०८४’ छाड्दैनौँ । अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रूपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रूपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ ।’’

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिए । उनले जिफन्टका नेता–कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिंगो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।

मजदुरले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै कार्यान्वयनमा लाग्न उनले आग्रह गरे । उनले युवालाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन पनि आग्रह गरे ।

बालुवाटारमा नयाँ गठबन्धनको बैठक, को को बन्दैछन आज मन्त्री ?२१ फागुन, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
04/03/2024

बालुवाटारमा नयाँ गठबन्धनको बैठक, को को बन्दैछन आज मन्त्री ?

२१ फागुन, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थाल्ने निर्णय गरेपछि बालुवाटारमा बैठक बसेको हो ।

गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दैछन् भने रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाँदैछन् ।

बैठकमा माओेवादीबाट प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेबाट ओलीसहित उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल र रास्वपाबाट सभापति लामिछाने सहभागी छन् ।

नयाँ गठबन्धनसँग जनमत र नागरिक उन्मुक्ति पार्टी पनि संवादमा छन् भने माओवादीले माधव नेपाल नेतृत्वको नेकपा एसलाई पनि समेट्ने निर्णय गरेको छ ।

रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’२१ फागुन, काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को च...
04/03/2024

रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’

२१ फागुन, काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ ।

हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो ।

‘हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ । अहिले पनि गृह नै पाउनु स्वभाविक हो,’ स्रोतले भन्यो, ‘यदि अरू दायाँबायाँ भएन र आजै नयाँ मन्त्रीमण्डल बन्यो भने सभापतिज्यू उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुहुनेछ ।’

रास्वपाले आज बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई नै सुम्पेको थियो ।

रविले निकटस्थ नेताहरूलाई आफू सरकारमा जाने जानकारी गराएका छन् । पार्टीको अर्को बैठक आजै बसेर औपचारिक निर्णय लिने तयारी छ ।

वीरगंजमा कर्फ्यु
19/02/2024

वीरगंजमा कर्फ्यु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई रौतहटको गरुडामा १०१ किलोको मालाले स्वागत गरिएको छ ।
08/02/2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई रौतहटको गरुडामा १०१ किलोको मालाले स्वागत गरिएको छ ।

सर्लाहीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गयो, १० घाइते२३ माघ, रौतहट ।सर्लाहीको मलंगवा नगरपालिका वडा नं.११ गम्हरीया मा ग...
06/02/2024

सर्लाहीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गयो, १० घाइते

२३ माघ, रौतहट ।सर्लाहीको मलंगवा नगरपालिका वडा नं.११ गम्हरीया मा गएराति सवारी दुर्घटना हुदा १० जना घाइते भएका छन भने एक जनाको मृत्यु भएको छ ।

मलंगवा बाट नवलपुर तर्फ गइरहेको ज २ ट १०६७ नम्वरको उखु बोकेको ट्याक्टर र नवलपुर बाट मलंगवा तर्फ गइरहेको बिआर ०६पिबी ९६४८ नम्वरको भारतीय सफारी गाडीसमयमा एक आपसमा ठोक्किदा १० जना घाइते भएका छन ।

सर्लाही नापी कार्यालयको कर्मचारीहरु सवार सो जिप दुर्घटना हुदा नापी कार्यालयका प्रमुख मानन्धर, बैधनाथ राउत , अजय कुमार यादव, बैजु यादव , रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन । घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको छ ।

गम्भीर घाइते मध्ये ४५ वर्षिय विनोद घिमिरेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते घिमिरेको बाराको कलैयामा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
घाईतेहरु मध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दिपेन्द्र पजियार थारुले बताए । गभ्मीर ४ जना सहित ७ जना प्रादेशिक असपताल मलंगवामा उपचार गराई थप उपचारको लागि बिरगंज तथा काठमाडौंको लागि रेफर गरिएको प्रहरी प्रवक्ता थारुले बताए ।

अदालत जाँदै गर्दा गाडीमै हृदयाघात भएको थियो न्यायाधीश मरासिनीलाई१६ माघ ,काठमाडौं- मंगलबार उच्च अदालत पाटनका न्यायाधीश मा...
30/01/2024

अदालत जाँदै गर्दा गाडीमै हृदयाघात भएको थियो न्यायाधीश मरासिनीलाई

१६ माघ ,काठमाडौं- मंगलबार उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातका कारण निधन भयो। हृदयाघात हुनासाथ कलंकीको नेसनल अस्पताल पुर्‍याइए पनि डाक्टरले न्यायाधीश मरासिनीलाई मृत घोषित गरे।

न्यायाधीश मरासिनीलाई गाडी भित्रै हृदयाघात भएको पाइएको छ। कीर्तिपुरको ट्यांलाफाँट बस्दै आएका न्यायाधीश मरासिनी उच्च अदालत पाटन जाने तयारीमा थिए। निजी सवारीमार्फत अफिस (अदालत) जाँदै गरेका मरासिनीलाई भने गाडी भित्रै हृदयाघात भएको थियो।

