Shantiram Rai Sarik

Shantiram Rai Sarik This is my personal page where I will post my social works and my arts.

स्वास्थ्य लाभको कामना सहित १४ औँ पटकको ब्लड डोनेसन सप्तरी तिरुपा गा पा निवासी ९४ बर्सिय श्यामकान्त शेठ तेली ज्यु लाई ।  ...
11/09/2024

स्वास्थ्य लाभको कामना सहित १४ औँ पटकको ब्लड डोनेसन सप्तरी तिरुपा गा पा निवासी ९४ बर्सिय श्यामकान्त शेठ तेली ज्यु लाई ।
ThankYou Prakash Giri Sir

धेरै समय लगायौँ हामी ले, अलि पछि परियो कि भन्ने भान नभएको भने होईन । समय लगाएरै भए पनि नयाँ कार्यसमिति तयार पारेका छौँ ।...
04/09/2024

धेरै समय लगायौँ हामी ले, अलि पछि परियो कि भन्ने भान नभएको भने होईन । समय लगाएरै भए पनि नयाँ कार्यसमिति तयार पारेका छौँ । अझ धेरै तयार पारेका छौँ कार्यक्रमहरु , कोशेलीहरु... तपाई कै लागि हाम्रा लागि हामी सबैका लागि । हामी मारमा थियौँ, हामी ऋणमा थियौँ तर पनि हामी युवा जोश संगै छौँ । यहि जोश बोकेर तयार भएको छ नवोदित युवा क्लबको नयाँ टिम । हामी आशा गर्दछौँ कि तपाईहरुको माया, साथ अनि सहयोग पहिल्यै झैँ हामी संगै हुनेछ । हामी पनि चाहान्छौँ कदम कदममा तपाईहरु संगै रहन । चयन हुनुभएका सम्पूर्ण साथीहरुलाई फेरी एकपटक शुभकामना ।

SayNoToDrugsTeamYuwaSanjal Yuwa Sanjal
18/08/2024

SayNoToDrugs
TeamYuwaSanjal Yuwa Sanjal

I've received 200 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
18/08/2024

I've received 200 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

16/08/2024

लु सुनौ

आज मिती २०८१ साल श्रावण २५ गते शुक्रवारको दिन धरान उपमहानगरपालिकाको वडा नं ११ स्थित कल्याण चौकमा Yuwa Sanjal को आयोजनामा...
09/08/2024

आज मिती २०८१ साल श्रावण २५ गते शुक्रवारको दिन धरान उपमहानगरपालिकाको वडा नं ११ स्थित कल्याण चौकमा Yuwa Sanjal को आयोजनामा , Lumanti Support Group for Shelter र धरान उपमहानगरपालिका, Harka Sampang A Revolution ज्यु को सहकार्यमा लागुपदार्थ दुर्व्यशनि विरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्श गर्दै युवा संजालका साथीहरु ।

हार्दिक निमन्त्रणा!!!!!यही मिति २०८१ साल असार २३ गते आईतबारका दिन सुनौलो पुस्तकालय युवा समिति द्वारा "उद्घोषण तालिम" आयो...
05/07/2024

हार्दिक निमन्त्रणा!!!!!

यही मिति २०८१ साल असार २३ गते आईतबारका दिन सुनौलो पुस्तकालय युवा समिति द्वारा "उद्घोषण तालिम" आयोजना हुने व्यहोरा सबैमा जानकारी गर्दछौँ।साथै इच्छुक महानुभाव ज्यूहरुलाई सहभागिताको निम्ति समयमै सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौं।

मिति:२०८१/३/२३ ,आईतबार
समय: विहान ९ बजे
स्थान: सुनौलो पुस्तकालय धरान -१७,समिति मार्ग
सम्पर्क नं - ९८२५०००२८२

आदरणीय गुरु Gopal Dewan ज्यु ले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा नाटक विधा तर्फ बाट नेपाली नाटकमा पुर्याउ...
27/06/2024

आदरणीय गुरु Gopal Dewan ज्यु ले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा नाटक विधा तर्फ बाट नेपाली नाटकमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै नेपालका सम्माननीय राष्टप्रति श्री रामचन्द्र पौडेल ज्यु को हातबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०८० बाट सम्मानित भएको देख्न पाउँदा एकदमै खुशी महसुस गर्दै हार्दिक बधाई प्रक्ट गर्दछु । Aarambha Natya Dabali ❤️

Wow😍 Street Library at Itahari | Welcome to little free library. Lions Club of Itahari Greencity and LEO Club of Itahari...
26/06/2024

Wow😍 Street Library at Itahari | Welcome to little free library.

