Dakshinkali Khabar-दक्षिणकाली खबर

Dakshinkali Khabar-दक्षिणकाली खबर Official Facebook Handle of www.dakshinkalikhabar.com Watchdog of Dakshinkali

21/02/2024

जनहितमा जारी सन्देश !!!

दक्षिणकाली नगरपालिकाको दादुरा-रुबेला खोप अभियान-२०८०/०८१

अभियान सञ्चालन हुने सम्बन्धि सूचना
खोप: दादूरा रूवेला
मिति: २०८० फागुन १३ देखि १८ गतेसम्म;
स्थान: विद्यालयहरू तथा तोकिएका खोप केन्द्रहरू , खोप तालिका बमोजिम !!
लक्षित समूह: ६ महिना पुरा भै १५ वर्ष मुनी।

दक्षिणकालीमा रातको २ बजे बागमती नदीबाट एक व्यक्तिको उद्धारदक्षिणकाली । सशस्त्र प्रहरी बल नेपालले गए राति २ बजे बागमती नद...
21/09/2023

दक्षिणकालीमा रातको २ बजे बागमती नदीबाट एक व्यक्तिको उद्धार
दक्षिणकाली । सशस्त्र प्रहरी बल नेपालले गए राति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

काठमाडौँको दक्षिणकाली नगरपालिका – ८ कटुवाल दह स्थित बागमती नदी किनारबाट सोही वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।

पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । सो बारे खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङको कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको कमान्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुशल उद्धार गरेको हो ।

मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य विधिको प्रयोग गरी उद्धार गरेपश्चात् लामालाई आफन्तको जिम्मा लगाइएको छ ।

साउन २८, दक्षिणकाली । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा यात्रुवाहक सुमो दुर्घटनामा परेको छ ।काठमाडौं ...
13/08/2023

साउन २८, दक्षिणकाली । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा यात्रुवाहक सुमो दुर्घटनामा परेको छ ।

काठमाडौं बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडातर्फ जादै गरेको ना १ ज ४७३३ नम्बरको सुपर लालिगुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सुमो चालकको खुट्टामा सामान्य चोट लागेको स्थानियहरुले जानकारी दिए। सुमोमा सवार ९ जनाको अवस्था सामान्य रहेको बताइएको छ । सुमोको ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ ।

फोटोः सामाजिक सञ्जाल/आश बहादुर भ्लोन

13/08/2023

बाटो बन्यो खहरे खोला

साउन २८, दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नं ८ सिमपानी वस्ती जाने बाटो यतिबेला खहरे खोलामा परिणत भएको छ ।

बाटोबाट खहरे खोला बगेपछि विद्यार्थी लगायत स्थानीयवासीलाई सास्ती भएको छ ।

यसबाट झण्डै १५० देखि २ सय घर परिवार प्रभावित भएका छन् ।

वडा नं ८ का प्रमुख योस कुमार वाइबाबाट प्राप्त भिडियो क्लिप यहाँ सम्प्रेषण गरिएको छ । उहाँको अनुसार वडा नं ७ र ८ जोड्ने पुलको आवश्यकता महसुस गरी सो प्रस्ताव नगरपालिकामा अघि राखिएको छ ।
देशको अधिकांश स्थानमा यतिबेला निरन्तर वर्षा भइरहेको छ ।

नगरपालिकाले खाेज्याे अनुदानको मल बिक्रेता साउन २८, दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नगर क्षेत्र भित्रका क्रियाशिल दर्...
13/08/2023

नगरपालिकाले खाेज्याे अनुदानको मल बिक्रेता

साउन २८, दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नगर क्षेत्र भित्रका क्रियाशिल दर्तावाला सहकारी संस्था तथा फर्म वा कम्पनीले अनुदानको मल बिक्रेता बन्न आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेकाे छ ।
कृषकहरूलाई उपलब्ध गराइने अनुदानको रासायनिक मल आपूर्ति तथा विक्री वितरण व्यवस्थापनलाई सहज गर्नका लागि नगरपालिकाले क्रियाशिल दर्तावाला सहकारी संस्था खाेजेकाे हाे ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै भनेकाे छ, "नेपाल सरकारबाट स्वीकृत “अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका,२०७७” वमोजिम स्थानीय तहमा अनुदानको रासायनिक मल आपूर्ति तथा विक्री वितरण व्यवस्थापनलाई सहज गर्नका लागि दक्षिणकाली नगर क्षेत्र भित्रका क्रियाशिल दर्तावाला सहकारी संस्था/फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात भदाै २ गतेभित्र कार्यालय समयमा तपशिलका कागजात सहित दक्षिणकाली नगरपालिकामा आवेदन दर्ता गर्नुहुन सम्वन्धित सवैमा जानकारी गराईन्छ ।"
साे विषयमा थप जानकारी लिन दक्षिणकाली नगरपालिकाकाे कृषि सेवा केन्द्रमा
सम्पर्क गर्न कार्यालयले अनुराेध गरेकाे छ ।
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः
क) सहकारी संस्था/फर्म वा कम्पनी दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि
ख) सहकारी संस्थाको हकमा संचालक समितिको वैठकको निर्णय प्रतिलिपि
ग) विगतका दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि
घ) स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्रको प्रतिलिपि
ङ) सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र
च) रासायनिक मल विक्री वितरणका लागि नाप तौल गर्ने मेशिन, भण्डारको लागि गोदाम घर लगायत यस कार्यका लागि आवश्यक पूर्वाधारको विवरण ।
छ) रासायनिक मल बिक्री वितरण स्थल भाडामा भए सम्झौताको प्रतिलिपि ।
ज) रासायनिक मल विक्री गर्न चाहेको क्षेत्र ।