सुरक्षा स्रोतका अनुसार न्यायाधीश मरासिनीलाई गाडीमै हृदयाघात भएपछि तत्कालै त्यहीबाट कलंकीस्थित नेसनल अस्पताल लगिएको थियो। तर अस्पतालले उनलाई मृत घोषित गर्‍यो।

५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ।

न्यायपरिषद्ले गत पुस १८ गते उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो। मरासिनी उच्चको न्यायाधीशमा बढुवा भएपछि रौतहट जिल्ला अदालतबाट उनी उच्च अदालत पाटनमा आएका थिए।

आजै उच्च अदालतमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास तोकिएको थियो।

यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै   द नेपाल मिडिया   १० माघ २०८०, बुधबार १५:०४  १० माघ, काठमाडौ...
24/01/2024

यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै
द नेपाल मिडिया १० माघ २०८०, बुधबार १५:०४

१० माघ, काठमाडौ‌ । आइसीसी यू-१९ विश्वकप क्रीकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाइसकेको छ।

ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। यस्तै आकास त्रिपाठी ६.५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए। त्यतिबेला नेपालले ४३ रन जोडेको थियो। अहिले ओपनिङ ब्याटर विपिन रावल र कप्तान देव खनाल खेलिरहेका छन्।

न्युजिल्यान्डविरुद्ध खेलेका दीपक बोहरा ‘ए’, दिपक बोहरा ‘बी’ र तिलक भण्डारी आजको टिममा छैनन्। आज विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्तालाई खेलाइएको छ।

पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् ।

यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अर्को चरण पुग्न पाकिस्तानलाई हराउनै पर्ने दबाब छ ।

नेपालको प्लेइङ ११: देव खनाल (कप्तान), उत्तम थापा मगर (विकेटकिपर), अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, दुर्गेश गुप्ता र आकाश चन्द ।

चीनमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो   द नेपाल मिडिया   १० माघ २०८०, बुधबार १५:१५  १० माघ, बेइजिङ । चीनम...
24/01/2024

चीनमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
द नेपाल मिडिया १० माघ २०८०, बुधबार १५:१५

१० माघ, बेइजिङ । चीनमा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३१ नाघेको छ । सरकारी सञ्चार माध्यमहरूले बताएअनुसार उद्धारकर्मीहरूले माटो, हिउँ र पुरिएका संरचना खोतलेर जीवितहरूको खोजीकार्य तीव्र पारिरहेको भएपनि मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।

सोमबार झिसमिसेमै युनान प्रान्तको लियाङशुईको एउटा हिमाली गाउँमा पहिरो जाँदा १८ वटा घर र ४७ जना पुरिएका थिए । मंगलबार रातिसम्म १३ जना अझै बेपत्ता रहेको बताइएको छ । लियाङशुइ यतिबेला तापमान शून्य डिग्रीभन्दा तल छ । हजारभन्दा धेरै उद्धारकर्मीहरू उद्धार कार्यमा खटिएका छन् ।

सो क्षेत्रबाट ९०० भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । गाउँभन्दा करिब १५ मिटर माथिबाट पहिरो खसेको छ । ठाडो भिरबाट करिब सय मिटर फराकिलो, ६० मिटर उचाइ र ६ मिटर बाक्लो पहिरो गाउँको छेउमा खसेको थियो । पहिरो कसरी भयो भन्ने अज्ञात छ ।

ठाडो भिर अनि खुकुलो माटोका कारण युनानका हिमाली क्षेत्रमा प्राय पहिरो गइरहन्छ । पहिरो गएको क्षेत्रमा आइतबार राति भारी हिमपात भएको भएपनि त्यसयता हिमपात पातलिएको छ । तर तापमान भने शून्य आसपास नै भएको बताइएको छ । चिसोका कारण पनि खोजी कार्य प्रभावित भइरहेको छ ।

24/01/2024

तपस्वी बम्जनविरुद्ध उजुरी दिने किशोरीको बुबाको दुर्घटनामा मृत्यु
द नेपाल मिडिया १० माघ २०८०, बुधबार १५:१९

१० माघ, हेटौंडा । केही दिन अघि पक्राउ परेका तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुबाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

सर्लाही जिल्ला अदालतमा मुद्दा हालेका किशोरीको बुबाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको किशोरीको बुबा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई सिन्धुलीको भीमानमा दुर्घटनामा परेको हो ।

मोटरसाइकललाइ प्र २–०४–००१ ट ००१० नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर बनेका किशोरीका बुबाको उपचारको क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए ।

22/01/2024

रौतहटको गौरमा रामनाम उत्सव, नगर क्षेत्रमा दिपावली ।

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, यस्तो छ रामको मूर्ति
22/01/2024

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, यस्तो छ रामको मूर्ति

Address

Rautahat
Gaur
055

Telephone

+9779855040578

Website

Alerts

Be the first to know and let us send you an email when The Nepal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Nepal Media:

Videos

Share

Nearby media companies



You may also like