Lions Club of Itahari Greencity and LEO Club of Itahari Green city has established street library. Public can take or/and leave a book they want. You will get a key from Police officer nearby.

Please try to return the book ASAP. Let us all join hands to support and prolong this initiative.

📷 Manish Bhattarai
copied .....

धरानको फोहोर व्यवस्थापनका लागि Yuwa Sanjal को आयोजनामा हामी ले धरानको नगर प्रमुख श्री Harka Sampang A Revolution सर लाई ...
25/06/2024

धरानको फोहोर व्यवस्थापनका लागि Yuwa Sanjal को आयोजनामा हामी ले धरानको नगर प्रमुख श्री Harka Sampang A Revolution सर लाई ध्यानाकर्षण पत्र बुझाएका छौँ ।
ध्यानाकर्षण यस प्रकार थियो ।
...... ध्यानाकर्षण पत्र
मितिः २०८१ असार १० गते

नँया नेपालको निर्माताहरुले नामाङ्गकरण गरेको ७ प्रदेशहरु मध्ये नेपालको पूर्वी दिशामा रहेको साविकको १ नम्बर र हालको कोशी प्रदेशको सुनसरी जिल्लामा अवस्थित महाभारत पर्वत शृंखलाको काखमा रहेको सानो तर सुन्दर धरान शहर । समुद्री सतहबाट ११९ मिटर उचाईबाट सुरु भई १७७८ मिटर उचाईमा रहेको सहर धरान नाम नै काफी छ । नेपालको मुख्य शहरहरुमा जुन हातको औलामा गन्ती गर्दा सम्ममा गिन्तीमा आउने विभिन्न विशेषताले आफ्नो पहिचान बनाएको छ । लाहुरेहरुको शहर, फुलबारीको शहर, फेसनको शहर, हरियालीको शहर साथै सफा शहर र हालको अवस्थामा मेयर हर्क साम्पाङ्गको शहरको उपनामहरुले पनि चिनिन्छ धरान । धरानका यी नामहरु सुनिसके पछी धरान एक पटक जानु पर्ने रहेछ भन्ने जो कोहीलाई पनि लाग्छ । तर अफसोस ति आगन्तुकहरुलाई सेउती पुल उत्तरतर्फ धरान प्रवेश गर्दा डम्पिङ्ग साईडमा फालिएका असरल्ल फोहोर मैला दुर्गन्ध र जलेका कुहीरो धुवाले स्वागत गरी रहदा तत्काल धरान छाडेर जान मन लाग्ने स्थिती मानिसको मनमा श्रृजान गरी दिनेछ ।हुनत धरान शहर भित्र जथाभावी फोहोर मैला छरीएको र दुर्गन्ध फैलीएको अवस्था त छैन तर पनि नकारात्मक असर परेको देखिन्छ । धरानलाई चिनाउने माथिका उपनामहरु वास्तवमा त्यतिकै राखिएको छैन । लाहुरेहरुको शहरः धरानमा बसोबास गर्ने बासिन्दाहरुमा आधा घरधुरी ब्रिटीस गोर्खा र भारतीय सेनामा कार्यरत सैनिकहरु बसोबास गरेको देखिन्छ । फुलबारीको शहरः धरानका हरेक घरको आगनमा सानो ठाँउ भएता पनि फुलबारी बनाउने प्रचलन देखिन्छ । फेसनको शहरः यँहाका युवा युवतिहरुको पोसाक बजारमा आउने फरक मौसम र अवस्था अनुसारको लगाउने भएकोले फेसनको शहरको रुपमा चिनिन्छ । हरियालीको शहरः धरानको ३ दिशामा रहेका पहाडहरु र पहाडहरुमा रहेको हरिया जङ्गल त्यसै गरी दक्षिणी दिशामा रहेको चारकोषे झाडीको जङ्गल अनि हरेक बाटोहरु र घरहरुमा रोपीएका रुखहरुले हरियाली बनाएको हुँदा हरियाली शहरको रुपमा पनि परिचत देखिन्छ । सफा शहरः सन् २०१४ मा टप २ र सन् २०१७ मा टप ४ सफा शहरहरूको रुपमा नै नाम दर्ता भएको रहेछ धरानको । तर यतिका समय सम्म पनि कुनै समय नम्बर १ सफा शहरको रुपमा सारा नेपाललाई चिनाउन सकेन धरानले । भौगोलिक हीसाबले ओरालो धरातल भएकोले वर्षातको पानी केही समयमा नै बगी जाने तथा सुकी जाने भएकोले हीलो कमै मात्रामा हुने भएकोले हिलो जन्य फोहोर हुदैन । धरानका नागरिकहरु सरसफाईमा सचेत भएकोले बाटोमा फोहोरहरु जथाभावी देखिन्दैन । धरान नगरपालिकाको सरसफाईको गाडीहरु तालिका अनुसार सबै दिन नभए पनि समुदाय समुदायहरुका फोहोरमैला उठाई रहेको देखिन्छ तर पनि धरान देशको सफा शहर हुन सकेन कीन ? यसबाट के प्रष्ट हुन्छ भने धरानको फोहोर मैलाको उचित व्यवस्थापन हुन सकेको छैन । हाल धरानको जल्दो बल्दो समस्याहरु मध्ये अव्यवस्थित फोहोर मैला पनि एक हो ।