धान तथा तरकारी बालीमा राेगका लक्षण देखिए लिनुहाेस् निःशुल्क परामर्श सेवासाउन २१, दक्षिणकाली । कृषकहरुले लगाएको “धान तथा ...
06/08/2023

धान तथा तरकारी बालीमा राेगका लक्षण देखिए लिनुहाेस् निःशुल्क परामर्श सेवा
साउन २१, दक्षिणकाली । कृषकहरुले लगाएको “धान तथा तरकारी बालीहरुमा” विभिन्न राेगका लक्षण देखिन थालेसँगै दक्षिणकाली नगरपालिका भित्र वसोवास गर्ने कृषकहरूकाे लागि निःशुल्क परामर्श सेवा सुरू गरेका छन् ।
नगरपालिकाको कृषि सेवा केन्द्रले राेगका लक्षण देखिएमा तुरून्तसम्पर्क गरी रोकथामका लागि सेवा लिन सबैमा आग्रह गरेकाे छ ।
के-के छन् धान बालीमा लाग्ने मुख्य-मुख्य रोगका लक्षणहरु ?
-पातको दुवै छेउतिर चुच्चो परी अण्डाकार थोप्लाहरु देखिएमा ।
-पातमा तिलको दाना आकारका खैरा थोप्लाहरु निस्किएमा ।
-पातको फेद/ डाँठमा अण्डाकार खैरो-खैरो हरियो रङका थोप्लाहरु देखिएमा ।
-माथिल्लो पातको फेदमा लाम्चो परेको तथा वेआकारका खैरो रङका थोप्लाहरु देखिएमा ।
-संक्रमित भाग परालको जस्तो खैरो रङ देखिएमा ।
-पातको मसिना नशाबीच पहेलो देखिएमा वा वोट होचो भएको देखिएमा, गाँज कम लागेको देखिएमा ।
माथिका लक्षणहरु बाहेक अन्य लक्षण देखिएमा सिधा सम्पर्क गर्न पनि अनुराेध गरिएकाे छ ।
सम्पर्क व्यक्ति:
१. पविता राई (९८६०५६९८१०)
२. उत्तम श्रेष्ठ (९८४५९८७३३५)
३. धनञ्जय शर्मा (९८५८०८३०२२)
४. यमुना बस्नेत (९८४१८१७२०२)

घर/नक्सा अभिलेखीकरण स्थगितसाउन २१, दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले आफैँले गरेकाे निर्णय हाललाई फिर्ता लिएकाे छ । साउ...
06/08/2023

घर/नक्सा अभिलेखीकरण स्थगित
साउन २१, दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले आफैँले गरेकाे निर्णय हाललाई फिर्ता लिएकाे छ । साउन १७ गते बसेकाे कार्यपालिका बैठकको निर्णयले घर तथा अन्य संरचनाहरुको, अभिलेखीकरण सम्बन्धि काम हाललाई स्थगित गरेकाे नगरपालिकाले जनाएकाे हाे ।
यस अघि कार्यपालिकाकै बैठकले पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण कार्यविधि, २०८० पास गरेर साे प्रक्रिया अघि बढाउने निर्णय गरेकाे थियाे । नगरवासी र राजनीतिक दलहरूबाट समेत गुनासाे आउन थालेपछी नगरपालिकाले हाललाई उक्त प्रक्रिया अघि नबढाउने निर्णय गरेकाे हाे ।
नगरपालिकाबाट गत साउन ६ मा सूचना प्रकाशन गरेर घर नक्सा पास सम्बन्धि प्रक्रियामा नआएका, संशोधन अनुमति नलिई संरचनामा हेरफेर भएका तथा भवन संहिता लागू हुनु पूर्व नै निर्माण भएका भवनहरुलाई नियमन गर्न दक्षिणकाली नगरपालिकाको पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण कार्यविधि, २०८० बमोजिम नगरपालिकामा निर्माण भएका घर तथा अन्य संरचनाहरुको मिति साउन ८ देखि लागू हुने गरि मिति भदाै १० सम्म नगरपालिका क्षेत्रभित्र निर्माण भएका घर तथा अन्य संरचनाहरुको अभिलेखीकरणकाे काम अघि बढाउन भनेकाे थियाे ।
तर गत साउन १७ गते आ.व. २०८०/८१ को दोस्रो कार्यपालिका बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि हाललाई यि सबै प्रक्रिया स्थगित गरिएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सूचना मार्फत जानकारी दिनुभयाे ।

सञ्जिव महर्जनकाे अध्यक्षतामा युवा संघ दक्षिणकालीकाे २१ सदस्यीय कमिटी गठनसाउन २१, दक्षिणकाली । राष्ट्रिय युवा संघ नेपाल द...
06/08/2023

सञ्जिव महर्जनकाे अध्यक्षतामा युवा संघ दक्षिणकालीकाे २१ सदस्यीय कमिटी गठन
साउन २१, दक्षिणकाली । राष्ट्रिय युवा संघ नेपाल दक्षिणकाली नगर कमिटीको तेस्रो अधिवेशनबाट सञ्जिव महर्जन अध्यक्षमा चयन हुनुभएकाे छ ।
युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न दक्षिणकाली अधिवेशनबाट उपाध्यक्षमा अजय श्रेष्ठ, सचिवमा दशरथ लामा, सह सचिवमा रोशन अधिकारी र बालकृष्ण महर्जन एवम् कोषाध्यक्षमा पुनु तामाङ चयन भएका छन् । याे सँगै नगर कमिटी २१ सदस्यीय बनेकाे छ ।
कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष प्रकाश गौतम, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज सुरेन्द्र मानन्धर, जिल्ला सदस्यहरु श्रीराम आचार्य, हिमेश केसी, संघका केन्द्रीय कमिटी सदस्यहरु प्रगती थापा, राजु तिवारी, पार्टीका नगर अध्यक्ष राम लो लगायतका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

शुभ प्रभात, हाम्रो नेपाल को झण्डा ।फोटोRose-Sonon
30/07/2023

शुभ प्रभात, हाम्रो नेपाल को झण्डा ।
फोटोRose-Sonon

30/07/2023

नेपालकै पहिलो फर्पिङ जलविद्युत आयोजनाको ड्याम ।
भिडियोः सामाजिक सञ्जाल

एमाले दक्षिणकालीद्वारा  कार्यकर्ताहरूलाई प्रशिक्षण  !साउन १४, दक्षिणकाली । नेकपा एमाले दक्षिणकाली नगर कमिटीले ४५औं पुष्प...
30/07/2023

एमाले दक्षिणकालीद्वारा कार्यकर्ताहरूलाई प्रशिक्षण !

साउन १४, दक्षिणकाली । नेकपा एमाले दक्षिणकाली नगर कमिटीले ४५औं पुष्पलाल स्मृति दिवसकाे अवसरमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएकाे छ ।

शनिबार फर्पिङकाे बज्र हलमा एमाले दक्षिणकालीले पार्टीकाे केन्द्रिय नेताहरूकाे उपस्थितिमा प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

पार्टीका उप-महासचिव बिष्णु रिमाल कार्यक्रमकाे प्रमुख अतिथि साथै मुख्य प्रशिक्षककाे रूपमा सामेल हुनुभएकाे थियाे । साथै, वक्ताकाे रूपमा पार्टीकाे काठमाडाैं जिल्ला इन्चार्ज आन्नद पाेेखरेल, काठमाडौं जिल्ला अध्यक्ष दिपक निराैला र केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरले प्रशिक्षण दिएका थिए ।

एमाले दक्षिणकालीका पदाधिकारी तथा नेताहरूले कम्युनिस्ट आन्दाेलन, पछिल्लाे राजनीतिक घटनाक्रम, स्थानीय तहमा आफ्नाे पार्टाीकाे उपस्थिति र पार्टीकाे पछिल्लाे गतिविधिबारे चर्चा गरेका थिए ।

एमालेकाे मिसन ग्रास रूटपछि एमाले दक्षिणकाली नगर कमिटीले गरेकाे याे प्रशिक्षण कार्यक्रमले नेता, कार्यकर्तामा पार्टी काममा नयाँ उत्साह थप्ने विश्वास लिएकाे नेताहरूकाे भनाइ छ ।

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतद्वारा दक्षिणकाली नगर अस्पताल उद्घाटनसाउन १३, दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले पाल...
29/07/2023

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतद्वारा दक्षिणकाली नगर अस्पताल उद्घाटन

साउन १३, दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले पालिकाकै पहिलो नगर अस्पताल सञ्चालनमा ल्याएको छ । शनिबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादर बस्नेतले आज विशेष समारोहको आयोजना गरी अस्पताल उद्घाटन गरेको हो । केन्द्र सरकारको ‘एक पालिका एक आधारभूत अस्पताल’ सञ्चालन नीतिअनुसार पालिकाले आज नगर अस्पताल सञ्चालनमा ल्याएको हो ।