यसै सन्दर्भमा हामी धरानको नागरिक भएको हैसियतले र धराने नागरिकहरुको प्रतिनिधित्व गर्दै धरानको फोहोरमैला व्यवस्थापनको अवस्था बुझ्न प्रत्यक्ष प्रभावित निकायहरु र स्थानको अवलोकन गरी जानकारीहरु संकलन गरेका छौ । त्यस दौरान धरानको डम्पिङ्ग साईड, सम्बन्धित सामुदायियक वन,जैविक फोहोरबाट उत्पादन गरीने वायो ग्यास प्लान्ट र प्रत्यक्ष असर परेका समुदायको अवलोकन भयो । डम्पिङ्ग साईडका कारण मानव जिवनमा, जिव जन्तुमा, माटोमा र वनस्पतिमा प्रत्यक्ष परेको असरहरु सम्बन्धित सरोकारवालाहरुबाट जानकारी प्राप्त भयो ।

1. राजमार्गमा हिड्ने यात्रुलाई दुर्गन्ध र स्वास्थ्यलाई असर गर्ने धुवाका कारण आवत जावत गर्न समस्या र छीमेकी उप-महानगरपालिकाका मानव बस्तिहरुमा पनि असर गरेको ।
2. बेला बेलामा फोहोरको थुप्रोमा भेटीने मानव शवले भयावह स्थितीको श्रृजना भएको ।
3. हालको अवस्थामा फोहोरमैला विसर्जन गरीने स्थानका छेउछाउका रुख बिरुवाहरु ठाडै सुकेको अवस्थामा देखिन्छ भने भोलिका दिनमा फोहोरमैलाको वृध्दिका कारण जंगल नै लोप हुन सक्ने स्थिती श्रृजना हुने देखिन्छ ।
4. फोहोरमैला विसर्जन गर्ने स्थान डम्पिङ्गसाईडमा वन्य जन्तुहरु पनि चर्ने भएकोले चोरी सिकारको वृद्धिका साथै त्यँहा रहेको फोहोर तथा विषादीयुक्त खानेकुरा खाएकाले जनावरहरु डम्पिङ्ग साईडको वरपर मृत भेटीने संख्यामा वृद्धि भएको ।
5. फोहोरमैलाको स्तर नछुटीने भएकोले ग्यास प्लान्टमा जैविक फोहोर छुट्याउन समस्या र समय समयमा मानव बस्ति नजिकै फोहोरमैला विसर्जन गरेको अवस्था ।
6. डम्पिङ्ग साईड वरपर घरेराबारा नभएको हुँदा दिसापिसाब जन्य फोहोर पनि डम्पिङ्ग साईडमा फ्याकीने ।
7. डम्पिङ्ग साईडका फोहोरमैलाहरु बढी मात्रामा कबाडी खोज्नेहरुले आगो लगाउने र संकलित फोहोरहरु जथाभावि खनाईदिने भएकोले पनि समस्या भएको ।
8. औषधि जन्य र हस्पिटलहरुबाट उत्पादन हुने फोहोरहरुको उचित व्यवस्थापन र नष्ट गरिने तरीका नभएको हुँदा भविष्यमा नँया नँया रोग तथा महामारी उत्पन्न हुन सक्ने ।
जस्ता समस्याका कारण फोहोरमैला अव्यवस्थित तथा व्यवस्थापन नभएको भन्न सकिन्छ ।
धरानको सौन्दर्यता र धरानेहरुको साख बचाई राख्नका लागि यस भन्दा अघिका समयमा धरान नगरबाट भएका प्रयासहरु कतिको सफल वा असफल भएका थिए। त्यसका लागि धरानबासीहरुको तर्फबाट धरान उप-महानगरपालिकाको कार्यालयलाई धन्यवाद दिनुपर्छ । माथि भनिए झै हाल धरानको नाम आई रहँदा हरेक व्यक्तिको मुखमा आउने उपनाम मेयर हर्क साम्पाङ्गको शहरको रुपमा चिनिने धरानको उचो शिरलाई झुक्न नदिन नगरका आशाका विन्दुका रुपमा रहनु भएका नगर प्रमुख साथै हरपल धरानको चौतर्फी विकासमा सकारात्मक सोचका साथ लागी पर्नु हुने उपप्रमुख तथा अन्य वडाका निर्वाचित सम्पुर्ण जनप्रतिनिधीहरुबाट फोहोरमैला व्यवस्थापनमा भएका कमी कमजोरीहरुलाई सुधार्नका लागि र धरानको सरसफाईको स्तरलाई बढाउन भरपुर प्रयास भएको हेर्न पाईनेछ भन्ने आशाका साथ यो ध्यानाकर्षण पत्र पेश गर्दछौँ ।
युवा संजाल सकारात्मक परिवर्तनका लागी
धरान
हामी Kiran TumbahangpheJit Bahadur ShresthaShantiram RaiDurpata Chamling RaiAnjan Chamling Rai Indra RaiPrem Sangkhar Bhujel Chhabilal Maya Achhami प्रति आभारी छौँ ।