मन्त्री बस्नेतले दक्षिणकालीको नगर अस्पताललाई नजिकबाट हेरेर आवश्यकताको आधारमा सेवा विस्तारको लागि सहयोग गर्ने बताउनु भयो । उहाँले तत्काल मृगौला पीडितको उपचारको लागि ३ थान डायलाईसिस मेसिन अस्पताललाई उपलब्ध गराउने उद्घोष गर्नुभयो ।

नगरपालिकाले साबिक चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी)को स्तरोन्नति गरी उक्त पिएचसीलाई नै अस्पताल बनाउन लागेको नगरपालिकाले जानकारी दिएको छ । नगरकार्यपालिकाको नवौं बैठकको निर्णयानुसार वडा नं १ को चाल्नाखेलमा नगर अस्पताल सञ्चालनमा ल्याएको नगर अस्पताल प्रशासनले जनाएको छ ।

नगरपालिकाले भनेको छ, "नगरबासीहरुमा स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच बिस्तारका लागि अस्पतालको स्थापना गरिएको हो ।"

भक्तपूरबाट देखिएको पहाडमा नेपालको झण्डा! ❤️🇳🇵फोटोः Pramod Bhattarai
29/07/2023

भक्तपूरबाट देखिएको पहाडमा नेपालको झण्डा! ❤️🇳🇵

फोटोः Pramod Bhattarai

२०७८ र २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्तीर्ण विद्यार्थीहरूलाई विदाई तथा सम्मान साथै शिक्षकहरूलाई सम्मान !...
29/07/2023

२०७८ र २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्तीर्ण विद्यार्थीहरूलाई विदाई तथा सम्मान साथै शिक्षकहरूलाई सम्मान !
साउन १३, दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नं ३ मा रहेकाे श्री सेतीदेवी माध्यमिक विद्यालयले २०७८ र २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्तीर्ण विद्यार्थीहरूलाई विदाई तथा सम्मान साथै शिक्षकहरूलाई सम्मान गरेकाे छ ।
शुक्रबार विद्यालय परिसरमै आयाेजित सम्मान कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूकाे सम्मान गरिएकाे हाे । कार्यक्रममा नगरप्रमुख मोहन बस्नेतकाे प्रमुख आतिथ्य रहेको थियो । साथै, नगर उप प्रमुख बसन्ती तामाङ, सामाजिक विकास समितिका संयाेजक प्रकाश विशुंके, शिक्षा शाखा अधिकृत लक्ष्मण दाहाल, वडा नं ३ का अध्यक्ष प्रचण्डमान सिंह बस्नेत साथै वडा सदस्यहरू र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतकाे उपस्थिति रहेको थियो ।
फाेटाेः Aakriti Kc

मनकारी वडाध्यक्ष, पालिकाभर र वडामा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई दक्षिणकालीकाे बसमा पूर्ण छुट कार्ड र नगदसहि...
29/07/2023

मनकारी वडाध्यक्ष, पालिकाभर र वडामा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई दक्षिणकालीकाे बसमा पूर्ण छुट कार्ड र नगदसहित सम्मान !
साउन १३, दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नं ८ ले आफ्नाे वडाभरबाट शैक्षिक सत्र २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रशंसा पत्र सहित सम्मान गरेकाे छ ।
वडा नं ८ मै रहेकाे दुई वडा माध्यमिक विद्यालयः पञ्चकन्या मा.वि र श्री कृष्ण मा.वि र वडा न्ं ८ बाट विभिन्न वडाका विद्यालयबाट एसईईमा उत्तीर्ण भएका ५० भन्दा बढी विद्यार्थीहरूलाई सम्मान गरिएकाे वडा नं ८ काे कार्यालयले जनाएकाे छ ।
साथै, एसईईमा दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल आयुशा अर्याललाई उच्च शिक्षा अध्ययन अर्थात ११ र १२ कक्षा अध्ययन गर्न दुई वर्षसम्म क्याम्पस आउन जानकाे लागि दक्षिणकाली बस सेवामा पूर्ण छुट कार्ड प्रदान गरिएकाे छ ।
अर्यालले हालै प्रकाशित २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा(एसईई) काे रिजल्टमा कार्डिनल इन्टर्नेशनल बोर्डिङ हाइ स्कुलबाट ३.९५ जिपिए ल्याउन सफल हुनुभयाे । कार्यक्रममा वडा अध्यक्ष याेस कुमार वाइबाले भन्नुभयाे, "उहाँ दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थी हुनुभएकाे कारण वडा कार्यालयको तर्फबाट नगद पुरस्कार सहित दोसल्ला तथा प्रशंसा पत्र र दक्षिणकाली कुलेखानी हेटौंडा यातायात प्रा.लि.को तर्फबाट कक्षा ११ र १२ अध्ययन गर्न जानको लागि बस भाडामा पूर्ण छुटकाे लागि कार्ड सहित सम्मान गरेका छाैं ।"
यता, वडा नं. ८ को सामुदायिक विद्यालय अन्तर्गत सर्वोत्कृष्ट ३.०० जिपिए ल्याउन सफल पञ्चकन्या माध्यमिक विद्यालयकी अश्मी वाइबालाई पनि बस भाडामा पूर्ण छुटकाे लागि कार्ड सहित सम्मान गरिएकाे छ । पूर्ण छुट बस कार्ड वडा नं. ८ को वडा अध्यक्ष तथा दक्षिणकाली कुलेखानी हेटौंडा यातायात प्रा.लि.को अध्यक्ष समेत रहनु भएका योस कुमार वाइबाकाे पहलमा उपलब्ध गराइएकाे थियाे ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाको सामाजिक विकास समितिको संयोजक प्रकाश विशुंके र शिक्षा शाखाका अधिकृत बिद्यालय निरीक्षक लक्ष्मण दाहाल, पञ्चकन्या मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता सञ्जय लामा, श्री कृष्ण मा.विका अध्यक्ष एवं सञ्चारकर्मी दिपक लामिछाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।

मकै बाली फाँडेर वृक्षाराेपण, किसान भन्छन्: सिमा रेखाङ्कन नगरी समितिले हतार गर्याे !साउन १२, दक्षिणकाली । दक्षिणकाली धार्...
28/07/2023

मकै बाली फाँडेर वृक्षाराेपण, किसान भन्छन्: सिमा रेखाङ्कन नगरी समितिले हतार गर्याे !

साउन १२, दक्षिणकाली । दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समितिले आफ्नाे समितिकाे स्वामित्वमा रहेकाे ५६ हेक्टर क्षेत्र भित्र पर्ने धार्मिक वन अन्तर्गत वडा नं ८ काे एक क्षेत्रमा वृक्षाराेपण गरेकाे छ ।

जमिन अतिक्रमण गरेर मकै छरेको भन्दै गत असार २९ गते क्षेत्र विकास समितिकाे टाेलीले मकै बाली फाँड्नुकाे साथै अनुमति विना बाटाे बनाएकाे भन्दै साे कार्य बन्द गरेकाे थियाे ।

उक्त स्थानमा बिहिबार दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समितिकाे व्यवस्थापन समितीको अध्यक्ष तथा वडा नं ६ का वडा अध्यक्ष शैलेसमान मानन्धरकाे नेतृत्वमा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल, बोर्ड सदस्य, प्रहरी र कर्मचारी लगायतकाे टाेलीले वृक्षारोपण गरेकाे हाे ।

वडा नं ८ काे कार्यालयले भने जग्गा क्षेत्र विकास समितिकाे भए पनि उक्त क्षेत्र वडा नं ८ काे भूगाेल भएकाेले मकै बाली फाँड्ने बेला हाेस् या वृक्षाराेपण गर्ने समयमा कुनै सहकार्य नगरेकाे जनाएकाे छ । उक्त वडाका अध्यक्ष समेत रहनुभएका याेश कुमार वाइबासँग यसबारे प्रश्न गर्दा क्षेत्र विकास समितिकाे पछिल्लाे गतिविधिबारे आफू बेखबर रहेकाे र कुनै पनि सहकार्य नभएकाे बताउनु भएकाे छ । "मकै बाली फाँडेर वृक्षाराेपण गरिसक्दा पनि मकै राेपेका स्थानीयले क्षेतिपुर्ती नपाएकाे भन्दै मसँग गुनासाे पाेखेका छन्", वडा नं ८ का अध्यक्षले गुनासाे गर्नुभयाे ।

दिनेश चापागाईं फेसबुकमा लेख्नुहुन्छ, "दक्षिणकाली क्षेत्र बिकास समितिले यो क्षेत्र ओगट्ने मात्र होइन पुरै छैमलेको बिकासमा साझेदार बन्न सक्नुपर्छ । दक्षिणकाली पहिरो, बनमा बत्ती अनि सल्लेनी भम्भु डाडा झोलुंगे पुलको निर्माणमा सहयोग पुराओस्।"

बाली नष्ट गरेकाे विषय पुनः चर्चामा

यसअघि मकै बाली नष्ट गरिएकाे विषय पुनः चर्चामा आएकाे छ ।

दिपेश बलामी फेसबुकमा विराेध गर्दै लेख्नुहुन्छ, "पुर्खादेखि गरिएको बालीनाली जंगलसँगै छ भन्दैमा यसरी बालीनाली तहस-नहस गर्ने अधिकार छैन । सुचना झिकेर जङ्गल ननापि कन ब्यक्ति हेरेर एक ब्यक्तिको मात्र यस्तो गर्ने अधिकार छैन।तिमीहरुकै पालोमा भएको अतिक्रमण गरेको चै त्यो ब्यक्तिगत होला हैन अनि तिमीहरू जन्मेका थिएनाै होला यस ठाउँमा बालीहरू गरिरहँदा । जंगल नापेर नियम अनुसार गर्न पर्ने काम। हावामा कुरा सुनेर बाली नै तहस-नहस गर्ने ।"

उमेश बलामी भन्नुहुन्छ, "देश मा कृषि क्रान्ती यही हो त ? यस बिकास समितिको ५६ हेक्टर क्षेत्र भित्र सिमा रेखाङ्कन गर्नु भएको हो त ? अनि बनेको घर्, टहरा, फ्याँगे डाँडामा बन मासेर ग्राउण्ड बनौनु भो, रुख बेचेर, माटाे बेचेर, रत्न सोपन गते माथि अबैध रुप्मा बाटो बनौनु भएको, रुख काटेर बेचेको हिसाब मिलौनु होस्, सबै रेखाङ्कन गर्नुस् । राम्रो काम लाई शुभकामना I

यस्तै अशाेक बलामीले यसरी सामाजिक सञ्जाल मार्फत गुनासाे पाेख्नुभएकाे छः
"यो काम कुनै हालतमा सहि भएन किसान मारमा पर्याे अझैपनी बिकास समिती नाक ठूलो बनाएर काम गरेको देखाउन चाहन्छ जुनै पनि कम्म सहि ढंगले हुन पर्छ सबैलाई न्यायोचित तरिकाले काम गर्न पर्छ अलिकति पनि मनमा हरि भको भए अलि सजक तरिकाले काम हुन्थ्यो होला । समिती भित्र पर्ने सम्पुर्ण जमिन नाप जाँच भएर किला ठोकेर पछि मात्र भको हो त यो काम । अन्य ठाउँमा चाहिँ कफि हाउस बनाउन मिल्ने रे किसानको मुखमा आइसकेको अन्न काटेर अहिले वृक्षारोपण गर्ने भनेर फुर्ती लगाउन अलिकती पनि लाज लाग्दैन र समितिका सदस्यज्युहरूलाई के यो सबैलाई जस्तै नियम सङ्गत भको छ त ? कदापी छैन ।

यसबारे वडा नं ८ का स्थानीयवासी र क्षेत्र विकास समितिबीच तर्क वितर्क उत्कर्षमा पुगेकाे छ ।

क्षेत्र विकास समितिले भने धार्मिक वनमा अतिक्रमण बढेकाेले त्यसकाे नियन्त्रण गरेकाे जनाएकाे छ ।

एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउनेलाई दक्षिणकालीकाे निःशुल्क बस सेवा !साउन १२, दक्षिणकाली ।  काठमाडाैं, दक्षिणकाली, कुले...
28/07/2023

एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउनेलाई दक्षिणकालीकाे निःशुल्क बस सेवा !

साउन १२, दक्षिणकाली । काठमाडाैं, दक्षिणकाली, कुलेखानी हेटाैँडा यातायात प्रा. लि.ले २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा(एसईई)मा दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई उच्च शिक्षा अध्ययन अर्थात ११ र १२ कक्षा अध्ययन गर्न दुई वर्षसम्म क्याम्पस आउन जानकाे लागि निःशुल्क बस सेवा प्रदान गरेकाे छ ।
उक्त विशेष निःशुल्क बस सेवा पाउने विद्यार्थी हुनुहुन्छ आयुशा अर्याल । अर्यालले हालै प्रकाशित २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा(एसईई) काे रिजल्टमा ३.९५ जिपिए ल्याउन सफल हुनुभयाे । २०७९ सालकाे एसईई परीक्षामा उहाँ दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट विद्यार्थी बन्न सफल हुनुभएकाे हाे ।
उहाँकाे बुवा विष्णु अर्यालले उक्त कार्यप्रति खुशी व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत बस सेवा समितिलाई धन्यवाद दिनुभएकाे छ ।
अर्यालले लेख्नुभएकाे छ, ' हार्दिक बधाई छ श्री काठमाडाैं, दक्षिणकाली, कुलेखानी हेटाैँडा यातायात प्रा. लि.ले २०७९ सालकाे see परीक्षामा नगरपालिका मै उत्कृष्ट नं ल्याउन सफल विद्यार्थीलाई दुई बर्षसम्म कलेज आउन जानका लागि निःसुल्क बस सेवा प्रदान गरिदिनुभएकाेमा हार्दिक धन्यवाद दिन चाहान्छाैं । उक्त कार्यमा पुर्णरुपले सहयाेग गरिदिनुहुने दक्षिणकाली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष याेश कुमार वाइबालाई विशेष धन्यवाद ।"
बससेवा समितिले शिक्षा प्रति देखाएकाे माया र विद्यार्थीहरुलाई हाैसला दिएकाे प्रति उहाँले खुशी व्यक्त गर्नुभयाे ।

नगर अस्पतालकाे उद्घानमा रास्वपाकाे विराेध, मेयरकाे ध्यानाकर्षणसाउन १२, दक्षिणकाली । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ल...
27/07/2023

नगर अस्पतालकाे उद्घानमा रास्वपाकाे विराेध, मेयरकाे ध्यानाकर्षण
साउन १२, दक्षिणकाली । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा परिणत गर्ने लागेकाे भन्दै दक्षिणकाली नगरपालिकाका मेयर माेहन बस्नेतलाई विराेधसहितकाे ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
रास्वपा दक्षिणकालीले वडा नं. १ मा रहेकाे प्राथमिक उपचार केन्द्रलाई नै नगर अस्पतालमा परिणत गर्न कुनै पनि मापदण्ड पुरा नहुने भन्दै बिहिबार विराेध जनाएकाे हाे ।
पार्टीका संयाेजक उमेश आचार्यले आउँदो शनिवारको उद्घाटन कार्यक्रम हालको लागि स्थगित गरी यस विषयलाई सर्वदलिय वैठकबाट व्यापक छलफल गराई निर्णय लिन मेयर बस्नेतकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
ध्यानाकर्षणकाे बाबुजुत पानि उक्त कार्यक्रम अगाडि बढाएमा राष्ट्रिय स्वतन्त्र पार्टीले हदै सम्मको विरोध गर्नपनि तत्पर रहने आचार्य नेतृत्वले बुझाएकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।
निर्णय अघि अवस्था, जनसंख्या, रोगको संख्या, रोगी मृत्यू दर र स्वास्थ्य चेतना नभएको वर्ग, समुदाय र पछाडी परेको वर्ग नसमेटिनु मुख्य विषय रहेकाे रास्वपाले जनाएकाे छ ।
पत्रमा भनिएकाे छ, "नगर अस्पताल नगरपालिकाको मुख्य भाग अर्थात फर्पिङमा नै बन्नुपर्ने जसले गर्दा यस नगरका विकट मानिने ठाउँहरु जस्तै भअण्डारखर्क, केराबारी अर्खौले, हुमाने, खार्पा, टल्कु, जातीपोखरी र कुलेखानी सम्मका स्वास्थ्य सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउन सक्नुहुने छ ।"

बागमती प्रदेश हस्तकला महासंघका प्रतिनिधि ज्यूहरु दक्षिणकाली नगरपालिका वडा नं ६ मा संचालित ढाका बुनाई प्रशिक्षण कार्यक्रम...
24/07/2023

बागमती प्रदेश हस्तकला महासंघका प्रतिनिधि ज्यूहरु दक्षिणकाली नगरपालिका वडा नं ६ मा संचालित ढाका बुनाई प्रशिक्षण कार्यक्रमको अवलोकन गर्नुहुदै ।
फाेटाेः दक्षिणकाली वडा नं ६ काे कार्यालय

नेपाली सेनाद्वारा भजन मण्डल नगरपालिकालाई हस्तान्तरण !नेपाली सेनाले निर्माण गरेकाे “श्री पञ्जल गणेश भजन मण्डल" दक्षिणकाली...
24/07/2023

नेपाली सेनाद्वारा भजन मण्डल नगरपालिकालाई हस्तान्तरण !

नेपाली सेनाले निर्माण गरेकाे “श्री पञ्जल गणेश भजन मण्डल" दक्षिणकाली नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष शैलेष मानन्धरलाई आइतबार हस्तान्तरण गरेकाे छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधिन काठमाडाैं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको शिघ्र प्रभावी योजना (Quick Impact Project, QIP) अन्तर्गत
दक्षिणकाली नगरपालिका वडा नं. ६ थल्खु टोलमा आयोजनाको सहयोग तथा सडक निर्माण कार्यदल वेशक्याम्प मख्खुवेशीको समन्वयमा नव निर्मित सम्पन्न “श्री पञ्जल गणेश भजन मण्डल" दक्षिणकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शैलेष मानन्धरलाई एक अनाैपचारिक कार्यक्रमकाबीच वडा कार्यालयमा हस्तान्तरण गरिएकाे हाे ।

हस्तान्तरण पत्रमा आयोजनाको तर्फबाट सडक निर्माण कार्यदल वेशक्याम्प, मख्खुवेशीका कार्यदल प्रमुख प्रा.सेनानी भीमसेन थापा र नगरपालिकाकाे तर्फबाट स्वयं वडा नं. ६ का वडा अध्यक्ष शैलेष मानन्धरले संयुक्त हस्ताक्षर गर्नुभएकाे छ ।
हस्तान्तरण लगत्तै केही तयारी पश्चात उक्त भजन मण्डल सञ्चालनमा आउने अपेक्षा गरिएकाे छ ।
वडा नं ६ को कार्यालय दक्षिणकाली नगरपालिका Shailesh Manandhar

भूक्तानी वन्द हुने सम्बन्धि नगरपालिकाकाे सूचना !दक्षिणकाली खबर । दक्षिणकाली नगरपालिकाले सवै प्रकारका भूक्तानी वन्द हुने ...
23/06/2023

भूक्तानी वन्द हुने सम्बन्धि नगरपालिकाकाे सूचना !
दक्षिणकाली खबर । दक्षिणकाली नगरपालिकाले सवै प्रकारका भूक्तानी वन्द हुने जनाएकाे छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यही असार १८ गते सम्ममा भूक्तानीको लागी सम्पूर्ण आवश्यक कागजातहरु पेश गर्न अनुराेध गरेकाे छ ।

नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत मधु अर्याल खनालद्वारा जारी सूचनामा भनिएकाे छ, "आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३०(१) वमोजिम सवै प्रकारका भूक्तानीहरु आर्थिक वर्ष समाप्त हुनुभन्दा एक हप्ता अगावै भूक्तानी दिइ नियमानुसार खर्च अध्यावधिक गरी भूक्तानी निकासा वन्द गर्नुपर्ने व्यवस्था भएको हुँदा कार्यालयबाट आ.व. २०७९/८० को भूक्तानी लिन बाँकी सम्वन्धित कर्मचारी, उपभोक्ता समिति, टोल विकास संस्था, निर्माण व्यवसायी, आपूर्तीकर्ता र अन्य संघ संस्थाहरु सबैले मिति २०८०/०३/१८ गते सम्ममा सम्पूर्ण
आवश्यक कागजातहरु भूक्तानीको लागी पेश गर्नुहुन अनुरोध छ"। बर्षको अन्त्यमा सुत्र सफ्टवेयर ह्याङ्ग भई समयमा कार्य नहुने भएको देखिदा तोकिएको समय भित्र कार्यालयमा भूक्तानीको लागि पेशनभएमा भूक्तानी हुन नसक्ने साथै अर्को वर्षमा भूक्तानी वाकी कच्चावारीमा समेत सार्न नसकिने नगरपालिकाले जनाएकाे छ ।

दक्षिणकाली खबर । दक्षिणकाली नगरपालिकाले नेपाल सरकारका नव नियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई नागरिक अभिनन्दन गरेको ...
22/06/2023

दक्षिणकाली खबर । दक्षिणकाली नगरपालिकाले नेपाल सरकारका नव नियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई नागरिक अभिनन्दन गरेको छ ।
आज एक विशेष कार्यक्रमको आयोजना गर्दै पालिकाले संघीय सांसद राजेन्द्र कुमार केसी(राजन)को प्रमुख आतिथ्यमा, बागमती प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको विशेष आतिथ्य र नगरपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्था र नागरिक समाजको उपस्थितिमा मुख्यसचिव आर्याललाई अभिनन्दन गरिएको हो । काठमाडौंको फर्पिङ, तात्कालिक दक्षिणकाली गाउँ पंचायतमा जन्मिनुभएका अर्याल सम्पूर्ण नगरवासीले गर्व गर्नुपर्ने निजामती सेवाकै सर्वोच्च पदमा पुग्न सफल हुनुभएकोले विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
वि.स २०४६ सालमा नायब सुब्बाको परीक्षा उत्तीर्ण गरी निजामती सेवा प्रवेश गर्नुभएका आर्याल अवकाश पाउनु केही दिन अघि मात्रै मुख्य सचिव नियुक्त हुनुभएको हो ।
अर्याल हाल सरकारका ७२ सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्थ्यो। उहाँ २०४९ सालमा शाखा अधिकृत बन्नुभएको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नात्तकोत्तर गर्नुभएका अर्याल नर्वेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद केसीले मुख्यसचिव डा.आर्यालको कार्यकुशलताको खुलेर प्रशंसा गर्नुभयो ।

तस्वीरः दक्षिणकाली नगरपालिकाको सचिवालय

दक्षिणकाली नगरपालिका वडा नं ४ स्थित निर्माणाधिन  नेपालकाे झण्डा...तस्वीरः सामाजिक सञ्जाल(Ajaya Singh)
21/06/2023

दक्षिणकाली नगरपालिका वडा नं ४ स्थित निर्माणाधिन नेपालकाे झण्डा...
तस्वीरः सामाजिक सञ्जाल(Ajaya Singh)

दक्षिणकालीकाे गाैरव, हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना !!नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएका दक्षिणकाल...
15/06/2023

दक्षिणकालीकाे गाैरव, हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना !!
नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएका दक्षिणकाली नगरपालिकाका बैकुण्ठ अर्याललाई बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा नियुक्त गरेको हो ।अर्याल हाल सरकारका ७२ सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्थ्याे । काठमाडौंको फर्पिङमा जन्मिनुभएका अर्याल २०४६ सालमा नायब सुब्बाको परीक्षा उत्तीर्ण गरी निजामती सेवा प्रवेश गर्नुभएकाे थियाे । उहाँ २०४९ सालमा शाखा अधिकृत बन्नुभएकाे हाे । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नात्तकोत्तर गर्नुभएका अर्याल नर्वेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएकाे छ ।

Address

Pharping
Dakshinkali
44615

Website

http://www.newsofdakshinkali.com/

Alerts

Be the first to know and let us send you an email when Dakshinkali Khabar-दक्षिणकाली खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dakshinkali Khabar-दक्षिणकाली खबर:

Videos

Share


Other Dakshinkali media companies

Show All