Yuwa Sanjal को आयोजनामा धरानको फोहोर व्यवस्थापन सम्बन्धि नगर प्रमुख  श्री Harka Sampang A Revolution ज्यु र उपमेयर श्री ...
24/06/2024

Yuwa Sanjal को आयोजनामा धरानको फोहोर व्यवस्थापन सम्बन्धि नगर प्रमुख श्री Harka Sampang A Revolution ज्यु र उपमेयर श्री Aindra Bikram Begha ज्यु लाई ज्ञापनपत्र बुजाउन जादैछौँ ।
Dumping site मा व्यवस्थित तरिकाले फोहोर नफ्याल्नाको कारण फोहोरहरु असरल्ल छरिएका छन ।
राजमार्ग बाट सोझै सिधै अव्यवस्थित फोहोरहरु देख्न सकिन्छ ।
त्यसको दुर्गन्ध अनि धुवाँ बाट तपाई हामी एक न एक चोटि पिडित पक्कै भएको हुनु पर्छ ।

धरानलाई सुन्दर र सफा शहर बनाउन मेयर साब एक्दमै लागि पर्नु भएको देखिन्छ । त्यसै गरि धरानको विकासका लागि उपमेयर Aindra Bikram Begha-धरान उपमहानगर उपप्रमुख- Secretariat ज्यु पनि उत्तिकै लागि पर्नु भएको छ र अन्य जनप्रतिनिधि पनि। तर पनि फोहोर व्यवस्थापनको उचित व्यवस्थापन हुन सकेको छैन ।

यसमा सचेत धराने नागरिक भएको कारण केहि जिम्मेवारी र भुमिका तपाई र हाम्रो पनि पर्न जान्छ ।
त्यसै ले आज ११ बजे धरान उपमहानगरपालिका जावौँ र फोहोर व्यवस्थापन मा उल्लेखनीय भुमिका निर्वाह गरौँ ।

23/06/2024

म तिमी बाट यसरी टाढा भएको छु कि .........?

तपाई को  आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर  थाहा पाउन यो तरिका अपनाउन सक्नु हुनेछ ।  -Jit Bahadur Shrestha
23/06/2024

तपाई को आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर थाहा पाउन यो तरिका अपनाउन सक्नु हुनेछ ।
-Jit Bahadur Shrestha

Address

Dharan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Shantiram Rai Sarik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies